काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि न्यून हुने बताएका छन्। संघीय संसद भवनमा बजेट पेश गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने बताएका हुन्। 'विश्व अर्थतन्त्रमा देखिएको शिथिलता र आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्ता आएको हुँदा आर्थिक वृद्धी न्यून हुने देखिएको छ,' उनले भने। उनले कोरोना भाइरस महामारीबाट विस्तारै…
अर्थमन्त्री डा प्रकाश शरण महत अहिले संसदमा आगामी आर्थिक वर्षको बजेट भाषणको सम्बोधन गरिरहेका छन्। खराव अवस्थाबाट गुज्रिरहेको मुलुकको आर्थिक तस्बिर फेर्नुपर्ने अवस्थामा धेरैको ध्यान बजेटमाथि छ। एक वर्षको आर्थिक परिदृश्य पेश हुने तथा आम्दानी र खर्चको विवरण पेश हुने भएकाले बजेटमाथि सबैको नजर रहेको छ। हेर्नुस् बजेट सम्बोधनको लाइभ -
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको बताएका छन्। सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा चौधरीले प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिरहने बताएका हुन्। अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्री चौधरीले गणतन्त्र संस्थागत हुन नसक्ने, जनताको अपेक्षा पूरा…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता बिन्दबासिनी कंसाकारले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएकी छिन्। आज संसद भवन नयाँ बानेश्वरमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनिताको शपथ गराएका हुन्। रास्वपाबाट सांसद भएका ढाकाकुमार श्रेष्ठले रकम बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनलाई पार्टीले कारबाही गरेको थियो। उनलाई पार्टीले निलम्बन गरेपछि उनको ठाउँमा कंसाकारलाई रास्वपाले सांसद बनाएको हो।
काठमाडौं : मन्त्रिपरिषदबाट पारित बजेट अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्रपतिलाई ब्रिफिङ गरेका छन्। आज बसेको मन्त्रिपरिषद बैठक लगत्तै अर्थमन्त्री महत राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। राष्ट्रपति पौडेललाई बजेट ब्रिफिङ गरेर उनी सिंहदरबारस्थित मन्त्रालय पुगेका छन्। अर्थमन्त्रालयबाट उनी अब केही बेरमै बानेश्वरस्थित संसद भवन जाँदैछन्। आज संसदमा बेलुकी ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
काठमाडौं : आगामी आर्थिक वर्षको बजेट, आन्तरिक ऋणलगायतका विधेयक पारित गर्न सरकारले मन्त्रिपरिषद्को बैठक डाकेको छ। बैठक १ बजे बस्ने छ। बैठकले पारित गरेपछि अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटका बारेमा ब्रिफिङ गर्ने छन्। त्यसपछि अर्थमन्त्रीले संसद्को संयुक्त बैठकमा बजेट भाषण पढ्ने कार्यक्रम छ। बजेट भाषणका लागि ४ बजेलाई बैठक डाकिएको छ। सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धि…
काठमाडौं : दोस्रो चरणको आर्थिक सुधारलाई प्राथमिकतामा राख्दै सरकारले सोमवार अपराह्न ४ बजे १७ खर्ब १५ अर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्ने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्। उनले भन्सार राजस्व र रेमिटेन्समा निर्भर रहेको अर्थतन्त्रलाई पुनःसंरचना गर्ने कार्यक्रमहरु प्रस्तुत गर्ने छन्। त्यसमा वैदेशिक लगानीलाई प्रोत्साहित गर्दै लगानी सीमा…
हेटौंडा : सोमवार वाग्मती प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस मनायो। गणतन्त्र दिवसको अवसरमा बिहान ७ बजे बुद्धचोकदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म तामझामका साथ र्याली गरि कार्यक्रम सुरु गरेको थियो। गणतन्त्र दिवसको कार्यक्रममा मुख्यमन्त्रीदेखि वाग्मती प्रदेशका १२ वटै मन्त्री ,सांसद , स्थानीय तहको जनप्रतिधिदेखि सर्वसाधरणहरुको उपस्थिती रहेको थियो। तर , वाग्मती सरकारले गणतन्त्र दिवस मनाउँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सभामुख बनेका…
काठमाडौं : गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा तरकारी खेतीको शुभारम्भ गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका हुन्। प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्। सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताएका…
काठमाडौं : गणतन्त्र दिवस, २०८० को अवसरमा आममाफी पाउँदै रेशम चौधरी रिहा भएका छन्। रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले यसलाई स्वभाविक रुपमा लिएको बताए। उनले भने, ‘यो अकस्मात पनि होइन सुनियोजित पनि होइन, यसलाई मैले स्वाभाविक रुपमा लिएको छु तर यो ढिला भयो। टीकापुर घटना एउटा विशुद्ध राजनीतिक घटना हो, यो घटनालाई राजनीतिक दलहरुले चिन्न निकै ढिलो गरे।’ यद्यपि,…
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) को २०२३ संस्करणमा बेस्ट फिल्मको अवार्ड दृश्य २ ले जितेको छ। अजय देवगान लिड रोलमा रहेको क्राइम थ्रिलरले सर्वोत्कृष्ट फिल्मको अवार्ड जित्दा हृतीक रोशनले बेस्ट लिडिङ एक्टरको अवार्ड हासिल गरेका छन्। फिल्म विक्रम वेधाका लागि उनी उत्कृष्ट एक्टर चुनिएका हुन्। फिल्म गंगुबाई काठियावालाबाट आलिया भट्टले महिलातर्फको वेस्ट एक्टर हासिल गरिन्। सञ्जयलीला भन्सालीको फिल्ममा उनको लिड…
काठमाडौं : सुवर्ण थापा निर्देशित फिल्म दी सेक्रेट्स अफ राधा पुन रिलिज हुने भएको छ। पहिलो रिलिजको केही दिनमा नै निर्देशक सुवर्ण थापाले शो वितरणमा विभेद भएको भन्दै फिल्म हलबाट उतारेका थिए। निर्देशक थापाले आगामी भदौ २९ गते पुन रिलिजको मिति तय भएको जानकारी दिए। विभिन्न फिल्म फेस्टिवलमा सफलता हासिल गरेको फिल्मले अस्ट्रेलिया, अमेरिका र युरोपमा नेपाली दर्शकको राम्रो साथ पाएको…
काठमाडौं : हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया साफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। साथै, गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी,…
काठमाडौं : १६औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो। जनआन्दोलन २०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी…
काठमाडौँ: जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाली १६ सदस्यीय टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइवार किशोर महतो र अर्जुन साउदलाई समेत समेट्दै १६ सदस्यीय टोली घोषणा गरेको हो। नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी,…
इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आइतवार बेलुकीका लागि तय भएको थियो। तर, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा वर्षाका कारण खेल नै सुरु हुन सकेन। जसका कारण खेल 'रिजर्भ डे' मा धकेलिएको छ। Thanks to all the fans for their continued patience and support 👏🏻👏🏻 See you tomorrow in Ahmedabad 🤗 ⏰ 7:30 PM IST #TATAIPL | #Final | #CSKvGT pic.twitter.com/2UUkSKYmKO…
काठमाडौंः रक्त चन्दनको तेलसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चुच्चेपाटीबाट तेलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा ३० वर्षीय सुशील पाठक, २८ वर्षीय विनोद बराल, ३६ वर्षीय ज्ञानबहादुर ओली, ३५ वर्षीय नवीन दाहाल, हरि दाहाल, निलकान्त भुसाल, मोहनबहादुर विश्वकर्मा र खेमराज घिमिरे रहेका छन्। प्रहरीले उनीहरुको साथबाट ८० किलो रक्त चन्दनको तेल समेत…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद माफी गरेका छन्। आइतवार बिहान बसेको मन्त्रिपरिषदले चौधरीलाई आममाफी गर्न सिफारिस गरेको थियो। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।टीकापुर घटनामा मृत्यु भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन्। उक्त निवेदन राष्ट्रपतिले…
हेटौंडा : वाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको नीति तथा कार्यक्रम समृद्ध प्रदेश बन्ने दिशामा आएको दाबी गरेका छन्। आइतवार सार्वजनिक आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको विषयमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री जम्कट्टेलले ५ वर्षअघिको सरकारको नीति तथा कार्यक्रमको तुलनामा अहिलेको कार्यक्रम धेरै फरक रहेको बताए। ‘हिजो हामीले सुरु गर्न नसकेका कामहरु, चाहेर पनि नभएका कामहरु जुन हामीले तल्लो…
हेटौंडा : नेकपा (एमाले) वाग्मती प्रदेशसभा सदस्य डा दिनेशचन्द्र देवकोटाले वाग्मती सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम महत्त्वाकाङ्क्षी भएको आरोप लगाएका छन्। आइतवार वाग्मती प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको विषयमा प्रतिक्रिया दिँदै सांसद डा देवकोटाले धेरै महत्त्वाकाङ्क्षी भएको आरोप लगाएका हुन्। ‘हिजो हामीले सुरु गरेका कामहरुको निरन्तरताको पक्षलाई जोड गर्नुका साटो अब नयाँ-नयाँ…