PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • सोसल मिडियामाथि खनिए प्रचण्ड : सुन्न र हेर्न सकिन्नँ

    सोसल मिडियामाथि खनिए प्रचण्ड : सुन्न र हेर्न सकिन्नँ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिडिया र सोसल मिडियाप्रति आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधि सभाको शनिवारको बैठकमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले मिडियाको भाषामाथि प्रश्न उठाएका हुन्।  'मिडियामा अझ सोसल मिडियामा एक खालको अराजकता हो कि भन्ने हामीलाई भान हुन्छ। त्यहाँ प्रयोग भएका भाषा हेर्न सुन्न सकिन्न,' उनले भने।  उनले सोसल मिडियामा आउने समाचार भ्रामक…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई प्रचण्डको प्रश्न : पहिलाको नीति कार्यक्रम गुणात्मक थियो र?

    ओलीलाई प्रचण्डको प्रश्न : पहिलाको नीति कार्यक्रम गुणात्मक थियो र?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमा तत्काल कुनै परिवर्तन गर्न सम्भव नभएको बताएका छन्। 'परम्पराभन्दा भिन्न छोटो र मूर्त रुपमा देशको समस्या समाधानको लागि तयार पार्दा होला कि भनेर छलफल राजनीतिक रुपमा गरे,' प्रचण्डले भने। प्रचण्डले पनि व्यवहारमा नीति कार्यक्रम कार्यान्वय हुन नसकेको स्वीकारेका छन्। उनले सुन्दा राम्रो हुने भए पनि कार्यान्वयन नहुने गरेको बताए। 'हरेक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • पानी पर्न थालेसँगै बढ्दै डेङ्गीको जोखिम, स्वास्थ्य मन्त्रालयले दियो यस्तो सुझाव

    पानी पर्न थालेसँगै बढ्दै डेङ्गीको जोखिम, स्वास्थ्य मन्त्रालयले दियो यस्तो सुझाव

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गीको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ। पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गी सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो। मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गीको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली…

    विस्तृतमा पढ्नुस्

  • ओलीको अभिव्यक्तिमाथि विश्वप्रकाशको टिप्पणी : शरणार्थी प्रकरणमा को दोषी को निर्दोष? छुटाउने हामी न्यायाधीश होइन

    ओलीको अभिव्यक्तिमाथि विश्वप्रकाशको टिप्पणी : शरणार्थी प्रकरणमा को दोषी को निर्दोष? छुटाउने हामी न्यायाधीश होइन

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको भनेर संसदमा भनेकोमा विरोध गरेका छन्। प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै शर्माले प्रहरीले गरिरहेको अनुसन्धान ठीक बेठिक भन्न नमिल्ने उनले बताए। 'निर्दोष फसाउने प्रयास भइरहेको छ भन्नुभयो। को दोषी को निर्दोष? हामी हामी न्यायाधीश होइन,' उनले भने। उनले उक्त प्रकरणमा कोही पनि आवेगमा…

    विस्तृतमा पढ्नुस्

  • ओलीको नाम जोडेर पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन

    ओलीको नाम जोडेर पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताएका छन्। प्रतिनिधिसभाको शनिवारको बैठकको सुरुआतमै सो सम्बन्धमा सरकारको धारणा राख्दै प्रधानमन्त्रीले यस विषयमा आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने बताए। छानबिनमा सरकारको सहयोग रहने उनको भनाइ छ। 'कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • एमाले फेरि अवरोधमा उत्रिएपछि प्रचण्डले भने : ओलीलाई भ्रष्टाचारको आरोप लगाउनु ठीक होइन

    एमाले फेरि अवरोधमा उत्रिएपछि प्रचण्डले भने : ओलीलाई भ्रष्टाचारको आरोप लगाउनु ठीक होइन

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा आज पनि विरोध जनायो। बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर विरोध जनाएका हुन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा बोल्ने बताएपछि एमालेका सांसद बसेका थिए। त्यसपछि प्रचण्डले सम्बोधन गरे। आजै बिहान सत्ता र प्रतिपक्षी दलका नेताहरुबिच एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा जलहरी लगाउँदा अनियमितता भएको भन्दै माओवादी…

    विस्तृतमा पढ्नुस्

  • बैङ्ग्लोर उडान गरेको २५ मिनेटमै नेपाल एयरलाइन्सको जहाज फर्कियो, के चरा ठोक्किएको हो?

    बैङ्ग्लोर उडान गरेको २५ मिनेटमै नेपाल एयरलाइन्सको जहाज फर्कियो, के चरा ठोक्किएको हो?

    काठमाडौं : शनिवार दिउँसो काठमाडौ - बैङ्ग्लोर उडान गरेको नेपाल वायुसेवा निगमको जहाज २५ मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ। पाइलटले जहाजमा चरा ठोकिएको रिपोर्ट गरे लगत्तै उडान डाइभर्ट गरेको विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले बताए। 'एक सय ५६ जना सवार जहाज सकुशल अवतरण भइसकेको छ। जहाजमा चरा ठोकिएको अनुमानित रिपोर्ट आएको छ। अहिले भएको के हो भन्ने विषयमा…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई केन्द्रीय सदस्य शिवाकोटीले भने : यही ताल हो भने कांग्रेसको मतदाता नि नरहन सक्छ

    देउवालाई केन्द्रीय सदस्य शिवाकोटीले भने : यही ताल हो भने कांग्रेसको मतदाता नि नरहन सक्छ

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी अहिले फाली खुस्किएको हलोजस्तै भएको बताएका छन्। नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा काठमाडौंको थापागाउँमा आयोजित कार्यक्रममा शिवाकोटीले उक्त भनाइ राखेका हुन्। प्रेस युनियनमा नयाँ नेतृत्व आएपछि लोभलाग्दो काम गरेको उल्लेख गर्दै कांग्रेसले भने बाटो बिराएको उनको दाबी रह्यो। 'तर काँग्रेस अहिलेहामी कुहिरोको कागजस्तो भएका छो। केन्द्रीय समिति छैन।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डसँग को-को जाँदैछन् भारत, यस्तो छ भ्रमणको 'सेड्युल'

    प्रधानमन्त्री प्रचण्डसँग को-को जाँदैछन् भारत, यस्तो छ भ्रमणको 'सेड्युल'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गते (मे ३१) भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाललगायत मन्त्रीहरु, सचिवहरु तथा सरकारका वरिष्ठ अधिकारीहरु पनि सहभागी रहनेछन्। प्रधानमन्त्रीले जेठ १८ गते (१ जुन २०२३)मा भारत समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारलाई देउवाले भने : आलोचनाबाट डराउने कुरै छैन

    पत्रकारलाई देउवाले भने : आलोचनाबाट डराउने कुरै छैन

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस आलोचनाबाट नडराउने बताएका छन्। नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा काठमाडौंको थापागाउँमा आयोजित कार्यक्रममा देउवाले उक्त भनाइ राखेका हुन्। 'प्रेसको आलोचनाबाट डराउने कुरै छैन कांग्रेस पार्टी,' सभापति देउवाले भने। कार्यक्रमका वक्ताहरुले काँग्रेसका नेताहरु आलोचनामा असहिष्णु हुन थालेको आरोप लगाएका थिए। पत्रकार महासंघका पूर्व सभापति हरिहर विरहीले कांग्रेसका नेताहरुमा आलोचना…

    विस्तृतमा पढ्नुस्

  • जलहरी प्रकरणमा प्रधानमन्त्री प्रचण्डले संसद्मा जवाफ दिने, शब्द रेकर्डबाट हट्ने

    जलहरी प्रकरणमा प्रधानमन्त्री प्रचण्डले संसद्मा जवाफ दिने, शब्द रेकर्डबाट हट्ने

    काठमाडौं : शनिवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिमा लगाइएको जलहरी प्रकरणबारे जवाफ दिने भएका छन्। शनिवारको प्रतिनिधिसभा बैठक संचालन हुने भन्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सांसद लेखनाथ दाहालका शब्दहरु रेकर्डबाट हटाइने शीर्ष नेताहरुको छलफलमा सहमति भएको जानकारी दिए। एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा लगाइएको जलहरी सुनको नभइ पित्तलको हो भनेर सांसदले आरोप लगाएपछि…

    विस्तृतमा पढ्नुस्

  • लगातारको हावाहुरीले महोत्तरीका किसानको फलफूल र तरकारी भुईँभरि बग्रेल्ती

    लगातारको हावाहुरीले महोत्तरीका किसानको फलफूल र तरकारी भुईँभरि बग्रेल्ती

    महोत्तरी : लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन्। जेठ लागीकन प्रत्येक दुई/तीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नुका साथै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएर उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन्। पछिल्लो पटक शुक्रवार रातिको हावाहुरीले बग्रेल्ती आँप झारेका छन्। त्यसैगरी, फर्सी, लौका, घिरौँला, झिगिँनी, काँक्रा र चिचिन्डासहितका तरकारी बालीका बेला (लहरा)…

    विस्तृतमा पढ्नुस्

  • कोशी प्रदेश नामाकरण विवाद : विराटनगरमा निषेधाज्ञा जारी

    कोशी प्रदेश नामाकरण विवाद : विराटनगरमा निषेधाज्ञा जारी

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ। कोशी प्रदेश नामाकरणपछि असहमत समूहले विरोध, धर्ना, जुलुस आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकोले सुरक्षा स्थितिलाई सामान्य राख्न निषेधाज्ञा जारी गरिएको प्रशासनले विज्ञप्तिमार्फ जानकारी दिएको छ। प्रशासनले प्रदेश सभा वरिपरि पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरिपरि रोडशेष चोकदेखि दक्षिण…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सिंहदरबारमा जुटे शीर्ष नेताहरु

    प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सिंहदरबारमा जुटे शीर्ष नेताहरु

    काठमाडौं : प्रतिनिधिसभाको बारेमा छलफल गर्न तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। सिंहदरबारमा प्रधानमन्त्री तथा तीन दलका शीर्ष नेताबिच छलफल जारी छ। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले प्रमुख सचेतक पदम गिरी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत उपस्थित छन्। शुक्रवारको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को…

    विस्तृतमा पढ्नुस्

  • फेवा जलाधार र सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

    फेवा जलाधार र सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

    पोखरा : पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ। जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रवार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम तत्काल…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रममाथिको छलफल आज पनि, प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने

    नीति तथा कार्यक्रममाथिको छलफल आज पनि, प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने

    काठमाडौं : प्रतिनिधिसभाको बैठक शनिवार अपराह्न ४ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार शनिवारको बैठकमा गत जेठ ५ गते राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन्। प्रधानमन्त्रीले जवाफ दिएपछि आजै सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको…

    विस्तृतमा पढ्नुस्

  • यसरी व्यवस्थित बन्दैछ बागलुङको पुरानो सदरमुकाम ‘हरिचौर बजार’

    यसरी व्यवस्थित बन्दैछ बागलुङको पुरानो सदरमुकाम ‘हरिचौर बजार’

    डम्मर बुढामगर- ढोरपाटन : हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो। साँघुरा ठाउँमा अव्यवस्थित बस्ती। त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ। तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ। पालिकाले बजार क्षेत्रमा आवश्यक पर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको छ। सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ। नगरपालिले चालु आर्थिक वर्षमा बालबालिका र…

    विस्तृतमा पढ्नुस्

  • कति छ आज पानी पर्ने सम्भावना?

    कति छ आज पानी पर्ने सम्भावना?

    काठमाडौं : हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै…

    विस्तृतमा पढ्नुस्

  • ब्याटिङमा गिल र बलिङमा शर्मा चम्किँदा मुम्बई बाहिरियो, गुजरात र चेन्नइले आईपीएलको फाइनल खेल्ने

    ब्याटिङमा गिल र बलिङमा शर्मा चम्किँदा मुम्बई बाहिरियो, गुजरात र चेन्नइले आईपीएलको फाइनल खेल्ने

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी सिजनको फाइनलमा चेन्नइ सुपर किंग्स र गुजरात टाइटन्सले प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रवार सम्पन्न दोस्रो क्वालिफायर्स खेलमा गुजरातले मुम्बई इण्डियन्समाथि जित निकालेसँगै फाइनल पुग्ने दुबै टोलीको टुंगो लागेको हो। यसअघि चेन्नइले पहिलो क्वालिफायर्समा गुजरातमाथि नै जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो भने गुजरात दोस्रो क्वालिफायर्समा धकेलिएको थियो। शुक्रवार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सेमिफाइनलमा पराजित, फाइनलमा भारत र काजकिस्तान भिड्ने

    नेपाल सेमिफाइनलमा पराजित, फाइनलमा भारत र काजकिस्तान भिड्ने

    काठमाडौँ: एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल फाइनलको होडबाट बाहिरिएको छ। शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा काजकिस्तानसँग पराजित भएसँगै नेपाल सेमिफाइनलमै यात्रा टुंग्याएको हो। फाइनलमा काजकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न खेलमा नेपाल ३-२ को सेटमा पराजित भएको हो। पहिलो सेटमा जितका लागि चर्को प्रतिस्पर्धा भएको थियो। नेपालले सर्भिसमा धेरै कमजोरी गर्दा काजकिस्तानलाई फाइदा भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell