PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

  • सरकारको नीति : एक घण्टा हिँड्दा एक झोलुङ्गे पुल

    सरकारको नीति : एक घण्टा हिँड्दा एक झोलुङ्गे पुल

    काठमाडौं : सरकारले एक घण्टा हिँड्दा एक झोलुङ्गे पुल भेटिने नीति बनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीन वर्ष भित्र पुल बन्ने बताए। उनले सरकारी कार्यालमा विद्युतीय सवारी खरिद गर्ने नीति लिइने पनि बताए। ग्यास, डिजेल र पेट्रोलबाट चल्ने सवारीलाई अब विद्तीयमा जान प्रोत्साहन गर्ने पनि सरकारको नीति छ।

    विस्तृतमा पढ्नुस्

  • 'गायव' रहँदै आएकी मञ्जु खाण संसदमा उपस्थित !

    'गायव' रहँदै आएकी मञ्जु खाण संसदमा उपस्थित !

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्चित नाम मञ्जु खाण। केही दिनयता गुमनाम रहेकी उनी आज भने टप्लक्क उपस्थित भएकी छिन् संसदको संयुक्त बैठकमा। उनका श्रीमान् पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि हिरासतमा छन्। पति हिरासतमा हुँदासम्म मञ्जु उनलाई भेट्न समेत पुगिनन्। उनी आफैंँ यस प्रकरणमा मुछिएकी पात्र हुन्। सार्वजनिक भएको एउटा अडियोले उनको नाम शरणार्थी प्रकरणमा जोडिएको छ। उनीमाथि…

    विस्तृतमा पढ्नुस्

  • कृषि उत्पादनलाई बजारीकरण र वर्षभरी सिँचाइ उपलब्ध गराउने सरकारको घोषणा

    कृषि उत्पादनलाई बजारीकरण र वर्षभरी सिँचाइ उपलब्ध गराउने सरकारको घोषणा

    काठमाडौं : सरकारले प्रदेश र स्थानीय तहको सहभागितामा कृषि भण्डारण स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गर्ने नीति बनाएको छ। सरकारको नीति तथा कार्यक्रमलाई संघीय संसद्को शुक्रवारको संयुक्त बैठकमा वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आत्मनिर्भर अर्थतन्त्र बनाइने घोषणा गरे। गाउँसम्मै कृषि प्राविधिक खटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। ‘वडास्तरसम्म कृषि प्राविधिक जनशक्ति खटाइने छ। कृषि वस्तुको बजारीकरण गरिने छ,’ पौडेलले भने। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रम : पुरानैलाई निरन्तरता

    नीति तथा कार्यक्रम : पुरानैलाई निरन्तरता

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा सुधार देखिएको भन्दै ब्याज दरमा सुधार आएको र लगानीको वातावरण तयार हुँदै गएको बताएका छन्। शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रको बलियो साझेदारीबाट उत्पादकत्व वृद्धि गर्ने सरकारको योजना रहेको बताए। उनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राजस्व प्रशासनलाई चुस्त बनाउँदै त्यसको दायरा फराकिलो बनाइने बताए। राष्ट्रपतिले आर्थिक प्रशासन थप…

    विस्तृतमा पढ्नुस्

  • संसद् भवन परिसरबाट मात्र सेनाको विशेष कारगेड

    संसद् भवन परिसरबाट मात्र सेनाको विशेष कारगेड

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका छन्। राष्ट्रपति पौडेल संसद् भवन पुग्दा कुनै थप सुरक्षा घेरा देखिएको थिएन। संसद् भवन पुगेपछि मात्र सेनाको विषेश कारगेड व्यवस्था गरिएको थियो। राष्ट्रपति पौडेलको निर्देशनअनुसार नै शुक्रवार आम मानिसलाई असर नपर्ने गरी सवारी व्यवस्था मिलाइएको थियो। यसअघि राष्ट्रपति संसद् भवन…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल (लाइभ)

    संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल (लाइभ)

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पौडेलले अहिले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्। शुक्रवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो। सरकारले नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ। हेर्नुहोस् लाइभ :…

    विस्तृतमा पढ्नुस्

  • सडक खाली नगरी संसद् भवन पुगेका राष्ट्रपति पौडेलको यस्तो देखियो सवारी

    सडक खाली नगरी संसद् भवन पुगेका राष्ट्रपति पौडेलको यस्तो देखियो सवारी

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका छन्। राष्ट्रपति पौडेल संसद् भवन पुग्दा कुनै थप सुरक्षा घेरा देखिएको थिएन। आवातजावतलाई रोक नगरी उनी संसद् भवन पुगेका छन्। यसअघि राष्ट्रपति संसद् भवन जाँदा विशेष स्कटिङको व्यवस्था थियो। काठमाडौंको बिजुली बजारबाट घोडा सवारको स्कटिङमा राष्ट्रपति संसद् भवन पुग्दै आएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाउन पहल : पर्यटनमन्त्री र बेलायती राजदूतबिच छलफल

    नेपाली आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाउन पहल : पर्यटनमन्त्री र बेलायती राजदूतबिच छलफल

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबिच भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा शुक्रवार भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा छलफल भएको पर्यटनमन्त्री किरातीले जानकारी दिए। युरोपेली सङ्घ (इयू)ले नेपाललाई विगत ११ वर्षदेखि हवाई सुरक्षा सूचीमा राखेको छ। इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद्को बैठकले पारित गर्‍यो नीति तथा कार्यक्रम

    मन्त्रिपरिषद्को बैठकले पारित गर्‍यो नीति तथा कार्यक्रम

    काठमाडौं : मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। बैठक ४ बजेका लागि बोलाइएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कारको कसुरमा २२ वर्षीय युवकलाई साढे नौ वर्ष कैद सजाय

    बालिका बलात्कारको कसुरमा २२ वर्षीय युवकलाई साढे नौ वर्ष कैद सजाय

    दमौली : बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ। तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका-५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला सुनाएको हो। जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यको इजलासले उक्त फैसला गरेको हो। अदालतले पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा फुटबल टिमको जर्सी : लखनउले कोलकाताविरुद्धको खेलमा मोहन बगानको जर्सी लगाउने

    आईपीएलमा फुटबल टिमको जर्सी : लखनउले कोलकाताविरुद्धको खेलमा मोहन बगानको जर्सी लगाउने

    इण्डियन प्रिमियर लिग (आईपीएल)को टिम लखनउ सुपर जायन्टले कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा फुटबल टोली मोहन बगानको जर्सी लगाउने भएको छ। लखनउको स्वामित्व आरपी सन्जिव गोयन्का ग्रुपसँग छ, जोसँग इण्डियन सुपर लिग (आईएसएल) टिम एटीके मोहन बगानको पनि स्वामित्व छ। ‘मोहन बगान संस्था होइन, यो वास्तवमा भावना हो। यसले कोलकाता शहरको विरासतको प्रतिनिधित्व गर्छ’, जायन्टका मालिक शाश्वत गोयन्काले भने, ‘यसलाई ध्यानमा राखेर…

    विस्तृतमा पढ्नुस्

  • मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा परीक्षण कालोपत्र गर्न सुरु

    मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा परीक्षण कालोपत्र गर्न सुरु

    डुम्रे : पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ। मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीवारदेखि कालोपत्र गर्न सुरु गरिएको हो। पूर्वी भागको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित कालोपत्र गर्न सुरु गरिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। ‘गत बिहीवारदेखि पृथ्वी राजमार्गको परीक्षण चरणको कालोपत्र गर्न थालिएको हो, सत्रसयस्थित एक सय मिटर सडक कालोपत्र गर्न सुरु गरेका…

    विस्तृतमा पढ्नुस्

  • याक र चौँरी पालेर गाउँमा बस्न मान्दैनन् युवा, उनका भाङ्ग्रालाई प्रतिस्थापन गर्‍यो आयातित पोशाकले

    याक र चौँरी पालेर गाउँमा बस्न मान्दैनन् युवा, उनका भाङ्ग्रालाई प्रतिस्थापन गर्‍यो आयातित पोशाकले

    नवीन लामिछाने- मनाङ : मनाङको नासोँ गाउँपालिका-४ का सुरेश थकाली पशु व्यवसायी हुन्। पहिले करिब एक सय याक, चौँरी पालेर दूध, मासुका लागि बिक्री गरेर आम्दानी गरिए पनि अहिले घट्दो क्रममा रहेको उनको भनाइ छ। ‘पहिला याक, चौँरी धेरै सङ्ख्यामा पालिन्थ्यो, अहिले त कति छ भनेर आँखा अगाडि भन्न सकिन्छ, युवाको चाहना छैन, के गर्नु हामीले पनि घटाउँदै लगेका छौँ,’…

    विस्तृतमा पढ्नुस्

  • सर्वसाधारणलाई असर नपर्ने गरि संसद भवन जाने तयारीमा राष्ट्रपति

    सर्वसाधारणलाई असर नपर्ने गरि संसद भवन जाने तयारीमा राष्ट्रपति

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर जाँदा कुनै थप सुरक्षा घेरा नलिने भएका छन्। यसअघि राष्ट्रपति संसद भवन जाँदा विशेष स्कटिङको व्यवस्था थियो। काठमाडौंको बिजुली बजारबाट घोडा सवारको स्कटिङमा राष्ट्रपति संसद भवन पुग्दै आएका थिए। राष्ट्रपति भएदेखि नै सर्वसाधारणलाई असर पर्ने गरि भड्किलो सुरक्षा घेरा नलिएका पौडेलले यसपटक…

    विस्तृतमा पढ्नुस्

  • दोहाबाट काठमाडौं आएका दुई महिलाको साथमा भेटियो सुन, विमानस्थलबाट बाहिरिएपछि समातिए

    दोहाबाट काठमाडौं आएका दुई महिलाको साथमा भेटियो सुन, विमानस्थलबाट बाहिरिएपछि समातिए

    काठमाडौं : विदेशबाट अवैध रुपमा ल्याएको सुनसहित प्रहरीले दुई जना पक्राउ गरको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा ल्याएको १ सय ८४ ग्राम तौलको सुनसहित २ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मोरङको सुन्दरहरैंचा नगरपालिका-७ घर भएकी ४० वर्षीया शोभा विश्वकर्मा र रामेछापको रामेछाप नगरपालिका-५ रामपुर स्थायी ठेगाना भएकी २९ वर्षीया सरिता श्रेष्ठ रहेका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउने मुख्यमन्त्री शाहको दाबी

    सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउने मुख्यमन्त्री शाहको दाबी

    कैलाली : मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले शुक्रवार पूर्णता पाउँदैछ। प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा शाहले सरकारले शुक्रवार पूर्णता पाउन लागेको जानकारी दिए। ‘सत्ता गठबन्धनमा रहेका सबै दल सरकारमा सहभागी हुने विश्वास मलाई छ’, उनले भने, ‘आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्छ।’ सरकारले काम गरेको सय…

    विस्तृतमा पढ्नुस्

  • जापानमा जी७ देशका नेता जुट्दै गर्दा मध्य एसियाली देशका नेतासँग सी जिनपिङले भने : बाह्य हस्तक्षेपको विरोध गरौं

    जापानमा जी७ देशका नेता जुट्दै गर्दा मध्य एसियाली देशका नेतासँग सी जिनपिङले भने : बाह्य हस्तक्षेपको विरोध गरौं

    चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य एसियाली देशहरुले आफ्नो आन्तिरक मामिलामा बाह्य हस्तक्षेपको विरोध गर्नुपर्ने बताएका छन्। छियाङमा भएको मध्य एसियाली देशहरुको सम्मेलनका क्रममा सीले अमेरिकी र पश्चिमा देशहरुलाई इंगित गर्दै उनीहरुको हस्तक्षेप रोक्न सबै एक हुनुपर्ने बताएका हुन्। जापानमा जी७ राष्ट्रका नेताहरु भेला भइरहँदा सीको यस्तो अभिव्यक्ति आएको हो। हिरोसिमामा हुँदै गरेको जी७ राष्ट्रको बैठकमा अमेरिकाले खुला र स्वतन्त्र ‘इन्डो प्यासेसिक’…

    विस्तृतमा पढ्नुस्

  • बाढीबाट विस्थापित भन्छन् : लालपुर्जा छ, जग्गा खै?

    बाढीबाट विस्थापित भन्छन् : लालपुर्जा छ, जग्गा खै?

    झलनाथ खनाल- भजनी : विक्रम विश्वकर्माको कैलालीको टीकापुर नगरपालिका-८ अरुणाफाँटमा बसाइँ थियो। त्यहीँ ठाउँमा खेतीपाती गरेर गुजारा गर्दै आएको उनको परिवार कर्णाली नदीको बाढीले विस्थापित भयो। त्यसपछि विश्वकर्मालगायत दर्जनौँ परिवार तितरवितर भए। जग्गा बगरमा परिणत भयो। अहिले जग्गाको नामनिसान नै छैन। बाजे मोहनको नाममा रहेको जग्गाको भोगचलन नगरेरै जग्गा नदीमा विलय भयो। करिब दुई दशकपछि विश्वकर्माले जग्गाको खोजी सुरु गरेका…

    विस्तृतमा पढ्नुस्

  • दाङमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु, २९ जना घाइते

    दाङमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु, २९ जना घाइते

    बुटवल : दाङमा दुईवटा बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सो दुर्घटनामा २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका-७ की ४२ वर्षीया शोभा परियार रहेकी छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-३ फल्कापुरमा वीरगंजबाट दाङको तुलसीपुर जाँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस र लमहीबाट भालुवाङतर्फ आउँदै…

    विस्तृतमा पढ्नुस्

  • यार्सागुम्बा टिप्न गएका ऐतवालको ढुंगा लागेर मृत्यु

    यार्सागुम्बा टिप्न गएका ऐतवालको ढुंगा लागेर मृत्यु

    काठमाडौं : दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका-१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ। सोही घटनामा अर्का एक सङ्कलक  घाइते भएका छन्। यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका-१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। यार्सागुम्बा सङ्कलन गर्ने क्रममा  माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell