दक्षिण प्रशान्त क्षेत्रमा भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार शुक्रवार न्यू केलेडोनिया क्षेत्रको आसपास ७.८ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्प पश्चात भनुआतु, फिजी, किरीबाती र न्यूजिल्यान्डको उत्तरी क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ। भूकम्पको केन्द्रविन्द्र फिजी,भनुआतु र न्यू केलेडोनियाबिच रहेको बताइएको छ। यही क्षेत्रको १ हजार किलोमिटरको तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको हो। हवाईमा भने सुनामीको खतरा नरहेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन्।…
काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट असार पहिलो साताबाट चार्टर्ड उडान सुरु हुने भएको छ। असार ८ गते (जुन २३ तारिख) देखि चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुन लागेको हो। यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले…
काठमाडौं : खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि) महाभारत पर्वतशृङ्खला) मा अवस्थित स्थानीय तह हो। गाउँपालिकाले एक वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्धवृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ खानीखोला विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको बताउँछन्। उनले भौतिक पूर्वाधारसँगै विशेष गरी शिक्षा र कृषि क्षेत्रमा जोड दिएको बताए।…
ट्वीटरमा अबदेखि दुई घण्टा लामो भिडियो अपलोड गर्न मिल्ने भएको छ। इलन मस्कले ट्वीटर किनेपछि विभिन्न फिचरहरु थप्दै गएका छन्। यसबिच भिडियो सेयरिङको ‘टाइम लिमिट’ पनि बढाउन लागिएको हो। मस्कले ट्वीट गर्दै ८ जिबिसम्मका दुई घण्टा लामो भिडियो अपलोड गर्न मिल्ने बताएका हुन्। तर, यो फिचर ट्वीटर ब्लु भेरिफाइड सबस्क्राइबरहरुले मात्र पाउनेछन्। Twitter Blue Verified subscribers can now upload 2 hour…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई हराएको छ। हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले हैदराबादमाथि ८ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। हैदराबादका लागि हेइनरिच क्लासेनले सर्वाधिक १०४ रन बनाउँदा ह्यारी ब्रुकले अविजित २७ रन बनाए। त्यस्तै एइडेन…
जापानमा ग्रुप अफ सेभेन (जी७) बैठक सुरु भएको छ। विश्वको ठूलो अर्थतन्त्र भएका सात राष्ट्रको यो समूहका नेताहरु हिरोसिमामा भेला भएका हुन्। जी७ मा क्यानडा, फ्रान्स, अमेरिका, बेलायत, जर्मनी, इटाली र जापान रहेका छन्। बैठकको मुख्य सत्र बाँकी रहँदा द्विपक्षीय भेटघाट भने भइरहेको छ। यसअघि यो समूहमा आठवटा राष्ट्र थियो। तर, सन् २०१४ मा रसियाले क्रिमिया आक्रमण गरेपछि यसलाई हटाएर जी७…
इटालीमा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। वर्षासँगै बाढी पहिरो जाँदा कयौं घरहरु क्षतिग्रस्त भएका छन् भने भौतिक पूर्वाधारहरु पनि नष्ट भएका छन्। ३०० भन्दा बढी स्थानमा पहिरो जाँदा ४०० भन्दा बढी सडकहरुमा क्षति पुगेको छ। ६ महिनामा पर्ने पानी साढे एक दिनमा परेपछि २० वटा भन्दा बढी नदीमा एकसाथ बाढी आएको बीबीसीले उल्लेख गरेको छ। बाढीका कारण १३ जनाको मृत्यु भएको…
काठमाडौं : आज बिहानैदेखि देशका विभिन्न भेगमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। यस्तै, आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि…
काठमाडौं : आफू अपहरणमा परेको भनी भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका-४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार वैशाख ३१ गते नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले भ्रष्टाचार विरुद्ध बुधबारेमा आयोजना गरेको विरोध कार्यक्रमका विरुद्ध फेसबुकबाट अभिव्यक्ति दिएर सुहाङ सुनियोजित रुपमा बेपत्ता भएका थिए। सङ्घीय लोकतान्त्रिक…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिमा…
काठमाडौं : आजदेखि सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘ए साथी सुन’, ‘डाकिनी’ र हलिउड फिल्म ‘फास्ट एक्स’ रिलिज भएका हुन्। लभस्टोरी, थ्रिलर र कमेडी जनरामा बनेको फिल्म ‘ए साथी सुन’मा रामराघव आचार्यको लेखन र निर्देशन रहेको छ। फिल्ममा वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, सुशील पोखरेल, स्व. जयनन्द लामा, रमेश अधिकारी, कृष्मा खड्का…
काठमाडौं: अन्तत: नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले विवादित दृश्य र संवादमा कैँची चलाउँदै सेन्सर पास गरेको हो। फिल्ममा समावेश दुई दृश्य हटाएसँगै सेन्सर पास भएको निर्देशक नवल खड्काले बताए। ‘अन्तत: हाम्रो फिल्म सेन्सर पास भएको छ। गृह मन्त्रालयको भवनको दृश्य र भुटानसम्बन्धी अभिव्यक्ति हटाएसँगै सेन्सर फुकुवा भएको हो। अब छिट्टै हामी रिलिज मिति…
काठमाडौं: विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद २- भष्मे डन’ को छायाङ्कन सकिएको छ। पशुपतिमा मन्दिर परिसरमा अन्तिम दृश्य सुटिङ गर्देँ फिल्मको इन्ड-क्याप गरिएको हो। फिल्मका निर्देशक दीपेन्द्र के खनालले लगभग दुई महिनामा फिल्मको छायाङ्कन सकिएको फेसबुकमार्फत जानकारी दिए। खगेन्द्र लामिछाने फिल्मको निर्माता तथा लेखकका रुपमा रहेका छन्। फिल्ममा विपीनका साथै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा…
हेटौंडाः वाग्मती प्रदेश सरकारमा मन्त्रालय भागबन्डामा सहमति जुटेको छ। प्रदेशस्तरमा सहमति नभएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताले प्रदेश सरकारको भागबन्डामा सहमति गरेका हुन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच मन्त्रालय भागबन्डामा सहमति भएको हो। बैठकले कांग्रेसलाई ५ माओवादी केन्द्रलाई ४ र एकीकृत समाजवादीलाई २ मन्त्रालयमा सहमति गरेको एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलका…
पोखरा : घान्द्रुकमा तेस्रो संस्करणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी सुरु भएको छ। यो सँगै तेस्रो अन्नपूर्ण म्याराथनको तयारी थालिएको छ। जेठ १७ देखि अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर २० गते सकिने छ। पर्यटनको लागि सबै मौसम भन्ने मूल नाराका साथ २०७४ सालदेखि सुरु भएको महोत्सव कोरोनाका कारण निरन्तरता पाउन…
काठमाडौं : भुटानी शरणार्थी प्रकरणमा थप एक हाइप्रोफाइल पक्राउ परेका छन्। नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसधान थालेको छ। उनी भुटानी शरणार्थी नेता हुन्। बिहीवारै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। पछिल्लो ५५ दिनदेखि प्रहरीले यस प्रकरणमा पूर्व उप प्रधान मन्त्री, पूर्व…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवारको संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। शुक्रवार दिउँसो ४ बजे पौडेलले संयुक्त बैठकलाई सम्बोधन तय भएको सभामुख देवराज घिमिरेले जनाए। 'राष्ट्रपति रामचन्द्र पौडेलबाट जेठ ५ गते दिउँसो ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्य्रक्रम रहेको छ,' सभामुख घिमिरेले भने। संयुक्त बैठकका लागि सांसदहरुलाई ३: ४५ भित्र आइसक्नसमेत सभामुखले रुलिङ गरेका छन्। सांसदहरुलाई निर्धारण…
काठमाडौं : संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने क्रम जारी छ। एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री धेरै समयपछि संसदमा देखिएको भन्दै प्रशंसा गरे। धेरैपछि देखिँदा प्रधानमन्त्री 'हेन्डसम' देखिएको पन्तको भनाई थियो। 'प्रधानमन्त्री हेन्डसम देखिनु भएको छ। जनता पनि खाइलाग्दो देखिउन्,' प्रश्नअघि सांसद पन्तले भने। आफ्नो तारिफ सुनेपछि प्रचण्ड मख्खा हुँदै भने – प्रशंसा हो कि व्यङ्ग्य? त्यसका लागि धन्यवाद।…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको प्रश्नको जवाफ नदिई पन्छिएका छन्। सांसद अमरेश कुमारले ललिता निवास काण्डको छानबिन कहिले? बुढानिलकण्ठ स्कुलको कर लिँदा युलेन्स स्कुलले छुट पाएको दस्तावेज आफूले पाएकोले यस्तो विषयमा के हुन्छ भन्दै प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले भने - यो प्रश्नको उत्तर अघि दिइसकेको छ। अरु विषय जानकारीमा राखिएको छ। युलेन्स कांग्रेस केन्द्रीय सदस्य…
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जो सुकै भएपनि अनुसन्धानबाट नउम्किने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले प्रमाणको आधारमा दोषी देखिएका कुनै पनि व्यक्तिलाई कारबाहीको दायरमा ल्याउने बताए। त्यस्तै यसमा कुनै पनि कसुर नराखेकाले कतैबाट दबाब र प्रभावमा परेर अनुसन्धान नगर्ने गृहमन्त्रीमार्फत प्रहरीलाई निर्देशनसमेत दिएको जानकारी दिए। सांसदले भिआइपी व्यक्तिको संलग्नता देखिए के गर्नुहुन्छ?…