काठमाडौं : अमेरिकी सरकारले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न भारतको सत्तारढ दल भारतीय जनता पार्टीसँग सम्बन्ध भएका समूह लागेको दाबी गरेको छ। अमेरिकी विदेश मन्त्री एन्थोनी बिल्न्केनले सार्वजनिक गरेको 'अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन २०२२'मा भाजपासँग सम्बन्धित समूहले नेपाललाई हिन्दु राष्ट्र बनाउने पक्षमा बोल्न नेपाली नेताहरुलाई पैसा दिने गरेको उल्लेख गरिएको छ। सामाजिक अगुवाहरुलाई उद्धत गर्दे अमेरिकाले यस्तो दाबी गरेको हो। प्रतिवेदनमा…
वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुअ राजेशमान सिंहले प्रदेश सरकारसँग विशेष प्याकेजको माग गरेका छन्। बुधबार महोत्तरीको बर्दिवासमा आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको बजेट सम्बन्धि छलफल कार्यक्रममा सिंहले मधेश प्रदेशकै एकमात्र महानगरलाई विशेष प्याकेजको उपलब्ध गराउनुपर्ने बताएका हुन्। सिंहले नीति तथा कार्यक्रममा पनि वीरगंज महानगरका लागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध गरेका थिए। प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनु पूर्व प्रदेश…
जापानको उत्तरपूर्वी राजमार्गमा भएको दुर्घटनामा परी दुई नेपाली सहित तीन जनाको मृत्यु भएको छ। यात्रुबाहक बस र ट्रक एक जुध्दा तीन जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सी क्योदोले जनाएको छ। बसमा यात्रारत मध्ये ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी रहेका थिए। दुई सवारीसधान जुध्दा बसबाट उछिट्टिएर बाहिर पुगेका थिए। घटना स्थानीय समयअनुसार मंगलवार राति ८ बजे…
काठमाडौं : बागलुङको ढोरपाटन नगरपालिका-२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ। ढोरपाटन-६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन्। तारीखेत छोरीको घरमा बस्दै आएका अदै मङ्गलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन भएका थिए। साँझ नै परिवारले खोजी गरे पनि नभेटिएको तर बिहान करिब ६ बजेको समयमा घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय…
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना नेता रेशमलाल चौधरीबारे सर्वोच्च अदालतको मंगलवारको फैसलाप्रति विरोध जनाएको छ। २०७२ मा थरुहट आन्दोलनका क्रममा ९ प्रहरी र एक बालकको ज्यान गएको घटनामा चौधरी जेल जीवन बिताइरहेका छन्। उच्च अदालतले पनि चौधरीलाई जन्मकैदको फैसला गरेकोमा सर्वोच्चले उक्त फैसलालाई सदर गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा चौधरीकी पत्नी तथा नाउपाकी अध्यक्ष रञ्जिता…
काठमाडौं : समय घर्किँदै जाँदा नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दा पेचिलो बन्दै गएको छ। अन्तिम समयमा हाइ प्रोफाइल व्यक्तिहरु समातिए। अर्कातिर अनुसन्धान समय कम हुँदा प्रहरीलाई थप समस्या देखिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई फाइल बुझाउन दिएको अनौपचारिक समयको म्याद गुज्रिसकेको छ। प्रहरीले अझै अनुसन्धानको बिट भने मारिसकेको छैन। यद्यपि, अनुसन्धानका लागि समय पनि धेरै बाँकी छैन। प्रहरीले यस प्रकरणमा…
बलिउडमा ‘डन’ को तेस्रो श्रृंखला बन्ने चर्चा चलिरहेको छ यतिबेला। निर्माता रितेश सिदवानीले एक अन्तर्वार्तामा ‘डन ३’ बन्ने घोषणा गरेसँगै चर्चा चुलिएको हो। चर्चाबिच यो श्रृंखलामा भने शाहरुख खान नदेखिने 'गसिप' बलिउडमा फैलिएको छ। शाहरुखले डनको फ्रेन्चाइजी छोड्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ। ‘डन ३’ मा आफ्नो भूमिकालाई शाहरुखले निरन्तरता नदिने पिंकभिल्लाले उल्लेख गरेको हो। ‘फरहान अख्तर र रितेश सिधवानीले शाहरुख खानसँग…
काठमाडौँ: १४ औँ संस्करणको साफ च्याम्पियनसीपको ड्र अन्तर्गत नेपाल समूह 'ए' मा परेको छ। भारतको नयाँ दिल्लीमा आज सम्पन्न ड्र अनुसार नेपाल समूह 'ए' मा रहेको छ। समूह 'ए' मा नेपाल, भारत, पाकिस्तान र कुवेत रहेका छन्। समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन्। प्रतियोगिता भारतको बेङ्ग्लोरमा जुन २१ देखि जुलाई ३ सम्म भारतको बेङ्ग्लुरुमा आयोजना हुँदैछ। प्रतियोगितामा…
काठमाडौं : नेपाली खेलकुदको दृष्टीबाट हेर्दा देशका दुई लोकप्रिय खेलका साझा प्रतिस्पर्धी हुन्: भारत र पाकिस्तान। नेपालले आगामी महिना भारतको बेङ्ग्लुरुमा साफ च्याम्पियनसीप खेल्दैछ। नेपाली फुटबल टोलीले हालसम्म उपाधि जित्न नसकेको यो प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान, लेबनान र कुवेतको सहभागिता रहने छ। त्यस्तै, अघिल्लो महिना प्रिमियर कपको च्याम्पिन बन्दै नेपाली क्रिकेट टोलीले विश्व क्रिकेटकै शक्ति राष्ट्र भारत…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताएका छन्। एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा बुधवार मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले दुई नेताले छोडेर गएको अभिभारा पूरा गर्नुपर्ने बताए। ‘मुलुक बनाउन बोकेका सपना पूरा गर्न नभ्याउँदै उहाँहरुको हत्या भयो’, अध्यक्ष ओलीले भने,…
काठमाडौं : यती वर्ल्डका कार्यकारी अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले बुधवार बिहान सगरमाथा आरोहण गरेका छन्। बिहान ७:३३ बजे सफल आरोहण गरेका उनी सात महादेशका अग्ला चुचुरो आरोहण गर्ने मुलुककै पहिलो नेपाली बनेका छन्। सगरमाथासँगै उनले सातवटै महादेशका सबैभन्दा अग्ला शिखर आरोहण गरेका छन्। ५८ वर्षीय शेर्पाले गत वर्ष दक्षिण अमेरिकाको उच्च शिखर अकोन्कागुआ आरोहण गरेका थिए। विश्वका सात महादेशमा सगरमाथा, अकोन्कागुआ,…
काठमाडौं : कामीरिता शेर्पाले २७औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन्। २६ पटकको आफ्नै कीर्तिमान तोड्न उनी सफल भएका हुन्। ८८४९ मिटर उचाइको सर्वोच्च शिखरमा उनी बुधवार बिहान साढे ८ बजे पुगेको सेभेन समिट ट्रेक्सले जनाएको छ। आरोहणको कीर्तिमान बनाउनु संसारभर आरोहीका लागि गौरवको विषय हो। ५३ वर्षीय आरोही शेर्पाले सगरमाथाको पहिलो आरोहण १९९४ मा गरेका थिए। यसपछि…
अमेरिका, भारत, अस्ट्रेलिया र जापान संलग्न 'क्वाड' राष्ट्रका नेताहरुबिचको बैठक स्थगित भएको छ। अको हप्ता अस्ट्रेलियामा हुने तय भएको क्वाड राष्ट्रका प्रमुखहरुको बैठक स्थगित भएको हो। अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो एसिया भ्रमण छोट्याएपछि नेताहरुको बैठक रोकिएको हो। यद्यपि, बैठक गर्नेबारे भने छलफल भइरहेको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानेजले बताए। मे २१ मा सुरक्षासम्बन्धी संवादका लागि बाइडेन, अलबानेजसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन्। भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरे। प्रधानमन्त्री दाहालले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गरे। सो…
शरद शर्मा- काठमाडौं : बुधवार मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन्। एमालेले स्मृति दिवसका अवसरमा बुधवार मदन नगर बल्खुस्थित पुरानो पार्टी कार्यालयमा ‘मदन-आश्रित स्मृति कार्यक्रम’ गर्दैछ। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्षनेताले जननेता भण्डारी र नेता आश्रितको तस्बिरमा माल्यार्पण…
इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न मिलान डर्बीमा एसी मिलानलाई हराउँदै इन्टर मिलान १२ वर्षपछि च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको हो। गएराति सन सिरोमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा इन्टरले १-० को जित निकालेसँग समग्रमा ३-० गोलको जित सहित फाइनलको यात्रा तय गरेको हो। सेमिफाइनलको पहिलो लेग इन्टरले २-० गोलको जित निकालेको थियो। दोस्रो…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टसले मुम्बई इण्डियन्सलाई हराएको छ। लखनउस्थित अटल विहार वाजपेयी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले मुम्बईमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बई ५ विकेट गुमाएर १७२ रनमा समेटियो। लखनउका लागि मार्कस स्टोइनिसले…
काठमाडौं : आफूले निर्माण गरेको फिल्म धेरैभन्दा धेरै हलहरुमा रिलिज होस् भन्ने निर्माताको चाहना हुन्छ। तर, षट्कोण आर्टस्ले निर्माण गरेको ‘डाकिनी’ भने जेठ ५ गतेदेखि सीमित हलहरुमा मात्रै प्रदर्शन हुने भएको छ। पत्रकारसँगको भेटघाट कार्यक्रममा मंगलवार फिल्मका निर्माता म्याक्स दिपेश खत्रीले आर्ट फिल्म मन पराउने दर्शकका लागि भनेर सीमित हलमा मात्र रिलिज गर्न लागेको बताए। ‘हामीले निकै मेहेनत गरेर फिल्म बनाएका छौँ। तर, हामीलाई…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक-दुई…
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न तेस्रो खेलमा चर्च ब्वाइज क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चर्चले सातदोबाटोमाथि १-० गोलको जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। चर्च ब्वाइजलाई जित दिलाउन सुवास गुरुङले ६३ औँ मिनेटमा निर्णायक गोल गरे। मंगलवारनै सम्पन्न अघिल्ला दुई खेलमा थ्री स्टार क्लब र…