फ्रान्सको चर्चित ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिवल'मा सुवर्ण थापाको ‘दी सेक्रेटस् अफ राधा ७ विधामा मनोनयनमा परेको छ। फिल्म निर्देशक थापाका अनुसार फ्रान्सको कान्स शहरमा फेस्टिवल हुँदैछ। फिल्म राधालाई लिएर उनी अहिले अमेरिका यात्रामा छन्। अस्ट्रेलियपछि उनले अमेरिकामा फिल्म प्रदर्शन गरिरहेका छन्। महिला फिल्मकर्मी र महिला चरित्रलाई प्राथमिकता दिने उद्द्श्यले 'ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’आयोजना हुँदै आएको छ। फिल्म सेक्रेटस्…
हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले बजेट बनाउनुपर्ने चटारो हुँदा थप ३ मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेको बताएका छन्। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट निमार्ण गर्नुपर्ने समयमा ५ वटा मन्त्रालयहरू रिक्त भएपछि तत्कालका लागि कांग्रेसले थप ३ वटा मन्त्रालयको जिम्मेवारी लिएको बताएका हुन्। लामाले आफूले ३ वटा मन्त्रालयको जिम्मेवारी…
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ। व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो। सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए। माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा माछाका भुरा वितरण गरेको उनले बताए।…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै गुजरात टाइटन्सले प्लेअफमा स्थान पक्का गरेको छ। ३४ रनको पराजय ब्यहोरेसँगै १२ खेलबाट ८ अंक जोडेको हैदराबाद दिल्लीपछि प्लेअफको होडबाट बाहिरिने दोस्रो टोली बनेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र वाग्मती प्रदेशका…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत सोमवार सम्पन्न खेलमा संकट क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटा र शेर्पा १-१ गोलको बराबरीमा रोकिएका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानुअल नानाको गोलमा ५० औँ मिनेटमा शेर्पाले अग्रता बनाएको थियो। तर, ७५ औँ मिनेटमा आयुश घलानले पेनाल्टीमा पाएको अवसरमा गोल फर्काउँदा खेल १-१…
हेटौंडा : वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको बैठक आह्वान गरेका छन्। प्रदेश प्रमुख शर्माले वाग्मती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएबमोजिम यही जेठ ९ गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन्। नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश प्रमुख शर्माको सचिवालयले जनाएको छ।
काठमाडौं : नेपाली सेनाको टोलीले सोमबार सगरमाथा शिखर आरोहण गरेको छ। सफा हिमाल अभियानमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवरले सगरमाथा आरोहण गरेका हुन्। पिक प्रमोसन प्रालिका निर्देशक आङबाबु शेर्पाको अनुसार उनीहरुले बिहान १० बजेर ५ मिनेटमा शिखर सफल आरोहण गरेका हुन्। सेनाको टोलीसित माउन्टेन गाइडहरु…
काठमाडौं : आइतबार साँझ पक्राउ परेका एमाले सचिव एवम् पूर्वउप प्रधानमन्त्री टोपबहादुर रायमाझीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको हो। सोमबार दिउँसो रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अदातलमा हाजिर गराएको थियो। त्यस्तै ६ दिनपछि कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सुरु भएको छ। सोमबार बिहान करिब ११ बजेदेखि २ बजेसम्म सरकारी वकिल…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको व्यवस्थाले शिक्षालाई व्यापार बनाएको बताएका छन्। विद्यार्थी दिवस र अबको बाटो कार्यक्रममा सम्बोधन गर्दे उनले भने, 'यो व्यवस्थाले शिक्षालाई व्यापार बनाइदियो।' उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई इंगित गर्दै मन्त्रीहरु नै जेलमा पुगेको बताए। 'मन्त्री भएकाहरू आज कौडीका भए। अहिले जेलको छिँडीमा छन्,' उनले भने। रेमिटेन्समा रमाउने देश दुई कौडिको हुने…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित 'अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा' कार्यक्रममा सम्बोधन गर्दे उनले हरेक क्षेत्रमा आमूल परिवर्तन र संरचनात्मक रुपान्तरणको आवश्यकता रहेको बताएका हुन्। 'विदेशी मुद्राको सञ्चिति पनि बढेको छ। त्यसैगरी तरलता…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन भएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गरेका छन्। जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा रहेका 'जिउँदो शहिद' कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। राष्ट्रपति पौडेलले शोक सन्देशमार्फत कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्। राष्ट्रपति पौडेलका तर्फबाट…
काठमाडौं : भक्तपुरको चुनदेवीस्थित दाजुभाइ फर्निचर कारखानामा आइतबार राति आगलागी हुँदा दुई करोड रुपैयाँको क्षति भएको छ। आइतवार राति सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेवीस्थित दाजुभाइ फर्निचर कारखानामा आगलागी भएको थियो। वर्षा र हावाहुरीबिच आगो लागेपछि प्रहरी र अग्नी नियन्त्रणको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट करिब २ करोड जति क्षति पुगेको र सँगै रहेको घर समेत जलेर करोडौंको नष्ट…
काठमाडौं : आइतवार पक्राउ परेका नेकपा (एमाले) सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिल कार्यालयमा उपस्थित गराएको छ। हिरासतबाट सोझै ल्याइएका उनी सरकारी वकिल कार्यालयमा आत्मविश्वासका साथ उपस्थित भएको देखियो। बालकृष्ण खाणलाई जस्तै उनलाई पनि हतकडीबिना नै यहाँ पुर्याइएको हो। यतिसम्म कि उनले मुहारमा मास्क समेत लगाएका थिएनन्। चिटिक्क मिलेको कोट-पाइन्ट र ढाका टोपीमा सजिएर उनी कार्यालय पुगेका हुन्।…
काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको बताएकी छन्। सोमवारको प्रतिनिधिसभा बैठकमा सांसद राणाले यस्तो बताएकी हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा राणाको नाम पनि मुछिएको छ। उनले पनि रकम लिएको भन्दै अडियो बाहिरिएको छ, सो अडियोलाई आरजुले 'फेक' भन्दै आएकी छिन्। सोमवार प्रतिनिधिसभामा पनि उनले उक्त अडियो ‘फेक’ भएको जिकिर गरिन्। उक्त…
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धनबहादुर मास्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन्। मास्कीलाई सोमबार आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको हो। मास्की नेकपा माओवादी केन्द्रबाट दाङ ३ (२) बाट निर्वाचित भएका हुन्। मुख्यमन्त्री चौधरीसँगै गत वैशाख १५ गते तीन जना मन्त्रीले बिना विभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए। मास्कीले जिम्मेवारी पाएपनि उनिसँगै मन्त्री बनेका नागरिक उन्मुक्ति पाटीका धर्मबहादुर चौधरी र…
थाइल्यान्डका जनताले सैनिक समर्थित शासन व्यवस्थालाई अस्वीकार गरेका छन्। आइतवार भएको मतदानमा सत्तारुढ सुनाइटेड थाइ नेश्नल पार्टीलाई मतदाताले अस्वीकार गरेका हुन्। थाइल्यान्डको निर्वाचन आयोगका अनुसार निर्वाचनबाट मुभ फर्वाड पार्टी पहिलो दल बनेको छ। सो पार्टीले ११२ क्षेत्रमा जित निकालेको छ भने ३९ 'पार्टी लिस्ट' सिट जितेको छ। दोस्रोमा फिउ थाइ पार्टी रहेको छ। यो पार्टीले ११२ क्षेत्रमा जित निकाल्दै २९…
काठमाडौं : सरकारले जेठ ५ गते आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने छन्। उनले नीति तथा कार्यक्रमको परिचयमात्रै वाचन गर्ने छन्। राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण उनले सबै नीति तथा कार्यक्रम वाचन गर्ने छैनन्।…
काठमाडौं : रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका-१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। श्रीमान र नावालक छोरासँग सुनछहरी झरना हेर्न पुगेकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। चन्द्राका श्रीमान उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् ।…
पोखरा : बेडमा अचेत पल्टिरहेकी २२ वर्षिया छोरी। छोरी छोडेर यताउति डुलिरहेकी आमा चन्द्रकुमारी पुन। कोल्टे फेर्दा छोरीले आमाको साथ खोजिहाल्छिन्। चन्द्रकुमारी छोरीको हात समाउन पुग्छिन्। घाँस काट्न जाँदा म्याग्दीको धौलागिरी गाउँपालिका ३ पात्लेको भिडबाट लडेर घाइते भएकी हुन् चन्द्रकुमारीकी छोरी अनुकुमारी रोका मगर। वैशाख २६ गते घाइते भएकी अनुलाई दरबाङ प्राथमिक उपचार केन्द्रमा लगियो। केन्द्रले २७ गते पश्चिमाञ्चल क्षेत्रीय…