काठमाडौंः नेपाल आयल निगमले डिजलको मूल्य लिटरमा १० रुपैयाँ घटाएको छ। निगमको मंगलबारको सञ्चालक समितिले मूल्य लिटरमा १० रुपैयाँले घटाएको हो। अब उपभोक्ताले डिजल लिटरको १५५ रुपैयाँमा पाउँनेछन्। अरु पेट्रोलियम पदार्थको मूल्य भने निगमले यथावत राखेको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो। निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र थ्री स्टार १-१ गोलको बराबरीमा रोकिएका हुन्। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको सुरुमा आर्मीले दवाब बनाएको थियो। पहिलो हाफमै थ्री स्टारका प्रशिक्षक मेघराज केसीले युवा खेलाडीहरुको स्थानमा अनुभवी खेलाडी पठाएर फर्मेसन परिवर्तन गरेपछि खेल…
काठमाडौं : रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले उच्च अदालतको निर्णय सदर गरेको छ। सर्वोच्च अदालतले आज बहसपछि फैसला सुनाउँदै उच्च अदालतले सुनाएको फैसला नै सदर गरेको हो। यो निर्णयसँगै अब चौधरीले बाँकी समय पनि थुनामा नै बिताउनुपर्नेछ। २०७२ भदौ ७ गते मधेश-थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट…
काठमाडौं : सरकारलाई समर्थन गर्ने दलहरुको बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। 'आजको छलफलको विषयवस्तु नीति तथा कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने हो। नीति तथा कार्यक्रमका कुन विषयलाई प्राथमिकता दिने भन्ने बारेमा दलहरुका…
काठमाडौं : नेपाली कांग्रेसले रुपान्तरण अभियान घोषणा गरेको छ। आज राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा यो अभियानको घोषणा गरिएको हो। जेठ ११ गतेबाट सुरु हुने अभियान सातै प्रदेशमा पुग्नेछ। पहिलो कार्यक्रम मधेश प्रदेशको जनकपुरमा आयोजना हुनेछ। त्यसपछि अभियानको दोस्रो कार्यक्रम वाग्मतीको काठमाडौंमा जेठ १६ गते हुनेछ। त्यस्तै, जेठ २० गते गण्डकीको पोखरा, लुम्बिनीको दाङमा जेठ २२ गते, कर्णालीको सुर्खेतमा जेठ २४ गते, सुदुरपश्चिमको धनगढीमा…
काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताएका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा उनले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको बताएका हुन्। श्रेष्ठले भने, 'अनुसन्धानमा कुनै पक्षपात…
हेटौंडा : वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा दोस्रो प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ। १३ खेलमा २१९ स्वर्णका लागि प्रदेशका १३ जिल्लाबाट २ हजार ५०२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता यही जेठ ७ गतेबाट सुरु हुनेछ। मंगलबार सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद्का सदस्य सचित सूर्यलाल भण्डारीले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताए। प्रतियोगितामा फुटबल,…
काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको हो। इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार डिजल र पेट्रोलको मूल्य घटेर आएको हो। यसअघि भारतबाट मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ…
काठमाडौं : पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका छन्। प्राधिकरणका अनुसार गत बैशाख १ देखि जेठ १ सम्ममा चट्याङका ४४ वटा घटना भएका छन्। प्राधिकरणका अनुसार गए राति चट्याङ लागेर दैलेखमा एकै घरका…
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ। समितिको आज बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो। बैठकमा विशेष गरि सांसदहरुले अर्थतन्त्रको वर्तमान अवस्था, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यदिशा, भ्रष्टाचार नियन्त्रण तथा सुशासन, संसदीय…
काठमाडौं : चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। बोर्डमा आज बसेको बैठकले आगामी असार १ गतेदेखि ३ गतेसम्म दाङमा महोत्सव गर्ने निर्णय गरेको हो। महोत्सवको संयोजकमा प्रवक्ता के. एल. बुढाथोकीलाई तोकिएको छ। बालबालिका सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामुलक चलचित्रहरु महोत्सवमा प्रदर्शनी हुनेछन्। साथै, चलचित्रबारे हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी र फोटो प्रदर्शनीका साथै चलचित्र…
काठमाडौं : भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ। समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्षौंदेखि झापा र मोरङका विभिन्न स्थानमा शरणार्थी शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई हालैका घटनाले गम्भीर असर पुर्याएको भन्दै यसको निष्पक्ष छानबिनको माग गरेका हुन्। 'यस्तो कार्यले…
काठमाडौं : नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १२ औं संस्करण सम्पन्न भएको छ। बैशाख १५ गते महेन्द्रनगरबाट सुरु भएको फेस्टिभल काठमाडौंमा समापन गरिएको हो। चलचित्र विकास बोर्डमा डेभिड फ्रेन निर्देशित फिल्म ‘मित्र’ प्रदर्शनसँगै सोमबार फेस्टिभलको समापन गरिएको थियो। युरोपियन युनियनको आयोजनामा भएको यसपटकको फेस्टिभल नेपालका तीनवटा प्रदेशमा भएको थियो। महोत्सवको पहिलो चरण बैशाख १५ देखि १७ गतेसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा र दोस्रो चरण बैशाख…
काठमाडौं : दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन्। डुङ्गेश्वर गाउँपालिका-२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए। घाइते चारैजनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको राति नै उद्धार गरिएको थियो। चारैजना…
जनकपुरधाम : मधेश प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले आज दिउँसो १ बजे प्रदेशसभाको पहिलो अधिवेशनको नवौं बैठक बस्न लागेको जानकारी दिएका हुन्। आजको बैठकमा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री सरोजकुमार यादवले ‘प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा…
काठमाडौं : नेपाली कांग्रेसले पार्टीमा नीति अधिवेशन गर्ने बारे छलफल भइरहेको जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन्। 'नीति अधिवेशन गर्ने कुरा हुँदैछ,' महतले भने। कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा विशेष अधिवेशन हुनुपर्ने माग गरिरहेका छन्। महतले भने यस विषयमा पदाधिकारी बैठकमा कुरा नउठेको बताए। 'पदाधिकारी बैठकमा उहाँहरुले कुरै उठाउनुभएको छैन। विशेष अधिवेशनबारे। भेटघाट…
काठमाडौं : नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने जनाएको छ। आज कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरण गम्भीर विषय भएको भन्दै निष्पक्ष छानबिनको हुनुपर्ने बताएका हुन्। उनले यही प्रकरणमा पक्राउ गरेका पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले आफू निर्दोष रहेको बताउँदै आएकाले पार्टीले प्रहरीको अनुसन्धान निष्कर्ष कुर्ने पनि…
काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व सभासद आङटावा शेर्पा घाइते भएका छन्। आज बिहान हिरासत कक्षको ट्वाइलेटमा लडेर शेर्पा घाइते भएका हुन्। घाइते शेर्पालाई उपचारको लागी वीर अस्पताल लगिएको थियो। उपचारपछि पुनः हिरासतमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए । 'उहाँ बाथरुपमा लडेर सामान्य चोट लागेको थियो। अहिले उपचार…
काठमाडौं : ललितपुर महानगरपालिकाले घरका गेटहरु सार्वजनिक बाटोतर्फ खोल्ने गरि नराख्न आग्रह गरेको छ। केही व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि सार्वजनिक जग्गा तथा सम्पती अतिक्रमणमा उद्धत भई आफ्नो घरको गेट समेत सार्वजनिक बाटो तर्फ खोल्ने तथा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बाटोमा प्रयोग गरि सर्वसाधारणलाई समेत अवरोध सृजना गर्ने गरेको पाइएकोले महानगरपालिले यस्तो निर्णय गरेको हो। महानगरपालिकाले कानून विपरितका यस्ता अनैतिक कार्यहरु गरे…
सन् २०२१ मा बलिउड फिल्म '८३ क्रिटिकको नजरमा भने निक्कै अब्बल ठहरिँदा बक्स अफिसमा भने जम्न असफल रह्यो। स्पोर्टस् जेनराको फिल्ममा एउटा वर्गले भने निक्कै रुचायो। भारतीय क्रिकेटर कपिलदेवको खेल जीवनमा आधारित फिल्मले अहिले फेरि चर्चामा आएको छ। चर्चामा आउनुको कारण हो रणवीर कपुर स्टारर फिल्म लन्डनको लर्डस् क्रिकेट ग्राउन्डमा देखाइँदैछ। क्रिकेटरका लागि मक्का मानिने लर्डस् क्रिकेट ग्राउन्डमा प्रदर्शन गर्न…