PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • क्यान्टोनमेन्टमा घोटालाको आरोप कपोलकल्पित भएको प्रधानमन्त्रीको दाबी : प्रमाणित भए जेल जान तयार छु

    क्यान्टोनमेन्टमा घोटालाको आरोप कपोलकल्पित भएको प्रधानमन्त्रीको दाबी : प्रमाणित भए जेल जान तयार छु

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको क्यान्टोन्मेन्टमा कुनै भ्रष्टाचार नभएको दाबी गरेका छन्। बिहीवार संसदमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले भ्रष्टाचारको आरोप आरोपका लागिमात्र भएको दाबी गर्दै यस्तो बताएका हुन्। प्रधानमन्त्रीले क्यान्टोन्मेन्टमा कुनै अनियमितता नभएको उल्लेख गर्दै दोषी ठहरिए जेल जान तयार रहेकोसमेत बताए।'क्यान्टोनमेन्टको भौतिक पूर्वाधार राज्यले दिएको रकम अडिट रहेको कुरा माननीयलाई जानकारी दिन चाहन्छु,' प्रचण्डले भने, 'क्यान्टोनमेन्टको कुरा…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारभित्रैबाट समातिए अर्का हाई प्रोफाइल, शरणार्थी प्रकरणमा कनेक्सन गृह मन्त्रालयकै

    सिंहदरबारभित्रैबाट  समातिए अर्का हाई प्रोफाइल, शरणार्थी प्रकरणमा कनेक्सन गृह मन्त्रालयकै

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको हो। घटनामा मियाँको संलग्नता खुलेपछि नियन्त्रणमा लिइएको हो। ठगी गर्ने गिरोहले उनको गाडी प्रयोग गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ।  उनी पक्राउ परेसँगै समातिनेको सङख्या १५ पुगेको छ। पछिल्लो ५५ दिनदेखि प्रहरीले यस प्रकरणमा पूर्व उप प्रधान मन्त्री, पूर्व…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट

    राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट

    काठमाडौं : ललितकला प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्लेले देशभरिका साढे ६ सय कलाकारलाई समेट्दै प्रदर्शनी हुन लागेको जानकारी दिए। उनका अनुसार जेठ १५ गतेबाट सुरु हुने प्रदर्शनीमा सातै प्रदेशका कलाकारहरुको कलाकृतिहरु प्रदर्शनीमा राखिनेछन्। प्रदर्शनीमा परम्परागत तथा आधुनिक विधाका चित्रकला, मूर्तिकला, हस्तकला, वास्तुकला, लोककला, र समसामयिक आर्टलाई प्रदर्शनीमा…

    विस्तृतमा पढ्नुस्

  • हत्यापछि श्रीमतीको शव सेफ्टी ट्याङ्कीमा फ्याँकेर श्रीमान् फरार, तीन महिनापछि काठमाडौंबाट समातिए

    हत्यापछि श्रीमतीको शव सेफ्टी ट्याङ्कीमा फ्याँकेर श्रीमान् फरार, तीन महिनापछि काठमाडौंबाट समातिए

    काठमाडौं : श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम घर भएका ३९ वर्षीय गर्भे विकलाई पक्राउ गरेको हो। उनी गत फागुन २० गते श्रीमतीको हत्या गरी फरार रहेका थिए। उनले फागुन २० गते सुनछहरी गाउँपालिका वडा नम्बर ६, फगाम घर भएकी २६ वर्षीया केशु विकको हत्या गरेको…

    विस्तृतमा पढ्नुस्

  • र्‍यापर भिटेन अमेरिकामा, क्यान्सरपीडितको सहयोगार्थ प्रस्तुति

    र्‍यापर भिटेन अमेरिकामा, क्यान्सरपीडितको सहयोगार्थ प्रस्तुति

    काठमाडौं : र्‍यापर समीर घिसिङ 'भिटेन' अमेरिकाको सनफ्रान्सिस्को पुगेका छन्। उनीसँगै योङ लामा पनि सनफ्रान्सिस्को पुगेका छन्। मे २० तारिखका हुने कार्यक्रममा भिटेनले प्रस्तुति दिने कार्यतालिका रहेको छ। नेपालमा रहेको धैर्य क्यान्सर फाउन्डेसनको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको आयोजकमध्येका एक प्रेम लामाले बताए। धैर्यले क्यान्सरसम्बन्धी चेतना फैलाउने संस्था हो। आफ्नो संस्थाको सहयोगका लागि अमेरिकामा भिटेनको प्रस्तुति रहेको फाउन्डेसनकी अध्यक्ष टेरिसा तामाङले…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    बुटवल : बुटवलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठानको झिमरुक गाउँपालिका-५ स्थायी घर भई बुटवल उपमहानगरपालिका-१३ जितगढी बस्दै आएका ४५ वर्षीय श्रीधर पोखरेल रहेका छन्। लु ६३ प ८१८५ नम्बरको मोटरसाइकलमा बुटवलको नयाँगाउँबाट घरतर्फ आउँदै गरेका पोखरेल बुधवार राति करिब ११ बजे पाखापानीमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले…

    विस्तृतमा पढ्नुस्

  • मनास्लु र अन्नपूर्णलाई जोडेर निर्माण गरिने भयो नयाँ पदमार्ग

    मनास्लु र अन्नपूर्णलाई जोडेर निर्माण गरिने भयो नयाँ पदमार्ग

    दोर्दी (लमजुङ) : गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबिच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो। लमजुङको दोर्दी गाउँपालिकामा बुधवार भएको छलफलमा गोरखाको अजिरकोट गाउँपालिका र लमजुङका दूधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिकालाई जोड्ने गरी…

    विस्तृतमा पढ्नुस्

  • एक वरिष्ठ ‘सई’ जसले सगरमाथामा फहराउन सफल भए प्रहरीको झण्डा

    एक वरिष्ठ ‘सई’ जसले सगरमाथामा फहराउन सफल भए प्रहरीको झण्डा

    काठमाडौं : नेपाल प्रहरीका एक वरिष्ठ नायब निरीक्षकले सगरमाथाको चुचुरोमा नेपाल प्रहरीको झण्डा फर्फराएका छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औँ सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन्। उनले मंगलवार बिहान १०:१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्। सो…

    विस्तृतमा पढ्नुस्

  • घरदैलोमै स्वास्थ्य सेवा पाउँदा गैँडाकोट-८ का ज्येष्ठ नागरिक भए खुसी

    घरदैलोमै स्वास्थ्य सेवा पाउँदा गैँडाकोट-८ का ज्येष्ठ नागरिक भए खुसी

    नवलपुर : उमेरले बुढ्यौली लागेपछि हिँडडुलमा समस्या हुने भए पनि गाउँघरमै स्वास्थ्य सेवा पाउँदा गैँडाकोटका ८६ वर्षीय नारायण प्रसाद सापकोटा दङ्ग छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-८ कार्यालयले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै स्वास्थ्य परीक्षणसहितको सेवा उपलब्ध गराएपछि उनी खुसी भएका हुन्। ‘उमेर ढल्किदै गएपछि हामीलाई यताउता हिँड्डुल गर्न समस्या भएको छ’, उनले भने, ‘यसरी वडा कार्यालयले टोलमै स्वास्थ्य सेवा दिन…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलमा राहदानी शिविरबाट सङ्कलन भयो पाँच करोड रुपैयाँ राजस्व

    पोर्चुगलमा राहदानी शिविरबाट सङ्कलन भयो पाँच करोड रुपैयाँ राजस्व

    लिस्बन : पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट पाँच करोड २२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको  पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए। शिविरबाट दुई हजार तीन सय आठ नेपालीले प्रत्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • अबको पाँच वर्षमा विश्वको तापक्रमले १.५ सेल्सियसको ‘थ्रेसहोल्ड’ पार गर्ने वैज्ञानिकहरुको प्रक्षेपण

    अबको पाँच वर्षमा विश्वको तापक्रमले १.५ सेल्सियसको ‘थ्रेसहोल्ड’ पार गर्ने वैज्ञानिकहरुको प्रक्षेपण

    आगामी पाँच वर्षमा विश्वको तापक्रम कीर्तिमानी नयाँ विन्दुमा पुग्ने लगभग निश्चित रहेको वैज्ञानिकहरुले प्रक्षेपण गरेका छन्। तापक्रम ‘प्रि-इन्डस्ट्रियल’ तह १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने वैज्ञानिकहरुले चेतावनी समेत दिएका छन्। विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को अनुसन्धानका अनुसार गम्भीर परिणामहरू निम्त्याउन सक्ने महत्वपूर्ण १.५ सेल्सियसको ‘थ्रेसहोल्ड’ पार गर्नु केवल अस्थायी हुनेछ। यद्यपि, यसले विश्वव्यापी जलवायु प्रणालीमा मानवीय प्रभावहरूको उल्लेखनीय गतिलाई संकेत गर्ने…

    विस्तृतमा पढ्नुस्

  • बैंकले लिलामीमा राख्यो इच्छाराज तामाङको हाउजिङका घर : यसरी झुक्याएका थिए खरिदकर्तालाई

    बैंकले लिलामीमा राख्यो इच्छाराज तामाङको हाउजिङका घर : यसरी झुक्याएका थिए खरिदकर्तालाई

    काठमाडौं : ऋण लिएर भुक्तानी नगरेपछि बैंकले इच्छाराज तामाङको हाउजिङका घरहरु लिलामीमा राखेको छ। तत्कालिन सेञ्चुरी कमर्सियल बैंकसँग ऋण लिएका उनले खरिदकर्तासँग पैसा लिएर पनि घर पास गरिदिएका थिएनन्। अहिले सेञ्चुरीलाई प्रभु बैंकले गाभेको छ। प्रभु बैंकले सितापाइलाभन्दा मास्तिर रहेको कोट्से भैरव हाउजिङ एण्ड डेभलपर्स प्रालिका घरहरु लिलामीमा राखेका हुन्। इच्छाराज तामाङ सहकारीको पैसा डुबाएको अभियोगमा जेलमा छन्। उनीमाथि अन्य…

    विस्तृतमा पढ्नुस्

  • आज यी प्रदेशमा छ पानी पर्ने सम्भावना

    आज यी प्रदेशमा छ पानी पर्ने सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीसँग पराजय ब्यहोर्दा कठिन बन्दै पञ्जावको प्लेअफ सम्भावना

    दिल्लीसँग पराजय ब्यहोर्दा कठिन बन्दै पञ्जावको प्लेअफ सम्भावना

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। हिमाचल प्रदेश क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दिल्लीले पञ्जावमाथि १५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो। दिल्लीका लागि रिली रोसोउले सर्वाधिक अविजित ८२ रन बनाउँदा फिल साल्ट पनि २६ रनमा अविजित रहेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मड्रिडमाथि रवाफिलो जित निकाल्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

    मड्रिडमाथि रवाफिलो जित निकाल्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

    इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको गरेको छ। गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडमाथि ४-० को फराकिलो जित निकालेसँगै समग्रमा ५-१ गोलअन्तरले सिटी फाइनलमा पुगेको हो। पहिलो लेगको मड्रिडमा सम्पन्न खेलमा यी दुई टोली १-१ गोलको बराबरीमा रोकिएका थिए। घरेलु मैदान इतिहादमा गएराति सम्पन्न खेलमा २३ ‍औँ मिनेटमा बर्नान्डो सिल्भाले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संस्थापनइतरको अभियानलाई शेखरको साथ कि गगनको?

    कांग्रेस संस्थापनइतरको अभियानलाई शेखरको साथ कि गगनको?

    काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुले मंगलबार पार्टी रुपान्तरण अभियानको सुरुवात गरे। पार्टी सुधारका लागि भन्दै संस्थापनइतरको वैशाख २४ गते बसेको भेलाले सातै प्रदेशमा अभियान संयोजकसमेत तोकेको थियो। संस्थापनइतरले कोशीमा गुरु घिमिरे, मधेसमा रञ्जित कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कलाई संयोजकको जिम्मा दिएको थियो। मंगलबार यिनै नेताहरुको सहभागितामा बत्तीसपुतलीमा…

    विस्तृतमा पढ्नुस्

  • कोपिला किताबका पाँच बाल चित्रकथा

    कोपिला किताबका पाँच बाल चित्रकथा

    काठमाडौं : कोपिला किताबले पाँच वटा बाल चित्रकथा सार्वजनिक गरेको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान बुधबार पाँच वटै किताब सार्वजनिक गरिएको हो। विक्रमभक्त जोशीको 'बेखमान र राक्षस', इन्द्र चौधरीको 'कपासको घोडा', सिर्जना राईको 'सङकेनको खुलदुली', जितेन्द्र बस्नेतको 'अन्नको बखान' र बिन्दु शर्माको 'जन्तर - मन्तर' बालचित्रकथा नेपाली लोककथा तथा किंवदन्तीमा आधारित छन्। हरेक किताबमा फरकफरक चित्रकारको चित्र रहेका छन्। 'टेल्स…

    विस्तृतमा पढ्नुस्

  • सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

    सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

    काठमाडौं : यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छिन्। चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५:४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन्। नेपाल बिग माउण्टेन ट्राभलले आज पत्रकार सम्मेलन गरि चनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखियो : रामवरण यादव

    गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखियो : रामवरण यादव

    काठमाडौं : पूर्व राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताएका छन्। प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको बताएका थिए। गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति हुँदा ३५ जना केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा मुसलधारे वर्षापछि विमानहरु 'डाइभर्ट'

    काठमाडौंमा मुसलधारे वर्षापछि विमानहरु 'डाइभर्ट'

    काठमाडौं : काठमाडौं मुसलधारे वर्षा भएपछि उपत्यका बाहिरबाट काठमाडौंका लागि उडान गरेका विमानहरु धमाधम 'डाइभर्ट' भएका छन्। साँझ ४:०० बजे यता विराटनगर र राजविराजबाट उडान  गरेको बुद्ध एयरका दुईवटा जहाज जनकपुर 'डाइभर्ट' गराइएको छ। ‘काठमाडौंको इनरुट वेदर बिग्रिएको छ। केही समयअघि प्राप्त जानकारी अनुसार बुद्ध एयरको राजविराज र विराटनगरबाट काठमाडौंका लागि उडान गरिएको जहाज जनकपर डाइभर्ट भएको छ,’ विमानस्थलका एक कर्मचारीले भने,’मौसम अनुकूल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell