PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • ग्यारेथ साउथगेटदेखि टेलर स्विफ्टसम्मको वेष्टकोट मोह : यसरी बन्दैछ ‘फेशन ट्रेण्ड’

    ग्यारेथ साउथगेटदेखि टेलर स्विफ्टसम्मको वेष्टकोट मोह : यसरी बन्दैछ ‘फेशन ट्रेण्ड’

    वेष्टकोट अधिकांश पुरुषहरूको औपचारिक पहिरनको एक हिस्सा हो। यसलाई परम्परागत ‘थ्री-पिस सुट’मा तेस्रो अंशको रूपमा पनि लिइन्छ। नेपालमा इस्टकोट, आस्कोट, स्टकोटको नामले चिनिने वेष्टकोट सरल वा सजिसजाउ पनि हुन सक्छ भने यो ‘क्याजुअल’ तथा ‘लक्जुरी’को लागि पनि लगाउन सकिन्छ। कुनै समयको परिष्कृत पहिरनको महत्व दशकौंदेखि जादुगर, स्नूकर खेलाडी र हाउस अफ लर्ड्सका विलक्षण सदस्यहरूले घटाएको आरोप थियो। तर नयाँ पुस्ताका…

    विस्तृतमा पढ्नुस्

  • हालसम्म पनि टुकी बत्ती बल्ने सूर्यगढीको कोम्राङपाखामा पुग्यो बिजुली

    हालसम्म पनि टुकी बत्ती बल्ने सूर्यगढीको कोम्राङपाखामा पुग्यो बिजुली

    त्रिशूली : नुवाकोटको सूर्यगढी गाँउपालिका-१ को कोम्राङपाखासहित आसपासका क्षेत्रमा विद्युत् सेवा पुगेको छ। जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत केन्द्रीय प्रसारण प्रणाली पुर्‍याएको हो। कार्यालयका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईका अनुसार ‘उज्यालो वाग्मती अभियान’ अन्तर्गत ४० लाख रुपैयाँ लगानीमा ६०…

    विस्तृतमा पढ्नुस्

  • ‘मनसुन-३’ : सुनकोशी नदीमा मनसुनजन्य विपद्सम्बन्धी उद्धारको पूर्वाभ्यास

    ‘मनसुन-३’ : सुनकोशी नदीमा मनसुनजन्य विपद्सम्बन्धी उद्धारको पूर्वाभ्यास

    काभ्रे : मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप सुरक्षाकर्मीले पूर्वाभ्यास गरेका छन्। दुई जिल्लाका सशस्त्र प्रहरीद्वारा काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रवार उद्धारको पूर्वाभ्यास गरेका छन् भने नेपाली सेनाले गत बैशाख अन्तिम साता सोही स्थानमा सोही प्रकृतिको अभ्यास गरेको थियो। शुक्रवार सशस्त्र प्रहरी बल नेपालको नम्बर १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोक र १६ नम्बर…

    विस्तृतमा पढ्नुस्

  • पञ्जाब प्लेअफको होडबाट बाहिरियो, यशस्वी र देबदत्त चल्दा राजस्थानको प्लेअप सम्भावना कायम

    पञ्जाब प्लेअफको होडबाट बाहिरियो, यशस्वी र देबदत्त चल्दा राजस्थानको प्लेअप सम्भावना कायम

    इण्डियन प्रिमियर लिग (आईपीएल) मा जारी सिजन प्लेअफको होडबाट बाहिरिने पञ्जाब किंग्स तेस्रो टोली बनेको छ। गएराति सम्पन्न खेलमा राजस्थान रोयल्ससँग ४ विकेटको पराजय ब्यहोरेसँगै पञ्जाब प्लेअफको होडबाट बाहिरिएको हो। यसअघि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद पनि बाहिरिसकेका छन् भने गुजरात टाइटन्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ। हिमाचल प्रदेश क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २०…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले युक्रेनलाई ‘एडभान्स्ड’ एफ-१६ लडाकु विमान सहयोग गर्ने

    अमेरिकाले युक्रेनलाई ‘एडभान्स्ड’ एफ-१६ लडाकु विमान सहयोग गर्ने

    अमेरिकाले युक्रेनलाई ‘एडभान्स्ड’ लडाकु विमानहरू उपलब्ध गराउने भएको छ। अमेरिकाले युक्रेनलाई अमेरिकामा बनेको एफ-१६ लगायतका लडाकु विमानहरू उपलब्ध गराउनुका साथै युक्रेनी पाइलटहरूलाई उडानको तालिम समेत दिने बताएको बीबीसीले उल्लेख गरेको छ। ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रपति जो बाइडेनले जापानमा जी-सेभेन नेताहरूमाझ उक्त कुरा बताएका थिए। महिनौँदेखि लडाकु विमान सहयोग गर्न अनुरोध गरिरहेका युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले यो निर्णयले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू-भागको…

    विस्तृतमा पढ्नुस्

  • बजेटका कारण संघीय र स्थानीय सरकारको तारो बन्यो प्रदेश : आर्थिक मामिलामन्त्री लामा

    बजेटका कारण संघीय र स्थानीय सरकारको तारो बन्यो प्रदेश : आर्थिक मामिलामन्त्री लामा

    काठमाडौं : वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रदेशप्रति स्थानीय र संघ दुबै सरकारले गरेको व्यवहार ठीक नभएको बताएका छन्। तामाङ पत्रकारहरुको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री लामाले प्रदेशको बजेटतिर दुबै सरकारले आँखा लगाउने पाइएको दाबी गरेका हुन्। 'संघप्रति मान्छेहरुको विश्वास भएन। किन त संघले काम गरेको हो कि प्रदेशले। स्थानीयले के सोच्ने रहेछ भने स्थानीयले…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए आर्मी र खुमलटार, एपीएफमाथि हिमालयन शेर्पाको जित

    बराबरीमा रोकिए आर्मी र खुमलटार, एपीएफमाथि हिमालयन शेर्पाको जित

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एफसी खुमलटार बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खलेमा आर्मी र खुमलटार २-२ गोलको बराबरीमा रोकिएका हुन्। खेलको १४ औँ मिनेटमा जगजीज श्रेष्ठले खुमलटारका गोलकिपरको कमजोरीको फाइदा उठाउँदै आर्मीलाई अग्रता दिलाएका थिए। तर, ३५ औँ मिनेटमा मेसुके ओलोमोले गोल फर्काउँदा पहिलो हाफ १-१ गोलको…

    विस्तृतमा पढ्नुस्

  • अघिल्ला सरकारहरुकै कार्यक्रम नयाँ मितिमा ‘कपिपेस्ट’, नीति तथा कार्यक्रमको पूर्णपाठ

    अघिल्ला सरकारहरुकै कार्यक्रम नयाँ मितिमा ‘कपिपेस्ट’, नीति तथा कार्यक्रमको पूर्णपाठ

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा वाचन गरेका छन्। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा अघिल्ला सरकारहरुकै कार्यक्रमहरुलाई नयाँ मितिमा ‘कपिपेस्ट’ गरिएको छ। कार्यक्रममा अर्थतन्त्रमा देखिएको मन्दीका बारेमा उल्लेख छैन, बरु अर्थतन्त्र सवल सुदृढ बन्दै गएको दाबी गरिएको छ। प्रधानमन्त्री मातहतको राष्ट्रिय तथ्यांक विभागले अर्थतन्त्र मन्दीमा गएको जनाएको छ। तर सरकारले अर्थतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सरकारले सहयोग पुर्‍याउने

    ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सरकारले सहयोग पुर्‍याउने

    काठमाडौं : सरकारले स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिनका लागि विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ। नीति तथा कार्यक्रममार्फत सरकारले आत्मनिर्भर हुन सक्ने वस्तु तथा सेवा उत्पादन गर्न सक्ने उद्योगहरुको पहिचान गरी त्यस्ता उद्योगहरुको विकास तथा स्थायित्वका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २० प्रतिशतसम्म महँगो भएपनि स्वदेशी वस्तु खरिद गर्न प्रबन्ध मिलाउने बताए।…

    विस्तृतमा पढ्नुस्

  • सरकारको महत्वाकांक्षी घोषणा : २ वर्षमा ५ लाखलाई रोजगारी !

    सरकारको महत्वाकांक्षी घोषणा : २ वर्षमा ५ लाखलाई रोजगारी !

    काठमाडौं : सरकारले २ वर्षमा ५ लाखलाई रोजगारी दिने महत्वाकांक्षी घोषणा गरेको छ। नीति तथा कार्यक्रममा सरकारले 'युवासँग सरकार, हुने छैन बेरोजगार' भन्ने नारा अघि बढाएको हो। सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने बताए। 'दुई वर्षमा ५ लाख थप आन्तरिक रोजगारी स्थापना गर्न निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय सीप विकास तथा…

    विस्तृतमा पढ्नुस्

  • राइड सेयरिङलाई कानुनी दायरामा ल्याउने सरकारको नीति

    राइड सेयरिङलाई कानुनी दायरामा ल्याउने सरकारको नीति

    काठमाडौं : सरकारले राइड सेयरिङलाई कानुनी दायरामा ल्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राइड सेयरिङको लागि आवश्यक कानुन तय गरिने बताए। ठूलो संख्यामा सेयर राइडिङ कम्पनीहरु संचालनमा भएपनि अहिलेसम्म कानुनी मान्यता पाएका छैनन्। अहिले कानुनी मान्यताबिना नै संचालनमा छन्। त्यसैगरी, सरकारले सडक र पुल सँगसँगै निर्माण गरिसक्ने नीति तय गर्ने भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रम : रोकिएको निजगढ विमानस्थल निर्माण फेरि अघि बढाइने

    नीति तथा कार्यक्रम : रोकिएको निजगढ विमानस्थल निर्माण फेरि अघि बढाइने

    काठमाडौं : सरकारले रोकिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउने भएको छ। नीति तथा कार्यक्रममार्फत सरकारले यसअघि रोकिएको निजगढ विमानस्थललाई फेरि अघि बढाउने उल्लेख गरेको छ। यसैगरी, सरकारले हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउनका लागि सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ लागू गर्ने भएको छ। आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका टर्मिनल भवनको क्षमता विस्तार गर्नुका साथै नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने…

    विस्तृतमा पढ्नुस्

  • बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेलाई सरकारले निःशुल्क बिजुली दिने

    बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेलाई सरकारले निःशुल्क बिजुली दिने

    काठमाडौं : बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी २ वर्षमा सबैको घरमा विद्युत पुर्‍याइने बताए। उनले कार्यक्रम सार्वजनिक गर्दै विपन्नलाई निःशुल्क रुपमा विद्युतको मिटर उपलब्ध गराइने बताए। त्यसैगरी, सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्न स्वच्छ ऊर्जाले विस्थापन गर्ने योजना सरकारले…

    विस्तृतमा पढ्नुस्

  • सरकारले बनाउने भयो राष्ट्रिय यातायात नीति

    सरकारले बनाउने भयो राष्ट्रिय यातायात नीति

    काठमाडौं : विकासका आयोजनामा दुई सिफ्टमा काम गर्न पाउने व्यवस्था गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रेल, सडक, हवाईमार्गलगायतलाई एकीकृत गर्न राष्ट्रिय यातायात नीति तर्जुमा गर्न लागिएको बताए। उनका अनुसार सरकारले व्यापारिक तथा रणनीतिक सडक निर्माणलाई प्राथमिकता दिएको छ। पूर्व-पश्चिम राजमार्ग विस्तार गरिने भएको छ। आगामी वर्ष हुम्लालाई सडक संजालमा जोड्ने लक्ष्य सरकारले…

    विस्तृतमा पढ्नुस्

  • 'सम्पर्कविहीन' भनिएकी सांसद मञ्जु खाण संसदमै देखिएपछि प्रहरीले उनलाई के गर्ला?

    'सम्पर्कविहीन' भनिएकी सांसद मञ्जु खाण संसदमै देखिएपछि प्रहरीले उनलाई के गर्ला?

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्चित नाम हो मञ्जु खाण। हिरासतमा रहेका पूर्व मन्त्री बालकृष्ण खाणकी पत्नी समेत रहेकी उनी केही समय यता 'गायव' थिइन्। प्रहरीले सम्पर्क गर्दा नभेटिएकी पात्र समेत हुन् उनी।   केही समय यता गुमनाम भनिएकी उनी आज भने टप्लक्क उपस्थित भएकी छिन् संसदको संयुक्त बैठकमा। सम्पर्कविहीन भनिएकी खाण सार्वजनिक भएपछि अब प्रहरीले के गर्ला? धेरैको प्रश्नको विषय बनेको…

    विस्तृतमा पढ्नुस्

  • सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने सरकारको लक्ष्य

    सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने सरकारको लक्ष्य

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने बताएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले पर्यटन गन्तव्यहरुको विशेष प्रचारप्रसार गरिने बताए। उनले धार्मिक सांस्कृतिक क्षेत्रको विकास गर्दै पर्यटन संजाल विस्तार गर्ने समेत बताए। राष्ट्रिय मौलिक संस्कृति तथा स्रष्टाको वृद्धि विकासलाई प्राथमिकतामा राखी सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरिने पनि नीति तथा…

    विस्तृतमा पढ्नुस्

  • पूर्व तयारीका सबै चरण पूरा गरेका आयोजनालाई मात्रै सरकारले बजेट दिने

    पूर्व तयारीका सबै चरण पूरा गरेका आयोजनालाई मात्रै सरकारले बजेट दिने

    काठमाडौं : पूर्व तयारीका सम्पूर्ण चरण पूरा गरेका आयोजनाले मात्रै बजेट पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्व तयारी भएका आयोजनालाई मात्रै बजेट दिइने बताए। पूर्व तयारी नै नगरी बजेट छुट्याउने चलन रहिआएकोमा यसबाट ठेक्का निकालिहाल्ने र तयारी काम नहुँदा आयोजनाहरु वर्षौसम्म अलपत्र हुने गरेका छन्। राष्ट्रपति पौडेलले विकास आयोजनाहरु…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची खानेपानीको दोश्रो चरणको काम अघि बढ्ने, एक हजार शौचालय बनाउने सरकारको नीति

    मेलम्ची खानेपानीको दोश्रो चरणको काम अघि बढ्ने, एक हजार शौचालय बनाउने सरकारको नीति

    काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै सञ्चालन गर्न दोश्रो चरणको काम अघि बढाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा सो घोषणा उल्लेख छ। पानीको श्रोतलाई प्रदूषण मुक्त बनाइने पनि उनले बताए। एक हजार सार्वजनिक शौचालय निर्माण गर्ने पनि सरकारले नीति बनाएको छ। ‘एक हजार सार्वजनिक शौचालय तथा विश्रामस्थल निर्माण गरिने…

    विस्तृतमा पढ्नुस्

  • गिट्टी, बालुवा र ढुंगा निर्यात खुला गर्ने सरकारको नीति

    गिट्टी, बालुवा र ढुंगा निर्यात खुला गर्ने सरकारको नीति

    काठमाडौं : सरकारले गिट्टी, बालुवा र ढुंगा निकासी गर्न दिने भएको छ। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वातावरण प्रतिकूल नपर्न गिट्टी, बालुवा र ढुंगा उत्खननमा जोड दिने उल्लेख छ। चुरेक्षेत्रको खनिज उत्खनन् गरेर निकासी गर्न दिने कार्यक्रममा उल्लेख छ। यो कार्यक्रम केपी शर्मा ओली सरकारका पालामा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा समेत थियो। पौडेलले प्रस्तुत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell