काठमाडौं : फूलमान वल तामाङको लेखन तथा निर्देशन रहेको नीरफूल टिमले तामाङ पत्रकार संघलाई ५० हजार सहयोग गर्ने भएको छ। नेपाल टेलिभिजनका महाप्रबन्धकसमेत रहेका वलले पत्रकार संघको अक्षयकोषका लागि फिल्मले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। तामाङ पत्रकार संघको राष्ट्रिय भेलामा निर्देशक वलले उक्त घोषणा गरेका हुन्। नीरफूल जेठ २६ बाट हलहरुमा प्रदर्शनमा आउँदैछ। फिल्ममा दयाहाङ राई, रेखा थापा,…
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएकालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतवार उनीहरुलाई म्याद थपको लागि अदालतमा उपस्थित गराएको थियो। पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतलाई हिरासतमा राख्न अदालतले थप तीन दिनको म्याद दिएको हो। यस प्रकरणमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरेको छ। संगठीत अपराधमा म्याद थप गरेर प्रहरीले…
काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशैभरका कलाकारलाई समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी - २०८०’ आयोजना गर्ने भएको छ। प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेबाट प्रदर्शनी शुरु हुने औपचारिक घोषणा गरिएको हो। यसपटकको प्रदर्शनीमा सातै प्रदेशका ६१० कलाकारहरुका ६९७ कलाकृतिहरु समेटिएको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानमा आएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट उक्त संख्या छनोट गरिएको हो। प्रदर्शनीमा…
काठमाडौं : नेकपा एमालेका सांसद दयालबहादुर शाहीले असंसदीय भाषा प्रयोग गरेको भन्दै सत्ता र प्रतिपक्षका सांसदबिच भनाभन भएको छ। प्रतिनिधि सभामा छलफलका क्रममा रहेको सरकारको नीति तथा कार्यक्रमाथि बोल्न सांसद दयालबहादुर शाही रोष्ट्रममा पुगेका थिए। उनी बोलिरहेकै बेला नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमार्फत हरेक विषय संसदमा भन्नुपर्ने भए पनि उनले त्यसो नगरी नेताहरुको नामै लिएर अपमान गरेको भन्दै नियमापत्ति…
हेटौंडा : वाग्मती प्रदेश सरकारले ५८औँ दिनमा पूर्णता पाएको पाएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेसबाट ४ जना र नेकपा (एकीकृत समाजवादी)बाट २ जनालाई मन्त्री बनाएका छन्। एक मन्त्रालय फुटाएर १२ मन्त्रालय बनेसँगै मन्त्रालयमा भागबण्डा मिलेको थियो। वाग्मतीमा रिक्त रहेका ५ मन्त्रालय र बिनाविभागीय मन्त्री गरी नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट ६ मन्त्री नियुक्त भएका हुन्। नयाँ मन्त्रिपरिषद्मा लक्ष्मण लम्साल…
काठमाडौं : आइतबार नेकपा एमालेका अध्यक्ष केपी ओली रोस्ट्रममा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खनिए। कांग्रेससँग मिलेको प्रचण्डलाई ओलीले मुटु फेरेको सरकारसमेत भन्न भ्याए। अहिलेको सरकारको नीति तथा कार्यक्रम फिर्ता लिनुपर्ने तर्कसमेत प्रस्तुत गरेका ओलीले सरकारको आर्थिक पोलिसी प्यारालाइज्ड भएकोसम्म भन्न भ्याए। उनै ओली रोस्ट्रम पुग्नुअघि भने प्रधानमन्त्री प्रचण्डसँग हाँसोठट्टाको मुद्रामा देखिए। सत्तापक्ष बेञ्चमा रहेका प्रचण्ड र विपक्षी बेञ्चमा रहेका…
इण्डियन प्रिमियर लिग (आईपीएल)मा जारी सिजन तीन टोलीले प्लेअफमा स्थान पक्का गरेका छन्। जसमा गुजरात टाइटान्स, चेन्नइ सुपर किंग्स र लखनउ सुपर जायन्ट छन्। त्यस्तै, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद, पञ्जाब किंग्स र कोलकाता नाइटर राइडर्स प्लेअफको होडबाट बाहिरिसकेका छन्। चार टोली प्लेअफमा पुग्ने हुँदा बाँकी रहेको एक स्थानमा तीन टोलीले नजर बनाएर राखेका छन्। जसमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर, मुम्बई इण्डियन्स…
काठमाडौं : फागुन २९ गते एभरेस्ट बैङ्कको इटहरी शाखामा काम गर्दै आएका निरज प्रधानको सरुवा भयो। त्यसपछि उनी पुगे उदयपुरको गाइघाट। पद अपरेसन हेड। सरुवा भएको केही समयपछि अर्थात् चैत २२ गते उनी समातिए। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनी विरुद्द बैंकमा जम्मा भएको निक्षेप ठगी गरेको उजुरी परेको थियो। ग्राहकले बैंकमा उजुरी दिएपछि बैंकले प्रहरीलाई…
काठमाडौं : शनिवार जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा देखिएको मुसा आइतवार ट्रयापमा परेको छ। जहाजमा मुसा देखिएपछि शनिवार उक्त उडान स्थगित गरिएको थियो। सोही विमान आइतवार काठमाडौं ल्याएको बुद्ध एयरले जनाएको छ। विमानभित्रको मुसा ट्रयापमा परेपछि विमान काठमाडौं उतारिएको कम्पनीले जनायो। 'हिजो जनकपुरमा मुसा देखिएपछि, रोकिएका जहाज आज बिहान ट्रयापमा मुसा भेट्टिएको तथा जहाजलाई सम्पूर्ण जाँच गरि २-३…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पूर्व वाचा अनुसार प्रतिनिधि सभाको आइतवारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे 'मुख खोलेका' छन्। नक्कली शरणार्थी प्रकरणबारे प्रतिनिधि सभाको जेठ ४ गतेकै बैठकमा बोल्ने वाचा गरेका थिए ओलीले। वैशाख २८ गतेको एमालेको केन्द्रीय कमिटीको बैठकमा ओलीले संसदमा बोल्ने वाचा गरेका हुन्। तर, ४ गतेको बैठकमा ओली आफैँ अनुपस्थित रहे। अस्वस्थ भएका…
एल साल्भादोरको राजधानी सान साल्भादोरस्थित एक फुटबल स्टेडियममा भीडमा च्यापिएर कम्तीमा १२ जनाको मृत्यु भएको छ। गेट बन्द भइसकेपछि फ्यानहरुको ठूलो समूह स्टेडियमभित्र प्रवेश गर्न खोज्दा उक्त घटना भएको बीबीसीले उल्लेख गरेको छ। सान साल्भादोरको स्थानीय फुटबल टिमहरु एलिएन्जा र सान्टा एनाको फासबिचको खेल भइरहँदा कुस्काट्लान स्टेडियममा सो घटना भएको हो। घटनापछि खेल स्थगित भएको छ। स्थानीय मिडियाले सेयर गरेका फुटेजहरुमा फ्यानहरूले…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजेको आरोप लगाएका छन्। सदनमा नीति तथा कार्यक्रमका विषयमा आफ्नो भनाई राख्ने क्रममा ओलीले दोषीलाई उम्काउने प्रयास भइरहेको दाबीसमेत गरेका छन्। 'तथ्यसहित भन्दैछु दोषीलाई उम्काउने प्रयास भइरहेको छ। निर्दोषलाई फसाउने कोसिस हुँदैछ,' ओलीले भने। ओलीले तीन जना शीर्ष नेताको बैठकमा समेत सन्देह जनाउने खालको सन्देश गएकोमा…
नयाँ दिल्ली : शनिवार एकजना ग्राहक यहाँको गहन पसलमा पुगे र पाँच लाख रुपैयाँको सुनका गहना बुकिङ गरे। उनले पाँच लाख रकम दुई हजार रुपैयाँ दरका नोटको बन्डलबाट तिरे। रकम तिरे पनि उनको गहना बनिसक्न केही दिन लाग्नेछ। भारतीय केन्द्रीय बैंक आरबीआईले २ हजार रुपैयाँका नोट स्टक आउट गर्ने निर्णय लिएसँगै ती व्यक्तिले आफूसँग रहेका नगदलाई सुनमा रुपान्तरण गरेका हुन्।…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै षड्न्त्र गरेर पार्टी नेतृत्वमा नआएको दाबी गरेका छन्। प्रतिनिधि सभाको आइतवारको नीति तथा कार्यक्रमाथिको छलफलमा पनि उनले अकल्पनीय प्रतिकूलता झेलेर आएको बताए। 'षडयन्त्र र छल गरेर नेतृत्वमा आएका होइनौं। अकल्पनीय प्रतिकूलता फेस गरेर आएका हौं,' उनले भने। राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेको नाम नलिए पनि घुमाउरो गरी ओलीले…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच महिनापछि संसदमा चुनावी पराजयको झोक पोखेका छन्। सत्ता पक्षले मंसिरमा भएको चुनावमा व्यापक धाँधली गरेको आरोप ओलीले सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै लगाएका हुन्। आइतवार संसदमा ओलीले भने, 'मतगणना नभइ परिणाम घोषणा भइसकेको छ। निर्वाचनमा सत्तापक्षबाट व्यापक धाँधली भएको छ।' अध्यक्ष ओलीले मान्छेको मृत्यु भइरहेको बेला मतगणना गरेर यस्तो चुनावलाई शान्तिपूर्ण घोषणा…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको 'नीति शून्य' नीति भएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै ओलीले उद्देश्यहीन नीति पुष्पकमल दाहाल प्रचण्ड सरकारले ल्याएको बताएका हुन्। 'नीति तथा कार्यक्रमको उद्देश्य छैन। कहा पुग्ने गन्तव्य छैन। नीति शून्यको अवस्था छ। सरकारको नीति भनेको नीति शुन्य नीति हो,' ओलीले भने। उनले सरकारको नीति…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारको मुटु प्रत्यारोपण गरेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै ओलीले पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले फागुन १२ मा गठबन्धन फेरेको भन्दै ओलीले सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्। 'सरकारको मुटु प्रत्यारोपण भइसकेको भए पनि नीति तथा कार्यक्रम मैले पनि पढेँ,' उनले…
काठमाडौं : नेपाल बालसाहित्य समाजको अगुवाईमा विभिन्न विद्यालय र पुस्तकालयसमेत गरी ११ वटा संस्थाले नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदासलाई 'बालसाहित्य रत्न' उपाधि प्रदान गरिएको छ। शान्तदासको ९० औं जन्मदिनको अवसर पारेर उक्त उपाधि प्रदान गरिएको हो। अन्य संलग्न संस्थाहरूमा बालसाहित्य प्रतिष्ठान नेपाल, कथावाचक समाज, बालवाङ्मय तथा अनुसन्धान केन्द्र, थिएटर सेन्टर फर चिन्ड्रेन, सिविन-नेपाल, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, एभरेष्ट इङ्लिस…
काठमाडौं : घट्न थालेको सुनको मूल्य पुनः बढेको छ। साताको पहिलो दिन आइतवार सुन तोलामा ८ सय रुपैयाँले बढेको छ। आइतवार एक तोला सुनको मूल्य एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रवार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १५…
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘आइडिया बैंक’का लागि आवेदन पेश गर्न महानगरवासीलाई आह्वान गरेका छन्। आफ्नो चुनावी घोषणापत्रमा रहेको ‘आइडिया बैंक’ कार्यक्रमलाई काठमाडौं महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गर्दै आवेदन खुल्ला गरेका हुन्। कार्यक्रमलाई काठमाडौं मेट्रो आइडिया एण्ड इनोभेसन २०८० नाम दिइएको छ। दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विकासका लागि यो कार्यक्रम ल्याएको उनले…