बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापालाई नियुक्त गरेका छन्। नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका थापा बुटवल उपमहानगरपालिका ९ निवासी हुन्। यसअघि पूर्वमुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका खुमकान्त पौडेलले मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिएपछि चौधरीले थापालाई नियुक्त गरेका हुन्। वरिष्ठ अधिवक्तासमेत रहेका थापाले बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थिए। राजनीतिशास्त्रमा विद्यावारिधि गरेका…
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमाथि प्रहरीले गरेको अनुसन्धानको फाइल प्रहरीले आज सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ। ५५ दिन लामो अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य फरार १७ जनालाई प्रतिवादी बनाएर फाइल बुझाइएको हो। 'भर्खर फाइल आएको छ। हामी बुझ्दैछौं,' सरकारी वकिल कार्यालयका सहन्यायधीवक्ता अच्युत न्यौपानेले भने। चैत ११ गते प्रहरीले यस…
सांघाई : जी७ शिखर सम्मेलनको विषयलाई लिएर चीनले जापानका लागि राजदूत रहेका हिदेओ तारुमीलाई स्पष्टीकरण सोधेको छ। उपविदेशमन्त्री सुन वेइदोङले आइतबार राजदूतलाई बोलाएर हिरोशिमा शिखर सम्मेलनमा जी७ ले चीनसँग सम्बन्धित मुद्दालाई अनावश्यक रुपमा उचालेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै स्पष्टीकरण सोधेका हुन्। यस वर्ष जी७ को आलोपालो अध्यक्षको हैसियतले जापानले सम्बन्धित मुलुकसँग मिलेर चीनलाई शृङ्खलाबद्ध गतिविधिमा दाग लगाउने र आक्रमण गर्ने…
जापानमा भएको जी७ राष्ट्रको सम्मेलनमा सहभागी भएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रशान्त क्षेत्रमा रहेको पपुवा न्यूगिनी पुगेका छन्। भारत-प्यासेफिक आइल्यान्ड कोअपरेशन सम्मेलनको तेस्रो संस्करणमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। मोदीलाई आज दुईवटा प्यासेफिक राष्ट्र : फिजी र पपुवा न्यूगिनीले सर्वोच्च नागरिक सम्मानबाट सम्मानित गरेको छ। कोअपरेशन सम्मेलनको 'साइइलाइन'मा मोदीलाई सो सम्मान दिइएको हो। फिजीले मोदीलाई उनको नेतृत्वको मूल्यांकन गर्दै…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतवारको बैठकमा पुराण नै सुनाए। सत्ता गठबन्धनमाथि प्रहार र आफ्नो 'डिफेन्स' गरेका ओलीले एक घण्टा ५५ मिनेट बोले। ओली बोल्नुपर्ने विषय थियो - सरकारको नीति तथा कार्यक्रमम। ओली पूर्व प्रधान मन्त्री पनि हुन्, अनुभवकै हिसाबले पनि उनले सरकारको नीति कार्यक्रममा माथि महत्वपूर्ण सुझाव सल्लाह दिन सक्छन्। आलोचनात्मक भावमा उनले सरकारलाई खबरदारी पनि गर्न…
काठमाडौं : प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै रोक्न माग गरेका छन्। सोमवार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्। इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको उनको भनाइ छ।
काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंको आलोकनगर प्रयागमार्गको बीचमा आकाशेपुल बनाउन माग गरेका छन्। ती क्षेत्रका पैदलयात्री असुरक्षित भएको उल्लेख गर्दै सोमवार संसदको शुन्य समयमा प्रकाशमानले उक्त माग गरेका हुन्। 'पैदलयात्रीको दृष्टिकोणबाट सुरक्षाको बारेमा म यहाँ बोल्न चाहिरहेको छु। काठमाडौंको क्षेत्र नम्बर १ को शान्तिनगर क्षेत्रमा पैदलयात्रीको दृष्टिकोणबाट ब्ल्याक स्पटको रुपमा डेप्लभ भइरहेको छ। केही वर्षदेखि धेरैले ज्यान गुमाइसकेका…
रसिया र युक्रेनबिच युद्ध भइरहेको आज ४५३ दिन पुगेको छ। दुई देशबिच युद्ध सकिने कुनै सम्भावना अहिलेसम्म देखिएको छैन। अमेरिका र पश्चिमा देशहरु रसियालाई जवाफदेही बनाउनुपर्नेमा जोड दिँदै गर्दा युक्रेनको महत्वपूर्ण मानिएको बाखमुट क्षेत्रमा भने रसियाले नियन्त्रण कायम गरेको छ। तर, युक्रेनले भने बाखमुटका केही क्षेत्र अझै आफ्नै नियन्त्रणमा रहेको जनाएको छ। कुनैबेला करिब ७० हजार मानिसको बसोवास रहेको बाखमुट…
काठमाडौं : सोमवारको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। बैठक बिहान ११ बजेदेखि सुरु भएको हो। आइतवार पनि अबेरसम्म नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। हेर्नुहोस् लाइभ : आइतवारको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। त्यसक्रममा उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको…
बनियानी : झापाको बुद्धशान्ति गाउँपालिका-३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ। सोमवार बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिए। हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन। हात्तीको मृत्युको कारणबारे खोजी…
हेटौंडा : वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ फिर्ता गरेको छ। वाग्मती प्रदेश सभाबाट पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको विधेयक फेरि संशोधनका लागि फिर्ता भएको हो। गएको वैशाख १२ गते प्रदेश सभाबाट विधेयक पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष लगिएको थियो। प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि गएका विधेयकमध्ये पहिलो पटक यो विधेयक…
ढोरपाटन : मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन्। अघि-अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन्। गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन्। औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन्। छ महिना बेसी बस्दा भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक-बेसी…
काठमाडौं : सोमवार पनि प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। बैठक बिहान ११ बजे बोलाइएको छ। आइतवार पनि अबेरसम्म नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। राष्ट्रपतिले शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बठैकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सोमवार पनि जारी रहने संसद्को कार्यसूचीमा…
आयरल्यान्डको ‘डेटा प्रोटेक्सन कमिसन’ले फेसबुकलाई ६४८ मिलियन डलर (६४ करोड ८० लाख) भन्दा बढीको जरिबाना तिराउने भएको छ। युरोपेली संघ (ईयू)को ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर)’विपरीत प्रयोगकर्ताको जानकारीको गलत प्रयोग गरेको भन्दै कमिसनले सो जरिबाना तोकेको द गार्डियनले उल्लेख गरेको छ। साथै, कमिसनले प्रयोगकर्ताहरुको जानकारी अमेरिका ‘ट्रान्सफर’ गर्न पनि प्रतिबन्ध लगाएको छ। यो जरिबानाले जीडीपीआरको उल्लंघनको जरिबानामा नयाँ रेकर्ड राख्नेछ।…
इङ्ग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा च्याम्पियन म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ। घरेलु मैदान इतिहादमा सम्पन्न खेलमा सिटीले चेल्सीमाथि १-० गोलको जित निकाल्यो। सिटीलाई जित दिलाउन जुलियन अल्भारेजले खेलको १२ औँ मिनेटमा गोल गरे। जितसँगै घरेलु मैदानमा लगातार तेस्रो पटक लिग उपाधि सिटीले सेलिब्रेट गर्यो। शनिवार रातिको खेलमा दोस्रो स्थानको आर्सनलले नटिङ्घम फरेस्टसँग पराजय ब्यहोरेसँगै सिटी च्याम्पियन बन्ने टुंगो लागेको…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर गुजरात टाइटन्ससँग पराजित भएसँगै प्लेअफ खेल्ने चार टोलीको टुंगो लागेको छ। आइतवारको खेलमा बेङ्ग्लोरसँगै मुम्बई इण्डियन्स र राजस्थान रोयल्स प्लेअफ पुग्ने होडमा थिए। जसमा आइवार पहिलो खेलमा हैदराबादलाई हराएको मुम्बई दोस्रो खेलमा बेङ्ग्लोर गुजरातसँग ६ विकेटले पराजित भएसँगै प्लेअफमा पुग्न सफल भएको हो। योसँगै प्लेअफमा गुजरात टाइटन्स, चेन्नइ सुपरकिंग्स,…
काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश,…
काठमाडौं : नेसनल स्पोर्ट्स काउन्सिल(एनएससी) काभा महिला भलिबल च्यालेन्ज कप सोमवारबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउन भारत, माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान, काजकिस्तान र उज्बेकिस्तानको टोली नेपालमा आइपुगिसकेका छन्। सोमवार नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। उद्घाटन खेलमा उज्बेकिस्तान र श्रीलंका मंगलवार बिहान साढे ९ बजे भिड्नेछन्। यो कप नेपालले आयोजना गरेको प्रतियोगितामध्ये ठूलो प्रतियोगितामा पर्दछ। नेपाली भलिबल टोलीलाई यसअघि सेन्ट्रल जोन भलिबलमा ब्याक-टू-ब्याक…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतवार सम्पन्न खेलमा मछिन्द्र क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ। च्यासल स्टेडियममा सम्पन्न खेलमा मनाङले च्यासलमाथि २-० गोलको जित निकालेको हो। खेलको १३ औँ मिनेटमा ओलावाले अफीजको गोलमा मछिन्द्रले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको मछिन्द्रका लागि दोस्रो गोल सौरभ लिम्बुले इन्ज्युरी समयमा गरेका थिए। त्यस्तै आइतवार नै दशरथ रंगशालामा…
काठमाडौं : नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा माओवादीले अनियमितता गरेको आरोपबारे प्रष्टीकरण दिएको छ। पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुको समपरीक्षण गरिएको उल्लेख गरेका छन्। 'वार्षिक प्रतिवेदन २०६९ पेज न. २५९ अनुसार उक्त बेरुजुको समपरीक्षण सार्वजनिक गरिएको थियो,' विज्ञप्तिमा भनिएको छ। माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई…