काठमाडौं : नेपाली कांग्रेसका सांसद दीपक गिरीले जुनसुकै सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि कर्मकाण्डी देखिएको बताएका छन्। मंगलवार सदनमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्। 'नीति तथा कार्यक्रम जुनसुकै नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गरेको होस् त्यो कतै नराम्रो हुँदैन। मुल कुरा हो कार्यान्वन पक्ष। त्यो किन भइरहेको छैन?' सांसद गिरीले भने, '७० प्रतिशत बजेट…
अमेरिकाको मोन्टाना राज्यले हालै टिकटकमाथि प्रतिबन्ध लगाउनेबारे पारित गरेको विधेयकविरुद्ध टिकटकले रिट दायर गरेको छ। पारित उक्त विधेयकमा सन् २०२४ को जनवरीदेखि मोन्टानामा व्यक्तिगत उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। टिकटकले मोन्टाना जिल्ला अदालतमा उक्त विधेयकलाई खारेज गर्न माग गर्दै रिट दायर गरेको हो। उक्त प्रतिबन्धले अमेरिकी संविधानका साथै विभिन्न संघीय कानुनहरुको उल्लंघन गरेको उसले दाबी गरेको छ। कम्पनीले चिनियाँ सरकारले…
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा सीके राउतले नीति तथा कार्यक्रम संघीयताविरोधी भएको आरोप लगाएका छन्। मंगलबार नीति तथा कार्यक्रममा आफ्नो राय राख्दै डा राउतले ७० पन्ने नीति तथा कार्यक्रममा ३ पटकमात्र संघीयता लेखिएको बताएका हुन्। '७० पानामा ३ पटकमात्र संघीयता लेखिएको छ,' उनले भने, 'यो नीति तथा कार्यक्रम संघीयता विरोधी देखियो।' त्यसैगरी राउतले कर्णालीभन्दा पिछडिएको क्षेत्र मधेश प्रदेश भएको…
काठमाडौं : शिव शिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा प्रहरीले थप एक जनलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले अमि राजभण्डारीलाई नियन्त्रणमा लिएको हो। बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि प्रहरीले सहकारीको ठगी प्रकरणमा माथि अनुसन्धान थालेको थियो। सीआईबीको टोलीले वैशाख २७ गते सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुर…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलवार क्वालिफायर्समा चेन्नइ सुपर किंग्स र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन्। फाइनलमा स्थान बनाउने लक्ष्यका साथ साविक विजेता गुजरात धोनी नेतृत्वको चेन्नइसँग प्रतिस्पर्धामा उत्रनेछ। हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातले जारी सिजन आईपीएलको लिग चरणमा १४ खेलमध्ये १० वटामा जित निकाल्दै २० अंक जोडेर शीर्षस्थानमा रहँदै क्वालिफायर्समा पुगेको हो। त्यस्तै, चेन्नइ लिग चरणमा ८ वटा जित निकाल्दै…
काठमाडौं : काठमाडौं महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ। राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेको र मंगलवार महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए। ‘सिंहदरबार अगाडिका अवैध संरचना तथा…
काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली हेडमास्टरमात्र नभएर प्रोफेसर डाक्टरसमेत भएको बताएका छन्। मंगलबारको संसदमा माओवादी केन्द्रका सांसद माधव सापकोटालाई जवाफ फर्काउँदै बाँस्कोटाले उक्त भनाई राखेका हुन्। 'हामीले पनि केही कुरा जवाफ दिनुपर्ने भयो हेडमास्टर भन्नुभयो हामी आक्रोशित छैनौँ। नेकपा एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनताको सामाजिक न्यायसहितको परिवर्तनको पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो।…
बुटवल : कपिलवस्तुमा प्रहरीले साढे चार लाख भारतीय रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको बगनासकाली गाउँपालिका ९ घर भई भारतको लखनउमा बस्दै आएकी ४५ वर्षीया राधा सारु रहेकी छिन्। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका २ लिङगेटमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी सारुको झोला भित्र भारतीय रुपैयाँ फेला पारेको हो। सारुको झोला भित्र पाँच सय दरका…
काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानलाई समयमै मल उपलब्ध गराउन माग गरेका छन्। मंगलवार सांसदमा विशेष समयमा आफ्नो धारणा राख्दै सांसद बाँस्कोटाले यसपटक पनि मलमा लाइन लाग्नु पर्ने अवस्था आउनसक्ने तर्फ सचेत गराएका हुन्। 'सत्यनारायण पूजाको प्रसादीजस्तो गरेर १५ केजी ५ केजी मल बाँडेर सरकार नहिँडोस्। यही देख्न चाहन्छु,' बाँस्कोटाले भने। यसअघि मल नपाउँदा किसानले समस्या खेपेका थिए।
‘थोर’ र ‘आरआरआर’ फिल्ममा काम गरिसकेका अभिनेता रे स्टीवेन्सनको निधन भएको छ। ५८ वर्षको उमेरमा उनको निधन भएको बीबीसीले उल्लेख गरेको छ। इटालियन टापु इस्चियामा छायांकनका क्रममा उनलाई अस्पतालमा भर्ना गरिएको हलिउड सञ्चारमाध्यमले उल्लेख गरेका छन्। त्यहाँ उनी एक एक्सन फिल्मको सुटिङ गरिरहेका थिए। उत्तरी आयरल्याण्डमा जन्मिएका उनी आठ वर्षको हुँदा परिवारसहित इङ्गल्याण्ड सरेका थिए। स्टीवेन्सनले ९० को दशकमा टीभी शृंखला र टेलिफिल्मबाट करियर…
ह्वाट्सएपले अब च्याट मेसेजहरु 'इडिट' गर्न दिने फिचर ल्याउने भएको छ। मेसेज पठाएको १५ मिनेटभित्र मेसेज इडिट गर्न दिने ह्वाट्सएपले जनाएको छ। इन्स्टाग्राम र फेसबुकको प्यारेन्ट कम्पनी मेटाकै स्वामित्वमा रहेको ह्वाट्सएपले टेलिग्राम र सिग्नल जस्ता आफ्ना प्रतिस्पर्धीहरुको सामना गर्न फिचर थप्न लागेको हो। आउने केही हप्तामा नै ह्वाट्सएप प्रयोगकर्ताहरुले यो फिचरको प्रयोग गर्न पाउनेछन्। ह्वाट्सएपको विश्वर करिब २ बिलियन प्रयोगकर्ता…
काठमाडौं : पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन्। आज बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको आरोहण पूरा गर्दै कीर्तिमान कायम गरेको हुन्। यो वर्षको वसन्त ऋतुमा उनले दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन्। यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए। उनले २७ औं पटक सगरमाथा…
काठमाडौं : नर्सहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। कार्यस्थलमा सुरक्षाको प्रत्याभूति माग गर्दै उनीहरुले धर्ना दिएका हुन्। नर्स र गिभिना मगरबिच विवाद बढ्दै गएपछि नर्सहरु सडकमा उत्रिएका हुन्। मगरले भरतपुर क्यान्सर अस्पतालमा नर्सको व्यवहारलाई लिएर प्रश्न उठाएपछि विवाद सुरु भएको थियो। गिभिनाले नर्सहरुसँग भएको वादविवादको भिडियो टिकटकमा हालेकी थिइन्। बिरामीलाई सुई दिने विषयमा विवाद भएपछि उनले भिडियो सार्वजनिक गरेकी थिइन्।…
काठमाडौँ: एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा दिउँसो ३ बजे खेल सुरु हुनेछ। सोमवारबाट सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमै कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। पहिलो सेट २५-११, दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-११ ले जितेको थियो। अर्कोतर्फ बंगलादेश भने आफ्नो पहिलै खेलमा भारतसँग पराजित भएको थियो।…
काठमाडौं : काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा एक वर्षमा पाँच हजार ३१२ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन्। परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आर्थिक वर्षमा काठमाडौँमा दर्ता भएका ९ हजार २५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर…
काठमाडौं : नेपाल प्रहरीले २२ जना प्रहरी उपरीक्षक (एसपी)हरुको पदस्थापना गरेको छ। प्रहरी प्रधान कार्यलयले केही समय अगाडि बढुवा भएका २२ एसपीहरुको पदस्थापन गरेको हो। एसपी गौतम केसीलाई प्रहरी प्रधान कार्यालयको यूएन शाखामा पदस्थापना गरिएको छ। त्यस्तै एसपी नवराज कार्कीलाई जिल्ला प्रहरी परिसर ललितपुर, बसुन्धरा खड्कालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोकमा पदस्थापना गरिएको हो।
काठमाडौं : राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तातित बैठक मंगलवार काठमाडौंमा बस्ने भएको छ। बैठकमा अध्यक्ष कमल थापाद्वारा ‘वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’ विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुने पार्टीले जानकारी दिएको छ। महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठले सचिवालय, प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माणसम्बन्धी…
तुलसीपुर : तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर-११ स्थित सुकौरा ओझलेमा परेको छ। सो स्थानमा हेर्न लायक आकर्षक संरचना बनेका छैनन्। प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ। त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन्। बनेका संरचना पनि अलपत्र छन्। त्यहाँ दङ्गीशरण राजाको सालिक र हरित उद्यान बनेको छ। तर त्यो पनि अलपत्र…
रामपुर (पाल्पा) : चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन्। राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन्। गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान लगाउने र चैतेधान स्याहार्ने समय एकैपटक पर्ने, खानामा त्यति स्वाद नहुने, कतिपय ठाउँमा सिँचाइको समस्यालगायतका विभिन्न कारणले खेती कम…
दमौली : केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका-१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ। स्थानीयवासी राजु रेग्मीले व्यावसायिक रूपमा सुरु गरेको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो। छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उनले जानकारी दिए। उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ। किसान रेग्मीले भने,…