PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • वीरगंजको मनियारीमा पनि चल्यो महानगरको डोजर

    वीरगंजको मनियारीमा पनि चल्यो महानगरको डोजर

    वीरगंज : वीरगंज महानगरपालिकाको वडा नम्बर २२ मनियारीमा सडक अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाइएको छ। अतिक्रमण गरि बनेका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले महानगरले डोजर लगाएर हटाएको हो। गण्डक चोकबाट मनियारी हुँदै राजमार्ग जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा अवरोध आएपछि अतिक्रमण गरि बनेका संरचना हटाइएको महानगरले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नीति कार्यक्रमबारे उपेन्द्र यादव : शब्द, साहित्य र कल्पनाले पूर्ण 

    सरकारको नीति कार्यक्रमबारे उपेन्द्र यादव : शब्द, साहित्य र कल्पनाले पूर्ण 

    काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रम शास्त्रार्थ गर्नका लागि मात्रै भएको बताएका छन्। '१७ ठाउँ भन्दा बढीमा केन्द्र सरकारले प्रदेशलाई नियन्त्रण गर्ने र दिने जस्तो कुरा छन्,' उनले भने। संघीयता विरोधी कार्यक्रमहरु पनि नीति कार्यक्रममा भएको उनले बताए। उनले सरकारको नीति कार्यक्रम परिकल्पनामा आधारित भएको बताए। 'शब्द साहित्य र कल्पनाले परिपूर्ण छ,' यादवको…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा प्राथमिकता माग्दै बालुवाटार पुग्यो सुदूरपश्चिम सरकार

    बजेटमा प्राथमिकता माग्दै बालुवाटार पुग्यो सुदूरपश्चिम सरकार

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई केन्द्रमा राखेर नै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने जानकारी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा उनले ती प्रदेशको समग्र विकासमा आगामी आवको बजेटमा प्राथमिकतामा राखिने बताएका हुन्। सो अवसरमा प्रतिनिधिमण्डलले प्रदेशको समग्र आर्थिक अवस्था, विकास…

    विस्तृतमा पढ्नुस्

  • इलिमिनेटरमा लखनउ र मुम्बई भिड्दै : एक टिम क्वालिफायर्समा, अर्को आउट

    इलिमिनेटरमा लखनउ र मुम्बई भिड्दै : एक टिम क्वालिफायर्समा, अर्को आउट

    इण्डियन प्रिमियर लिग (आईपीएल)मा बुधवार लखनउ सुपर जायन्ट र मुम्बई इण्डियन्स भिड्दैछन्। चेन्नइस्थित चिदम्बरम स्टेडियममा यी दुई टोली इलिमिनेटर चरणमा भिड्नेछन्। लिग चरणबाट लखनउ १७ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो भने मुम्बईले १६ अंक जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको थियो। यो खेलमा दुवै टोली 'डू अर डाई'को अवस्थामा हुनेछन्। जित्ने टोलीले क्वालिफायर्समा स्थान बनाउने…

    विस्तृतमा पढ्नुस्

  • गगन थापाबारे ज्ञानेन्द्र शाहीको टिप्पणी : सडकमा ढुंगा हानेर नेता भएको

    गगन थापाबारे ज्ञानेन्द्र शाहीको टिप्पणी : सडकमा ढुंगा हानेर नेता भएको

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले कानुन सबका लागि बराबर भए पनि व्यवहारमा नभएको बताएका छन्। बुधवारको प्रतिनिधि सभाको बैठकमा शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध पनि फौजदारी मुद्दा भए पनि त्यसबारे केही कारवाही नभएको बताए। 'प्रधानमन्त्रीका विरुद्ध पनि फौजदारी मुद्दा छ। कानुन सबका लागि बराबर हो किन लेखेको। प्रधानमन्त्री भएकाहरुका लागि अलग्गै भनेर लेखौं न,' शाहीले भने। उनले सरकारको…

    विस्तृतमा पढ्नुस्

  • ओली र नेपाललाई रवि लामिछानेको सुझाव : संसदमा आरोपमा उत्रनुभन्दा एकअर्काको घरमा गएर चिया खानुस्

    ओली र नेपाललाई रवि लामिछानेको सुझाव : संसदमा आरोपमा उत्रनुभन्दा एकअर्काको घरमा गएर चिया खानुस्

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रम संसदमा पढ्ने कामको औचित्य नभएको बताएका छन्। छलफल गर्ने तर संशोधन पनि नगर्ने कर्मकाण्डी भएको बताए। बुधवारको प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा उनले नीति तथा कार्यक्रम सच्याउनुपर्ने बताए।  उनले पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधव नेपाललाई लक्षित गर्दै संसदमा आरोप प्रत्यारोप उत्रनुभन्दा कान्ति बाल अस्पताल गएर हेर्न सुझाव दिएका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-अमेरिका फिल्म फेस्टिभलमा देखाइनेछ यी नेपाली फिल्म

    नेपाल-अमेरिका फिल्म फेस्टिभलमा देखाइनेछ यी नेपाली फिल्म

    काठमाडौं : नेपाल- अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव असार ७ देखि १० गतेसम्म अमेरिकामा हुँदैछ। यसैबीच, फेस्टिभलमा प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गरिएको छ। जसमा नेपालबाट ‘ऐना झ्यालको पुतली’, ‘सुर्वण थापा निर्देशित ‘द सेक्रेट अफ राधा’ देखि लघु चलचित्रहरु ‘लोरी’ र ‘फोर नाइट्स’ लगायतका फिल्महरु परेका छन्। त्यस्तै, फेस्टिभलमा पाकिस्तानका साइम सदिक निर्देशित ‘इल्याण्ड’ पनि प्रदर्शन हुनेछ। सुजित बिडारी निर्देशित ‘ऐना…

    विस्तृतमा पढ्नुस्

  • 'पुष्पा २' मा रणवीर सिंहको 'इन्ट्री' हुन सक्ने

    'पुष्पा २' मा रणवीर सिंहको 'इन्ट्री' हुन सक्ने

    अल्लु अर्जुन र रश्मीका मन्दानाको मुख्य भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ को छायाङ्कन भइरहेको छ। यसैबीच, पुष्पाको सिक्वेलामा बलिउड अभिनेता रणवीर सिंहको 'एन्ट्री' हुने बताइएको छ। ‘पुष्पा २’ मा रणवीर प्रहरीको भूमिकामा देखिन सक्ने भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन्। रणवीरको भूमिका फिल्ममा महत्त्वपुर्ण हुनेछ। तर, यसबारे निर्माण टिमले भने कुनै जानकारी दिएको छैन। निर्देशक सुकुमारले फिल्ममा धेरै क्यामियो रोल ल्याउने पनि…

    विस्तृतमा पढ्नुस्

  • घरको होस् या बार्दलीको, सबैमाथि फेयर अनुसन्धान होस् : गगन थापा

    घरको होस् या बार्दलीको, सबैमाथि फेयर अनुसन्धान होस् : गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान प्रकरणमा मुछिएका जोकोही भए पनि छाड्न नहुने बताएका छन्। बुधवारको संसदमा विशेष समयमा आफ्नो धारणा राख्दै थापाले यसमा सरकारको परीक्षा भइरहेकोसमेत बताए। 'सरकारको परीक्षा भइरहेको छ। अनुसन्धान कसरी भइरहेको छ सबै नागरिकले हेरिरहेका छन्,' उनले भने। थापाले यो प्रकरणमा अब न्यायालयको परीक्षा सुरु हुनेसमेत बताए। 'सलाम गर्ने मान्छे…

    विस्तृतमा पढ्नुस्

  • राजा वीरेन्द्रको नीति तथा कार्यक्रमको प्रशंसा गर्दै गगनले भने : अहिलेको लामो भयो, बेलायतमा १० मिनेटमा सकिन्छ

    राजा वीरेन्द्रको नीति तथा कार्यक्रमको प्रशंसा गर्दै गगनले भने : अहिलेको लामो भयो, बेलायतमा १० मिनेटमा सकिन्छ

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारको नीति तथा कार्यक्रम लामो भएको बताएका छन्। सरकारको नीति तथा कार्यक्रम लामो भएको र ल्याउने तरिका पनि ठीक नभएको उनले बताए। बुधवार प्रतिनिधिसभामा विशेष समयमा आफ्नो धारणा राख्दै गगनले भने, 'यो नीति तथा कार्यक्रम १८८ बुँदे छ।' नीति तथा कार्यक्रममा सबै थोक भए पनि काम भने नहुने गरेको उनको भनाई छ। तत्कालीन राजा वीरेन्द्रले…

    विस्तृतमा पढ्नुस्

  • छुट्टाछुट्टै घटनामा पाल्पामा दुई जनाको मृत्यु

    छुट्टाछुट्टै घटनामा पाल्पामा दुई जनाको मृत्यु

    बुटवल : दुई छुट्टाछुट्टै घटनामा पाल्पामा दुई जनाको मृत्यु भएको छ। घाँस काट्दा रुखबाट लडेर घाइते भएका पूर्वखोला गाउँपालिका-५ वीरकोटका ७४ वर्षीय हरीराम पुनको उपचारका क्रममा मंगलवार राति मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार यही जेठ २ गते घर नजिकै घाँस झार्ने क्रममा लडेर घाइते भएका पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस भारत : दबाब नलिइ खेल्ने प्रशिक्षकको योजना, कप्तानको इतिहास बनाउने दाउ

    नेपाल भर्सेस भारत : दबाब नलिइ खेल्ने प्रशिक्षकको योजना, कप्तानको इतिहास बनाउने दाउ

    काठमाडौं : एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा बुधवार नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा दिउँसो ३ बजे सेमिफाइनलमा पुगिसकेका यी दुई टोली प्रतिस्पर्धामा उत्रँदैछन। दुबै टोलीले यसअघिका आफ्ना दुई खेलमा जित निकालिसकेका छन्। नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई हराएको थियो भने भारतले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा किर्गिस्तानलाई हराएको थियो। दुबै टोलीले…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका हरेकलाई छानबिन गरौं : रवि लामिछाने, संसदीय विशेष समितिको माग

    नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएका हरेकलाई छानबिन गरौं : रवि लामिछाने, संसदीय विशेष समितिको माग

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा उनले प्रकरणमा मुछिएकासबैमाथि छानबिन गर्नुपर्ने बताए। 'संसदीय विषेश समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ,' लामिछानेले भने। कसको विश्वास गर्ने? उनले अरु सर्वसाधरणको हकमा नाम आउँदैमा प्रहरीले पक्राउ गर्ने गरेको भए पनि नक्कली भुटानी प्रकरणमा छानबिन नभएको…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    काठमाडौं : नवनियुक्त मन्त्रीहरुले आज शपथ लिएका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा)का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्र प्रसाद महतोलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपग दिलाएका हुन्। राज्यमन्त्री प्रमिला कुमारीलाई भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ दिलाएका थिए। मंगलवार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • मनकामनामा ठडियो कंक्रिटको सुन्तला

    मनकामनामा ठडियो कंक्रिटको सुन्तला

    काठमाडौं : सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ। सहिद लखन गाउँपालिका-२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिए। 'मनकामनाको सुन्तला ग्राहकको पहिलो रोजाइमा पर्छ', उनले भने, 'सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचार–प्रसार गरी कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न प्रतिमा…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्ण आधार शिविरमा दुःख बिर्साउने ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

    अन्नपूर्ण आधार शिविरमा दुःख बिर्साउने ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

    कमल खत्री- बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ। यस क्षेत्रमा पुग्ने पर्यटक हिमालको फेदीको उपत्यकामा आकाशे निलो…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त मन्त्रीको शपथग्रहण आज

    नवनियुक्त मन्त्रीको शपथग्रहण आज

    काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्र प्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण बुधवार हुने भएको छ। दुवै जनाले राष्ट्रपति कार्यालयमा बुधवार बिहान शपथग्रहण गर्ने कार्यक्रम राखिएको जसपाले जनाएको छ। मंगलवार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • गुजरातलाई हराएर चेन्नइ आईपीएलको फाइनलमा

    गुजरातलाई हराएर चेन्नइ आईपीएलको फाइनलमा

    इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नइ सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ। गएराति चेन्नइमा सम्पन्न खेलमा गुजरातलाई १५ रनले हराउँदै चेन्नइ फाइनल प्रवेश गरेको हो। एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। चेन्नइका लागि पहिलो विकेटका लागि ८७ रनको साझेदारी बनाउँदै रुतुराज गाइक्वड र डेभोन कोन्वेले राम्रो सुरुवात…

    विस्तृतमा पढ्नुस्

  • देशका अधिकांश स्थानमा पानी पर्न सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

    देशका अधिकांश स्थानमा पानी पर्न सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखिमौसम  सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र बाँकी  भू-भागका…

    विस्तृतमा पढ्नुस्

  • चेन्नई सुपर किंग्स आइपिएलको फाइनलमा

    चेन्नई सुपर किंग्स आइपिएलको फाइनलमा

    चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ। आइपिएलको १४ सिजनमा सहभागी चेन्नई फाइनलमा प्रवेश गरेको यो दशौं पटक हो। आइपिएलको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले पराजित गर्दै महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले फाइनलमा स्थान बनाएको हो।  १७३ रनको लक्ष्य पछ्याएको गुजरात १५७ रनमा अलआउट भयो। गुजरातका शुभमन गिल र रसिद खानले आक्रामक इनिङ खेले पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell