काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको बताएका छन्। नेपाल साँस्कृतिक संघको १८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले उक्त भनाई राखेका हुन्। 'पार्टीमा अहिले व्यक्तिवादी चरित्र बढिरहेको छ। यसले पार्टीलाई कमजोर बनाउँछ,' नेता कोइरालाले भने। कांग्रेस समाप्त हुँदैन नेता कोइरालाले कांग्रेसलाई सक्यो भनेर कांग्रेसकै केन्द्रीय सदस्यहरुले लेख्न थालेकोसमेत बताए।…
काठमाडौं : नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका भिभिआइपीहरुलाई तत्कल पक्राउ गरि अनुसन्धान गर्न गृह मन्त्रीसमक्ष निवेदन दिएका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र पठाउँदै अधिवक्तासमेत रहेका सफलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरि अनुसन्धान गर्न निवेदन दिएका हुन्। नक्कली शरणार्थी प्रकरणबारे प्रधानमन्त्री रहँदा 'ग्रिन सिग्नल' दिएको…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार एपीएफ र न्युरोड टीम (एनआरटी) विजयी भएका छन्। च्यासल मैदानमा सम्पन्न खेलमा विभागीय टोली एपीएफले संकटा क्लबमाथि २-१ गोलअन्तरको जित निकालेको हो। एपीएफलाई जित दिलाउन आवास लामिछानेले दोहोरो गोल गर्दा संकटाका मनिष डाँगीले सान्त्वना गोल फर्काए। लामिछानेले खेलको २४ र पहिलो हाफको इन्ज्युरी सयमा गोल गर्दा ५० औँ मिनेटमा मनिष डाँगीले गोल फर्काएका…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। नेपाली नागरिक पुनर्प्राप्तिका लागि अमेरिकी राहदानी त्यागेको निस्सा नबुझाएको आरोपमा लामिछानेविरुद्ध युवराज पौडेल सफलले सांसद पद खारेजीको मागसहित सर्वोच्चमा रिट दर्ता गरेका हुन्। 'सर्वोच्चले रिटको पेशी जेठ १७ गते बिहान १० बजेका लागि तोकेको छ। २०८० साल जेठ १७ गते दिनको १०…
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयले पछिल्लो समय प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग जोडिएर आएका समाचारको खण्डन गरेको छ। 'कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ,' प्रहरी प्रधान कार्यालयले जारी…
काठमाडौं : एनएससी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न खेलमा भारतले नेपालमाथि ३-१ को सेटमा जित निकालेको हो। पहिलो सेटमा २५-१२ को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो सेटमा भने भारतलाई राम्रो टक्कर दिएको थियो। पालैपालो लिड गर्दा भारतले २६-२४ को अन्तरले जित निकाल्यो। तेस्रो सेटमा ब्लकमा कमजोरी तथा सर्भिसमा कमजोरीको बावजुत सुरुवाती…
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ। प्रहरीले सोमबार बुझाएको अनुसन्धानको फाइल अध्ययन गरेपछि आज अदालतमा फाइल लगिएको हो। प्रहरीले ५७ दिन अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य १४ प्रतिवादी बनाएर फाइल बुझाइएको छ। चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो।…
काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रदेश तह खारेज गर्न माग गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठकले उक्त निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। प्रदेश भ्रष्टाचारको अखडा भएको उल्लेख गर्दै राप्रपा नेपालले दुई तहको सरकार निर्माणमा जोड दिएको छ। 'संघीय संरचना अन्तर्गतको प्रदेश तह आर्थिकरुपमा बोझिलो तथा अनेकौ राजनीतिक विकृति र विसंगतिको कार्यथलो…
बुटवल : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम प्रदेशसभाको अधिवेशन जेठ १२ गते शुक्रबार दिनको १ बजेदेखि आरम्भ हुने गरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्बासेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। लुम्बिनी…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न फेरि अनुरोध गरेको छ। आज एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठले सार्वजनिकस्थलमा धुम्रपान र सूर्तिजन्य पदार्थ सेवन गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने बताएका छन्। प्रशासनले स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलाय र नेपाल सरकारले तोकेको सार्वजनिक स्थलबाट…
काठमाडौं : सरकारले बिहिबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ। रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए। ललितपुरको जावलाखेलमा रथ पुर्याएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ। यो दिन राष्ट्रपति गएर भोटोजात्रा अवलोकन गर्ने परम्परा रहेको छ। भोटो जात्रा सम्पन्न भएपछि रातो मछिन्द्रनाथलाई रथबाट निकालेर खटमा राखेर बुंगमती लगिन्छ।
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। बुधबारको संसदमा आफ्नो धारणा राख्दै सिंहले कानुन सबैका लागि बराबर हुनेसमेत बताए। 'अहिले भ्रष्टाचार नियन्त्रण र नक्कली भुटानी शरणार्थी प्रकरणमा विधिको सान छ भन्ने अनुभुत हुने गरि कानुन सबैलाई बराबरी हुन्छ भन्ने सिद्धान्तअनुसार निष्पक्ष भएर काम गर्न म सबैको ध्यानाकर्षण गराउन चाहन्छु,' सिंहले भने।…
काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ। महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति यही जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन आग्रह गरेको छ। महानगरको शिक्षा ऐन २०७५ को दफा…
काठमाडौं : नवराज विकको हत्या भएको आज तीन वर्ष पूरा भएको छ। २०७७ साल जेठ १० गते सोती घर भएकी युवतीको घरमा जाँदा विकसहित ६ जनाको हत्या भएको थियो। सोही दिनलाई अधिकारवादीहरुले प्रतिरोध दिवसका रुपमा मनाउँदै आएका छन्। आज प्रतिरोध जनअधिकार आन्दोलन, पुष्पलाल ज्ञानशाला काठमाडौं र सुसेला सङ्गीत समूहले नवराज विक लगायत ६ जना युवाको सम्झनामा कविता र गीतसहित विशेष…
काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी आज प्रतिनिधिसभामा उपस्थित भएका छन्। गत फागुन ३ गते बुद्धनगरस्थित घरमा भएको आगलागीमा उनी घाइते भएका थिए। सो घटनामा उनकी आमा हरिकला भण्डारीको निधन भएको थियो। चन्द्र भण्डारी भारतमा उपचारपछि केही हप्ता अघिमात्रै काठमाडौं फर्किएका हुन्। आज संसदमा पुगेका भण्डारीले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए। त्यसक्रममा भण्डारीले ग्यास र बिजुली…
हेटौंडा : वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले मदन भण्डारी हत्याकाण्डको फाइल खोल्न माग गरेका छन्। प्रदेशसभामा बुधवार विनियोजित विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल नेकपा माओवादी केन्द्र, वाग्मती प्रदेशका अध्यक्षसमेत रहेका पौडेलले मदन भण्डारीको हत्याको विषयको फाइल खोल्नुपर्ने बताएका हुन्। भ्रष्टाचार धेरै ठाउँमा भएको बताउँदै सांसद पौडेलले राजदरवार हत्याकाण्डसहित राजतन्त्र भएका बेला भएका अपराधकोसमेत छानविन…
नारच्याङ (म्याग्दी) : म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ। अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन छन्। विस २०७६ देखि सुरु भएको दुई वटै आयोजनाको प्रवर्द्धक कम्पनी नीलगिरि हाइड्रोपावरले संरचना निर्माण अन्तिम चरणमा पुगेको…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गरेका छन्। यस्तै, सांसदहरुले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेद्को अन्त्यलगायतका विषय उठान गरेका हुन्। सांसद बिजुला रायमाझीले अर्घाखाँचीको भूमिकास्थान–५ का बाबुराम पुन भारतको पञ्जाब लडेर घाइते भएको र उनको परिवार विचल्ली भएकाले राज्यका तर्फबाट…
मनहरी : हेटौंडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ। बुधवार बिहान मकवानपुरको मनहरि गाउँपालिका-६ नयाँ बस्तीस्थित पूर्व-पश्चिम सडक खण्डमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि-७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। बसको ठक्करबाट गम्भीर घाइते भएकी स्याक्तानलाई उपचारका लागि हेटौंडा अस्पताल…
काठमाडौं : थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गतेबाट नाटक ‘बुद्ध र भिकारी’ मञ्चन हुने भएको छ। नेपाली लोककथामा आधारित यस नाटकलालाई छायाँ (स्याडो)को माध्यमबाट देखाइनेछ। चुलाभुली थिएटरको प्रस्तुती रहेको नाटकमा चेतन आङथुपोको नाट्य रुपान्तरण र अनिल सुब्बाको परिकल्पना र निर्देशन रहेको छ। यसअघि यो नाटक नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव र बुद्ध थिएटर फेस्टिभलमा मञ्चन गरिएको थियो। नाटकमा बेदना राई,…