काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले प्रतिवद्धता पत्र बनाउन शुरु गरेको छ। नागरिक समाज र आफ्नै पार्टीका नेता कार्यकर्ताले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेकाले श्वेत पत्र नै जारी नगरेपनि प्रतिबद्धता पत्र जारी गर्ने तयारी गरेको हो। माघ २६ गते बसेको केन्द्रीय संघर्ष समितिको बैठकले प्रतिबद्धता पत्र जारी गर्न पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भएको तीन हजार ३६० नमुना परीक्षणका क्रममा ४० महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ। पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट कसैको पनि मृत्यु नभएको…
अनुहार पनि छोप्ने कि हजुर?? पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी आलोचनाको सिकार भएका छन् प्रधानमन्त्री ओली। त्यसको प्रतिरक्षा गर्न कहिले उनी सडकमा मानिस उराल्छन् त कहिले प्रगतिको फेहरिस्त लगाउँछन्। विकास कति भयो जनताले अनुभूति गरेकै छन्। उनको कागजी फेहरिस्त कति कागजी र कति वास्तविक छ त्यो यो कथाले व्याख्या गर्छ - पढ्नुस् : सपना बुलेट ट्रेनको गति कछुवाको
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्दै छन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ बजे सुरु हुनेछ। खेलमा चौदण्डीगढी प्रतियोगिमा आफ्नो पहिलो जितको खोजीमा हुनेछ। प्रतियोगितामा १० खेल खेलेको चौदण्डीगढीले सबै खेलमा पराजय ब्यहोरेको छ। त्यस्तै चन्द्रपुर आफ्नो तेस्रो जितको खोजीमा हुनेछ। चन्द्रपुरले १० खेल खेलेर २ जित निकाल्दै ६ अंक जोडेको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले न्युक्यासल युनाइटेडमाथि जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले न्युक्यासलमाथि २-० गोलअन्तरले जित निकालेको हो। चेल्सीले दुई गोल पहिलो हाफमा गरेको थियो। खेलको ३१ औ मिनेटमा ओलिभर जिरुढले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यस्तै ३९ औं मिनेटमा टिमो वेर्नरले गोल गर्दा पहिलो हाफमै चेल्सीले दुई गोलको अग्रता बनाएको…
धनगढी : बैतडीमा नेपाली कांग्रेसको विरोधसभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन्। जिल्लाको डिलासैनी गाउँपालिका ३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदलाई ढुंगाले लागेको प्रहरीले जनाएको छ। सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंह महर लगायतको सहभागिता थियो। आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा…
वीरगंज : खुल्ला सिमानाको कारण सीमावर्ती क्षेत्रका इन्धन तस्करहरु नेपालको पेट्रोल पम्पबाट सस्तोमा इन्धन खरिद गरी महँगोमा बेच्न भारततर्फ ओसारपसार गरेको घटना सार्वजनिक भएको छ। पहिले साइकल, मोटरसाइकलमा इन्धन तस्करी गरेको पाइन्थ्यो भने अहिले भारततर्फ इन्धन बोक्न जाने ट्यांकरबाटै डिजेलको तस्करी भइरहेको खुलेको हो। गएराति पर्सा प्रहरीले करिब १ हजार ३ सय ६० लिटर डिजेल लिएर भारततर्फ गइरहेको अवस्थामा बरामद…
वीरगंज : बारा प्रहरीले ७६ वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा ३९ वर्षीय दलबहादुर लामालाई पक्राउ गरेको छ। गएराति पौने १० बजे बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ बस्ने लामाले वृद्धालाई मकै बारीमा जबरजस्ती करणी गरेको अभियोगमा गएराति नै पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रले जानकारी गराए। उनलाई जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद…
काठमाडौं: काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस विद्यार्थीहरू बिच झडप हुने सम्भावना भएपछि बाक्लो सङ्ख्या सुरक्षाकर्मी परिचालन गरिएको छ। आज बिहान प्रतिनिधिसभा विघटनको विषयमा विभाजित भएका प्रधानमन्त्री ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड - माधव नेपाल पक्ष विद्यार्थीबिच विवाद भएको थियो। त्यही क्रममा केही धक्का मुक्कासमेत भएकाले सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए।…
काठमाडौं : महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपीको सरुवा भएको छ। एसएसपी दिपक थापाको काज सरुवा गरिएको हो। एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवर खापुङ्लाई पठाएको छ। गृह मन्त्रालयले एसएसपी सरुवा गरेको हो। एसएसपी थापाले नै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेका थिए। झाँक्री पक्राउ गर्ने विषयमा प्रहरीलाई ठूलो प्रेसर थियो। प्रहरीले राजनीतिक…
निशा गुरुङ- हेटौंडा : वाग्मती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि सांसद्हरुलाई आफ्नो पक्षमा पार्न नेताहरु लागिपरेका छन्। यसअघि, प्रदेशसभा सचिवालयले सूचना जारी गरी वाग्मती प्रदेशसभाको सातौं अधिवेशन बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भनिएकोमा फागुन ५ गतेका लागि बैठक सरेको जानकारी दिएको थियो। बैठक सरेपछि नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेताहरुले प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका…
विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले सर्वोच्च अदालतले संविधानको आत्मा तथा मूल मर्म र भावनाको रक्षा गर्ने विश्वास व्यक्त गरेका छन्। नेपाली कांग्रेस मोरङको आयोजनामा सोमवार विराटनगरमा भएको विरोध सभामा केन्द्रीय सदस्य आचार्यले सर्वोच्च अदालतप्रति विश्वास प्रकट गरेका हुन्। ‘हाम्रो संविधानले ५ वर्षसम्म कसरी स्थिर सरकार दिने भनेर कल्पना गरेको छ’, आचार्यले भने, ‘त्यसैले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभाको…
काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफले नेपाल पुलिसमाथि संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सम्पन्न आजको पहिलो खेलमा एपीएफले २-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एपीएफले पुलिसको आत्मघाती गोलबाट अग्रता बनाएको थियो। खेलको ६८ औं मिनेटमा पुलिसकी खिम कुमारी गुरुङले आत्मघाती गोल गर्दा एपीएफले अग्रता…
काठमाडौंः प्रहरीले नक्कली डाक्टर बनेर दस्तखत गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) टोलीले अर्घाखाँची मालारानी गाउँपालिका वडा नम्वर ८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई नियन्त्रणमा लिएको हो। नेपाल मेडिकल काउन्सिलबाट लिनु पर्ने स्थायी दर्ता प्रमाण पत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरेपछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संविधानको सीमा ननाघेको दावी गरेका छन्। संविधानलाई मिचेर संसद विघटन गरेको ओलीलाई आरोप लागिरहेका बेला सिंहदरवारको पुनर्निर्मित भवनलाई उदघटान गर्दै ओलीले जनादेशमा जाँदा प्रतिगमन नहुने दावी गरे। 'जनताका बिचमा जनादेशका लागि जाँदा। हाम्रो प्रणालीले चुनाव त गराउँछ नै उहाँले केलाई प्रतिगमन भन्नुभएको हो?,' उनले प्रश्न गरे। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव…
काठमाडौं: राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल दिउँसो १२ बजे सुरु हुनेछ। त्यस्तै आजै हुने दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका भिड्नेछन्। खेल दिउँसो ३ बजे सुरु हुनेछ। एपीएफ ९ खेलबाट २७ अंक जोड्दै शीर्ष स्थानमा छ। आजको खेल…
इटालियन सिरि ए अन्तर्गत गएराति सम्पन्न खेलमा इन्टर मिलानले लाजियोलाई हराएको छ। सन् सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मिलानले लाजियोलाई ३-१ गोलअन्तरले हराएको हो। इन्टरको जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा लौटरो मार्टिनेजले एक गोल थपे। खेलको २२ औं मिनेटमा लुकाकुले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मिलानलाई अग्रता दिलाएका थिए। त्यस्तै लुकाकुले नै ४५ औं मिनेटमा दोस्रो गोल गर्दा पहिलो…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा घरेलु टोली आर्सनलले लिड्स युनाइटेडमाथि ४-२ गोलअन्तरले जित निकालेको हो। आर्सनलको जित पिअरे एम्रिक औबमेयाङले ह्याट्रिक पुरा गरे। त्यस्तै हेक्टर बेलेरिनले १ गोल गरे। उता लिड्सका लागि पास्कल स्ट्रुइज्क र हेल्डर कोस्टाले गोल गरे। खेलको १३ औं मिनेटमा आर्सनललाई अग्रता बनाएका औबमेयाङले ४१ औं मिनेटमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ। द हावथ्रोन्स स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोली वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको हो। खेलको दोस्रो मिनेटमै एम्बाए डिआग्नेको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो। उता युनाइटेडका लागि ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछी दुबै टिमले गोल गर्न नसक्दा खेल १-१ को…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई हराएको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियलले भ्यालेन्सियामाथि २-० गोल अन्तरले जित निकालेको हो। रियलको जितमा करिम बेञ्जेमा र टोनी क्रुसले गोल गरे। खेलको १२ औं मिनेटमै क्रुसको पासमा बेञ्जेमाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। त्यस्तै ४२ औं मिनेटमा क्रुसले नै गोल गर्दा पहिलो हाफमा…