काठमाडौं : वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार भएको बताएका छन्। विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय सुझाव राख्दै मैनालीले धारा ७६ ले सबै (उपधारा १, २, ३ र ५ को) प्रधानमन्त्रीलाई ७ अनुसार विघटनको अधिकार दिएको जिकिर गरे। धारा १०० ले रिक्तता नखोज्ने र उपधारा ५ ले विश्वासको मत प्राप्त गर्न नसकेमा फेरि…
काठमाडौं : तीन घन्टा ढिलो गरी नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। आगामी भदौमा पार्टीको महाधिवेशन मिति तय गर्नगरी बैठक अगाडि बढेको हो। प्रतिनिधिसभा विघटनपछि काँग्रेसका नेताहरु समान एजेन्डामा हिँड्न नसकेको पार्टी कार्यकर्ता तहबाटै गुनासो आइरहँदा आज सुरु भएको बैठकलाई सबैले महत्वका साथ हेरेका छन्। काँग्रेसको १४ औं महाधिवेशनको मिति तय र त्यसको कार्यतालिकामा पनि छलफल हुनेछ। केन्द्रीय…
काठमाडौं : नेपाल भारतको सिक्किम राज्य सडक मार्गले जोडिएको छ। पाँचथरको याङवरक गाउँपालिका-२ चिवाभञ्ज्याङस्थित नेपाल-भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङसम्म सिक्किमको राज्य सरकारले सडकमार्ग खोलेको हो। त्यहाँको सरकारले प्रथामिकतामा राखेर सडक सञ्जाल विस्तार गरेको हो। सोहीअनुसार सिक्किम पहिलोपटक सडक मार्गले नेपालसँग जोडिएको हो। सिक्किम (भारत)ले करीब दुई हप्ताअघि सडकको ट्र्याक…
काठमाडौं : नेपाल पुलिस क्लबसँगको खेलमा घाइते भएकी एपीएफकी स्ट्राइकर सावित्रा भण्डारी एपीएफ र विराटनगरबीचको खेल हेर्न मैदान आएकी छिन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल चलिरहँदा उनी सहयोगीको बुई चढेर मैदान परिसरमा आएकी थिइन्। उनीसँगै बैशाखी पनि थियो। मैदान परिसरमा गेटवेल सुन साबित्रा लेखेको पम्प्लेटल पनि राखिएको छ।
काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको १७ औं मिनेटमा अमृता जैसीले हानेको बल आर्मीको खेलाडीलाई लागेर गोल हुँदा पुलिसले अग्रता बनाएको थियो। पहिलो हाफमा पुलिस एक गोलको अग्रता कायम गरेको…
काठमाडौं : एकै दलका नेताहरुले फरक फरक एजेन्डा बोक्न थालेपछि बहु प्रतीक्षित बनेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक अझै सुरु भएको छैन। केन्द्रीय समितिका अधिकांश सदस्य २ बजे नै पार्टी कार्यालय सानेपा पुगे पनि बैठक सुरु भएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली काँग्रेसका नेताहरु दुई पक्षमा देखिएका छन्। एउटा समूहले कुनै पनि हातलमा ओलीको कदम स्वीकार्न…
काठमाडौं : प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरेको छ। आज दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो। सुदुरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलन गर्दै दिनेश भट्टले घटना घटनाएको जानकारी दिए। प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने दिनेश भट्ट पक्राउ गरेर अदालतबाट म्याद थप गरी…
काठमाडौं : नेपाली काँग्रेस आवद्ध युवा-विद्यार्थीले पार्टीका नेताहरुले एक अर्काको भनाइविरुद्ध अभिव्यक्ति दिएको विषय उठाउँदै आरोप-प्रत्यारोप बन्द गर्न माग गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकको मुखैमा वक्तव्य जारी गर्दै उनीहरुले कांग्रेसले वर्तमान राजनीतिक घटनाक्रमका विषयमा लिएको बाटो अधिकांश कार्यकर्तालाई चित्त बुझेको भए पनि पार्टीले आयोजना गरेका विरोध सभाहरुमा पार्टी केन्द्रिय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बैदेशिक हस्तक्षप बढिरहेको बताएका छन्। उनले राजनीतिक अस्थिरताबाट स्वार्थ पूरा गराउन शक्ति राष्ट्रहरु सक्रिए भएको टप्पणी गरे। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले नेपालमा राजनीतिक दल खोलेर सरकार बनाउन कसरत गरेको चर्चा चलिरहेका बेला श्रेष्ठको यस्तो टिप्पणी आएको हो। फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले सरकारले वैदेशिक हस्तक्षप बढाएको आरोप लगाए।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले दुई बजेका लागि स्थायी कमिटी बैठक बोलाएका छन्। ४ बजे संसदीय दलको बैठक बोलाएका प्रचण्ड-नेपालले त्यसअघि स्थायी कमिटी सदस्यलाई बोलाएका हुन्। २ बजे स्थायी कमिटी बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 'अध्यक्षहरुले स्थायी कमिटी बोलाउनुभएको छ। संसदीय दलको बैठक अगाडि,' उनले भने। प्रधानमन्त्री केपी…
काठमाडौं : सुनको मूल्य ७ महिनापछि पहिलोपटक ९० हजारभन्दा तल झरेको छ। बुधवार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो। नेपाल सुन चाँदी महासंघले कोरोना महामारीपछि गत जेठमा सुन बजारका लागि कायम गरेको मूल्य ८७ हजार ७ सय रुपैयाँ थियो। त्यसपछि लगातार बढ्न थालेको सुनको मूल्य असारमा प्रतितोला ८९ हजार ७ सय रुपैयाँ भयो। त्यसपछि भने सुनको…
काठमाडौं : नेपाली सेनाले काठमाडौं मधेश द्रुतमार्गमा पर्ने सुरुङ बनाउन आह्वान गरेको टेन्डरमा चिनियाँ कम्पनीले मात्र सहभागिता जनाउन पाउने छन्। मुलुकका धेरै पूर्वाधारको क्षेत्रमा चिनियाँ कम्पनीको संलग्नता रहँदै आएकोमा द्रुतमार्गको सुरुङमार्गमा पनि उनीहरुकै संलग्नता हुने भएको हो। मुलुकका धेरैजसो ठूला बजेटका पूर्वाधार आयोजनामा वर्चस्व बढाएका चिनियाँ कम्पनीको सूचीमा यो आयोजना थपिने निश्चित छ। नेपाली सेनाले उक्त आयोजनाका लागि 'माइलस्टोन' मानिएको सुरुङमार्गको ठेक्का आह्वान गरेको…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न राउण्ड अफ १६ को पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगमाथि जित निकालेको छ। हंगेरीको पुस्कास एरेना स्टेडियममा सम्पन्न राउण्ड अफ १६ को पहिलो लेगको खेलमा आरबी लाइपजिग लिभरपुलसँग २-० गोलअन्तरले पराजित भएको हो। लाइपजिगको होमगेम कोरोना सम्बन्धि नियमहरुका काण हंगेरीमा सारिएको थियो। लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पराजित भएको छ। क्याम्प नोउमा सम्पन्न राउण्ड अफ १६ को पहिलो लेगको खेलमा घरेलु टोली अघिल्लो सिजनको उपविजेता पीएसजीसँग ४-१ गोलअन्तरले पराजित भएको हो। पीएसजीको जितमा किलियन एम्बाप्पेले तीन गोल र मोइस किनले १ गोल गर्दा बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काए। खेलमा…
काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको १७ औँ मिनेटमा अमृता जैसीको गोल आर्मीको खेलाडी लागेर गोल हुँदा पुलिसले अग्रता बनाएको थियो। पहिलो हाफमा पुलिस एक गोलले अग्रता बनायो। उता आर्मीका…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको कारणले राजधानीका केही स्थानमा सवारी आगमन प्रभावित भएको छ। आज बिहान राष्ट्रपति भण्डारी हनुमाढोकामा बसन्त श्रवण गर्न जाने र फर्किने समयमा सवारी आगमन प्रभावित भएको हो। शितल निवास, शिवपुरी स्कुल, बालुवाटार, बालाजु, गोगबु, लाजिम्पाट, टेकु, कालमाटी, रत्नपार्क लगायत क्षेत्रमा सवारीलाई केही समय निषेध गरिएको छ। राष्ट्रपति हिंड्ने सडकमा बाक्लो सङख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ।…
काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलियम पदार्थको मूल्य बढाएको एक हप्ता नबित्दै निगमले फेरी मूल्य बृद्धि गरेको हो। गत हप्ता माघ २८ गते बुधवार मात्रै एलपी ग्यास सहितका पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मंगलवार पुनः मूल्य बृद्धि गरेको छ। माघ ६ गते पनि मूल्य बृद्धि गरेको निगमले फागुन ४ गते सम्म एक महिना पनि…
काठमाडौं: नेपाल सितोरियो सोबुकान कराते डो संघले मध्यपुर कराते एकेडेमी सञ्चालनमा ल्याएको छ। मध्यपुर थिमी नगरपालिकाले उपलब्ध गराएको करिब २ रोपनी जग्गा हातामा एकेडेमी निर्माण गरिएको हो। एकेडेमीका कोषाध्यक्ष सनिश श्रेष्ठले सोही हातामा पहिले करातेको ट्रेनिङ हल पनि निर्माण गरिएको जानकारी दिदै सहयोगका लागि मध्यपुर थिमी नगरपालिकालाई धन्यवाद दिए। करिब ८० लाख लागत रहेको एकेडेमी र ट्रेनिङ हलका लागि अझै…
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा चौदण्डीगढी नगरपालिका चन्द्रपुर नगरपालिकासँग पराजित भएको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चौदण्डीगढी चन्द्रपुरसँग २-१ गोलअन्तरले पराजित भएको हो। प्रतियोगितामा चन्द्रपुरलाई तेस्रो जित दिलाउन चन्द्रपुरका रजनी थोकर र दिलकुमारी राना मगरले समान १/१ गोल गरे। उता चौदण्डीका लागि मनिता तामाङले सान्त्वना गोल फर्काइन्। पहिलो हाफको अतिरिक्त समयमा चन्द्रपुरको रजनीको सामान्य प्रहारमा…
काठमाडौं : विश्वको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरमाथिको अभद्र व्यवहार मुद्दामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मगरको उजुरीको आधारमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको हो। बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए। मगरले आइतवार महानगरीय प्रहरी परिसर काठमाडौंमा बस्नेतविरुद्ध उजुरी दर्ता गराएकी हुन्। बस्नेतले आफूसँग सपनाको अश्लील फोटोहरू भएको र सार्वजनिक…