काठमाडौं : पाकिस्तानका राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पतालको अवलोकन गरेका छन्। आँखा अस्पतालको अवलोकन गर्न राजदूत शाह बिहीवार भरतपुर पुगेका हुन्। अस्पतालको शल्यक्रिया थिएटर बनाउन दूतावासले ७२ लाख रुपैयाँ सहयोग दिएको छ। यस्तै, चम्मा पसल निर्माण गर्न ३६ लाख र फेको मेसिनलगायतका उपकरण पनि दूतावासले सहयोग गरेको छ। पाकिस्तानमा मुख्य कार्यालय रहेको बीसीआई बैंकले भरतपुर आँखा अस्पतालको स्थापनाको…
काठमाडौं : आगामी सिजनको इन्डियन प्रिमियर लिगको अक्सनबाट नेपाली खेलाडी सन्दीप लामिछाने अनसोल्ड भएका छन्। यसअघि दिल्लीसँग तीन सिजन आवद्ध भए पनि पछिल्लो पटक बेन्चमै सीमित भएकाले उनी यसपाला अक्सनको सूचीमा रहे पनि छानिने हुन् या नछानिने हुन् भन्ने संशयमा थिए । आजको अक्सनमा कसैले नलिएपछि त्यो संशय सत्य सावित भयो। उनको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ तोकिएको थियो।…
काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले आज टुँडीखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएका नेकपाका पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले साङ्लो बनाएर प्रदर्शन गरेका हुन्।
सुर्खेत : प्रदेश सरकारले कर्णाली प्रदेश लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गरेको छ। आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका हुन्। आयोगको सदस्यमा बसन्ती कुमारी शाही र भक्तबहादुर खड्का नियुक्तलाई नियुक्त गरिएको छ। आयोगका अध्यक्ष पूर्व शिक्षा निर्देशक हुन्। नियुक्त तीनै जनालाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ गराएका छन्। प्रदेशसभाबाट एक वर्षअघि नै प्रदेश लोकसेवा ऐन पास भइसके पनि…
काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश दिँदै प्रजातन्त्र आएको सत्तरी वर्षपछि पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त रहेको जनाएका छन्। भोलि फागुन ७ गते ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस बनाइँदैछ। 'प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो,' पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट जारी सन्देशमा भनिएको छ, 'प्रजातन्त्रमा जनशक्ति…
काठमाडौं : सरकारले कोभिड-१९ खरीदका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको छ। भारतको सेरम इन्स्टिच्यूटबाट २० लाख कोभिसिल्ड भ्याक्सिन खरीदका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गरेको हो। सार्वजनिक खरीद ऐन को दफा ४१ मा खरीदका लागि कार्य सम्पादन र पेस्की जमानत राख्नुपर्ने व्यवस्था छ। 'उत्पादक कम्पनीले पेस्की प्रदान गरे भ्याक्सिन आपूर्ति गर्ने प्रस्ताव राखेको कारण एक पटकलाई…
काठमाडौं : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयलाई लिएर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आन्दोलित भएको छ। आज बिहान विभिन्न क्याम्पस अगाडि मूल्यवृद्धिको विषयलाई लिएर प्रदर्शन गरेको अनेरास्ववियुले दिउँसो नेपाल आयल निगममा धर्ना दिए। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा आएको विभाजनसँगै त्यसको विद्यार्थी संगठनमा पनि दुई चिरा देखिएको छ। इन्धन मूल्यवृद्धिको विरोधमा उत्रिएको समूह चाहिँ आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल…
काठमाडौं : रोमन म्यागासेसे विजेता एवम् प्रविधि अभियन्ता महावीर पुनको जीवनीमा आधारित डकुमेन्ट्री 'महाविर पुन' को पोस्टर रिलिज भएको छ। निर्माता शान्ता नेपालीले फेसबुकमा पोस्टर रिलिज गर्दै डकुमेन्ट्रीबारे खुलाएकी हुन्। शान्ता नेपाली प्रोडक्सन हाउसमा बन्न लागेको डकुमेन्ट्री महावीर पुनको जीवनका सघर्ष केन्द्रित रहेको निर्माता नेपालीले बताइन्। डकुमेन्ट्री छायाङ्कन भइसकेको तर पोस्ट प्रोडक्सनको काम चलिरहेको उनले जानकारी दिइन्। मार्च दोस्रो साता…
आईपीएलको १४ औं सिजनका लागि आज खेलाडीहरुको अक्सन हुँदैछ। यसपटकको मिनी अक्सनमा २९२ जना खेलाडीमाथि बोली लाग्नेछ। जसमा १६४ जना भारतीय खेलाडी र बाँकी विदेशी खेलाडी छन्। आज चेन्नइमा हुने अक्सनमा सबै टीमसँग गरी ६१ खेलाडीहरुका लागि स्थान खाली छ। यसमा पनि ४०/४५ खेलाडीहरुमात्र बिक्ने अनुमान भारतीय सञ्चारमाध्यमहरुले गरेका छन्। अक्सनमा १९६.६ करोड भारतीय रुपैयाँ खर्च हुनेछ। ६१ स्थान मध्ये सबैभन्दा धेरै बेङ्ग्लोरले…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सर्वच्च अदालत पुगेर आफुविरुद्धको मुद्दामा लिखित जवाफ दिएका छन्। प्रधानमन्त्री ओलीले आफूलाई लगाइएको अवहेलना मुद्दाको निवेदनको दावी नै दुषित भएको जवाफ दिएका छन्। आफूले बोलेका केही कुरालाई पूरा शब्द नहेरी बिचबिचबाट शव्द निकालेर फुलबुट्टा भरेको तर्क ओलीको जवाफमा छ। प्रधानमन्त्रीले बुझाएको लिखित जवाफमा भनिएको छ, 'त्यसमा बोलिएका शव्द तथा वाक्य उल्लेख गरी पूरा शव्द…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सर्वच्च अदालत पुगेका छन्। उनीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दामा लिखित जवाफ दिन पौने १२ बजे ओली अदालत पुगका हुन्। अदालत पुगेको १५ मिनेटमा जवाफ बुझाएर ओली फर्किएका छन्। उनी ११ बजेर ४६ मिनेट जाँदा अदालत पुगेका थिए भने फर्किँदा ११ बजेर ५९ मिनेट गएको थियो। उनीविरुद्ध माघ १३ गते अधिवक्ता कुमार शर्मा आचार्यले मुद्दा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दाह्रो ग्याङसँग भेट गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दाह्री ग्याङका सदस्यसँग भेट भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। राष्ट्रका लागि युवा- दा-ही ग्याङसँगकाे भेट । pic.twitter.com/h9CTcHbZLS — Surya Thapa (@ThapajiSurya) February 18, 2021 'राष्ट्रका लागि युवा दाह्री ग्याङसँग भेट,' भन्दै थापाले प्रधानमन्त्री ओलीसँग भेटको फोटो सार्वजनिक गरेका हुन्। भेट कहिले भएको भन्नेबारे…
युईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को जर्मन क्लब बोरुसिया डर्टमण्ड र स्पेनिस क्लब सेभियाबीचको खेलमा डर्टमण्डले जित निकालेको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा डर्टमण्डले घरेलु टोली सेभियामाथि ३-२ गोल अन्तरले जित निकालेको हो। सेभियाले खेलको ७ औं मिनेटमा सुसोको गोलमा अग्रता बनाएको थियो। तर १९ औं मिनेटमा डर्टमण्डका महमौद दउदले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै खेलको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनमाथि जित निकालेको छ। गुडिसन् पार्कमा सम्पन्न खेलमा सिटीले घरेलु टोलीमाथि ३-१ गोल अन्तरले जित निकाल्यो। सिटीले खेलको ३२ औं मिनेटमा फिल फोडेनको गोलमा अग्रता बनाएको थियो। तर ३७ औं मिनेटमा रिचार्लिनले एभर्टनका लागि गोल फर्काउँदा पहिलो १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा रियाद महरेजले सिटीलाई फेरि अग्रता दिलाए। उनले खेलको…
युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न राउण्ड अफ १६ को इटालियन क्लब युभेन्टस पोर्चुगिच क्लब पोर्टोबीचको पहिलो लेगमा युभेन्टस पराजित भएको छ। स्टेडियो डो ड्रागाओमा सम्पन्न खेलमा घरेलु टोलीले युभेन्टसमाथि २-१ गोलअन्तरले जित निकालेको हो। पोर्टोले दुबै हाफको पहिलो मिनेटमा गोल गरेको थियो। मेह्डी तरेमीको गोलमा खेलको पहिलो मिनेटमै अग्रता बनाएको घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा…
काठमाडौंः मोरङको जहदा गाउँपालिका- १ मा एक साताअघि बलात्कृत भएकी १४ वर्षीया बालिको अभियुक्त प्रहरीले अझैं पक्राउ गर्न सकेको छैन। अभियुक्तको पहिचान भइसकेपनि भारतमा लुकेर बसेकाले प्रहरीलाई पक्राउ गर्न समस्या भएको छ। माघ ( २६) गत सोमबार राति करिब ९ बजेतिर घरबाट नै मोटरसाइकलमा हालेर लगेका दुई युवाले बलात्कार गरेको खुलेको थियो। उनीहरूले मोटरसाइकलमा हालेर केही पर लगेर बलात्कार गरेको प्रहरीको…
काठमाडौं: नेपाली कांग्रेसको कार्यसमितिको म्याद छ महिना थप गर्नेगरि केन्द्रीय समितिमा प्रस्ताव पेस भएको छ। चार वर्ष कार्यकाल रहेको कार्यसमितिको म्याद यसअघि एक वर्ष थप भइसकेको छ। संवैधानिक प्रावधान अनुसार नै थप ६ महिना बढाउने सक्ने व्यवस्थालाई टेकेर केन्द्रीय समितिमा उक्त प्रस्ताव पेस भएको हो। महाधिवेशन आउँदो भदौ ७ देखि १० सम्म गर्ने प्रस्ताव गरिएको छ। कोरोनाका कारण लामो समयसम्म…
काठमाडौं : नेपालका लागि जापानी राजदूत समामिची साइगोले सभामुख अग्निप्रसाद सापकोटासँग आज बिदाई भेट गरेका छन्। आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट गरेका हुन्। भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध सधैँ सुमधुुर रहेको चर्चा गरे। उनले कोभिड–१९ का कारण मानवजातीको सभ्यता र अस्तित्वमा सिर्जना भएको चुनौतीमाथि मानवजातिको जित शुरु भएको…
काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा एपीएफले विराटनगरमाथि जित निकाल्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले विराटनगरमाथि १-० ले जित निकालेको हो। यद्यपि आजको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेपछि लिगको उपाधि एपीएफले जित्ने निश्चित भइसकेको थियो। असिना र झरीसँगै सुरु भएको आजको दोस्रो खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको…
काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यसमितिको पाँच वर्षे म्याद सकिएपछि ६ महिना म्याद थप्ने प्रस्ताव गरिएको छ। कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा पेश गरेका हुन्। देउवाको कार्यसमितिको म्याद एक वर्ष अघि नै सकिएको थियो। त्यसपछि विधान बमोजिम असाधारण परिस्थितिको धारा प्रयोग गर्दै थपेको एक वर्ष पनि फागुन १९ गते सकिँदैछ। काँग्रेसले १४ ओं…