जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो। नियुक्तिसँगै आज कार्यक्षेत्र प्रदेश २ पुगेका झालाई जनकपुर विमानस्थलमा नेकपा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले रिक्त रहेको पदमा पदपूर्तिका लागि ९ बुँदे एकता मापदण्ड बनाएको छ। एक स्थायी कमिटी सदस्यका अनुसार ५०/५० प्रतिशतका आधारमा प्रचण्ड-नेपालले संरचनागत एकता गर्ने निर्णय गरेको छ। उनका अनुसार जिल्ला कमिटी र प्रदेश कमिटीले खाली रहेका ठाउँमा पदपूर्तिका लागि सचिवालयलमा नाम सिफारिस गर्ने छन्। यसअघि नेकपा एकताका बेला एमाले…
काठमाडौं : अधिवक्ताहरुले प्रतिनिधिसभा विघटनको मुद्दामा दुबै पक्षबाट अदालतमाथि हमला भएको बताएका छन्। संसद विघटनबारे आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै चार जना अधिवक्ताले दुबै पक्षको दबाबले अदालत अफ्ठेरोमा परेको धारणा राखे। नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले विघटन मुद्दामा दुवै पक्षबाट अदालतमाथि हमला भएकोले अहिले अदालतसामू ठूलो चुनौती रहेको बताए। ‘अदालतलाई थ्रेट गर्ने काम भयो। मैले गरेको विघटन सही छ…
बलिउड अभिनेता अजय देवगनको फिल्म 'तान्हाजी द अनसक्सं वारियर' ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। पाचौं संस्करणको दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल अवार्डमा ‘तान्हाजी’ उत्कृष्ट फिल्म बनेको हो। कलाकारतर्फ अक्षय कुमार र दीपिका पादुकोण उत्कृष्ट बनेका छन्। अक्षयलाई फिल्म 'लक्ष्मी' को लागि उत्कृष्ट अभिनेता र दीपिकालाई 'छपाक' फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ओस्कर अवार्ड जित्न…
खुकुरी रमले आयोजना गरेको ‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिताको आज फिनाले हुँदैछ। कोरोना महामारीका कारण प्रतियोगिताको अनलाइन अडिसन भएको थियो। अडिसनमा सहभागीमध्ये शीर्ष १६ प्रतियोगीहरुको नाम २०२१ जनवरी १ मा घोषणा गरिएको थियो। ४ जना प्रतियोगीहरुको आज फिनालेमा प्रस्तुति रहने छ। कार्यक्रममा नेपाली सांगीतिक ब्यान्डहरु कबवेब, समृद्धि राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सको…
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसको खोप लिएका छन्। यससँगै अस्ट्रेलियामा खोपको सुरुवात भएको छ। खोपप्रति कायम रहेको संशय हटाउने उद्देश्यका साथ उनले लगाएको खोपको टेलिभिजनमार्फत् प्रचार गरिएको छ। सर्वसाधारणलाई खोप सुरक्षित रहेको संदेश दिन यस्तो गरिएको हो। सोमवारबाट औपचारिक रुपमा खोपको सुरुवात हुँदैछ। एक सातामा ६० हजार मानिसले खोप लगाउने अपेक्षा गरिएको छ। सरकारले खोप लगाउने तयारी गरेको पूर्वसन्ध्यामा…
उडान गर्दा एउटा इन्जिन फेल भएको बोइङ जेटको टुक्रा डोनभोर नजिकैको बस्तीमा भेटिएको छ। २ सय ३१ यात्रु र १० चालक दलका सदस्यसहित उडेको बोइङ ७७७ को इन्जिनमा आगो लागेलगत्तै सकुशल डोनभोर विमानस्थलमा फोर्स ल्यान्डिङ गरिएको छ। दुर्घटनमा कसैलाई पनि चोटपटक लागेको छैन। ब्रोमफिल्ड शहरका प्रहरीले इन्जिनको केसिङ एउटा घर अगाडि खसेको फोटो पोस्ट गरेको छ। विमानमा रहेका यात्रुले जनाएअनुसार…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग पराजित भएको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुल २-० गोलअन्तरले पराजित भएको हो। खेलको पहिलो हाफमै एभर्टनले अग्रता बनाएको थियो। खेलको तेस्रो मिनेटमै जेम्स रोड्रिगेजको उत्कृष्ट पासमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा लिभरपुलका साडियो मानेले दुइवटा उत्कृष्ट हेडिङको अवसर सदुपयोग गर्न सकेनन्। त्यस्तै सलाहको उत्कृष्ट प्रहार एभर्टनका गोलकिपर…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले रियल भल्लाडोलिडमाथि संघर्षपूर्ण जित निकाल्यो। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि १-० को कठिन जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा कासेमिरोको गोलमा मड्रिडले अग्रता बनाएको थियो। टोनी क्रुसको पासमा खेलमा ६५ औं मिनेटमा कासेमिरोकोले गरेको गोल नै मड्रिडको जितमा निर्णायक बन्यो। त्यस्तै गएराति नै…
काठमाडौंः मकवानपुरमा प्रहरी र स्थानीयबिच झडप भएको छ। झडपलाई नियन्त्रण लिन प्रहरीले दुई राउन्ड हवाई फायर समेत गरेको जानकारी दिएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ गाल्छाराङमा बारीमा लुकाएको १८ क्विन्टल गाँजा जलाई फर्किने क्रममा प्रहरी माथि आक्रमण भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ कुपिनटार स्थित सडकमा स्थानीयहरूले अवरोध…
काठमाडौँः नेपालले भारतसँग खरिद गरेको कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा दश लाख डोज आइतबार (फागुन ९) गते प्राप्त हुने भएको छ। २० लाख डोज खोप द्रुत गतिबाट खरिद गर्नेगरि यसअघि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। निर्णयको एक साताभित्रै पहिलो चरणको खोप प्राप्त हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आइतबार एयर इन्डियाको उडानबाट खोप ल्याइने छ। मन्त्रालयले…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको प्रतिनिधिसभा विघटनसम्बन्धी भनाइमाथि प्रश्न गरेका छन्। नेपाली कांग्रेस सुनसरीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले देउवाको भनाइमाथि प्रश्न गरेका हुन्। कांग्रेसले अदालतलाई खबरदारी गर्नैपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यस कदमलाई असंवैधानिक भन्दै विरोध जनाएको छ।…
म्यानमारमा सैन्य ‘कू’विरुद्ध भइरहेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शनिवार दुई जनाको मृत्यु भएको छ। मन्डालेमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको द म्यानमार टाइम्सले उल्लेख गरेको छ। आन्दोलनकारीहरुविरुद्ध प्रहरीले ‘लाइभ एम्युनिसन’ प्रयोग गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्। प्रहरीसँगको झडपमा अन्य थुप्रै आन्दोलनकारी घाइते समेत भएका छन्। माघ १९ गते म्यानमारमा सेनाले सत्ता आफ्नो नियन्त्रणमा…
जनकपुरधाम : उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनबाट कसैले रोक्न नसक्ने दावी गरेका छन्। धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री पोखरेलले देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि निर्वाचन बाहेकको विकल्प नरहेकोले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने दावी गरे। उनले आगामी निर्वाचनका लागि सबैलाई तयार रहन…
विराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङ आफ्नो समूहमा फर्केको उद्घोष गरेका छन्। शेरबहादुर तामाङ र उषाकला राई प्रचण्ड-माधवकुमार नेपाल समूहतिर लागेका थिए। ओलीकै क्याबिनेटमा मन्त्रीसमेत रहेका तामाङले लैंगिक विभेदजन्य अभिव्यक्ति दिएका कारण पदमुक्त हुन परेको थियो। 'उहाँहरुलाई जबरजस्ती लगेका थिए। तर उहाँहरु फर्केर आउनु भएको छ,' विराटनगरमा आयोजित सत्तारुढ दलको शक्ति…
काठमाडौं : नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको भूमिगत नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि सकारात्मक भएको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरबाट महत्वपूर्ण घोषणा गर्ने बताइरहेको अवस्थामा प्रतिवन्धित अवस्थामा रहेको पार्टीले सरकारसँग सम्बाद र वार्ताका लागि सकारात्मक रहेको जनाएको हो। 'हाम्रो क्रान्ति, राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो। यसको प्रकृयामा आम…
विराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले चुनावको माहोल सुरु भइसकेको बताउँदै सर्वोच्च अदालतले फैसला गरेसँगै सबै दल चुनावका लागि उत्रिने दावी गरेका छन्। उनले नाम उल्लेख नगरी आन्दोलनरत नेकपामा नेताहरुमाथि व्यङ्ग्य गरे भने नेपाली काँग्रेसको प्रशंसा गरे। 'विपक्षी दलका साथीहरु संविधान अनुसार चाहिँ मिलाएन भन्दै जिल्ला जिल्लामा, वडा वडामा, निर्वाचन क्षेत्रमा रुख चिन्ह प्रदर्शन गर्दै हिड्नुभएको छ,'…
काठमाडौं : चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नु अघि अर्थमन्त्रालयले आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई छलफलका लागि बोलायो। छलफलमा अर्थसचिव शिशिर ढुंगानाले कोभिडका कारण राजस्वका स्रोतहरु खुम्चिएको भन्दै पेट्रोलियम पदार्थमा कर बढाउने प्रस्ताव गरे।निगमका कार्यकारी निर्देशक पौडेलले समेत सहमति जनाए। त्यो बेलामा कोभिडका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल २५ डलर भन्दा कममा आएको थियो।…
विराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारा चाँडै पत्ता लाग्ने बताएका छन्। सत्तारुढ दलको शक्ति प्रदर्शनका क्रममा विराटनगरामा आयोजित प्रदेश १ नम्बरको सभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले भागरथी भट्टको हत्यारालाई कानुनको कठघरामा उभ्याउन सफल भएकाले अब निर्मलाको हत्यारा पनि चाँडै पत्ता लाग्ने दावी गरेका हुन्। 'निर्मलाको हत्यारा, त्यो बलात्कारी पनि हाम्रो कानुनको पत्र्जाको नजिक…
काठमाडौंः ललितपुरबाट प्रहरीले जुवा खेली रहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले शुक्रवार साँझ ललितपुर महानगरपालिका वडा नम्बर २६ स्थित सुनाकोठीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। अजय महर्जनको चार तले घरको दोस्रो तलामा जुवा खेली रहेको अवस्थामा नियन्त्रणमा लिएको परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले ३० लाख ८४ हजार रुपैयाँ समेत बरामद गरेको…