बुटवल : नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयार गरेको बताएका छन्। मुलुकको अर्थतन्त्रको सुचकांक जीडीपीलाई १० प्रतिशत भन्दामाथि पुर्याउन र रोजगारी अभिबृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेपर तयार गरिएको उनले जानकारी दिए। बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सोमवार बुटवलमा भएको ६७ औँ वार्षिक साधारण…
काठमाडौं : 'प्रसाद २' मा निश्चल बस्नेत अनुबन्धित भएका छन्। बस्नेतले आज 'प्रसाद २' टिमसँग औपचारिक सम्झौता गरेका हुन्। 'प्रसाद २' यसअघि बनेको फिल्म 'प्रसाद' को सिक्वेल फिल्म हो। दिनेश राउत निर्देशित 'प्रसाद'मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतकै अभिनय रहेको थियो। 'प्रसाद २' का लागि यसअघि नै विपीन कार्की र नम्रता श्रेष्ठ फाइनल भइसकेका थिए। सिक्वेलमा बस्नेतको इन्ट्री…
हेटौँडा : मकवानपुरको हेटौँडामा आगामी फागुन २७ गतेदेखि स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ। आयोजक मकवानपुर जिल्ला फुटबल संघका अनुसार उक्त प्रतियोगिता हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा हुने छ। प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशको विशेष सहयोग तथा मकवानपुरका स्थानीय तहहरुको प्रायोजनमा प्रतियोगिता सञ्चालन हुने भएको संघले जनाएको छ।…
काठमाडौंः नेत्रविक्रम चन्द विप्लव समुहका नेत धर्मेन्द्र बास्तोला पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए लगतै नेता वास्तोलालाई पक्राउ गरिएको हो। न्यायाधीश मिरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएका थिए। सरकारले प्रतिवन्ध लगाएको विप्लव समुहसँग सरकारले वार्ताको तयारी गरिरहेको छ। विप्लव समुह पनि वार्ताको लागि सकारात्मक नै देखिएको छ। 'काभ्रेमा उहाँको मुद्धा परेको छ।…
कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न निर्देशन दिएका छन्। दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुरको बेदकोट पुगेका प्रधानमन्त्री ओलीले भागरथी भट्टका दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन सफल भएको दावी गर्दै निर्मलाका हत्यारालाई सार्वजनिक गर्न निर्देशन दिएका हुन्। ‘भागरथीको वीभत्स हत्या भएकोमा केहीले राजनीति गर्ने चेष्टा गरे। तर, खोज अनुसन्धानमा…
कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर पुगेर दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमवार कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ। २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न…
काठमाडौं : नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल लिग 'नेपाल सुपर लिग' सुरु हुने भएको छ। आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टका अनुसार वैशाख ११ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिग सुरु हुनेछ। आज 'एनएसएल' आयोजनाबारे जानकारी गराउँदै आयोजकले प्रतियोगितामा विभिन्न प्रदेशबाट प्रतिनिधित्व हुनेगरी विभिन्न शहरका टिमहरुले प्रतिनिधित्व गर्ने जनाएको हो। टिमहरु भने अक्सनको आधारमा निर्माण गरिनेछ। 'अक्सनको माध्यमबाट टिम बनाइ खेलाडीहरुलाई विभिन्न टिममा विभाजन…
सुशान्त सिंह राजपुतलाई ‘दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’मा क्रिटिक्स उत्कृष्ट अभिनेताको रुपमा सम्मानित गरिएको छ। ‘दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’ले आफ्नो आधिकारिक इन्स्टाग्राममा फोटो सेयर गर्दै सो जानकारी दिएको हो। जसमा लेखिएको छ, ‘उपलब्धीको मार्गमा तपाईले देखाउनु भएको समर्पणको उत्सव मनाउँदै छौँ। स्वर्गीय सुशान्त सिंह राजपुतलाई दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल-२०२१ मा क्रिटिक्स उत्कृष्ट अभिनेता अवार्डका लागि बधाई छ। हामी…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूह समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेका छन्। अनेरास्ववियुका नेताहरुले प्रतिगमन लेखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलामा जुत्ता प्रहार गरेका थिए। ओलीको जनसभाहरुमा प्रयोग गरिएको तस्विरको 'ब्ल्याक प्रिन्ट' गरेर प्रतिगमन लेखिएको थियो। नारायणहिति दरबार अघि सरकारविरुद्ध नारा लगाउँदै जुत्ता प्रहार गरिएको हो। त्यसक्रममा प्रहरीले पुतलामा जुत्ता प्रहार गर्न रोक्ने…
काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेर प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेटेका छन्। आज दिउँसो अदालत पुगेर सेनापति थापाले प्रधान न्यायाधीश जवरालाई भेटेका हुन्। प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको र केही दिनभित्रै फैसला आउने तय भएको अवस्थामा सेनापति र प्रधान न्यायाधीश बिचको भेटलाई निकै महत्वको साथ हेरिएको छ। तर, दुई जनाको भेट कुनै राजनीतिक कुराको लागि नभएको नेपाली…
काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको आज नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण भएको छ। भट्टराईका सहयोगी विश्वदीप पाण्डेले भारतीय चिकित्सकसँग डाक्टर भट्टराई र उनकी पत्नी हिसिला यमीले गरेको परामर्शको तस्बिर फेसबुकमा अपलोड गर्दै उनको स्वास्थ्य अवस्थाबारे अपडेट गराएका हुन्। भोलि उनी अस्पताल भर्ना हुदैछन्। त्यहाँ उनको थप परीक्षण हुनेछ। जनता समाजवादी पार्टीका संघीय परिषद…
काठमाडौं : सुरुङ मार्गबाट पानी पठाउँदा दुर्घटना भएर ज्यानै गएपछि मेलम्ची खानेपानीको परीक्षणमा यसपाला हेलिकप्टर स्ट्यान्डबाइ राखिएको छ। सम्भावित जोखिम न्युनिकरणका लागि हेलिकप्टर राखेर सुरुङमार्गको परीक्षण सुरु गरिएको हो। खानेपानी मन्त्री मणिचन्द्र थापाले मुहान क्षेत्र अम्बाथान पुगेर सुरुङमार्गमा पानी पठाउनको कामको शुरु गरे। प्रतिसेकेण्ड २६० लिटरका दरले सुरुङमार्गमा पानी हाल्न सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुङभित्र पानी भरिन करिब…
काठमाडौंः गोरखामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्। आज बिहान सुलिकोट गाउँपालिका १ स्थित वारपाकमा घरभित्र नै तीन जना मृत अवस्थामा फेला परेका हुन्। बिहान घरमा मृत देखेपछि छिमेकी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय जौवारिबाट प्रहरी निरीक्षकको टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए। 'बिहान अबेरसम्म…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि जित निकालेको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले न्युक्यासलमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। खेलको ३० औं मिनेटमा ह्यारी म्यागुइरको पासमा गोल गर्दै मार्कस रासफोर्डले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर त्यसको ६ मिनेटमै न्युक्यासलका एलन सेन्ट म्याक्सिमिनले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनल लिगलिडर सिटीसँग १-० गोलअन्तरले पराजित भएको हो। सिटीको जितमा रहिम स्टर्लिङले निर्णायक गोल गरे। उनले खेलको दोस्रो मिनेटमा रियाद महरेजको पासमा गोल गरेका थिए। त्यस्तै गएराति नै भएको अन्य खेलहरुमा लेस्टर सिटीले एस्टोन भिल्लालाई २-१ गोलअन्तरले हराउँदा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई ३-१ गोलअन्तरले…
स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा बार्सिलोना काडिजसँग बराबरीमा रोकिएको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना काडिजसँग १-१ को बराबरीमा रोकिएको हो। पहिलो हाफमा कप्तान लियोनल मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ३२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मेस्सीले अग्रता दिलाएका थिए। यद्यपि खेलको अन्तिम समयमा सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिन पुग्यो। खेलको ८९ मिनेटमा एलेक्स फर्नान्डेजले…
विराटनगर : नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको झगडाको रिस संसदमा पोखेका प्रधानमन्त्री ओलीले आफ्नो बचाउ गर्न संसद विघटन गरेको आरोप लगाएका छन्। उनले संसद विघटन जनताको अधिकार माथिको माहामारी भएको पनि बताएका छन्। बहुमतको प्रधानमन्त्रीको इच्छामा संसद विघटन गर्ने अधिकार संविधानमा नभएको भन्दै नेता सिटौलाले सर्वोच्च अदालतले आफ्नो पक्षमा निर्णय नगरे आन्दोलनमा जाने ओलीको भनाइ सम्पूर्ण व्यवस्थामाथी राज्य…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा वेस्टहम युनाइटेडले टोटेनहम हट्सपरमाथि जित निकालेको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वेस्टहमले टोटेनहममाथि २-१ गोलअन्तरको जित निकालेको हो। मिचाइल एन्टोनियोको गोलमा घरेलु टोलीले खेलको पाँचौ मिनेटमै अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको वेस्टहमका लागि दोस्रो हाफमा जेस्से लिङ्गार्डले गोल गर्दै अग्रता बनाए। उनले खेलको ४७ औं मिनेटमा गोल…
हेटौँडा : वाग्मती प्रदेशमा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या एक लाख २८ हजार नाघेको छ। प्रदेशमा दुई चरणमा गरेर एक लाख २८ हजार २ सय ४६ जनाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। मकवानपुर जिल्लामा भने कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरुको संख्या २ हजार ६ सय २४ जना पुगेको छ। सामाजिक विकास मन्त्रालयका कोभिड फोकल पर्सन…
बुटवल : केपी ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिएसँगै नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित उद्घाटन र शिलान्यासका कार्यक्रमलाई तीव्रता दिएका छन्। अर्थमन्त्री पौडेलले बुटवलदेखि नुवाकोटगढी पुग्ने करिब २ किलोमिटर दुरीको केबलकार लाइनको शिलान्यास गरेका छन्। समयमै निर्माण सम्पन्न भएको खण्डमा अबको डेढ वर्षमा ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा…