फ्रान्सेली कलाकार जेरार्ड डेपार्ड्युविरुद्ध बलात्कारको आरोप लागेको छ। तीन वर्ष अघि उनकै घरमा एक अभिनेत्रीलाई बलात्कार गरेको आरोप लागेको हो। हाल घटनाबारे अनुसन्धान अघि बढेको छ। पीडित महिलाले यौनजन्य दुर्व्यवहार र बलात्कार गरेको बताएकी छिन्। उनका अनुसार घटना सन् २०१८ मा पेरिसमा घटेको हो। जेरार्डका वकिलले फ्रेन्च न्यूज एजेन्सीसँग यस आरोप र अनुसन्धानबारे खबर सार्वजनिक हुनुलाई गलत भएको बताएका छन्।…
काठमाडौं : हिजो प्रतिनिधिसभा पुनर्स्थपन गर्न सर्वोच्च अदालतले फैसला सुनाएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोनबाटै खुशी आदानप्रदान गरेका पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौं आएलगत्तै उनलाई भेट्न पुगेका छन्। आज पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाको निवासमा दाहाल र नेपाल पुगेका हुन्। उनीहरुबिच आधा घन्टा छलफल भएको हो। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रतिनिधिसभा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव फेस गर्ने बताएका छन्। ओली समूहको बालुवाटारमा बसेको बैठकमा सर्वोच्च अदालतको आदेशको पालना गर्ने बताएको ओली निकट नेता सुवास नेम्वाङले जानकारी दिए। उनका अनुसार ओलीले राजीनामा दिने विषयमा छलफल भए पनि उनी त्यसका लागि तयार नभएको उनले जानकारी दिए। ओली आफैँले राजीनामा नदिने बताएका थिए। 'नैतिकताको आधारमा राजीनामा दिने नदिने त आफ्नो आफ्नो…
काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई गलत ठहर्याउँदै पुनर्स्थापनाका लागि फैसला सुनाएपछि त्यसको प्रतिक्रिया जनाउँदै आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु सडकमा उत्रिएका छन्। उनीहरु सर्वोच्चको फैसलालाई लिएर हर्षोल्लाश मनाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। उनको विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सहजै स्वीकार गरेकी थिइन्। त्यसविरुद्ध परेका मुद्दाहरुको हिजो सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला…
काठमाडौं : नेकपा प्रचण्ड–नेपाल समूहका सुदूर पश्चिम इन्चार्ज डा भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर जनतासामु माफी मागेमा उनीप्रति आफ्नो समूह सकारात्मक हुनसक्ने बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले अंसैवधानिक कदमको आत्मालोचना गरि प्रधानमन्त्रीबाट नैतिकताका आधारमा राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक…
काठमाडौं : कोभिड-१९ माहामारीका बिचमा विश्वका दुई-तिहाई निम्न तथा निम्न मध्यम आय भएका देशहरुले शिक्षा क्षेत्रको बजेटलाई कटौती गरेका छन्। विश्व बैंक र राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सोमवार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो। नेपाल सहितका देशहरुको अध्ययनका क्रममा यस्तो देखिएको हो। 'निम्न आयाय भएका देशहरुमा शैक्षिक बजेटमा घट्दो ट्रेन्ड देखिएको छ। जुन सकरात्मकदेखि नकारात्मक ट्रेन्ड तर्फ…
काठमाडौं : लैनचौरमा टेम्पोमा आगलागी भएको छ। उप राष्ट्रपतिको कार्यालय भन्दा अगाडि सडकमा टेम्पोमा आगलागी भएको हो। भर्खरै दमकल पुगेर टेम्पोको आगो निभाएको छ। आगलागीले सवारीबाहेक अन्य क्षति भने गरेको छैन। आगलागीका कारण केही समय सडक अवरुद्ध बन्न पुग्यो। आगलागीमा परेको टेम्पो एलपी ग्यासबाट संचालित हो।
काठमाडौं : प्रतिनिधि सभा विघटनको विवाद निरुपण भएसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको ध्यान अब महाधिवेशनतिर हुने देखिएको छ। काँग्रेसले आफ्नो १४ औं महाधिवेशन तोकिएको समयमा गर्न नसकेपछि संविधानको साहरा लिँदै सभापति शेरबहादुर देउवा कार्यसमितिको म्याद ६ महिना थपेर महाधिवेशनको मिति भदौ ७ का लागि तोकेको छ। 'नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका…
काठमाडौंः सशस्त्र प्रहरी बलले सङ्गठनको नीति विपरीत काम गरेको भन्दै आधा दर्जन प्रहरीलाई कारबाही गरेको छ। सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेश छिन्नमस्ता बाहिनीले सिनियर प्रहरी अधिकृतदेखि जुनियर अधिकृतहरूलाई कारबाही गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले नसिहत पाएका छन्। महोत्तरी स्थित बोर्डर आउट पोस्ट सम्सिका सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपानेलाई कमान्डबाट फिर्ता गरेर नसिहत दिइएको छ। यस्तै बारा स्थित…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एट्लेटिको मड्रिडमाथि जित निकालेको छ। रोमानियस्थित नेसनल एरेनामा सम्पन्न इङ्ग्लिस क्लब चेल्सी र स्पेनिस क्लब एट्लेटिको मड्रिडबीचको राउण्ड अफ १६ को पहिलो लेगमा चेल्सीले १-० को संघर्षपूर्ण जित निकालेको हो। चेल्सीको जितमा ओलिभर जिरुडले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा उनले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए। गएराति…
काठमाडौं : प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले असंवैधानिक घोषित गर्दै बदर गरेपछि आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोनमा कुराकानी भएको छ। मंगलवार पूर्वनिर्धारित कार्यक्रम अनुसार विरोध सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्ष दाहालले टेलिफोनमा कुराकानी भएको बताएका छन्। सभापति देउवासँग बधाई साटासाट भएको उनले बताए। बीबीसी नेपाली सेवासँगको कुराकानीमा अध्यक्ष दाहालले साधारण…
काठमाडौँः बृहत् नागरिक आन्दोलनले संविधान अध्यावधिक नभएसम्म संघर्षका कार्यक्रम यथावत् राख्ने जनाएको छ। सर्वोच्चले प्रतिनिधिसभा विघटन सदर गर्नुलाई सकारात्मक कदमका रुपमा लिँदै असन्तुष्ट समुदायले अपनत्व बोध गर्नेगरि संविधान अध्यावधिक हुनुपर्ने माग नागरिक आन्दोलनले गरेको छ। नागरिक आन्दोलनका तर्फबाट जारी वक्तव्यमा भनिएको छ, ‘सामाजिक न्यायसहितको लोकतन्त्रलाई आम नागरिकले जीवन्त रुपमा महसुस गर्न सकिने अवस्था निर्माण गर्न तथा तमाम असन्तुष्ट समुदायहरुले अपनत्व बोध…
काठमाडौं : प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलामाथि फिल्मकर्मी दीपकराज गिरीले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनले फेसबुक स्टाटसमार्फत् लेखे,'यो जित कस्को? यो हार कस्तो? यसरी सोच्ने बुद्धि कसैमा पनि नआओस् नत्र दल र नेताहरूले त जित्लान्। देशले हार्नेछ।' गिरीले यसअघि पहिलो पोस्टसँगको कुराकानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयमाथि टिप्पणी गर्नुभन्दा अदालतको निर्णय पर्खनु उचित हुने बताएका थिए। भनेका…
काठमाडौं : सञ्चारकर्मी रवि लामिछानेलगायतले नयाँ टेलिभिजन च्यानल 'ग्यालेक्सी फोरके' सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन आयोजनागरी गोरखा मीडिया नेटवर्कका साथै 'ग्यालेक्सी फोरके'को घोषणा गरेका हुन्। 'फोर के' टेलिभिजन च्यानल नेपालमा पहिलो चोटि सञ्चालनमा आउन लागेको समूहको दाबी छ। जनताको आवाजलाई प्राथमिकता दिदैँ मनोरन्जन कार्यक्रम प्रसारण गर्न नयाँ टेलिभिजन सञ्चालनमा ल्याएको रवि लामिछानेले बताए। भने, 'नेपालमा जनताका मुद्दा…
काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सर्वोच्च अदालतले सुनाएसँगै काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छन्। अदालतको फैसलाको स्वागत गर्दै प्रचण्ड माधव नेपाल समूहको नेकपा निकट विद्यार्थीहरु, विवेकशील साझा पार्टी तथा स्वतन्त्र युवाहरुले पनि विभिन्न स्थानमा दीप प्रज्वलन गरेका हुन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो। लामो समयको बहसपछि संवैधानिक इजलासले…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गरेपछि नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले ओलीको राजीनामा मागेका छन्। बुधवारको सभाका लागि चितवन पुगेका प्रचण्डले कार्यकर्तामाझ खुशी साट्दै ओलीको राजीनामा मागेका हुन्। 'ओलीजी अलिकति पनि लाज छ भने राजीनामा दिनुस,' उनले भने। ओलीसँग कुनै सहमति सहकार्य नहुने उनको भनाई थियो। विरोधसभामा आफूले जनाएको प्रतिवद्धता अनुसार अघि बढने उनले बताए।…
प्रधानमन्त्री केपी शर्मा ओलीको गैर राजनीतिक गतिविधि र त्यसमा अलिकति पनि समीक्षा नगरी सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीका कदम अन्तत: गलत पुष्टि भएको छ। पुस ५ गतेबाट सुरु भएको अराजनीतिले मुलुकको राजनीतिमात्र होइन, सबै क्षेत्र प्रभावित बन्यो। यस अवधिमा सबै क्षेत्रमा जे जति क्षति भए, राजनीतिको नाममा जे जति अराजनीतिक गतिविधि र हर्कतहरु भए ती सबैको जिम्मेवारी प्रधानमन्त्री ओली र…
काठमाडौं : पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले 'हामी यहाँ छौं' भन्दै सडकमा प्लेकार्डसहित कसेको पलेटीलाई सर्वोच्च अदालतले देखेको छ। आज प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतले फैसला दिँदा यी दुई नेता कहाँ छन् त? भोलि विरोध कार्यक्रम गर्नका लागि चितवन पुगेका उनीहरुको कार्यसूची एकएक फेरिएको छ। सडकमा शक्ति प्रदर्शन गर्ने मुड लिएका उनीहरुले अब विजयोत्सव मनाउने छन्। त्यसको पूर्व सन्ध्यामा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्यो। मंगलवार सर्वोच्च अदालतले संविधानमा उल्लेख नभएका कुरालाई मान्न नसकिने भन्दै फैसला सुनाएको हो। सर्वोच्चको निर्णय सरकारदेखि आम मानिसको पर्खाइको विषय थियो। यसैबिच सर्वोच्चले बहुमतको प्रधानमन्त्रीलाई विघटन सिफारिस गर्ने संवैधानिक अधिकार संविधानमा उल्लेख नभएको भन्दै राष्ट्रपतिको निर्णय र सूचना असंवैधानिक भएकाले बदर गर्ने निर्णय गर्यो। निर्णयलाई लिएर…
काठमाडौं : प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सर्वोच्च अदालतले सुनाएसँगै सुरक्षा निकायले कडा सुरक्षा व्यवस्था गरेको छ। फैसलाको विरुद्धमा विरोध र पक्षमा खुसीयाली मनाउने समूहबिच झडप हुनसक्ने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। काठमाडौं उपत्यकाभित्र विषेश सुरक्षा व्यवस्था मिलाइएको छ। 'कतै झडप वा कुनै घटना नहोस् भनेर हामीले सुरक्षा व्यवस्था त्यहीअनुसार मिलाएका छौं,' महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पालले भने। प्रतिनिधिसभा विघटनविरुद्ध…