बुटवल : दाङबाट रोल्पा जाँदै गरेको यात्रुवहाक बसमा करेन्ट प्रवाह हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका-४ का ७० वर्षीय बालाराम डाँगी, उनका छोरा ४५ वर्षीय टोपलाल डाँगी र गाडीधनी सल्यानको छत्रेश्वरी गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय महेन्द्र ओली रहेका छन्। ओलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले…
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन्। सार्वजनिक नतिजा अनुसार २१.०९ प्रतिशत अर्थात १ लाख २ हजार २९३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन्। यस्तै, २.४० देखि २.८० ल्याएर १८.४२ प्रतिशत (८९ हजार…
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो। बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ। विसं…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यताबारे छलफल जारी राखेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहिवार दिउँसो शुरु भएको बैठकमा अनलाइन सदस्यतादेखि मेचीकाली अभियानबारे परामर्श चलिरहेको प्रचार विभागका संयोजक मीन विश्वकर्माले जानकारी दिए। 'पार्टीका जिल्ला सभापतिहरुसँग महामन्त्रीद्वयले अनलाइनबाटै सदस्यता लिने विषयदेखि मेची महाकाली अभियानको कार्ययोजनाबारे परामर्श लिँदै हुनुहुन्छ,' बैठकको ब्रिफिङ गर्दै विश्वकर्माले भने।…
काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। लोकतन्त्रको अभ्यास गर्ने थलो संसद्समेत अवरोध गरिएको भन्दै माओवादीले आपत्ति जनाएको हो। पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले आज विज्ञप्ति जारी गरि प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा…
काठमाडौं : प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि वर्षेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन्। बिहीबार दिउँसो बालुवाटारमा भएको पोखरा विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्रीले विदेशमा अध्यययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका हुन्। उनले भने,'पछिल्लोसमय नेपाली विद्यार्थीहरूमा विदेशमा अध्यययन…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली पुगेको बताएपछि संसदमा विपक्षीहरु तातेका छन्। उनीहरुले संसद अवरुद्ध गरिरहँदा प्रधानमन्त्रीको स्वकीय सचिवलायले प्रेस नोट जारी गरेको छ। प्रेस सल्लाहकार गोविन्द आचार्यद्वारा जारी प्रेस नोटमा असार १८ गते काठमाडौंमा भएको कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको र त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिए दाबी…
काठमाडौं : पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग माग गरेको स्पष्टीकरण नदिएकोमा थप कारण मागेको छ। मन्त्रालयले महानिर्देशक अधिकारीले यसअघि दिइएको सात दिनको अवधिमा स्पष्टीकरण नबुझाएको भन्दै कारण मागेको हो। पर्यटन मन्त्री सुदन किरातीको सचिवालयले दिएको जानकारी अनुसार यसका लागि महानिर्देशक अधिकारीलाई तीन दिनको अवधि दिइएको छ। गत असार ११ गते मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत महानिर्देशक…
नेदरल्यान्ड्स सरकारले विद्यालयका कक्षा कोठामा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। विद्यालयहरुसँग समन्वय गरेर अर्को वर्षदेखि यो नियम लागू गर्ने निर्णय गरिएको हो। तर, यो नियम स्वास्थ्य समस्या भएका, अपाङ्गता भएका विद्यार्थी र 'डिजिटल स्किल' सिकाउने कक्षामा भने लागू हुने छैन 'मोबाइल फोन हाम्रो जिन्दगीसँग गाँसिएको छ। तर मोबाइल कक्षा कोठामा चाहिँदैन,' त्यहाँका शिक्षा मन्त्री रोबर्ट डिजक्ग्राफले भने।…
काठमाडौं : काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) क्लबका सञ्चालक विरुद्ध प्रहरीले जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक दिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गर्न अनुमति लिएको हो। उनीहरुलाई पक्राउ गर्नेुको पछाडि जोडिएको घटना बलात्कार घटना जोडिएको छ। तर उनीहरु विरुद्ध भने बालबालिक ऐन विपरीत गएर क्लबमा किशोरीलाई प्रवेश दिएको अभियोग लगाइएको छ। 'आवश्यक परेर पक्राउ पुर्जी लिएको हो। उहाँहरुलाई बलात्कारको…
अभिनेता प्रभास फिल्म ‘सालार’ मा देखिने भएका छन्। सार्वजनिक भएको टिजरमा प्रभासको एक्सन र स्टन्टसहितको झलक 'रिभिल' गरिएको हो। टिजरमा टीनु आनन्दले बोल्ने दमदार संवादले दर्शकको ध्यान तान्छ। पृथ्वीराज सुकुमारन पनि टिजरमा अटाएका छन्। सालारमा प्रशान्त नीलको कथा,पटकथा र निर्देशन रहेको छ। यस फिल्ममार्फत प्रभासले नीलसँग पहिलोपटक सहकार्य गरेका हुन्। फिल्मको नाम ‘सालार: द सीज फायर पार्ट १’ राखिएको छ। फिल्मको अर्को भाग…
काठमाडौं : कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसले दाबी गर्ने भएको छ। प्रदेश प्रमुख परशुराम खापुङ्गले असार १७ मा सरकार गठनका लागि ५ दिनको समय दिएर दलहरुलाई आह्वान गरेका थिए। आज नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्न लागेको जानकारी दिए। 'आज अपरान्हसम्म कांग्रेसले सरकारमा दाबी गर्छ,' सानेपामा आयोजित जिल्ला सभापतिको भेलामा शर्माले भने। सत्ता गठबन्धनको असार १७ गतेको बैठकले…
काठमाडौं : एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी छाडेकी छिन्। पाँच महिनाअघि माघमा नागरिक उन्मुक्तिमा प्रवेश गरेकी अभिनेत्री एलिजाले धरान पुगेर पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्। नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीलाई जेलबाट छुटाउन आन्दोलनमा एलिजा पनि सक्रिय थिइन्। सत्ता गठबन्धनको बैठकमा पनि एलिजाले इन्ट्री गरेकी थिइन्। अहिले उनको पार्टी सत्तारुढ दल समेत हो। धरान उपमहानगरका मेयर हर्क राईलाई भेटेपछि उनले राजनीति त्यागेको घोषणा…
नाइट्रेट अक्साइड ग्यास 'लिक' हुँदा दक्षिण अफ्रिकामा १६ जनाको मृत्यु भएको छ। जोहन्सबर्गस्थित बोक्सबर्गमा रहेको एक अस्थायी बसोवास क्षेत्रमा ग्यास चुहावट भएको हो। यो घटना गैरकानुनी सुन खानी क्षेत्रसँग सम्बन्धित रहेको जनाइएको छ। नाइट्रेट अक्साइड ग्यास गैर कानुनी खानी क्षेत्रहरुमा प्रयोग हुने गर्छ। 'जामा जामा' भनेर चिनिने सो क्षेत्रमा पुराना खानीहरुबाट चोरी गरि ल्याएका माटोबाट सुन निकाल्न प्रयोग हुन्छ। स्थानीय अधिकारीहरुका…
काठमाडौं : सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा जवाफ दिनुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बिहीवारको बैठकले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएका प्रश्नबारे प्रष्टिकरण दिने निर्णय भएको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। 'सदनमा उठेका विषयमा प्रधानमन्त्रीले जवाफ दिने भन्ने निर्णय भएको छ,' उनले भने। प्रचण्डले व्यावसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री…
कास्की : कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिरोले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन्। चार घर जोखिममा परेका छन्। मादीको वडा नम्बर ६ का पाँच र वडा नम्बर २ मा एक परिवार पहिरोको जोखिममा परेको गाउँपालिकाले जनाएको छ। यही असार १९ गतेको अविरल वर्षाले मादी-६ को काहुँखोला-दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घरलाई…
काठमाडौं : ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको हेर्न नमिल्नेमा राखिएको छ। न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उनीहरुको पेशी चढे पनि हेर्न नमिल्ने सुचीमा राखिएको हो। अर्थात् आज यस निवेदनमा सुनुवाई हुनेछैन। मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। शुक्रवार भएको सुनुवाइमा अदालतले कारण देखाउन…
काठमाडौं : काठमाडौं उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका छन्। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार काठमाडौंको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ। पाँच…
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीवार सार्वजनिक गर्ने भएको छ। बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र बिहीवार साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु…
चितवन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको बताएका छन्। प्रेस सेन्टर नेपाल, चितवन शाखाद्वारा बिहीवार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताएका हुन्। संसद् बैठक अवरोध गर्ने दलहरुले संसद् सञ्चालन गर्न सहयोग गर्ने उपप्रधानमन्त्री श्रेष्ठले विश्वास व्यक्त गरे। प्रधानमन्त्री…