काठमाडौं : पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ। गाउँपालिका-१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई पाँच हजार रुपैयाँ भत्ता दिने कार्यक्रम ल्याएको हो। आगामी आर्थिक वर्ष २०८०/८१ देखि लागू हुने गरि वडामा दुई सन्तानभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयमा आउँदा पाँच हजार रुपैयाँ प्रोत्साहनस्वरुप भत्ता दिने…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आक्रोशित भएको छ। सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको भन्दै दिएको अभिव्यक्तिको एमालेले विरोध गर्ने भएको हो। बुधवारको प्रतिनिधि सभाको बैठक बस्नुअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई बैठकमा बोलाएका छन्। बानेश्वरस्थित संघीय संसद भवनमा रहेको ल्होत्से हलमा ओलीले…
काठमाडौं : सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा २०० रुपैयाँ र चाँदीमा १० रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको छ। बुधबारका लागि सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलाको १ लाख १० हजार ४०० रुपैयाँ थियो। यो साताको चौथो दिनमा आइपुग्दा सुनको कारोबार मूल्य तोलामा १ हजार…
हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याएको बजेटमा प्रतिपक्षीहरुको छुट्न गएका योजनाहरु समावेश गर्ने भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलसँग सहमति भए अनुसार बजेटमा छुटेका योजनाहरु समावेश गर्ने निणर्य बुधवार वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको हो। वाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को बैठकले पहिलोपटक प्रदेश निजामती सेवा…
काठमाडौं : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबिच सहमति भएको छ। बजेटमाथि असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशसभाको मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो। बहिष्कारपछि गए राति दुवै पक्षबिच वार्ता भएको थियो। दुवै पक्षबिच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले…
मंगलवार सामाजिक संजालमा एक व्यक्तिले अर्को व्यक्तिमाथि पिसाब गरिरहेको भिडियो भाइरल भयो। भारतको मध्य प्रदेशमा भएको सो घटनाको भिडियो फैलिएसँगै सो अमानवीय कार्यको आलोचना हुन थाल्यो। प्रहरीमाथि दबाब बढेपछि आदिवासी युवकमाथि पिसाब गर्ने प्रवेश शुक्लालाई मध्यरातमा नै प्रहरीले पक्राउ गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले नै प्रहरीलाई शुक्लालाई पक्राउ गरेर कडा कारवाही गर्न निर्देशन दिएको बताए। विपक्षी पार्टीहरुले पिसाब गर्ने प्रवेश भारतीय…
प्रकाश सिलवाल- किस्पाङ (नुवाकोट) : साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ। नुवाकोटको किस्पाङ गाउँपालिका-३ काहुलेस्थित ऐसेलु भूमे माध्यमिक विद्यालय भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका दृष्टिमा नमूना देखिएको हो। हाल कक्षा ९ देखि १२ मा बाली विज्ञान विषयमा पढाइ हुने ऐसेलु भूमे नेपाल सरकारको…
काठमाडौं : आज बिहानदेखि देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज बिहान ८ बजेसम्मको रेकर्ड अनुसार सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण सो क्षेत्र भई बहने स-साना नदीहरु तथा डुवान भइरहने होचो स्थानहरुमा बाढीको जोखिम रहेको…
म्याग्दी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने भुरुङ्गखोलामा करिब ३५ लाख रुपैयाँको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी-जोमसोम-कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए। सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङ्गखोलामा स्थानान्तरण गरिएको हो। ‘भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो’,…
त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ। नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो। नगरपालिकाले किसानलाई उत्पादनका आधारमा २६ लाख २० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ। किसानलाई पालिकाले प्रतिलिटर डेढ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको कावासोती नगरपालिका पशु विकास शाखाका प्रमुख डा टेकराज पौडेलले बताए।…
भजनी : कैलालीको भजनी नगरपालिका-१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ। गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत मिलेको छ। किसानलाई खेती जोगिँदा राहत भएपनि व्यवस्थापन गरिएका चौपायालाई खाने आहाराको भने अभाव भएको छ। भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आएकी छन्। उनी गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्छिन्। छ वर्षदेखि यही…
काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेश,…
काठमाडौं : रक एन्ड रोल संगीतमा नामी गायक रोबिन तामाङको निधन भएको छ। ६० वर्षीय रोबिनको मंगलवार साँझ काठमाडौंस्थित बुढानिलकण्ठमा उनकै निवासमा निधन भएको प्रहरीले जनायो। आफ्नै निवासमा मृत भेटिएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए। बुढानिलकण्ठ प्रहरी वृत्तका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार तामाङको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। 'बेडरुममा मृत अवस्थामा भेटिनु भएको हो। उहाँको दिदीले…
काठमाडौँ: कुवेतलाई हराउँदै भारत साफ च्याम्पियन बनेको छ। श्रीकान्तिराव स्टेडियममा आज सम्पन्न फाइनल खेलमा आमन्त्रित टोली कुवेतलाई सडन डेथमा हराउँदै भारत साफ च्याम्पियन बनेको हो। प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा रोकिएको थियो। खेलको १४ औँ मिनेटमा शबिब अल खालदीको गोलमा कुवेतले अग्रता बनाएको थियो। तर, ३८ औँ मिनेटमा लल्लियानज़ुआला चांगटेले भारतका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए।…
काठमाडौंः नेपाल प्रहरीले ललिता निवास प्रकरणमा पक्राउ परेका व्यक्तिलाई हिरासतमुक्त गर्दा अनुसन्धान प्रभावित पार्ने जवाफ सर्वोच्च अदालतलाई पठाएको छ। सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरण रिटमा अदालतमा जवाफ पठाउँदै प्रहरीले मुद्दा प्रभावित पार्न सक्ने भएकाले थुनामै राख्नुपर्ने जवाफ पठाएको हो। सर्वोच्चले रिटमा सुनुवाइ गर्दै आदेश प्राप्त भएका मितिले २४ घन्टामा जवाफ पठाउन आदेश गरेको थियो। हदम्याद सकिएको प्रकरणमा आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै…
काठमाडौँ: नेपाली क्रिकेट टोली आयरल्याण्डसँग पराजित भएको छ। मंगलवार जिम्बावेमा विश्वकप छनोटअन्तर्गत प्लेअफको सातौँ स्थानको लागि भएको खेलमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित भएको हो। विश्वकप पुग्ने होडबाट बाहिरिसकेका आयरल्याण्ड र नेपालले क्रमश सातौँ र आठौँ बन्दै प्रतियोगिता टुंग्याएको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको आयरल्याण्डले ४९.२…
बुटवलः राजनीतिक पूर्वाग्रहका आधारमा क्रमागत योजनामा बजेट कटौती गरेको र निर्देशनालय खारेज गरेको भन्दै लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) ले बजेटमाथिको छलफल बहिस्कार गरेको छ। मंगलबार आर्थिक वर्ष २०८०-०८१ को बजेट वक्तव्यमाथि छलफलका लागि बोलाइएको बैठक एमालेले बहिस्कार गरेको हो। बैठक सुरू हुनेबित्तिकै एमाले सांसदले उठेर विरोध जनाएका थिए। एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले बजेट पुस्तिका च्यातेर प्रदेश…
काठमाडौं : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि विसं २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको निम्ति आदेश जारी गर्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। बैठकले निजामति सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री…
काठमाडौं : ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले भ्याकेट निवेदन दर्ता गराएको छ। अदालतले यस प्रकरणमा जोडिएका १७ जनालाई तत्काल पक्राउ नगर्ने आदेश दिएको थियो। त्यसैको विरुद्ध प्रहरी भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत पुगेको हो। मंगलवार पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा पेशी चेढेको हो। बुधवार मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद…
रेखा थापाको निर्माणमा बन्ने फिल्मको अन्तत: नाम तय भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्मको शीर्षक ‘उपहार’ राखिएको हो। यस फिल्ममा रेखाका साथै पूजा शर्मा मुख्य भूमिकामा देखिनेछिन्। फिल्मका अन्य कलाकारहरु छिट्टै फाइनल गरिने निर्देशक देउजाले बताए। रेखा थापा र सुलक्षण भारतीको कन्सेप्ट रहेको फिल्मको पटकथा/संवाद अभिमन्यु निरवीको रहेको छ। लभस्टोरी र सोसल ड्रामा जनरामा बन्ने फिल्मको छायाँकन भने भदौ पहिलो …