PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • पहिरो पन्छाउन नसक्दा नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात ठप्प

    पहिरो पन्छाउन नसक्दा नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात ठप्प

    त्रिवेणी : पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन। जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ-ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको हो। दलदले-कुसोत-पोखरी खण्डअन्तर्गत कुमसोत-पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलले बताए। अविरल वर्षाका…

    विस्तृतमा पढ्नुस्

  • कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशभर सामान्यदेखि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको जनजाति महासंघले माग्यो आदिवासी जनजाति मन्त्रालय

    कांग्रेसको जनजाति महासंघले माग्यो आदिवासी जनजाति मन्त्रालय

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले आदिवासी जनजाति मन्त्रालयको माग गरेको छ। असार १५ र १६ गते कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न महासंघको राष्ट्रिय प्रशिक्षण कार्यक्रमले १७ बुँदे घोषणापत्र जारी गर्दै आदिवासी मन्त्रालय स्थापनाको माग गरेको हो। ‘आदिवासी जनजातिहरुको समग्र विकास गरी समृद्ध मुलुक बनाउनका लागि आदिवासी जनजाति मन्त्रालय स्थापना गर्न यो कार्यक्रम माग…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, वर्ग अनुसार कहाँ कति?

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, वर्ग अनुसार कहाँ कति?

    काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य समायोजन गरेको हो। निगमले वर्ग विभाजन गरेर न्यूनतम ५ देखि सात रुपैयाँ ५० पैसासम्म मूल्य घटाएको हो।  निगमले हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १४ र अन्तर्राष्ट्रियमा प्रतिलिटर करिब १५ रुपैयाँले मूल्य घटाएको हो।  नयाँ मूल्य अनुसार अब विराटनगर, जनकपुर, वीरगंज, नेपालगन्ज र धनगढीमा पेट्रोल…

    विस्तृतमा पढ्नुस्

  • जनमतलाई एक मन्त्रालय दिने गठबन्धनको निर्णय, सीके राउतको 'लबिइङ' कुनमा?

    जनमतलाई एक मन्त्रालय दिने गठबन्धनको निर्णय, सीके राउतको 'लबिइङ' कुनमा?

    काठमाडौं : सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनमतसँग वार्ता गर्न भनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता तथा श्रममन्त्री सरदसिंह भण्डारीले जानकारी दिए। 'जनमतलाई पनि सरकारमा ल्याउने सहमति भएको छ। अलिकति असन्तुष्टिका कारण मात्रै हो जनमत पहिला पनि सरकारमै थियो,' उनले भने। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा जनमतका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने गठबन्धनको निर्णय

    कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने गठबन्धनको निर्णय

    काठमाडौं : सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका कोशी प्रदेशको संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले थापालाई उम्मेदवार बनाउने निचोड निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डले बताए। असार २१ गतेसम्म मुख्यमन्त्रीमा दाबी गरिसक्नुपर्ने गरी आइतवार मात्रै नयाँ सरकार गठनका लागि आह्वान भएको थियो। कसलाई मुख्य मन्त्री बनाउने भन्नेबारेमा गठबन्धनमा…

    विस्तृतमा पढ्नुस्

  • 'अदृश्य' साउन १९ बाट

    'अदृश्य' साउन १९ बाट

    काठमाडौं: अभिनेता प्रमोद अग्रहरीको मुख्य भूमिका रहेको फिल्म 'अदृश्य' को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ। प्रल्हाद काफ्लेको निर्माण र निर्देशन रहेको यो फिल्म साउन १९ गतेबाट रिलिज हुनेछ। फिल्ममा प्रमोदका साथै सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिकामा देखिनेछन्। पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा आकाश उखेडाको कथा, पटकथा तथा संवाद रहेको छ। फिल्ममा प्रविन खतिवडा, छुल्ठिम गुरुङ,…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा विपक्षीका योजना समेट्न सरकार तयार, सदनमा हट्यो अवरोध

    वाग्मतीमा विपक्षीका योजना समेट्न सरकार तयार, सदनमा हट्यो अवरोध

    हेटौंडा : वाग्मतीमा प्रदेशमा बजेटमाथि असन्तुष्टि राख्दै निरन्तर तीनवटा बैठक अवरुद्ध गर्दै आएको विपक्षीको योजना समेट्न सरकार तयार भएपछि सदन अवरोध हटेको छ।  विपक्षी दल नेकपा एमाले र राप्रपाले १२ असार, १३ असार र १७ असारमा बैठक अवरुद्ध गरेका थिए। यसअघि सत्तापक्ष र विपक्षीबीच भएको वार्तामा सहमति हुन सकेको थिएन। सोमबार भएको वार्ताबाट सहमति जुटेसँगै प्रदेशसभाको अवरोध हटेको हो। वाग्मती…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा एमालेको नाराबाजीबीच बजेटमाथि छलफल

    लुम्बिनीमा एमालेको नाराबाजीबीच बजेटमाथि छलफल

    बुटवल : लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकै बीच बजेटमाथिको छलफल सकिएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अर्थमन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न सोमवार आह्वान गरिएको प्रदेश सभा बैठकमा पनि एमालेले अवरोध गरेको थियो।  सभामुख तुलाराम घर्तीले सोमवारको पहिलो बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्नका लागि समय…

    विस्तृतमा पढ्नुस्

  • कोशीको गाँठो फुकाउन बालुवाटारमा गठबन्धनको बैठक

    कोशीको गाँठो फुकाउन बालुवाटारमा गठबन्धनको बैठक

    काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीको विवाद मिलाउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी भएको बैठक केहीबेर अघि सुरु भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। नेकपा (एमाले)का नेता हिक्मत कार्कीको सरकार असार १५ मा ढलेपछि आइतवार नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकमा दुईपटकमात्र मौका, विदेशबाटै मत हाल्न पाउने : ५० प्रतिशत बढी 'नो भोट' परे निर्वाचनै रद्द

    समानुपातिकमा दुईपटकमात्र मौका, विदेशबाटै मत हाल्न पाउने : ५० प्रतिशत बढी 'नो भोट' परे निर्वाचनै रद्द

    काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यमा समानुपातिक प्रणालीबाट दुईपटक निर्वाचित भइसकेका व्यक्ति सोही निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ। निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा आयोगले उक्त व्यवस्था गरेको हो। सोमवार बसेको बैठकले उक्त निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 'प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यमा…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरण : थप दुई जना समातिए, पशुपति टिकिन्छा गुठीको नाममा हिनामिना गरेका थिए जग्गा

    ललिता निवास प्रकरण : थप दुई जना समातिए, पशुपति टिकिन्छा गुठीको नाममा हिनामिना गरेका थिए जग्गा

    काठमाडौं : ललिता निवास प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा समरजंग कम्पनीका तत्कालिन अधिकृत रमेश कुमार पोखरेल र देवनारायण महर्जन छन्। महर्जन भने नक्कली मोही बनेका थिए। जग्गा प्राप्ति ऐन २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहरण गरी नेपाल सरकार, समरजंग कम्पनीको…

    विस्तृतमा पढ्नुस्

  • काकालाई बुवा बनाएर नागरिकता लिने प्रयास असफल, दुई जना पक्राउ

    काकालाई बुवा बनाएर नागरिकता लिने प्रयास असफल, दुई जना पक्राउ

    बुटवल : बुटवलमा झुटो विवरण पेश गरी नागरिकता बनाइदिन खोज्ने एक दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका १ का ४३ वर्षीय रमेश कशौधन र ४२ वर्षीया सीता कशौधन रहेका छन्। उनीहरुले आइतवार इलाका प्रशासन कार्यालय बुटवलबाट सीताका ३ सन्तानलाई बुवाको नाममा रमेशको नाम राखेर नागरिकता बनाइदिन खोजेका थिए। वडाको सिफारिससहित आएका उनीहरूलाई इलाका प्रशासन कार्यालयले नियन्त्रणमा लिई…

    विस्तृतमा पढ्नुस्

  • बिजुली नहुँदा मुगुका सात सय परिवार अँध्यारोमा बस्न बाध्य

    बिजुली नहुँदा मुगुका सात सय परिवार अँध्यारोमा बस्न बाध्य

    मुगु : मुगुको सोरु गाउँपालिका-५ स्थित नेरखोला जलविद्युत् आयोजना लामो समयदेखि मर्मत नहुँदा करिब सात सय परिवार अँध्यारोमा बस्न बाध्य छन्। उक्त जलविद्युत् आयोजनाको जेनेरेटर मेसिनमा समस्या भई विद्युत् अवरुद्ध हुँदा मुगु नेर, ताजा गाउँका दुई सय र हुम्ला जैर गाउँका पाँच सय परिवार बिजुलीबाट वञ्चित भएका हुन्। नेरखोला जलविद्युत् आयोजनाबाट करिब ६५ किलोवाट विद्युत् उत्पादन भई मुगु नेर, ताँजा…

    विस्तृतमा पढ्नुस्

  • एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

    एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

    भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। ‘असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार काम भइरहेको छ’, उनले भने, ‘उत्तरपुस्तिका…

    विस्तृतमा पढ्नुस्

  • सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइलनमा

    सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइलनमा

    काठमाडौं : नेपाल एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ। सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले फाइनल खेलको यात्रा तय गरेको हो। नेपालले अब मंगलवार फाइनलमा मलेसियासित खेल्नेछ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा ९ विकेटको क्षतिमा एक सय ८४ रन बनायो। एक सय ८५ रनको…

    विस्तृतमा पढ्नुस्

  • चीन भ्रमणमा एकपछि अर्का अमेरिकी मन्त्री

    चीन भ्रमणमा एकपछि अर्का अमेरिकी मन्त्री

    साङ्घाई : अमेरिकी अर्थमन्त्री जेनेट एलेन यसै साता बेइजिङ आउने भएकी छन्। चिनियाँ अर्थ मन्त्रालयले अमेरिकी मन्त्रीको भ्रमण हुन लागेको पुष्टि गरेको छ। मन्त्रालयले जारी गरेको प्रेसनोटमा भनिएको छ, ‘चीन र संयुक्त राज्यबिच भएको सहमति अनुसार संयुक्त राज्यकी ट्रेजरी सेक्रेटरी जेनेट एलेनले जुलाई ६-९ सम्म चीनको भ्रमण गर्ने छिन्।’ दुई देशबिच टकराव बढ्दै जाँदा बेइजिङ भ्रमण गर्ने उनी बाइडेन क्याबिनेटकी…

    विस्तृतमा पढ्नुस्

  • रणवीर कपुर अभिनित ‘एनिमल’ को तोकियो नयाँ रिलिज मिति

    रणवीर कपुर अभिनित ‘एनिमल’ को तोकियो नयाँ रिलिज मिति

    रणवीर कपुरको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘एनिमल’ नयाँ प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी १ डिसेम्बर (मंसिर १५) रिलिज हुने पक्का भएको हो। यसअघि ११ अगस्टको लागि रिलिज मिति तोकिएको थियो। तर, दुई दिनअघि पूर्वनिर्धारित मिति स्थगित गरिएको थियो। भारतीय समीक्षक तरण आदर्शले फेसबुकमार्फत नयाँ मितिबारे जानकारी दिएका हुन्। यस फिल्ममा रणवीर अहिलेसम्मकै फरक भूमिका रहेको बताइएको छ। फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीमा व्यवसायीकै संलग्नता, बुटवलका दुई पसलमा सिलबन्दी

    सुन तस्करीमा व्यवसायीकै संलग्नता, बुटवलका दुई पसलमा सिलबन्दी

    बुटवल : रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ। नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो। अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसलाई मक्ख पार्न प्रचण्डले के भने?

    कांग्रेसलाई मक्ख पार्न प्रचण्डले के भने?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ एजेण्डा लिएर आउनेलाई सम्मान गर्ने बताएका छन्। सत्ता गठबन्धन दलबिच बेमेल उत्पन्न भएको चर्चा भइरहेका बेलामा नयाँलाई ठाउँ दिन सकिने तर्क प्रचण्डले गरे। नेपाली कांग्रेसका नेता कार्यकर्ताको जमघट भएको कार्यक्रममा उनले नयाँ पुस्ताका नेताहरुलाई बल पुग्नेगरी धारणा राखे। गिरिजाप्रसाद कोइरालाको शतवार्षिकी समारोहमा प्रचण्डले जनताको जीवनमा परिवर्तन ल्याउन सक्नेका लागि ठाउँ छोड्न सक्ने बताए। 'हाम्रो भन्दा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell