PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • मिटरब्याजी समस्या सम्बोधन गर्न वित्तीय पहुँचमा सहजता बढाउन सांसदहरुको माग

    मिटरब्याजी समस्या सम्बोधन गर्न वित्तीय पहुँचमा सहजता बढाउन सांसदहरुको माग

    काठमाडौं : प्रतिनिधि सभाको आइतवारको दोस्रो बैठकमा सांसद्हरुबाट वित्तीय पहुँचमा सहजता बढाउँदै मिटरब्याजी पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी कानुन बनाउन माग गरिएको छ। राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद्हरुले सामान्य किसान र जनतालाई वित्तीय संस्थाबाट बिनाधितो ऋण दिएर मिटर ब्याज पीडित हुने अवस्था अन्त्य…

    विस्तृतमा पढ्नुस्

  • अदालतका कर्मचारी हड्तालमा, सेवाग्राही मर्कामा

    अदालतका कर्मचारी हड्तालमा, सेवाग्राही मर्कामा

    काठमाडौं : अदालतका कर्मचारीले हड्ताल गर्दा देशभरका सेवाग्राही मर्कामा परेका छन्। ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले आज हड्ताल गरेका हुन्। चार कर्मचारी सङ्गठनले हड्तालको आयोजना गरेका हुन्। कर्मचारीको आन्दोलनका कारण मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही मर्कामा परेका छन्। नासु तामाङमाथि अभद्र व्यवहार…

    विस्तृतमा पढ्नुस्

  • काँडेतारलाई १० लाख पुरस्कार, कसरी बनेको थियो स्टोरी बैंक?

    काँडेतारलाई १० लाख पुरस्कार, कसरी बनेको थियो स्टोरी बैंक?

    काठमाडौं : चलचित्र विकास बोर्डबाट नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ ले १० लाख पुरस्कार पाएको छ। बोर्डको स्टोरी बैंक(कथा संग्रहालय) अन्तर्गत काँडेतारको कथालाई उत्कृष्ट छनोट गर्दै १० लाख रुपैयाँ सहयोग गरिएको हो। शनिवार सम्पन्न बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले निर्देशक तथा कलाकार खड्कालाई चेक हस्तारण गरिन्। देशभक्ति र राष्ट्रवादी भावनामा बनेको चलचित्रलाई नेपाल सरकारले सहयोग गर्दा…

    विस्तृतमा पढ्नुस्

  • देउवाबारे गगनलाई मन्त्री साउदको जवाफ : भाग्यले हैन, योग्यताले पटक-पटक प्रधानमन्त्री

    देउवाबारे गगनलाई मन्त्री साउदको जवाफ : भाग्यले हैन, योग्यताले पटक-पटक प्रधानमन्त्री

    काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस सभापति शेरबहादुर देउवा भाग्यले पटकपटक सत्तामा नपुगेको बताएका छन्। नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामले आइतवार आयोजना गरेको कार्यक्रममा योग्यताकै कारण देउवा पटकपटक प्रधानमन्त्री भएकोसमेत तर्क गरे। 'धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन्। उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन,' साउदले भने, 'तपाईं कसैलाई पाउनु हुन्छ ५ पटक लट्री परेको मान्छे? कहिँ ५…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडक : पहिरो पन्छाएर बाटो खुलाउन समय लाग्ने

    नारायणगढ-मुग्लिन सडक : पहिरो पन्छाएर बाटो खुलाउन समय लाग्ने

    चितवन : नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो। डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेश कुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने बताए। पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ। ‘अर्को ढिस्को पनि खस्ने अवस्थामा छ,’ पौडेलले भने। सो…

    विस्तृतमा पढ्नुस्

  • यूएईलाई नेपालले दियो ब्याटिङको निम्तो

    यूएईलाई नेपालले दियो ब्याटिङको निम्तो

    काठमाडौं : जिम्बावेमा अहिले नेपाल र यूएईबिच खेल भइरहेको छ। विश्वकप क्रिकेट क्वालिफायर अन्तर्गत भइरहेको खेलमा नेपालले टस जित्दै युएईलाई ब्याटिङको निम्तो दिएको छ। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा पछिल्ला ४ महिनामा नेपाल र यूएई छैटौँ पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन्। भारतमा हुने विश्वकपको होडबाट दुवै टोली बाहिरिसकेको छ। आजको खेल जितेर सातौँ स्थान सुरक्षित गर्ने होडमा यी टोली हुनेछन्।

    विस्तृतमा पढ्नुस्

  • जेलेन्सकीको दाबी : युक्रेनी सेनाले २१ हजार वाग्नर लडाकूलाई मारे

    जेलेन्सकीको दाबी : युक्रेनी सेनाले २१ हजार वाग्नर लडाकूलाई मारे

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले युद्धका क्रममा २१ हजार वाग्नर लडाकू मारिएको बताएका छन्। रसियाको तर्फबाट युद्धमा होमिएका निजी सेना समूह वाग्नर दक्षिण युक्रेनमा नराम्ररी मारिएको उनले दाबी गरेका हुन्। 'युक्रेनी सेनाले २१ हजार वाग्नर लडाकूलाई दक्षिण युक्रेनमा मारेका छन्,' उनले भने। एक साता अघि वाग्नर समूहले विद्रोह गर्दे मस्को नियन्त्रणमा लिने प्रयास गरेको थियो। वाग्नर समूहले विद्रोह गर्ने घोषणा गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो ६ महिनामा नेपाल भित्रिए चार लाख ७६ हजार पर्यटक

    पछिल्लो ६ महिनामा नेपाल भित्रिए चार लाख ७६ हजार पर्यटक

    काठमाडौं : सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो। सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ। बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवासको किर्ते प्रकरणमा मेरो संलग्नता छैन : बाबुराम

    ललिता निवासको किर्ते प्रकरणमा मेरो संलग्नता छैन : बाबुराम

    काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। आइतवार सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका हुन्। 'कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन,' बाबुरामले भनेका छन्। आफ्नो १९ महिने प्रधानमन्त्रीकालमा भएका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • सुनको प्रतितोला मूल्य ५०० रुपैयाँ बढ्यो

    सुनको प्रतितोला मूल्य ५०० रुपैयाँ बढ्यो

    काठमाडौं :सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको १ लाख १० हजार १ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रवार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी तोलामा १० रुपैयाँले बढेको छ। आइतबार कारोबार मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ भएको…

    विस्तृतमा पढ्नुस्

  • एलन मस्कले भेरिफाइडलाई ६ हजार, अरुलाई ६ सय, नयाँलाई ३ सय ट्विट मात्र हेर्न दिने

    एलन मस्कले भेरिफाइडलाई ६ हजार, अरुलाई ६ सय, नयाँलाई ३ सय ट्विट मात्र हेर्न दिने

    ट्विटरका मालिक एलन मस्कले यसका प्रयोगकर्ताले हेर्न पाउने कन्टेन्टमाथि घोषित नियन्त्रण थालेका छन्। उनका अनुसार अल्पकालीन लिमिट भनेर तोक्दै भेरिफाइड अकाउन्ट होल्डरले एक दिनमा ६ हजार वटा ट्विट हेर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले दिनमा ३ सय वटामात्र। मस्कले ल्याएका नीतिअनुसार अनभेरिफाइड अकाउन्ट होल्डरले दिनमा ६ सयवटा ट्विटमात्र पढ्न सक्नेछन्।    ट्विटमार्फत् नै मस्कले यसखाले घोषणा गरेका हुन्। उनले डेटा स्क्र्याप्रिङ…

    विस्तृतमा पढ्नुस्

  • पाँचौ रात पनि दङ्गा उत्तिकै, भिड हटाउन अश्रुग्याँस प्रहार

    पाँचौ रात पनि दङ्गा उत्तिकै, भिड हटाउन अश्रुग्याँस प्रहार

    एकजना किशोरको मृत्युलाई लिएर सुरु भएको आन्दोलनको पाँचौ रात पनि फ्रान्स शान्त रहन सकेन। प्रहरी र आन्दोलनकारीबिचका झडप कायमै रह्यो। फ्रान्सको मार्सेली शहर सबैभन्दा तनावग्रस्त अवस्थामा रह्यो। प्रहरीले एक किशोरको गोली हानेर हत्या गरेपछि भड्किएको हिंसामा लुटपाट र आगजन सामान्य झै बनेको छ। भिडियोहमा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको देखिन्छ। गए राति दक्षिणी शहरबाट मात्र ५६ जना मानिस गिरफ्तारीमा परेका…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम चितवनवासीको विश्वास, 'यस वर्ष हाम्रोमा बाढी आउँदैन'

    पश्चिम चितवनवासीको विश्वास, 'यस वर्ष हाम्रोमा बाढी आउँदैन'

    काठमाडौं : घरनजिकै बगिरहेको नारायणी नदीमा वर्षात्मा भेल आएसँगै स्थानीय घर छाडेर विद्यालय वा सार्वजनिक भवन खोज्दै हिँड्नुपर्थ्यो। वर्षातका धेरै रात स्थानीयवासीले यसरी नै बिताएका छन्। यस वर्ष नारायणी नदीमा तटबन्धको काम थालिएपछि विगतका वर्षजस्तो समस्या नआउनेमा उनीहरु आशावादी छन्। निर्माण सम्पन्न भइनसकेकाले जोखिम नै छैन भन्नेमा ढुक्क नभए पनि विगतको जस्तो जोखिम नहुनेमा उनीहरू विश्वस्त छन्। भरतपुर महानगरपालिका-१६ र…

    विस्तृतमा पढ्नुस्

  • किन बच्चा जन्माउन डराउँछन् कोरियाली नागरिक? 'किलर' प्रश्न हटाएपछि कस्तो पर्ला प्रभाव?

    किन बच्चा जन्माउन डराउँछन् कोरियाली नागरिक? 'किलर' प्रश्न हटाएपछि कस्तो पर्ला प्रभाव?

    दक्षिण कोरियामा छोराछोरी हुर्काउनु सजिलो काम होइन्। आफ्नो सन्तान हिँड्न नसक्ने अवस्थामा नै अधिकांश 'इलिट' अभिभावक निजी विद्यालयको खोजीमा हुन्छन्। आखिर किन? उनीहरुका छोराछोरी जब १८ वर्ष पुग्छन् तब उनीहरुले निकै गाह्रो मानिने ८ घण्टा लामो कलेज स्कोलास्टिक एलिबिटि टेस्ट  'सीएसएटी' (सुनुङ) परीक्षा दिनुपर्नेहुन्छ। एउटा विषयको परीक्षा सकिने बित्तिकै अर्को विषयको प्रश्नपत्र विद्यार्थीलाई थमाइन्छ। यही कठिन परीक्षामा उत्तीर्ण हुनसके मात्रै विद्यार्थीहरुका…

    विस्तृतमा पढ्नुस्

  • रणवीर कपुरको 'एनिमल' रिलिज पोस्टपोन्ड

    रणवीर कपुरको 'एनिमल' रिलिज पोस्टपोन्ड

    रणवीर कपुरको एक्सन थ्रिलर फिल्म 'एनिमल'को रिलिज स्थगित भएको छ। बलिउडको बहुप्रतिक्षित फिल्मको अगस्ट ११ रिलिज डेट थियो। अब कहिले रिलिज हुन्छ भन्ने चाहिँ खुलाइएको छैन। फिल्ममा रश्मिका मन्डना, अनिल कपुर र बबी देवल पनि लिड रोलमा छन्। हिजोमात्र बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शले ट्विट गर्दै फिल्म भारतको स्वतन्त्रता दिवसमा रिलिज नहुने जनाएका हुन्। #Xclusiv… ‘ANIMAL’ NOT ARRIVING ON INDEPENDENCE…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा आज आर्थिक विधेयकमाथि छलफल हुने, यस्तो छ कार्यसूची

    प्रतिनिधिसभामा आज आर्थिक विधेयकमाथि छलफल हुने, यस्तो छ कार्यसूची

    काठमाडौं : आज बस्ने प्रतिनिधिसभा बैठकमा 'आर्थिक विधेयक २०८०' माथि छलफल हुँदैछ। प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा 'आर्थिक विधेयक २०८०' माथि प्राप्त संशोधनहरु निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले 'आर्थिक विधेयक २०८०' लाई पारित गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्। यस्तै, उनले 'राष्ट्रिय ऋण उठाउने विधेयक,२०८० माथिको…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं : आज बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहेको छ। बाँकी भू-भागमा भने आँशिक देखि सामान्य बदली रहेको छ। अहिले बिहान कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ आज दिउँसो भने कोशी  प्रदेश र सुदूरपश्चिम…

    विस्तृतमा पढ्नुस्

  • पहिरो हटाएर संचालनमा आएको नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

    पहिरो हटाएर संचालनमा आएको नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

    काठमाडौं : नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पन्छाउन तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरोमा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। पहिरो हटाउन उपकरण तयारी अवस्था…

    विस्तृतमा पढ्नुस्

  • बाढीका कारण जङ्गलमा फसेका चारजनाको उद्धार

    बाढीका कारण जङ्गलमा फसेका चारजनाको उद्धार

    काठमाडौं : राप्ती नदीमा आएको बाढीका कारण जङ्गलको बिचमा फसेका चार जनालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ। जङ्गलमा बाख्रा चराउन गएका ६ जना मध्ये चार जनाको उद्धार गरिएको हो। दुई जनाको उद्धार गर्ने प्रयास भइरहेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार भएको थियो। उनीहरू सबै…

    विस्तृतमा पढ्नुस्

  • भारत र कुवेत साफ च्याम्पियनसिपको फाइनलमा भिड्ने, बंगलादेश र लेबनान सेमिफाइनलबाट बाहिरिए

    भारत र कुवेत साफ च्याम्पियनसिपको फाइनलमा भिड्ने, बंगलादेश र लेबनान सेमिफाइनलबाट बाहिरिए

    काठमाडौँ: जारी संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा भारत र कुवेत भिड्ने भएका छन्। शनिवार सम्पन्न साफ च्याम्पियनसीपको सेमिफाइनल खेलहरुमा कुवेतले बंगलादेशलाई र भारतले लेबनानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन्। भारतको बेङ्ग्लुरुस्थित श्री कान्तिराव स्टेडियममा सम्पन्न खेलमा कुवेतले बंगलादेशलाई १-० गोलअन्तरले हरायो। निर्धारित ९० मिनेटको समयमा खेल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। जसमा कुवेतका अब्दुल्लाह अल बुलोउसीले १०५…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell