काठमाडौंः प्रतिनिधिसभा नियमावलीमा दलहरुले सहमति जुटाएका छन्। सभामुखको अधिकार कटौती गर्नेगरी सत्तारुढ दलका सांसदहरुले संशोधन दर्ता गरेपछि रोकिएको प्रक्रिया राजनीतिक सहमतिमा अघि बढाउन लागिएको हो। आइतबार नियमावली पारित गर्ने सहमति पनि दलहरुबीच भएको छ। दलहरुबीच प्रस्तावित नियमावलीको नियम १३ मा सत्तारुढ सांसदले दर्ता गरेका प्रस्तावलाई संशोधन गर्ने सहमति भएको हो। सहमतिअनुसार सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा काम कारबाही गर्नेको…
वीरगंजः पर्सा प्रहरीले प्रेस लेखिएको गाडीबाट लागूऔषध बरामद गरेको छ। लागूऔषधसँगै प्रहरीले एक जनालाई नियन्त्रणमा पनि लिएको छ। वीरगंज १६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले टि मिडिया प्रालिद्वारा सञ्चालित निगरानी अनलाइन डटकमको प्रेस लेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ निवासी गोपाल स्याङतान रहेको पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। बुढाथोकीका…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा कोलकत्ता नाइटराइडर्सलाई हराउँदै पञ्जाब किंग्सले सुखद सुरुवात गरेको छ। चण्डीगढस्थित बिन्द्रस्टेडीयममा सम्पन्न वर्षादले अवरुद्ध भएको खेलमा पञ्जाले डीएलएस मेथडबाट कोलकत्तामाथि ७ रनको जित निकाल्दै सुखद सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताले १७ ओभरको समाप्तीमामा ७…
काठमाडौँ: मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ। कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङदी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बिक्रम लामा र अनिल महर्जनको गोलमा थ्रीस्टारले उपाधि जितेको हो। खेलको ७३ औं मिनेटमा अनिल महर्जनले फ्रि किक मार्फत थ्री…
काठमाडौं : बीएन जोशीको ‘श्रमाटनः नेपाली आप्रवासी कामदारको सम्झना’ अंग्रेजी संस्करण शनिवार सार्वजनिक भएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, साहित्यकारहरु श्यामल, सरु जोशी, युयुत्सु आरडी शर्मालगायतले कृति संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। निराला पब्लिकेसन्स्ले अंग्रेजीमा ल्याएको यस किताबमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राबारेको विवरण छ। साहित्यकार अरुण बुढाथोकीले अनुवाद गरेको यात्रा संस्मरणको यो किताब अमेजनबाट किन्न…
काठमाडौं : रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले रसुवागढी नाकामा शनिवारबाट दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आएको जनाएको छ। रसुवा पुल पार गरेर चीन प्रवेश गरेका पहिलो नेपाली समूहलाई चिनियाँ पक्षले स्वागतसमेत गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमा भनेको छ, ‘यसले द्विपक्षीय सहयोग र जनताबिचको आदानप्रदानलाई अझ गहिरो बनाउने हामी विश्वास लिएका छौँ।’ Congratulations! Passengers…
काठमाडौं : राप्रपा नेपालका महामन्त्री राजाराम वर्तौलाले विदेशीको चाकरी गर्दै खुशी पार्ने होडबाजीले गर्दा मुलुकको स्वाधिनता कमजोर भएको बताएका छन्। विस्तारवाद र साम्राज्यवादविरुद्ध लड्छु भन्नेहरु लम्पसारवादीका रुपमा रुपान्तरित भएको उल्लेख गर्दै उनले विदेशी इशारामा चल्ने कठपुतलीहरुबाट नेपालको हित नहुने दाबी गरे। नेपाली युवाहरुलाई खाडीमा रगत पसिना बगाउन बाध्य बनाउनेहरु परिवर्तनको नारा उछाल्नेहरु नै भएको जनाउँदै उनले युवाहरुले भ्रष्टाचार, बेरोजगारी र…
काठमाडौं : अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन्। म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेका हुन्। अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट…
काठमाडौं : भारतबाट पेट्रोल लिटरमा १.७४ रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले १५/१५ दिनमा पठाउने नयाँ मूल्यसूची अनुसार यसपटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो। निगमका अनुसार नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा १ रुपैयाँ ७४ पैसा र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसाले मूल्य घटेर आएको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्न सकिने बताएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज काठमाडौं आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’लाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए। प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु। खेलाडीलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायी रूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन्। शनिवार बिहान मिटरब्याज पीडितहरूसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए। यसको दीर्घकालिन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै उनले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए।…
काठमाडौं : दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर…
सर्लाही : सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल)मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ। सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसँग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताए। हालसम्म डीपीआरको करिब २५ प्रतिशत काम सकिएको छ। ताल पूरा बनिसक्दा…
त्रिशूली : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीमा शुक्रवार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौंमा उपचार भइरहेको छ। बेतिनीबाट यात्रु लिएर शुक्रवार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। रास्वपाले बिहीवार दलको विधानको धारा ७१ अनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको थियो। रास्वपाबाट चितवन २ मा पार्टी सभापति रवि लामिछाने उम्मेदवार रहने भएका छन्। प्रारम्भिक सूचीमा चितवन २ को लागि सभापति लामिछानेको एकल नाम सिफारिस गरिएको थियो। यस्तै, तनहुँ १…
काठमाडौं : हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोसी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।…
इण्डियन प्रिमियर लिग (आईपीएल) शुक्रवारबाट सुरु भएको छ। भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन खेलमा गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्सलाई ५ विकेटले हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङ उत्रिएको चेन्नइका ओपनर…
काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ। वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै यसपटकको फेस्टिभल समापन गरिएको हो। चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थान सुरु भएको महोत्सव ५ दिनसम्म चलेको थियो। महोत्सवमा नाटक ‘चक्षु’सहित बुद्धसम्बन्धी ६ नाटकहरु मञ्चन गरिएको थियो। साथै नृत्य नाटिका 'चण्डालीका' समेत मञ्चन गरिएको थियो। समापन कार्यक्रममा बुद्ध थिएटर फेस्टिभलका निर्देशक पुष्कर गुरुङ, साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक…
प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि नेपालले जितेको छ। लाओसलाई २-१ गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो। खेलमा पुनरागमन गर्दै नेपालले जित हात पारेको हो। खेलको १७औँ मिनेटमा लाओसले अग्रता लिएको थियो। २४औँ मिनेटमा आयुस घलानको गोलबाट खेल बराबरी गरेको नेपाललाई ८७औँ मिनेटमा मनीष डाँगीले गोल गर्दै जित सुनिश्चित गरेका थिए। मनीषको गोल नै नेपालको जितका लागि निर्णायक बनेको थियो।…
जनकपुरधामः चुरे तथा वन जङ्गल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव आमरण अनशनमा बसेका छन्। भूमिहीन तथा सुकुम्वासीहरुको माग सम्बोधन गराउने अभिप्रायले सुरु गरेको धर्नाको ३७ दिनपछि पनि सम्बन्धित कुनै निकायले चासो नदेखाएपछि यादव शुक्रबार आमरण अनशनमा बसेका हुन्। भूमिहीन तथा सुकुम्वासी चुरे तथा वनजंगल संरक्षण अभियान अन्तर्गत रहेर फागुन ११ गतेदेखि अनिश्चितकालीन धर्ना जारी छ। मागप्रति चासो नदेखिएको भन्दै…