काठमाडौं : प्रधानमन्त्री थ्री नेशन्स कपको फाइनल खेलको पहिलो हाफमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका छन्। सुरुवातबाटै प्रतिस्पर्धात्मक बनेको खेलको १७औँ मिनेटमा लाओसका फउट्टहाभोङ सानगभसलेले नेपालविरुद्ध अग्रता दिलाए। खेलको २३औँ मिनेटमा मणि लामाको क्रसमा सनिस श्रेष्ठले गरेको प्रहारको लाओसका गोलकिपर क्षेसाभातले उत्कृष्ट बचाउ गरे। २४औँ मिनेटमा आयुस घलानले उत्कृष्ट फिनिसिङ गर्दै खेल बराबरीमा ल्याए। २८औँ मिनेटमा नवीन लामाले…
जनकपुरधाम : चुरे तथा वन जङ्गल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले आमरण अनशन सुरु गरेका छन्। चुरे अभियन्ताहरुले भूमिहीन तथा सुकुम्वासीहरुको माग सम्बोधन गराउने अभिप्रायले सुरु गरेको धर्नाको ३७ दिनपछि पनि सम्बन्धित निकायले चासो नदिएपछि यादवले शुक्रवारबाट आमरण अनशन सुरु गरेका हुन्। भूमिहीन तथा सुकुम्वासीहरु चुरे तथा वनजंगल संरक्षण अभियान अन्तर्गत रहेर जनआवाज आन्दोलन सुरु गर्दै गत फागुन ११…
काठमाडौं : प्रधानमन्त्री थ्री नेशन्स कपको फाइनल खेल सुरु भएको छ। फाइनलमा दशरथ रंगशालामा नेपाल र लाओस भिड्दैछन्। प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएका छन्। खेलको प्रत्यक्ष प्रसारण एनटीभी प्लसले गर्नेछ। नेपालले पहिलो खेलमा लाओसमाथि २-१ को जित निकाल्दा दोस्रो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दै हार टारेको थियो। नेपालको सुरुवाती ११ किरण कुमार लिम्बु, विकास खवास,…
काठमाडौं : नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दुईवटा मुख्य निर्णय गरेका छन्। प्रहरीको अनुसन्धानको क्रममा गृह मन्त्रालयबाट सुराकी नाममा खर्च गर्ने प्रणालीलाई खारेज गरेको बताएका हुन्। यसरी गरिएको निर्णय आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तावको लागि लगिने बताएका हुन्। त्यस्तै, मिटरब्याजको समस्या समाधान गर्नको लागि कानुन केही संशोधन गर्ने गरि विधेयक पारित भइरहेकाले एउटा सर्वाधिक आयोग गठन गरेर…
काठमाडौं : नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा मन्त्री श्रेष्ठको जिम्मेवारी हेरफेर भएपछि आजबाट गृहको जिम्मेवारी पाएका हुन्। यसअघि उनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा अदालतले सांसद पद खारेज गरेपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री…
काठमाडौं : अर्थमन्त्रीको सपथ लिएर अर्थ मन्त्रालय पुगेका डा प्रकाशशरण महतले पदभार ग्रहण गरेका छन्। महतले केही समय अगाडि मात्र राष्ट्रपति निवास शितल निवास पुगेर सपथ खाएका थिए। महतलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए। पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन निरासालाई आशामा बदल्ने बताएका छन्। ‘हामीले अहिले दिने भनेको आत्मविश्वास हो। त्यसलाई म प्राथमिकतामा राखेर अघि बढ्छु,’…
काठमाडौँ: प्रधानमन्त्री थ्री नेशन्स कपको फाइनल नेपाल र लाओस भिड्दैछन्। फाइनल खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। नेपालको सुरुवाती ११ मा अन्जन बिस्ट, पुजन उपरकोटी र नवयुग श्रेष्ठको स्थानमा दीपकराजसिंह ठकुरी, मणीकुमार लामा र मनिष डाँगीले सुरुवात गर्दैछन्। नेपालले पहिलो खेलमा लाओसमाथि २-१ को जित निकाल्दा दोस्रो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दै हार टारेको थियो। प्रमुख अतिथिका…
काठमाडौं : मन्त्रिपरिषद् विस्तारमा आम जनता पार्टीका प्रभु साह पनि पर्ने चर्चा थियो। तर शुक्रवारको मन्त्रिपरिषद् विस्तारमा उनको नाम अटेन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारमा नअटाएपछि साह रुष्ट बनेका छन्। स्वतन्त्रबाट निर्वाचन लडेर चुनाव जितेका साहले हालै आम जनता पार्टीसमेत स्थापना गरेका छन्। उक्त पार्टीका प्रवक्ता चन्द्र भुषण साहले प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीलाई धोका दिएर अपमान गरेको जनाएको छ।…
काठमाडौं : पेरिस ओलम्पिक २०२४ को छनोटका लागि २२ सदस्यीय नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक अनन्तराज थापाले अन्जिला तोम्बाफोको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेका हुन्। नेपाली टोलीले चैत २२ र २५ गते भियतनामसँग दशरथ रंगशालामा खेल खेल्दैछ। खेलका लागि भियतनाम २० गते नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। नेपाली टोली फिफा वरीयतामा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सत्ता गठबन्धनका तर्फबाट मन्त्रीहरु थपेका छन्। नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रवार बन्त्री बन्नेहरुमा नेपाली कांग्रेसका तर्फबाट पूर्ण बहादुर खड्काले उपप्रधान तथा रक्षा, डा प्रकाशशरण महतले अर्थ, रमेश रिजालले उद्योग वाणिज्य तथा आपुर्ति र सिता गुरुङले शहरी विकास मन्त्रीको शपथ लिएका छन्। नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठले…
इण्डियन प्रिमियर लिग (आईपीएल) आजबाट सुरु हुँदैछ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन खेलमा गुजरात टाइटन्स र चेन्नइ सुपर किंग्सबिच आज साँझ पौने ८ बजे खेल सुरु हुनेछ। आजको खेलमा चेन्नइका स्टार खेलाडी महेन्द्रसिंह धोनीले खेल्ने सम्भावना न्युन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। खुट्टाको चोटका कारण धोनी टिमभन्दा बाहिर रहने सम्भावना रहेको जनाएको छ। अर्कोतर्फ गुजरात टाइटन्सका खेलाडीको उच्च फर्ममा भेट…
काठमाडौं : जनमत पार्टीले सरकार छाडेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट जनमत शुक्रवार बाहिरिएको हो। जनमतका तर्फबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले पदबाट राजीनामा दिएका हुन्। उनले प्रचण्डलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका छन्। जनमतले आफ्ना माग पुरा नभएको तथा मागेको मन्त्रालय नदिएको भन्दै सरकार छाडेको हो। आजै मन्त्रिपरिषद बिस्तारको तयारी प्रचण्डले गरिरहेका छन्।
काठमाडौं : कांग्रेसबाट गत निर्वाचनमा प्रत्यक्षमा निर्वाचित एकमात्र महिला हुन् सीता गुरुङ। उनै गुरुङलाई कांग्रेसले पहिलो प्राथमिकतामा राखी मन्त्रिपरिषद्मा पठाएको छ। गुरुङ सहरी विकास मन्त्री बनेकी छिन्। तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएकी हुन्। एमालेका डा विजय सुब्बालाई पराजित गर्दै गुरुङ १९ हजार सात सय दुई मतसहित भएकी थिइन्। सुब्बाले १८ हजार छ सय २३ मत पाएका…
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन्। मन्त्री नियुक्त भएपछि महतले छोटो कुराकानी गर्दै निजी क्षेत्रको मनोबल बलियो बनाउने काम गर्ने बताएका छन्। उनले अर्थतन्त्र समस्या रहेकाले सुधार पहिलो प्राथमिकता रहको बताए। ‘त्यसका लागि निजी क्षेत्रको मनोबल उकास्ने, पुँजी बजारप्रतिको विश्वास बढाउँदै अर्थतन्त्रको संरचनागत सुधारका काम तत्काल अघि बढाउने प्रतिवद्धता गर्दछु,’ उनले भने। उनले राजस्व प्रशासनमा सुधार…
काठमाडौं : जनमत पार्टीका तर्फबाट खानेपानी मन्त्री रहेका अब्दुल खान पदबाट राजीनामा दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। कर्मचारी संगठनको कार्यक्रममा गएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार आइनपुगेका कारण राजीनामा पत्र बोकेर खान प्रधानमन्त्रीलाई पर्खिरहेका हुन्। सरकार बिस्तारको तयारी भइरहँदा खानले भने पदबाटै राजीनामा दिने तयारी थालेका हुन्। जनतम पार्टीले आफ्ना मागहरु सरकारले सुनुवाइ नगरेको भन्दै सरकार छोड्ने चेतावनी दिएको हो। सरकारले माग…
काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ। आज बिहान ८ बजे देशभर एकैसाथ पहिलो परीक्षा भएको थियो। एसईई परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जना रहेका थिए। परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए। आजको एसईई परीक्षामा केही फरक दृश्य पनि…
काठमाडौं : घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ निर्माण हुने घोषणा भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच निर्माणको घोषणासँगै कलाकारहरु सार्वजनिक गरिएको हो। फिल्ममा अभिनेता अर्पण थापा र सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ। पारिवारिक कथामा निर्माण हुने फिल्मको छायाङ्कन आगामी भदौबाट नेपालमा हुनेछ। फिल्मले एक साधारण बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले बताए। लामिछानेको निर्देशनमा बनेको फिल्म ‘लन्डन टु पेरिस’ प्रदर्शनको तयारीमा…
काठमाडौं : शेखर कोइराला समूहले नाम नदिएपछि कांग्रेसले पहिलो चरणमा चार जनाको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको छ। शेखर समूहले ३ मन्त्रालयमा दाबी गरेपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले चार जनाको नाम प्रधानमन्त्रीलाई बुझाएको हो। कांग्रेसबाट पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशरण महत, रमेश रिजाल र सीता गुरुङ सरकारमा जाँदैछन्। खड्काले उपप्रधान तथा रक्षा, महतले अर्थ, रिजालले उद्योग…
काठमाडौं : नेकपा माओवादी केन्द्रले शक्ति बस्नेतलाई ऊर्जामन्त्री बनाउने निर्णय गरेको जनाइएको छ। पार्टीका उपमहासचिव रहेका बस्नेतलाई शुक्रवार मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्। गठबन्धनमा भाग लगाउँदा माओवादीलाई प्रधानमन्त्रीसहित ५ मन्त्रालय परेको बताइएको छ। तर अहिले नै एक राज्यमन्त्रीसहित ६ जना माओवादीबाट सरकारमा छन्। दुई मन्त्रीको जिम्मेवारी हेरफेर हुने बताइएको छ। जसमा नारायणकाजी…
काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतरले ३ मन्त्रालय नपाएसम्म आफ्नो पक्षबाट नाम नपठाउने निर्णय गरेको छ। गठबन्धनमा ८ मन्त्रालय पाएको कांग्रेसमा डा शेखर कोइराला समूहले ३ मन्त्रालय माग गरेको थियो। तर पार्टी सभापति शेरबहादुर देउवाले शेखर समूहलाई २ वटा मन्त्रालयमात्र दिने भएपछि नाम नपठाउने निर्णय गरेको हो। संस्थापनइतरबाट पार्टी उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बु सरकारमा सहभागी हुने चर्चा रहेको छ।…