काठमाडौं : मन्त्रिपरिषद् विस्तारको भाखा सारिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीवार पनि विस्तारको सुरसार गरेका छैनन्। बालुवाटारमा सत्तारुढ दलको बैठक छाडेर चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले काठमाडौं फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए। 'यताबाट फर्केर जाने र आजै मन्त्रिपरिषद बिस्तार गरेर शपथ गराउने मेरो लक्ष्य छ,' भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणको शिलान्यास कार्यक्रममा प्रचण्डले भने, 'आज सकिएन भने भोलि बिहान होला।'…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणका खेल २० गतेबाट सुरु हुने भएका छन्। अखिल नेपाल फुटबल संघ(एन्फा)ले जारी गरेको नयाँ खेलतालिका अनुसार २० गते एन्फा कम्प्लेक्समा संकटा क्लब र खुमलटार एफसी प्रतिस्पर्धामा उत्रिएसँगै छैटौं चरण सुरु हुनेछ। चैतको २२ गते र २५ गते नेपालले भियतनामसँग ओलम्पिक छनोट अन्तर्गतको खेल हुने हुँदा छैटौं चरणका खेलहरु च्यासल स्टेडियम र एन्फा कम्प्लेक्समा हुनेछ। त्यसपछिका…
काठमाडौं : अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग हुने घोषणा गरेका छन्। उनले सामाजिक संजालमार्फत कांग्रेस छाडेको घोषणा गरेका हुन्। ५० वर्षदेखि पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेसबाट आफू अलग्गिएको वाग्लेले बताएका छन्। 'विस २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,' वाग्लेले भनेका…
काठमाडौं : वैशाख १ गतेबाट प्रदर्शन हुने फिल्म ‘नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक भएको छ। विकास आचार्य निर्देशित फिल्मको ट्रेलरमा आर्शिवाद क्षेत्री र आँचल शर्मालाई मुख्य भूमिकामा देख्न सकिन्छ। आर्शिवाद र आँचलको प्रेमसम्बन्धदेखि समझदारीको कथा ट्रेलरमा समेटिएको छ। फिल्ममा आर्शिवाद र आँचलका साथै सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीलगायतको अभिनय छ। आख्यान फिल्म्सको ब्यानरमा बन्ने फिल्मको निर्माता…
काठमाडौं : नेपाल प्रहरीले लागूऔषध कोकिन कारोबारमा संलग्न दुई भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ। बिहीवार भारत घर भएकी दुई महिलालाई प्रहरीले लागूऔषध कोकिन ७ किलोग्रामसहित सार्वजनिक गरेको हो। 'हवाई मार्ग हुँदै नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नँया दिल्ली लान लागेको लागू औषध कोकिनसहित भारतीय नागरीक १ महिला र काठमाडौं ठमेलस्थित होटलबाट भारतीय नागरिक १ महिला सहित…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी भएको बताएका छन्। भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणको शिलान्यास कार्यक्रममा प्रचण्डले अब एक/दुई मन्त्रालयको भागबण्डामात्रै मिलाउन बाँकी रहेको बताए। 'यताबाट फर्केर जाने र आजै मन्त्रिपरिषद बिस्तार गरेर शपथ गराउने मेरो लक्ष्य छ। आज सकिएन भने भोलि बिहान होला। काम त हाम्रो सकिएको छ। एक दुई वटा मन्त्रालय मिलाउँन…
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। रामनवमीको अवसरमा सार्वजनिक भएको पोस्टरमा प्रभाव, कृति सेनन र सनी सिंहलाई देख्न सकिन्छ। जहाँ प्रभासलाई राम, कृतिलाई सीता र सनीलाई लक्ष्मणको गेटअपमा देख्न सकिन्छ। तर, दर्शकहरु भने कलाकारहरुको नयाँ लुक्सप्रति सन्तृष्ट छैनन्। नयाँ पोस्टर सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। ‘मजाक चलिरहेको छ कि दिमागमा जे आउँदैछ त्यो बनाएर राखिएको…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउनुपर्ने माग उठेको छ। यसअघि कांग्रेसमा रामचन्द्र पौडेल वरिष्ठ नेता थिए। राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेल कांग्रेसबाट अलग भइसकेका छन्। गोपालमान पार्टीमा उपसभापति भइसकेको व्यक्ति भएकोले उनलाई वरिष्ठ सदस्यको पद दिनुपर्ने माग आफूले बैठकमा उठाएको केन्द्रीय सदस्य जिपछिरिङ लामाले बताए। देउवा जेलमा हुँदा ११ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराएको…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले बुधवार नेपाललाई सल्लाहकारमा नियुक्ती दिएका हुन्। यसैगरी कानुनी सल्लाहकारमा बाबुराम कुँवर नियुक्त गरेका छन्। कुँवर गण्डकीका प्रदेश प्रमुख भइसकेका व्यक्ति हुन्। राष्ट्रपतिका सल्लाहकार बनेका उनले राज्यमन्त्री सरहको सुविधा पाउने उल्लेख छ। मर्यादाक्रमअनुसार प्रदेश प्रमुख राज्यमन्त्रीभन्दा माथिल्लो ओहोदाको पद हो।
बुटवल : रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडाध्यक्ष भीमबहादुर यादव ५० हजार घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा एकजना विचौलिया विनोद भरसमेत छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले बिहीवार गरेको स्टिङ अप्रेसनमा उनीहरूलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका…
काठमाडौँ: ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको उपाधि एपीएफ क्लबलले जितेको छ। बिहीवार सम्पन्न प्रतियोगिताको फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफले अपराजित रहेर प्रतियोगिताको उपाधि जितेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा एपीएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय रनमा समेटियो। त्यसअघि ब्याटिङमा…
काठमाडौं : नेपाली कांग्रेसले चितवन २ बाट जितनाराणय श्रेष्ठ र तनहुँ १ बाट कांग्रेस केन्द्रीय सदस्य गोबिन्द भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। बिहीवार बसेको संसदीय समिति र केन्द्रीय सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। बारा क्षेत्र २ मा उम्मेद्वार कसलाई बनाउने भन्नेबारे छलफल गर्न भने १९ गते फेरि बैठक बस्ने महतले बताए। 'कांग्रेस…
काठमाडौँ: ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको उपाधिका लागि कोशी प्रदेशले १ सय ५५ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा एपीएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको हो। टस हारेर ब्याटिङमा उत्रिएको एपीएफका लागि कप्तान सीता राना मगर र इन्दु वर्माले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतकीय पारि खेले। सीताले अविजित ७९ रन बनाउँदा…
काठमाडौं : वैशाख १० गते तोकिएको उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवार तय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ बाट जीतनाराणय श्रेष्ठ र तनहुँ १ बाट गोबिन्द भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो। चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता मुद्दामा उनको सांसद पद खारेज भएसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो। यसअघि यहाँ कांग्रेसबाट…
हेटौंडा : वाग्मती प्रदेशमा मन्त्रालय भागबण्डाको टुंगो लगाउन आज कार्यदलको बैठक जारी छ। बैठक बिहान ९ बजे काठमाडौंको नयाँ बानेश्वरमा सुरु भएको हो। मन्त्रालय भागबण्डाको टुंगो लगाउन प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा बसेको बैठकले कार्यदल गठन गरेको थियो। वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भागबण्डा मिलाउन कार्यदल गठन…
काठमाडौँ: ललितपुर मेयर्स कप महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा बिहान १० बजेबाट खेल सुरु हुनेछ। प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ र कोशी प्रदेश आमनेसामने हुनेछन्। लिग चरणबाट एपीएफ शीर्ष स्थान र कोशी प्रदेश दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए। समूह चरणमा एपीएफले कोशी प्रदेशमाथि ७ विकेटको जित निकालेको थियो। समूह चरणमा एपीएफ…
भरतपुर : वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो। चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन्। निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो। सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएका छन्। सौराहाजस्तै पछिल्लो समय पश्चिम चितवनको पटिहानी पर्यटकको रोजाइमा पर्ने…
राजु आचार्य- पोखराबाट डिलक्स कोच भनेर चढेको, रातभरि हिटर पनि लगाएनन्। भोलिपल्ट कोहलपुर पुग्दा बेस्कन थाकियो। त्यहाँबाट फोर्स गाडी चढेर ११ घण्टामा अछामको सदरमुकाम मङ्गलसेन पुगियो। एक रात त्यतै बस्नु पर्यो। त्यहाँबाट जिप रिजर्भ गरेर अर्को दिन रामारोशन पुग्दा रात पर्न लागेको थियो। ४ घण्टाको बाटो ढिला हिँडेको हुँदा त्यस्तो अवस्था आयो। चिसो सिरेटोको अनुभव पनि राम्रैसँग गरियो। खाना र…
काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका…
काठमाडौं : चैत १७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’ को प्रिमियर शो सम्पन्न भएको छ। काठमाडौंमा बुधवार भएको प्रिमियर शोमा फिल्मकर्मीहरुले ‘प्रेमा’ लाई सकारात्मक प्रतिक्रिया दिए। ‘महापुरुष’ बाट डेब्यू गरेकी अभिनेत्री अञ्जना बराइलीले फिल्मका साथै मुख्य कलाकारहरुको अभिनय राम्रो रहेको बताइन। ‘नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन् । प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक लाग्यो’, उनले भनिन्। त्यस्तै, अभिनेता…