PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • राष्ट्रपति पौडेलद्वारा सेतो मछिन्द्रनाथको दर्शन

    राष्ट्रपति पौडेलद्वारा सेतो मछिन्द्रनाथको दर्शन

    काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मछिन्द्रनाथको दर्शन गरेका छन्। बुधबारदेखि सुरु भएको रथयात्रा असन पुर्‍याइएको छ। दर्शनका क्रममा राष्ट्रपति पौडेलले प्रसाद ग्रहण पनि गरेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • ‘कैदीको पत्र’ वैशाख १५ देखि प्रदर्शन हुने

    ‘कैदीको पत्र’ वैशाख १५ देखि प्रदर्शन हुने

    काठमाडौं: सनमकुमार बैरागको निर्देशन रहेको फिल्म ‘कैदीको पत्र’ को प्रदर्शन मिति तय भएको छ। ‘मेरो दिलको तालमा’ बोलको गीत सार्वजनिक गर्दै आगामी वैशाख १५ गतेको रिलिज डेट तोकिएको हो। निर्देशक बैगागले नै फिल्मको कथा तथा संवाद लेखेका हुन। फिल्ममा कुनाल बिश्व, ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसयसका साथै सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठलगायतका नेपाली तथा ब्रिटिश कलाकारहरुको अभिनय रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • को को बन्दैछन् कांग्रेसबाट मन्त्री?

    को को बन्दैछन् कांग्रेसबाट मन्त्री?

    काठमाडौंः मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध दलहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएपछि दलहरुको मन्त्रीको सूची बनाउन लागेका छन्। मन्त्रीको रस्साकस्सी सबैभन्दा बढी नेपाली कांग्रेसमा छ। कांग्रेसले आठ मन्त्रालय पाउने समझदारी गठबन्धन दलभित्र छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा सरकारमा सहभागी हुने तयारीमा छ। मन्त्रीको सूची र मन्त्रालयको जिम्मेवारी भने अझै…

    विस्तृतमा पढ्नुस्

  • खेलाडी नपुगेर ९ जना मैदानमा उतारेको एभिनरका दुई खेलाडीले पाए रेड कार्ड, सहज जित निकाल्दै मनाङ फाइनलमा

    खेलाडी नपुगेर ९ जना मैदानमा उतारेको एभिनरका दुई खेलाडीले पाए रेड कार्ड, सहज जित निकाल्दै मनाङ फाइनलमा

    धनगढी: छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा बुधवार रमाइलो घटना भएको छ। आझ सेमिफाइनल खेल अन्तर्गत मनाङ मर्स्याङदी क्लब र क्यामरुनको एभिनर क्लबबीचको खेल थियो। तर, एभिनरका खेलाडीको कागजात नपुग्दा ९ खेलाडीमात्र मैदान उत्रिए। र, मनाङ मर्स्याङदी क्लबले ६-० गोलको फराकिलो जित निकाल्दै फाइनलको यात्रा तय गर्न सफल भयो। धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सरकारको प्रवक्तामा श्रेष्ठ, अरु के - के भए निर्णय?

    वाग्मती प्रदेश सरकारको प्रवक्तामा श्रेष्ठ, अरु के - के भए निर्णय?

    हेटौंडा : वाग्मती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले पाएका छन्। नेकपा एमाले सरकारबाट बाहिरिएपछि बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई जिम्मेवारी दिएको हो।  प्रदेशका मुख्यमन्त्री शालीकराम जम्मकट्टेलले सरकारको प्रवक्ताको जिम्मेवारी लिँदै आएका एमालेका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको स्थानमा  श्रेष्ठलाई जिम्मेवारी दिएको हो। त्यस्तै, उक्त बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारको बैठकमा खाजा : भुटेको मकै र मही!

    बालुवाटारको बैठकमा खाजा : भुटेको मकै र मही!

    काठमाडौं : सरकार विस्तारको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा खाजा के हुन्छ होला? धेरैको प्रश्न हुन सक्छ। प्रधानमन्त्री कार्यालयमा सरकारी खर्चामा विभिन्न क्याफे र क्याटरिङबाट खाजा र खाना खुवाउने चलन पहिलेबाटै हो। यसैले पनि सरकारी कार्यालयमा पार्टीको बैठक राख्नुहुन्न भनेर विरोध हुँदै आएको छ। नेपाली कांग्रेसले पछिल्लोपटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पार्टीको बैठक सानेपास्थित पार्टी कार्यालयमै राख्ने…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनःसञ्चालन

    हेटौंडा अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनःसञ्चालन

    हेटौंडा : वाग्मती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा आस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनः सञ्चालनमा आएको छ। बुधबार वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको उद्घाटन गरे। साताको २ दिन बुधबार र बिहीबार मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमका सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। कार्यक्रममा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. रामचन्द्र सापकोटाले २०७६…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धन सहमति नजिक : भोलि नै नयाँ मन्त्रीको नियुक्ति, जनमोर्चा सरकारमा नजाने

    मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धन सहमति नजिक : भोलि नै नयाँ मन्त्रीको नियुक्ति, जनमोर्चा सरकारमा नजाने

    काठमाडौं : मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको छ। बुधवार दुई पटक बसेको बैठकले कुन दललाई कुन मन्त्रालय दिने भन्ने विषयमा करिबकरिब टुंगो लागेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए। मन्त्रिपरिषद्मा यसपटक जनमोर्चाबाहेक ९ दल सहभागी हुने उनको श्रेष्ठले बताए। 'मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक विषयमा सबै सहमति भइसक्यो। कसलाई कति मन्त्रालय दिने भन्ने भइसक्यो।…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई कमल थापाको प्रश्न : जनगणनामा सनातन धर्मावलम्बीको संख्या निकै घटेको विषय के हो?

    सरकारलाई कमल थापाको प्रश्न : जनगणनामा सनातन धर्मावलम्बीको संख्या निकै घटेको विषय के हो?

    काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनगणनामा सनातन धर्मावलम्बीको संख्या निकै घटेको विषयमा सत्यत्य सार्वजनिक गर्न माग गरेका छन्। बुधवार विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरुको संख्या निकै घटेको हल्लाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्। पछिल्लो जनगणनामा धर्म, जातको तथ्याङ्क सार्वजनिक गरिएको छैन। यद्यपि थापाले भने यसबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्। '२०७८…

    विस्तृतमा पढ्नुस्

  • टेलिभिजनहरु तर्सिएको देख्छु, व्यक्तिले चलाउने युट्युब, टिकटकसँग डराउनु पर्दैन : ओली

    टेलिभिजनहरु तर्सिएको देख्छु, व्यक्तिले चलाउने युट्युब, टिकटकसँग डराउनु पर्दैन : ओली

    बुटवल : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युट्युब, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालसँग टेलिभिजनहरू डराउन आवश्यक नरहेको बताएका छन्। बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभामा नेता ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताए। ‘पछिल्लो समय टेलिभिजनहरु युट्युब, टिकटक, फेसबुक आदिसँग तर्सिएको देख्छु,’ ओलीले भने ‘उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्, तिनीहरु…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तार : पहिलो चरणमा कांग्रेसबाट दुई जना, अरु दलबाट एक - एक जना

    मन्त्रिपरिषद् विस्तार : पहिलो चरणमा कांग्रेसबाट दुई जना, अरु दलबाट एक - एक जना

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार दुई चरणमा गर्ने तयारी गरेका छन्। मन्त्री भागबण्डामा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा ठुलो दलबाट दुई/दुई जना र साना दलबाट एक/एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ गठबन्धनले मंगलवारबाट छलफल थालेको हो। मंगलवार भागबण्डाको विषयमा सहमति जुट्न नसकेपछि बुधवार बिहानैबाट दलहरु छलफलमा जुटेका छन्। बिहानको…

    विस्तृतमा पढ्नुस्

  • ह्वाट्सएपमार्फत ठगीमा संलग्न ९ जना चिनियाँ र १० जना नेपाली पक्राउ

    ह्वाट्सएपमार्फत ठगीमा संलग्न ९ जना चिनियाँ र १० जना नेपाली पक्राउ

    काठमाडौं : ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। अनलाईन बिजनेसबाट ठुलो रकम फाईदा हुने भन्दै 'टेलिग्राम' मा 'अपरेशन टिचर' नामक च्यानल चलाएर कक्षा संचालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिकसहित १९ जनालाई पक्राउ गरेको हो।‍ पक्राउ पर्नेमा नेपाली नागरिकहरुमा बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा, प्रयास भण्डारी, अर्जुन श्रेष्ठ, अनिता…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटको म्यागङमा तामाङ राष्ट्रिय संग्रहालय बनाउन अर्जुननरसिंह केसीको माग

    नुवाकोटको म्यागङमा तामाङ राष्ट्रिय संग्रहालय बनाउन अर्जुननरसिंह केसीको माग

    काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोटको म्यागङमा तामाङ राष्ट्रिय संग्रहालय बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको शून्य समयमा आफ्नो धारणा राख्दै केसीले उक्त माग गरेका हुन्।  वाग्मती प्रदेशमा तामाङ जातिको बसोबास बाक्लो रहेको उल्लेख गर्दै केसीले संग्रहालय अत्यन्तै आवश्यक रहेको बताएका हुन्। 'वाग्मती प्रदेश २१ प्रतिशत तामाङ जातिको बसोवास रहेको क्षेत्र होस्। यस क्षेत्रको मध्यक्षेत्रमा पर्ने ठाउँ नुवाकोटको…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा अध्यक्ष लिङ्देनको प्रश्न : सरकार मुठभेडतर्फ जान लागेको हो? कोसी प्रदेशबारे प्रचण्डको जवाफ माग

    राप्रपा अध्यक्ष लिङ्देनको प्रश्न : सरकार मुठभेडतर्फ जान लागेको हो? कोसी प्रदेशबारे प्रचण्डको जवाफ माग

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सत्तापक्षीय कार्याकर्ताले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभामा बुधवार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गणतन्त्रमा कसैलाई राजावादी हुने छुट नभएको हो भनी प्रश्नसमेत गरे। लिङ्देनले मिटरब्याजी आन्दोलनमा एक्यबद्धता जनाउन पुगेका शाहीलाई दुर्व्यवहार भएको उल्लेख गर्दै सरकारले मुठभेड खोजेको हो कि भनी प्रश्नसमेत गरे। 'सत्ता पक्षका कार्यकर्ताबाट हाम्रा…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो

    मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो

    काठमाडौं : मेचम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ। कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले बताए। 'काठमाडौँको भित्री भागमा अहिले परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • बालेनलाई प्रचण्डको जवाफ : मेरै नेतृत्वमा सरकार छ, यो सरकार पाँच वर्षसम्म जान्छ

    बालेनलाई प्रचण्डको जवाफ : मेरै नेतृत्वमा सरकार छ, यो सरकार पाँच वर्षसम्म जान्छ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार पाँच वर्षसम्म टिक्ने बताएका छन्। काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त भनाई राखेका हुन्। काठमाडौंका मेयर बालेन्द्र साह 'बालेन'ले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए। यसबारे चासो दिँदै प्रचण्डले सरकार निरन्तर जाने दाबी गरेका हुन्। 'बालेनजीले अघि आफ्नो कुरा राख्दै गर्दा…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित

    सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित

    काठमाडौं : सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ। नेताहरु व्यस्त भएपछि बैठक ३ बजेपछि बस्ने गरी सारिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनायो।  मन्त्रिपरिषद विस्तारका लागि दलहरु मंगलवारबाट छलफलमा जुटेका हुन्। बुधवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरु उपस्थित थिए।

    विस्तृतमा पढ्नुस्

  • सलमान र शाहरुख एकसाथ फिल्ममा, २०२४ को जनवरीबाट सुटिङ सुरु हुने!

    सलमान र शाहरुख एकसाथ फिल्ममा, २०२४ को जनवरीबाट सुटिङ सुरु हुने!

    आदित्य चोपडले यशराज फिल्मस् मार्फत फिल्म ‘टाइगर भर्सेस पठान’ बनाउने भएका छन्।  फिल्ममा बलिउडका ठूला स्टारहरु सलमान खान र शाहरुख खानको मुख्य भूमिका रहने भारतीय सञ्चारमाध्यममा उल्लेख छ। फिल्मको छायाङ्कन जनवरी २०२४ बाट सुरु हुने बताइएको छ। तर, निर्माण टिमले भने यस 'प्रोजेक्ट'को बारेमा कुनै औपचारिक घोषणा गरेको छैन। ‘यश राज फिल्म्सले अहिले नै कुरा गरिरहेको छैन किनभने तिनीहरूसँग यसलाई व्यापक…

    विस्तृतमा पढ्नुस्

  • वाणिज्यदूतलाई राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय हितलाई ध्यानमा राखी काम गर्नु  

    वाणिज्यदूतलाई राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय हितलाई ध्यानमा राखी काम गर्नु  

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग आग्रह गरेका छन्। विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग बुधवार बिहान शीतलनिवासमा भएको भेटघाटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका हुन्। वाणिज्यदूतहरुका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत…

    विस्तृतमा पढ्नुस्

  • राम नवमीको अवसरमा कर्णाली प्रदेशमा भोलि बिदा

    राम नवमीको अवसरमा कर्णाली प्रदेशमा भोलि बिदा

    सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले चैत १६ गते बिहीवार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ मा प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको बताए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell