काठमाडौँ: नेपाल ट्राईयाथलन संघको आयोजनामा २०२३ एशियन ट्रायथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप शनिबार पोखरामा हुने भएको छ। पोखरामा ट्रायथलन र दुवाथलन गरि दुई विधा ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौडको ट्राईयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुवाथलन हुने छ। ४२ सय डलर कुल पुरस्कार रासी रहेको ट्राईयाथलनमा महिला/पुरुष उपाधि बिजेताले…
काठमाडौं : नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी बैशाख १ गतेदेखि छायाङ्कनमा 'सिफ्ट सिस्टम' कार्यान्वयन गर्ने निर्णय गरेको छ। फिल्म प्राविधिकको छाता संस्थाले उक्त मितिदेखि १२ घण्टाको 'सिफ्ट सिस्टम' तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो। नेफ्टाको हालै बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागू गर्न लागिएको…
काठमाडौं : सरकारले शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेड जेभिसँग कमलविनायक-नगरकोट सडक निर्माणको ठेक्का तोडेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनीले पटक-पटक म्याद थप्दा पनि सडक नबनाएपछि सरकारले ठेक्का तोडेको हो। दुई वर्षमा सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएर सुरू भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य ८ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको छ। सडक ठेक्का पाएको शैलुङ…
काठमाडौँ: एसीसी प्रिमियर कपका लागि २१ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले देव खनाल, किशोर महतोलगायतका खेलाडी समेट्दै २१ सदस्यीय टोली घोषणा गरेको हो। प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सन्दीप…
काठमाडौं : काठमाडौंको तीनधारा पाठशालाबाट आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ। रथयात्राको क्रममा काठमाडौंको तीनधारादेखि असन हुँदै चल्ने सवारीसाधन आज केही समय प्रभावित हुने भएका छन्। रथ यात्राको रुट हुँदै चल्ने सवारी साधनका चालकलाई रथयात्रा हुने समयमा वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। आज दिउँसो ४ बजेबाट रथ यात्र सुरु हुने छ। पहिलो दिन तीनधारा पाठशालाबाट रथ तानेर रत्नपार्क,…
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ। सरकार विस्तारका बारेमा छलफल गर्न दलहरु बालुवाटारमा भेला भएका हुन्। हिजो भएको बैठक निष्कर्षबिहीन भएको थियो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरु उपस्थित छन्।
काठमाडौं : आज प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/२०७९) पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै, आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको…
काठमाडौं : वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:)को रथयात्रा आजबाट सुरु हुँदैछ। आज जनबहालबाट सेतो मछिन्द्रनाथलाई विधिपूर्वक पूजा गरि खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशाला अघि ल्याइन्छ। आज तीनधारा पाठशाला अघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराएर सयौं मानिसले तानेर घण्टाघर, रत्नपार्क, भोटाहिति हुँदै असनसम्म पुर्याउने छन्। आज रथ असन पुर्याएपछि राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ पुगेर…
काठमाडौं : चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को लागि डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ। सामाजिक सञ्जालमा फिल्म पाइरेसी बढेपछि बोर्डले डेस्कको लागि सिस्टम विकासको काम सुरु गरेको हो। नेपाली चलचित्र उद्योगले सामना गरिरहेको पाइरेसीबाट छुटकारा पाउन यो डेस्कको स्थापना गरेको बोर्डका अध्यक्ष भुवन केसीले जानकारी दिए। साथै, फिल्म पाइरेसी हुँदा निर्माताहरुले ठूलो नोक्सान भइरहेको उनको भनाइ…
सिमरा : विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइज यूनाईटेड जगदम्बा १३औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रङ्गशालामा एपीएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गरेको हो। रोमाञ्चक जितसँगै चर्च ब्वाइजले न्युरोड टिम एनआरटीसँगको सेमिफाइनल भेट पक्का गर्यो। फाइनल प्रवेशका लागि चर्च ब्वाइजले बिहीवार एनआरटीको सामना…
भारतीय फुटबल टोली कीर्गिस्तानलाई हराउँदै थ्री नेशन्स कपको च्याम्पियन बनेको छ। भारतको मनिपुरस्थित खुमन लाम्पक मेन स्टेडियममा सम्पन्न खेलमा कीर्गिस्तानमाथि २-० गोलको जित निकाल्दै भारत च्याम्पियन बनेको हो। थ्री नेशन्स कपमा भारत, कीर्गिस्तान र म्यानमारको सहभागिता थियो। खेलको ३४औँ मिनेटमा सन्देश झिन्गनको गोलमा भारतले अग्रता बनाएको थियो। त्यस्तै ८४औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान सुनिल क्षेत्रीले गोल थप्दा…
युरोपियन च्याम्पियनसीप छनोट अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन स्कटल्याण्डसँग पराजित भएको छ। स्कटल्याण्डस्थित हम्पडेन पार्कमा सम्पन्न समूह 'ए'को खेलमा घरेलु टोली स्कटल्याण्डले स्पेनमाथि २-० गोलको जित निकालेको हो। घरेलु टोलीलाई जित दिलाउन स्कट म्याक टोमिनिले दुई गोल गरे। उनले खेलको ७ औँ र ५१ औँ मिनेटमा गोल गरेका हुन्। जितसँगै स्कटल्याण्ड दुई खेलमा दुईवटै जित निकाल्दै समूहको शीर्षस्थानमा छ। दोस्रो स्थानमा…
काठमाडौँ: विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा भारतको लुका सकर र विराटनगर सिटी एफसी भिड्ने भएका छन्। मंगलवार बेलुका शहीद रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लुक सकरले साविक विजेता एपीएफलाई हराएसँगै फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। त्यसअघि पहिलो सेमिफाइनलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको लुकाले विराटनगरको शहीद रंगशालामा आज भएको…
मोरङ : साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै भारतको केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित शहीद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपीएफलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो। लुका सकरको तर्फबाट चार्ल्स, रफि, अर्सद र पलले गोल गरेका थिए। यस्तै एपीएफको तर्फबाट दिपेश…
बुटवल : रुपन्देही प्रहरीले सुनचाँदीका गरगहना चोरी गर्ने घटनामा संलग्न ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाका विभिन्न स्थानमा सुनचाँदीका गरगहना चोरीमा संलग्न भएका उनीहरु बुटवल उपमहानगरपालिका-९ जितगढीस्थित कालीगण्डकी होटलबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-१९ का ३२ वर्षीय उत्तमप्रसाद यादव, वीरगंज-२० का २० वर्षीय राकेशसिंह…
काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी…
प्रधानमन्त्री थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको छ। खेलको २०औं मिनेटमा तेन्जिन नोर्बूले दावा छिरिङको पासमा गोल गरेपछि भुटानले अग्रता कायम गरेको थियो। त्यसअघि भुटानी कप्तान चेन्चोको २ प्रहार सफल हुन सकेको थिएन। पहिलो हाफको अन्त्यतिर नेपालले आक्रमण बढाए पनि गोल गर्न सकेन। दोस्रो हाफको सुरुमै अन्जन विष्ट चोट ब्यहोर्दै बाहिरिए। ६९औं मिनेटमा दीपकराज सिंह ठकुरीको…
काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको छ। खेलको २० औ मिनेटमा तेन्जिन नोर्बूले दावा छिरिङको पासमा गोल गरेपछि भुटानले अग्रता कायम गरेपछि त्यो कायम राख्न नसक्दा नेपाल फाइनल प्रवेश गरेको हो। त्यसअघि भुटानी कप्तान चेन्चोको २ प्रहार सफल हुन सकेको थिएन। ३७ औं मिनेटमा अनन्त तामाङको प्रहार आकाशिएको थियो पहिलो हाफको अन्त्यतिर नेपालले…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको ८ दिनसम्म पनि मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन। मंगलवार प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद बिस्तारबारे सहमति गर्न छलफल भए पनि बैठक निर्णयविहीन भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए। 'मन्त्रिपरिषद बिस्तारमा विवाद होलाजस्तो लाग्दैन। तर आज यसबारेमा खासै केहि सहमति भएको छैन,' लेखकले भने। चैत ६…
वीरगंज : वीरगंज महानगरपालिकाले मंगलवार २ कट्ठा १० धुर अतिक्रमित जग्गा आफ्नो अधिनमा ल्याएको छ। महानगरपालिकाको वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुल नजिक रहेको अतिक्रमित २ कट्ठा १० धुर जग्गा आफ्नो अधिनमा ल्याएको हो। केही व्यक्तिले वर्षौंदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोग गरिरहेको जानकारी पाएलगत्तै नक्सासहित पुगेको महानगरको टोलीले नापी गरेर सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याएको हो। सार्वजनिक…