हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले फुटबल खेलाडी उत्पादनको लक्ष्यसहित एकेडेमी सञ्चालन गर्ने भएको छ। खेलाडी उत्पादनकका रूपमा रहेको हेटौंडाबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित खेलकुद विकास र प्रवर्द्धनमा उपमहानगरपालिकाले प्राथमिकता राख्दै काम अघि बढाएको छ। हेटौंडा उपमहानगरपालिका फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधि–२०७९ स्वीकृत गरेको छ। कार्यविधि स्वीकृतिसँगै नगरबाट खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालनको बाटो खुलेको छ। कार्यविधि स्वीकृत भएसँगै उपमहानगरपालिकामा…
काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। मन्त्रिपरिषद् बिस्तारका बारेमा छलफल गर्न बैठक सुरु भएको हो। 'बैठक भर्खरै सुरु भएको हो,' प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको सोमवारको छलफलपछि मंगलवारका लागि बैठक बोलाइएको थियो। प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिएलगतै…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को सचिवालयको बैठकले ३ मन्त्रालयमा दाबी गर्ने निर्णय गरेको छ। मन्त्रीको नाम भने टुंगो नलागेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए। 'प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं। सिटको बाँडफाँट ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैनौ,' उनले भने। एकीकृत समाजवादीको सचिवालयको बैठकले मिटर ब्याज पीडितको आन्दोलनमा एक्यबद्धता जजनाउने पनि…
काठमाडौं: आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने ‘जारी’को अन्तर्राष्ट्रिय बजारमासमेत रिलिज हुने भएको छ। अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा रिलिज हुने पक्का भइसकेको निर्माण कम्पनी बाँसुरी फिल्म्सले जनाएको छ। नेपाली फिल्मको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्वपूर्ण उपलब्धि भएको निर्माता रामबाबु गुरुङले बताए। उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै…
काठमाडौं : कलाकार शिव श्रेष्ठले पडकास्ट चलाउने घोषणा गरेका छन्। युट्यबमा एक टिजर सार्वजनिक गर्दै उनले ‘शिव दाइ पोडकास्ट’ चलाउन लागेको जानकारी दिएका हुन्। सार्वजनिक टिजरमा भावुक हुँदै शिवले आफू दर्शकबिना केही नभएको बताएका छन्। ‘तपाईहरुलाई नसुनाएर कसलाई सुनाउने? यो ठाउँमा ल्याउने को हो? तपाईहरु नै हो। जसरी मैले कलाकारितामा जन्म लिएँ। मलाई कलाकार बनाउने तपाईहरु नै हो। तपाईले मलाई शिव श्रेष्ठ…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा हुने कोपा टरेरोस इन्टरनेसनल कप टोकियो नेसन्स कपमा सहभागी हुन त्यसतर्फ लाग्ने १२ वर्षमूनिका नेपाली खेलाडीलाई सफलताको शुभकामना दिएका छन्। मंगलवार बिहान शितल निवासमा बाल खेलाडीहरुले राष्ट्रपति पौडेललाई भेटेका थिए। ३१ मार्चदेखि ५ अप्रिलसम्म हुने खेलका लागि नेपाली टोली आजै साँझ त्यसतर्फ प्रस्थान गर्नेछ। ४० वटा क्बल सहभागी हुने उक्त खेलमा जापानका ३२ क्बल र…
काठमाडौं: प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ बाट डेब्यु गरेका हुन् अरुण क्षेत्रीले। ‘महापुरुष’मा छोराको भूमिकामा देखिएका अरुणको अभिनयको समेत चर्चा भयो। डेब्यू फिल्मबाट नै सफलताको स्वाद चाखेका अरुण फेरि ठूला पर्दा आउँदैछन। अरुणको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमा’ चैत १७ गतेबाट प्रदर्शन हुँदैछ। जसकारण पनि ‘प्रेमा’ को व्यवसायिक पाटो अरुणका लागि चुनौतीको विषय हो। यसैबिच, आज एक कार्यक्रममा अरुणलाई पत्रकारले ‘महापुरुष’ को व्यवसायिक…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताएका छन्। आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उनले राष्ट्रिय सुरक्षाको विषय सैनिक शक्ति मात्रै हो भन्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका हुन्। प्रत्येक राष्ट्रले आ-आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन लागिपरेको बताउँदै उहाँले…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोधमा उत्रँदा जेल परेका युवालाई तत्काल रिहा गर्न माग गरेका छन्। मिटर ब्याज मिनाह गर भन्दै प्रधानमन्त्री प्रचण्डको अगाडि प्रदर्शन गरेका युवाहरुलाई प्रहरीले मंगलवार जेल चलान गरेको छ। प्रहरीको कदमको विरोध गर्दै महामन्त्री शर्माले अविलम्ब रिहाईको माग गरेका हुन्। 'लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन। प्रहरीले…
काठमाडौं : दिपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ को छायाङ्कन काभ्रेको बेथानचोक गाउँपालिकामा भइरहेको छ। चैत्र १० गतेबाट फ्लोरमा गएको सुटिङ ३५ दिनसम्म चल्नेछ। आलोक शुक्लाले खिचिरहेको फिल्मको छायाङ्कन सेटबाट केही केही तस्विरहरु बाहिरिएका छन। सार्वजनिक तस्विरहरुमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त देखिन्छन। साथै तस्विरमा कार्म र साम्राज्ञी रोमान्टिक देखिएका छन्। तर, मुख्य भूमिकामा…
जलेश्वर : महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ चैती छठ पर्व सम्पन्न भएको छ। छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी,…
काठमाडौं : सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ। आज अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेश गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन यसअघि नै निर्देशन दिएको र सो मस्यौदा…
काठमाडौं : निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ। सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षमा प्रगति जम्मा १४ प्रतिशत मात्रै छ। निर्माणमा ढिलाइ भएको कारण देखाउँदै निर्माण व्यवसायीको घरमा सूचना टाँस्नाका साथै ठेक्का तोड्न केही समय दिइएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका इञ्जिनीयर सज्जन…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा उनीहरुबिच महत्वपूर्ण छलफल भएको बताए। आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उनीहरुबिच भेट भएको हो। छलफलमा…
काठमाडौं : प्रधानमन्त्री थ्री नेशन्स कपमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे यी दुई टोली आमनेसामने हुनेछन्। तीन देश सम्मिलित प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई २-० गोलअन्तरले हराएको थियो भने भुटान लाओससँग २-१ गोलअन्तरले पराजित भएको थियो। आजको खेलमा जित या बराबरीको नतिजा निकाल्न सके नेपालले फाइनलमा स्थान पक्का गर्नेछ भने फाइनल प्रवेशका लागि भुटानलाई जित…
काठमाडौं : आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार ५००…
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन)ले मिटरब्याजी पीडितहरुलाई खुलामञ्चमा शिविर बनाएरै राख्न खोज्नु शंकास्पद रहेको बताएका छन्। खुलामञ्च निषेधित क्षेत्र नभएको र कहिल्यै नहुने भन्दै मेयर बालेनले माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न लागिएको दाबी गरे। बालेनले भनेका छन्, ‘शिविर बनाएर महिनौँ वा वर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा…
अमेरिकाको टेनेसी राज्यको न्यासभिल सहरस्थित एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। विद्यालयका पूर्व विद्यार्थीले गोली चलाउँदा तीन बालबालिका र तीन कर्मचारीसहित ६ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। गोलीकाण्डमा मारिनेमध्ये तीन जना कभेनेन्ट स्कुलका नौ वर्ष र सोभन्दा कम उमेरका विद्यार्थी थिए। उनीहरुको नाम एभलिन डिकहस, हेली स्क्रग्स र विलियम किन्नी रहेको प्रहरीले जनाएको छ। त्यस्तै,…
काठमाडौं : सत्ता गठबन्धनअन्तर्गत १० दलको बैठक आज बस्दै छ। बैठक आज अपराह्न ४ बजेको लागि तय भएको बताइएको छ। आजै, सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक पनि बस्दैछ। एकीकृत समाजवादीको सचिवालय बैठक बिहान ११ बजे बस्ने तय भएको छ। दुवै बैठक मन्त्रिपरिषद् विस्तारका लागि बस्न लागेको बताइएको छ। सोमवारको नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली…
काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशका सुदुरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोसी,…