काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री र सभामुखबिच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं : भारतीय क्लब लुका सकर क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। विराटनगरको शहीद रंगशालामा आज भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो। तर, पेनाल्टीमा पनि दुवै टिमले ५–५ गोलको बराबरी भएपछि खेलको नतिजा सडनडेथबाट निकाल्दा संकटामाथि लुका सकरले ८–७ गोल अन्तरको जित दर्ता गर्न सफल भयो। पहिलो पटक नेपाल खेल्न आएको केरलाको लुकाले…
खेलाडी र क्लब व्यवस्थापनको आलोचना गरेका इङ्ग्लिस क्लब टोटेनहम हट्सपरका प्रशिक्षक एन्टोनियो कोन्टेले टोटेनहम छाडेका छन्। १६ महिना प्रशिक्षक सम्हालेका कोन्टेले आपसी समझदारीमा क्लब छाडेको बीबीसीले जनाएको छ। कोन्टेले टोटेनहमले साउथह्याम्टनसँग निराशाजनक बराबरी खेलेपछि खेलाडीलाई 'स्वार्थी' भएको र व्यवस्थापनले केही सुधार नगर्न नसकेको आरोप लगाएका थिए। 'टोटेनहमको कथा उही छ। २० वर्षदेखि एउटै टिम मालिक छन् तर अहिलेसम्म केही जित्न…
वीरगंज : वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ। वीरगंज महानगरपालिका वडा नम्बर २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा महानगरको नगर प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो। नगर प्रहरी निरीक्षक हरिप्रसाद भुसालका अनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना…
काठमाडौं : सुनको मूल्य कतिसम्म पुग्ला? अड्कलबाजी धेरै छन्। तोलाको लाखबाट घट्ला भनिरहेको नेपाली बजार उकालो लागेको मूल्य देखेर छक्क परेको छ। सुन तोलाको १ लाख १० हजार हाराहारी पुगेपछि कारोबार प्रभावित छ। भएकाहरु बेच्न चाहन्छन्, खरिदकर्ता केही समय कारोबार नगरी मूल्यमा गिरावट हेर्न चाहन्छन्। नेपाली बजारमा आइतवार सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ छ। संसारभर सुनको…
काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र…
काठमाण्डौँ: साफ यू १७ महिला च्याम्पियनसीप अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली रसियासँग पराजित भएको छ। बंगलादेशस्थित सिपाही मोस्तफा कमल स्टेडियममा सम्पन्न खेलमा नेपाली टोली साफमा आमन्त्रित टोली रसियासँग ३-० गोलअन्तरले पराजित भएको हो। खेलको तीन वटै गोल दोस्रो हाफमा भएको थियो। रसियाको जितमा एलिना गोलिकले ६३ र ७५ औँ मिनेटमा गोल गर्दा पोलिना फिल्सिनाले ८३ औँ मिनेटमा गोल थपिन्।…
धनगढी: थ्री स्टार क्लव छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतवार धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो। थ्री स्टारका लागि खेलको ५९ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन्। जितसँगै…
वीरगंजः वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा अवैध उत्खनन् गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ। महानगरपालिका २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन् गर्दै आएको सूचनाको आधारमा महानगर प्रहरीले ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएको हो। नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना…
काठमाडौंः प्रतिनिधि सभाले बेपत्ता पारिएको व्यक्तिको खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकलाई संशोधनका लागि स्वीकृत गरेको छ। चार घन्टाभन्दा लामो सैद्धान्तिक छलफलपछि सभाले बहुमतका आधारमा विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको हो। अब विधेयकमा सदस्यहरुले संशोधन दर्ता गर्न पाउनेछन्। सोमबारदेखि ३ दिनका लागि संशोधनको समय सदस्यहरुले पाउनेछन्। सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा सञ्चार तचा सूचना प्रविधि…
काठमाडौं : आइतवारको प्रतिनिधिसभामा खेलकुद क्षेत्रले पनि चर्चा पाएको छ। संसदमा क्रिकेटले पाएको सफलतादेखि फुटबलका खेलाडी पलायन र चितवनमा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय स्टेडियमसम्मको विषय उठे। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले फुटबल खेलाडी विदेशिरहेकोबारे सरकारको ध्यानाकर्षण गराए। शाहीले खेलकुदमा बजेट अत्यन्तै न्युन भएको गुनासो गर्दै सांसद र मन्त्रीहरुको स्वकीयको तलबभत्ता कटाएर खेलाडीको तलब बढाउन माग राखे। 'अहिले पनि खेलकुद क्षेत्रमा नेपाल…
बुटवल : लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)सहित ६ दलले समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको छ। प्रदेश प्रमुख अमिक शेरचन समक्ष ५३ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको लागि कांग्रेस लुम्बिनी संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेश गरेको हुन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको…
काठमाडौं : छायाङ्कन जारी रहेको फिल्म ‘जय हो’को विदेश प्रदर्शन राइट्स बिक्री भएको छ। सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्मको छायाङ्कन नसकिँदै विदेश प्रदर्शन राइट्स बिक्री भएको निर्माण टिमले जानकारी दिए छ। फिल्मको विदेश प्रदर्शन राइट्स नमस्ते इन्टरटेनमेन्टले ५५ लाखमा खरिद गरेको बताइएको छ। शोभित बस्नेतकको प्रस्तुतिमा निर्माण हुने फिल्म चैत ११ गतेबाट छायाङ्कनमा गएको हो। नमस्ते इन्टरटेनमेन्टले यसअघि ‘छक्का पञ्जा ४’, ‘दुई नम्बरी’, ‘आमा’…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले अरु देशको संविधानभन्दा फरक खालको संविधानको कार्यान्वयन गरिरहेको बताएका छन्। उनले सबै निकायको सन्तुलनका लागि संवैधानिक परिषदको आवश्यकता भएको बताए। 'क्षमता र योग्यता भएका व्यक्तिहरु ती निकायमा आउन भनेर यो परिषदको आवश्यकता छ,' उनले भने। आइतवारको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् अध्यादेशसम्बन्धी छलफलमा भाग लिँदै उनले परिषद्को बैठकको गणपुरक संख्याबारे छलफल गर्न सकिने बताए। उनले…
काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद् बनेको आरोप लगाएका छन्। आइतवार प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकको छलफलमा भाग लिँदै उनले संवैधानिक अंग पार्टीका लाचार छाया भएको उनले बताए। 'स्वतन्त्र न्यायपालिकाको प्रमुख नै नभएको कुरा मैले यहाँ भनेको छु,' उनले भने। अहिलेको विधेयकमा केही सुधार आए पनि संवैधानिक परिषद् विधेयकको धारा ४ मा अभिलेख रहेको भन्दै…
काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संवैधानिक परिषद्को बैठकमा नगएकोमा आपत्ति जनाएका छन्। उनले भागबण्डा खोज्ने तर सरकारमा नजाने प्रवृत्ति देखिएको उनको भनाइ छ। 'प्रमुख प्रतिपक्षी दलको नेता लगातार संवैधानिक परिषदको बैठकमा नगएको उदाहरण छन्,' आइतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्तले भने। संवैधानिक परिषद सम्बन्धी विधेयकको छलपलमा उनले अबको…
काठमाडौं : नेकपा एमालेका सचेतक महेश बर्तौलालले सभामुख बोलिरहँदा सांसद हिँडेको भन्दै आपत्ति जनाएका छन्। आइतवारको प्रतिनिधि सभाको बैठकमा बर्तौलाले सत्तारुढ दलका सांसदले सभामुख बोल्दा मर्यादा कायम नराखेको उल्लेख गर्दै आपत्ति जनाएका हुन्। कांग्रेस उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काले मर्यादा उल्लंघन गरेको उनको भनाई थियो। 'हाउसमा मर्यादा विपरित काम भएको छ। मर्यादाको धज्जी उडाउने काम भएको छ। सत्ता पक्षका माननीयबाट भएको छ,' उनले भने। बर्तौलाले…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले संवैधानिक परिषद् सम्बन्धी विधेयकमा परिषद्को बैठकमा ५० प्रतिशत उपस्थित भए बैठक बस्ने व्यवस्था हुनु लोकतान्त्रिक व्यवस्था भएको बताएका छन्। 'अध्यक्षसँगै ५० प्रतिशत सदस्य उपस्थित भए गणपुरक संख्या मानिने निर्णय हुँदा पनि बाहल रहेका ५० प्रतिशत सदस्यबाट निर्णय हुन्छ। यो डेमोक्र्याटिक छ। बहुमतका साथ निर्णय गर्ने र अल्पमतले निर्णयले गर्ने अवस्था नहोस् भनेर संवैधानिक…
काठमाडौं : नेकपा एमालेकी सांसद सुनिता बरालले कुनै पनि ठाउँमा शिक्षाको व्यवस्थापन नभएको बताएकी छिन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा उनले विद्यालय शिक्षा दिन प्रतिदिन ओरालो लागेको बताइन्। 'संविधान जारी भएको यतिका समयसम्म पनि हामीले शिक्षा ऐन किन ल्याउन सकेनौं?,' उनले प्रश्न गरिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षक संगठनका कार्यक्रममा जाँदा भाषण मिठो गर्ने गरेको भए पनि संघीय शिक्षा ऐन ल्याउन…
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचन आयोगले उप चुनावको मिति तत्काल घोषणा गरेकोमा विरोध गरेका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा राउतले संसदमा सिट खाली भएको सूचना पुग्नासाथ उपचुनावको मिति घोषणा गरिएको बताए। 'कसैलाई ३/४ महिना मन्त्री बिना बाच्न मुस्किल भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गर्न मिल्दैन,' राउतले भने। यसले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठेको बताए। सरकारले निर्वाचन आयोगलाई…