काठमाडौं : नेकपा (एमाले)का रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताएका छन्। प्रतिनिधिसभाको आइतवारको विशेष समयमा भाग लिँदै पन्तले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार होइन विज्ञ मात्र आवश्यक रहेको उल्लेख गरे। पन्तले भने, 'हालको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र चल्नुपर्छ। कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक द्वन्द्वका कम्पनहरु देखिरहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतवारको विशेष समयमा बोल्दै कोइरालाले विभिन्न रुपमा कम्पनहरु देखिएको बताएका हुन्। 'संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती छ र देशको अर्थतन्त्रबारे गम्भीर बहस पनि सुरु भइसकेको छ,' उनले भने। देशमा आएको समस्याको कारण स्वयं नेता भएको नैतिक आत्माबोध गरेर आफू बोलेको कोइरालाको भनाइ थियो। उनले राजनीतिक पद्धति जति…
बुटवल : लुम्बिनी प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)बाट मन्त्री बनेका तीन जनाले राजीनामा बुझाएका छन्। आइतवार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट मन्त्री बनेका तीनै जनाले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाएको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए। आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री ईन्द्रजीत थारु र आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री कृष्णा केसीले मन्त्री पदबाट राजीनामा दिएका…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले विकासको कामको प्रगतिको यथार्थ विवरण पेश गर्न माग गरेका छन्। उनले सरकारले संसदमा उठाएका प्रश्नको जवाफ नदिएको गुनासो गरे। प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै परियारले सरकारले संसदमा उठेका प्रश्नको जवाफ समेत नदिएको बताए। 'सरकारले संसदमा उठाएका विषयको पनि जवाफ दिएको छैन,' उनले भने। रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि सरकारको आलोचना गरिन्।…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानकर्षण गराएका छन्। उनले जग्गा नापी र लालपूर्जाको समस्या आइतवारको प्रतिनिधि सभाको बैठकमा उठाएका हुन्। शुन्य समयमा बोल्दै शर्माले ४ विषयमा ध्यानाकर्षण गराएका हुन्। 'सभामुखमार्फत म सरकारलाई ४ आग्रह गर्न चाहन्छु,' उनले भने। एक - नापी नभएको ठाउँमा अविलम्ब नापी शुरु गरियोस्l दुई - जनताले तिर्न नसक्ने कर घटाएर…
बुटवल : नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। सत्ता गठबन्धनमा फेरबदल भएपछि माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए। सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनीमा बन्ने नयाँ सरकारमा माओवादी केन्द्रको नेतृत्वमा हुनुपर्ने पार्टीको दाबी छ। माओवादी केन्द्रको समर्थन फिर्तासँगै मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ। गिरी गत पुस…
काठमाडौं : चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्वाचित भएका छन्। शनिवार सम्पन्न निर्देशक समाजको १५औँ महाधिवेशनबाट अध्यक्षमा पराजुली निर्विरोध निर्वाचित भएका हुन्। उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुण कुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सह-कोषाध्यक्षमा राज बस्न्यात सर्वसम्मत रुपमा निर्विरोध छानिए। त्यसैगरि, दीपक वली, सौरभ चौधरी, अम्बर ओली सत्यराज चौलागाईं उत्सब केसी अमृतमान महर्जन सदस्यमा निर्विरोध…
काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले यस प्रदेशका मुख्यमन्त्री लिला गिरीले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। केन्द्रमा नयाँ समीकरण बनिसकेकोले एमालेबाट मुख्यमन्त्री बनेका गिरीले नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्नुपर्नेसमेत पुनको भनाई रह्यो। केन्द्रमा नयाँ समीकरण बनेसँगै शुक्रवार कांग्रेस लुम्बिनीले प्रदेशको नेतृत्व लिने निर्णय गरेको थियो। यसै निर्णयअनुसार कांग्रेस अघि बढ्ने पुनले बताए। 'आजदेखि यो…
काठमाडौं : प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले एक भिडियोमार्फत आगामी दशैँको अवसरमा कात्तिक ३ गते रिलिज गर्ने घोषणा गरेको हो। यसअघि यो फिल्म फागुन ५ गते रिलिज हुने भनिएको थियो। तर, सोही मितिमा ‘फूलबारी’ रिलिज हुने भनेपछि यो फिल्म रिलिज हुन सकेन। अब यो फिल्म ‘पशुपति प्रसाद-भष्मे डन’ सँग भिड्नेछ। किनकी विपिन…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक काठमाडौं बाहिर जान गएका हुन्। नेपाली सेनाको हेलिकप्टर मार्फत पौडेल आज बिहान ९:३० बजे गोरखाका लागि उडेका हुन्। उनले गोरखा दरबारको अवलोकन गर्नुका साथै गोरखकाली मन्दिरमा पुगेर दर्शन पनि गरेका छन्।
अमेरिकाको दक्षिणी राज्यहरुमा आँधीका कारण ठुलो क्षति पुगेको छ। मिसिसिपी र अलबामामा २६ जनाको मृत्यु भएको छ। मिसिसिपी राज्य सरकारले आपतकाल घोषणा गरेर राहत र उद्दारको कार्य अघि बढाएको छ। आँधीका कारण रुखहरु ढलेका छन् भने घरहरुमा पनि क्षति पुगेको छ। सवारीसाधनहरु एकअर्कामाथ चाङ लागेर तस्विरहरु सार्वजनिक भएका छन्। आँधी मध्यरातमा आएको कारण कुनै 'अलर्ट' नसुनेको स्थानीयले बताएका छन्।
युरोपियन युनियन (ईयु) ले सन् २०३५ बाट इन्धन सवारी बिक्री तथा उत्पादनमा रोक लगाउन गरेको निर्णयमा जर्मनीले पनि सहमति जनाएको छ। शुक्रबार जर्मनी र युरोपियन युनियनसँग यसै विषयमा सम्झौता भएको छ। यो सम्झौताले अब सन् २०३५ देखि युरोपमा इन्धन सवारीसाधानको उत्पादन तथा बिक्री वितरण गर्न पाइने छैन। यी देशहरुले शून्य कार्वन उत्सर्जनको लागि यस्तो नीति लिएका हुन्। केही समय अगाडि…
काठमाडौं : बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ। पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको छ। सर्वाजानिक बिदा र शनिबारको दिनमा बन्दीपुरमा आन्तरिक पर्यटकको आवतजावत बढिरहेको व्यवसायी बताउँछन्। बन्दीपुरका होटल व्यवसायी सूर्य ढकालले भने, 'बन्दजस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ।' तर, पूर्वाधारमा सहज व्यवस्थापन नहुँदा पनि केही असर गरेको उनको…
भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरु प्रति आमजनतामा वितृष्णामात्रै नभए घृणा पनि बढ्न थालेको बताएका छन्। काठमाडौं उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तर्गत भक्तपुरको मध्यपुर थिमिमा आयोजित कार्यक्रममा थापाले महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुँदा राजनीतिक दलप्रति जनतामा आक्रोश पैदा भएको बताएका हुन्। थापाले नयाँ दलहरुप्रति पनि जनताको भरोसा टुटेको बताए।…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक काठमाडौं बाहिर जान लागेका हुन्। नेपाली सेनाको हेलिकप्टर मार्फत पौडेल आज बिहान ९:३० बजे गोरखा जाने कार्यक्रम तय भएको छ। गोरखकाली मन्दिर दर्शनका लागि पौडेल गोरखा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सिमरा : मकवानपुर ११ बाराको सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा टाई 'टाइ-ब्रेकर'मा भरतपुरलाई ४-३ ले पराजित गर्दै मकवानपुर सेमिफाइनलमा पुगेको हो। मकवानपुरले खेलको दशौं मिनटमै २-० को अग्रता लिएको थियो तर त्यसलाई जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै 'टाइ-ब्रेकर'मा धकेलिएको थियो। खेलको चौथो मिनटमै मकवानपुरका सुजन गुरुङको गोल गरेका थिए।…
मोरोक्कोको फुटबल टोलीले ब्राजिली फुटबल टोलीमाथि २-१ गोलअन्तरले ऐतिहासिक जित निकालेको छ। मोरोक्कोस्थित ग्राण्ड डी टेन्गरमा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलु टोलीले ब्राजिलमाथि इतिहासमै पहिलो पटक जित निकालेको हो। मोरोक्कोको जितमा सोफिएन बोउफल र अब्देलहमिद साबिरीले गोल गरे। ब्राजिलका लागि कासेमिरोले एक गोल फर्काए। ब्राजिलले बल पोजिजन बनाएर आक्रमणमा ब्यस्त रहँदा मोरोक्को काउन्ट अट्याकमा केन्द्रीत रह्यो। स्टेडियममा ६५ हजार समर्थक उपस्थित खेलको…
काठमाडौं : अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म ९१४२।१९५ किलोमिटरको अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ। कोभिड-१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए। अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरि पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन…
काठमाडौं : राप्ती लोकमार्ग ठाउँ ठाउँमा जीर्ण छ। दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबिचमा खाल्डाखुल्डी छन्। जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्। जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ। 'आवतजावत गर्दा धुलाम्मे हुन्छ। खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ', सल्यानबाट दाङ आउँदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने, 'दुर्घटनाको जोखिम उत्तिकै छ।' सल्यान कपुरकोटबाट…
काठमाडौं : आइतवार बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने दैनिक मौसम बुलेटिनमा उल्लेख छ।…