काठमाडौं : बैशाख १ गतेबाट प्रदर्शन हुने फिल्म ‘बिहे पास’को ट्रेलर सार्वजनिक भएको छ। बिहे गर्नको लागि सरकारी जागिर खान दयाहाङ राईले गरेको संघर्षको कथा ट्रेलरले समेटेको छ। ट्रेलरमा दयाहाङ र प्रकृति श्रेष्ठबिचको प्रेम र बिहे प्रसंङ्गलाई देखाइएको छ। जहाँ प्रकृतिलाई बिहे गर्न दयाहाङले सरकारी जागिर खान मरिहत्ते गरेको देखाइएको छ। प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’मा दयाहाङ र प्रकृतिका साथै रविन्द्र…
काठमाडौं : उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा लिम्बु समुदायमा रहेको जारी प्रथाको कथालाई समेटिएको छ। ट्रेलरमा मुख्य भूमिकामा रहेका दयाहाङ राई र मिरुना मगरलाई श्रीमान श्रीमतीको रुपमा देख्न सकिन्छ। बालबच्चा नभएपछि दुवैको सम्बन्धमा फाटो आउँदा मिरुनाले अर्केसँग विवाह गर्छिन्। यसरी मिरुना भाग्दा जारी उठाउने र तिर्ने परम्परा वरिपरि फिल्मको कथा घुमेको छ।…
बुटवल : बुटवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका-४ बस्ने अन्दाजी २० वर्षीय आविस्कार टण्डन रहेको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए। शुक्रवार बुटवल उपमहानगरपालिका-१० होराईजन चोकस्थित बुटवल-भैरहवा सडकखण्डमा बुटवलबाट भैरहवातर्फ जादै गरेको लु १ क ५३५ नम्बरको तिलोत्तमा क्याम्पसको बसले सोही दिशातर्फ…
काठमाडौं : राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार महिलाको नाममा जग्गा मात्र भएका परिवार ९.७ प्रतिशत र घर मात्र भएका परिवार २.३ प्रतिशत रहेका छन्। त्यस्तै, २३.८ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको देखिन्छ। जुन २०६८ को…
काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो। कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार अहिले बिहान ६ देखि ८ बजेसम्मका लागि पोखरी खुला गरिएको छ। कुनै अवरोध नआए ३६५ दिन नै पोखरी…
काठमाडौं : २०६८ सालको जनगणना अनुसार नेपालमा परिवारको संख्या ५४ लाख २७ हजार ३०२ थिए। सरकारले सार्वजनिक गरेको हालको जनगणनामा उक्त संख्या करिब २३ प्रतिशतले बढेर ६६ लाख ६६ हजार ९३७ पुगेको छ। जसमध्ये पनि व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन्। जनगणनाको नतिजा अनुसार देशका ९२.२ प्रतिशत घरपरिवारहरुले आफू बसोबास गरेको…
काठमाडौं : नेपालका ३४ वटा जिल्लाको जनसंख्या घटेको छ। केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रतिवेदन अनुसार नेपालका ३४ जिल्लाको जनसंख्या घटेको छ। प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्। विभागको प्रतिवेदन अनुसार ३४ वटा जिल्लाको जनसंख्या ऋणात्मक रहेको छ। जसमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, स्याङ्जा, गुल्मी, अछाम, पर्वत, अर्घाखाँची, पाँचथर, सिन्धुपाल्चोक, धनकुटा, दोलखा, गोरखा, बागलुङ, लमजुङ रहेका छन्।…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले मन्त्रिपरिषदको बैठक बस्ने तयारी भएको बताए। त्यसअघि प्रचण्डले मन्त्रीहरुसँग छलफल गर्न चाहेका छन्। मन्त्रीहरुसँगको छलफलपछि आजको बैठकबाट नेपाल प्रहरीको महानिरिक्षक चयन गर्न प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएको बताइएको छ। अहिले गृहमन्त्रालययको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन्। आजबाट प्रहरी महानिरीक्षक धिरतप्रताप…
काठमाडौं : राष्ट्रिय जनगणना अनुसार मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या रहेको छ। यहाँको जनसंख्या ३९६ जना रहेको छ। जसमा १३९ जना पुरुष र २२७ जना महिला रहेका छन्। यस्तै, मनाङकै चामे गाउँपालिकाको जनसंख्या १ हजार २७६ रहेको छ। मुस्ताङ्ग जिल्लाको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको जनसंखया १ हजार २९२ रहेको छ भने लोमन्थाङ गाउँपालिकाको जनसंखंया १ हजार ४३० रहेको छ। मनाङ…
काठमाडौं : राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालका आधाभन्दा बढी जनताले खाना पकाउन अझैपनि काठ/दाउरा प्रयोग गर्ने गरेको पाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सार्वजनिक गरेको प्रतिवेदनमा ५१ प्रतिशत जनताले खाना पकाउन काठ/दाउरा प्रयोग गर्ने गरेका देखिएको हो। त्यसैगरी, खाना पकाउन एलपी ग्यास प्रयोग गर्नेको संख्या भने ४४.३ प्रतिशत रहेको छ। बिजुली, गुईठा/गोरहा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत…
काठमाडौं : राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौं महानगरपालिकामा रहेको छ। यस्तै, सबैभन्दा कम जनसंख्या भएको नगरपालिका डोल्पाको ठूलोभेरी नगरपालिका भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको राष्ट्रिय जनगणनाको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्।जसअनुसार सबैभन्दा बढी जनसंख्या भएका नगरपालिकाहरुमा काठमाडौँमा ८ लाख ६२ हजार ४ सय जनसंख्या छ। त्यस्तै दोस्रो स्थानमा रहेको पोखरा महानगरपालिकामा ५ लाख…
काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार देशभर ७५ लाख ५२ हजार ६६ वटा घर रहेका छन्। जनगणनामा मुख्य प्रयोग अनुसार देशभरका सम्पुर्ण घरहरुको विवरण संकलन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। घरको धेरैजसो भाग के कामका लागि प्रयोग भएको थियो सोको आधारमा मुख्य प्रयोगलाई विभिन्न १२ प्रकारमा वर्गीकरण गरिएको विभागले जनाएको छ। प्रतिवेदन अनुसार देशभर जम्मा ७५ लाख…
काठमाडौं : सुनको मूल्य फेरि बढ्न थालेको छ। साताको अन्तिम दिन तोलामा ८ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। गत बुधबार २ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा आइपुगेको सुन बिहीबार पुन: तोलामा १२ सयले बढ्दै प्रतितोला १…
काठमाडौं : फागुन १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले तीन सातामा १८ करोडको व्यापार गरेको वितरक मनोज राठीले जानकारी दिए। फिल्मले अझै पनि दर्शकको राम्रो साथ पाइरहेको राठी बताउँछन्। ‘नेपालभरिबाट फिल्मले बक्सअफिसमा १८ करोड कलेक्सन गरिसकेको छ। चौंथो सातामा लाग्दा पनि फिल्मलाई दर्शकको साथ छ’ उनले भने। राम्रो व्यापार गरेता पनि…
काठमाडौं : हाल २१ लाख भन्दा बढी नेपाली नागरिक विदेशमा रहेको तथ्याङ्कले देखाएको छ। आज सार्वजनिक राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार २१ लाख ९० हजार ५९२ जना नेपाली नागरिक विदेशमा रहेका छन्। १५ लाख ५५ हजार ९६१ परिवारहरुबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। जसमा पुरुषको जनसंख्या १७ लाख ९९…
काठमाडौं : राष्ट्रिय जनगणना २०७८ का अनुसार अझै देशका ४.५ प्रतिशत परिवारसम्म शौचालयको पहुँच पुगेको छैन। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गणना गरिएका ६६ लाख ६० हजार ८४१ व्यक्तिगत परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेको पाइएको छ। तर, ४.५ प्रतिशत परिवारहरुसँग अझै पनि शौचालयको पहुँच नभएको पाइएको हो। गत जनगणना…
काठमाडौं : नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ। राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार पुरुषमा साक्षरता दर ८३.६ प्रतिशत र महिलामा साक्षरता दर ६९.४ प्रतिशत रहेको छ। केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणनामा ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरुको शैक्षिक अवस्था सम्बन्धी विवरण संकलन गरिएको थियो। जनगणनाको…
काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्। प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजारर ५६४ रहेको छ। जसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ भने महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार ५७…
काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्। प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५६४ रहेको छ। जसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ भने महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार ५७…
काठमाडौं : फिल्म 'पशुपति प्रसाद २- भष्मे डन’ को छायाङ्कन सुरु भएको छ। गत शुक्रवार शुभमुहूर्त गरिएको फिल्मको छायाङ्कन आजबाट सुरु भएको हो। पशुपतिनाथ मन्दिर परिसरबाट सुरु गरिएको छायाङ्कनमा अभिनेता विपिन कार्कीको पहिलो सट खिचिएको छ। सुटिङ सेटबाट बाहिरिएको तस्विरमा विपिनलाई भष्मे डनको लुक्समा देख्न सकिन्छ। दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा विपिनका साथै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा…