काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका रवि लामिछानेले प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनको लागि आज बिहान निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीको चुनाव चिह्न घण्टी बजाउँदै केही मानिस सहित कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। गत मंसीरमा भएको निर्वाचनमा लामिछाने सोही क्षेत्रबाट विजयी भएका थिए। तर, नागरिकता विवादमा सर्वोच्च अदालतले…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतवार बेलुका सम्पन्न खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई हराएको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली न्युक्यासलले म्यानचेस्टरमाथि २-० गोलको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीले दुबै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ६५ औँ मिनेटमा जोए विललकको गोलमा अग्रता बनाएको न्युक्यासलका लागि दोस्रो गोल ८८ औँ मिनेटमा कलुम…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बई इण्डियन्सलाई हराएको छ। चिन्नस्वामी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बेङ्ग्लोरले मुम्बईमाथि ८ विकेटको सहज जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले १६.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। मुम्बईका लागि अनुभवी…
स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा रियल मड्रिडले रियल भालाडोलिडमाथि फराकिलो जित निकालेको छ। सेन्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले ६-० गोलको फराकिलो जित निकालेको हो। घरेलु टोलीलाई जित दिलाउन करिम बेन्जेमाले ह्याट्रिक पुरा गर्दा रोड्रिगो, मार्को एसेन्सियो र लुकास भाजक्वेजले समान १ गोल गरे। खेलको २२ औँ मिनेटमा मार्को एसेन्सियोको पासमा रोड्रिगोले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई हराएको छ। हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा राजस्थानले घरेलु टोलीमाथि ७२ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद ८ विकेट गुमाएर १३१ रनमा समेटियो। राजस्थानलाई उच्च स्कोरसम्म लैजान तीन…
वीरगंजः लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ। लोसपा मधेश प्रदेश अध्यक्ष एवं पार्टीको कार्याकारिणी समिति सदस्य जितेन्द्र सोनलले यादवलाई सघाउने निर्णय भएको बताए। वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय बदल्दै लोसपाले यादवलाई सघाउने निर्णय गरेको हो। सत्तारुढ गठबन्धनबाट जसपा अध्यक्ष यादवलाई सघाउने सहमति…
काठमाडौं : विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफिसिएल इन्टेलिजेन्ट/एआई)को छुट्टै स्थान छ। केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ। गुगल, माइक्रोसफ्ट, लेनोभो जस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआईमा काम गरिरहेका छन्। इन्टरनेट प्लेटफर्ममा एआई प्रविधिको च्याटजीपीटी निकै चर्चित छ। च्याटजीपीटीले सूचना सङ्कलन…
वीरगंज : भूमि सुधार तथा मालपोत कार्यालय बारामा कार्यरत खरिदार एवं एक जना लेखनदास पक्राउ परेका छन्। उनीहरुलाई १५ हजार घुसको रकमसहित पक्राउ गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दुवैलाई पक्राउ गरेको जनाएको छ। मालपोत बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखनदास गौरीशंकर कुशवाहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग…
काठमाडौं : नेपालको संविधानले प्रदत्त गरेको गोपनीयताको हक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनसायले सर्वसाधारणको टेलिफोन कुराकानी रेकर्ड गर्ने गरी सरकारले कानुन संशोधन गर्न लागेकोमा नेपाल प्रेस युनियनले आपत्ति व्यक्त गरेको छ। युनियनले आइतवार एक विज्ञप्ति प्रकाशित गरी कानुन बनाएर व्यक्तिको गोपनीयता अतिक्रमण गर्न प्रयास गर्ने कार्य निन्दनीय भएको जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘दूरसञ्चार सम्बन्धी…
काठमाडौं : फिल्म तयार भएपछि प्रदर्शन कलाकारका लागि चाडसरह हुन्छ। आफू अभिनित चलचित्र प्रचारका लागि कलाकारले आफ्ना निजी काम छाड्छन् र पुरै समय फिल्म प्रचारमा खर्चन्छन्। तर प्राय: नेपाली फिल्ममा भने यो लागू भएको देखिन्न। ‘प्रसाद २’ का कलाकारको सन्दर्भमा पनि ठ्याक्कै यस्तै देखिन्छ। सुदर्शन थापा निर्देशित यो फिल्म ‘प्रसाद’को सिक्वेल हो। सुशील पौडेलको लेखन रहेको फिल्म ‘प्रसाद २’ आगामी शुक्रवारबाट रिलिज हुँदैछ। तर ‘प्रसाद…
बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित रामापिथेकस पार्क नजिकै डाइभर्सन निर्माण गर्ने काम भइरहेकाले चैत २३ गतेदेखि राजमार्ग बन्द गर्न लागिएको हो। डाइभर्सन निमार्णका क्रममा माथिबाट खुकुला ढुंगाहरु खसेर जोखिम बढेपछि मंगलवारदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १०…
बलिउड फिल्म ‘पठान’ हिट भएसँगै शाहरुख खान र दीपिका पादुकोण फेरि एकसाथ देखिने भएका छन। उनीहरु फिल्म ‘जवान’मा सहकार्य गर्न लागेका हुन्। शाहरुखले ‘जवान’को एक्सन दृश्यहरुको सुटिङ पूरा गरिसकेका छन्। साथै अप्रिल महिनाभरि निर्माण टिमले दुईवटा गीतहरुको छायाङ्कनको काम पूरा गर्नेछ। जसमध्ये पहिलो गीतमा शाहरुख र नयनताराले मुम्बईमा अप्रिलको पहिलो साता सुटिङ सुरु गर्नेछन्। जुन गीतलाई अनिरुद्धले रचना गरेका हुन्।…
काठमाडौं : नेपाली कांग्रेसले उपनिर्वाचनमा आफ्नो उम्मेदवार रहेको क्षेत्रमा दुई महामन्त्रीलाई खटाउने तयारी गरेको छ। कांग्रेसले उप निर्वाचनमा तनहुँ १ र चितवन २ मा आफ्नो उम्मेद्वार तय गरिसकेको छ। तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार रहेका छन्। नेविसंघका पूर्वअध्यक्षसमेत रहेका भट्टराईलाई जिताउन कांग्रेसले गोविन्दराज जोशीको कारवाहीसमेत फुकुवा गरिसकेको छ। उक्त क्षेत्रमा उम्मेदवारी मनोनयन गर्न महामन्त्री गगन थापा पुग्ने कार्यतालिका रहेको…
काठमाडौं : सांसद पूर्णबहादुर घर्तीले प्रतिनिधि सभाको सांसदलाई नेमप्लेटसहितको सिट मिलाउन प्रस्ताव राखेका छन्। प्रतिनिधसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०७९ को दफावर छलफलमा सांसद घर्तीले सिट प्लानिङ मिलाएर नेमप्लेट राख्न प्रस्ताव राखेका हुन्। यसले संसद व्यवस्थित हुनेसमेत उनको भनाई थियो। 'बसेका सांसद पनि उस्तै नबसेका सांसद पनि उस्तै। बस्ने क्रममा प्रदेशमा सांसदको नेमप्लेट राखेका हुन्छन्। बस्ने सिट नेमप्लेटसहित भएमा सबैलाई प्रष्ट…
काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा आरजु देउवाको तर्फबाट इश्वरीदेवी न्यौपानेले नियमावली मस्यौदामा संशोधन प्रस्ताव राखेकी छिन्। प्रतिनिधसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०७९ को दफावर छलफलमा देउवा अनुपस्थित भएपछि उनको तर्फबाट न्यौपानेले संशोधन प्रस्ताव राखेकी हुन्। प्रधानमन्त्रीका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा न्यौपानेको नाम राखेपछि जनता समाजवादी पार्टीका सांसदले आपत्ति जनाएका थिए। यद्यपि उपसभामुख इन्दिरा रानामगरले उनलाई बोल्न समय दिइनन्।…
काठमाडौं : उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई जसरी पनि न्याय दिन सरकार कटिबद्ध रहेको बताएका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा श्रेष्ठले मन्त्रिपरिषदले मिटरब्याजी पीडितलाई न्यायदिन मिटरब्याज आर्थिक कसुरका रुपमा उल्लेख गरेर कानुन संशोधनको प्रक्रिया अघि बढाएको बताए। उनले जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको र उक्त निर्णय अब मन्त्रिपरिषदमा पेश गरिने बताए। उनले अब अमूर्त आयोग नबन्ने बताए। 'ठीक बेठीक कहाँ…
काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले विपद्को पूर्वतयारीमा लाग्न सरकारलाई आग्रह गरेका छन्। आइतवार संसदको शून्य समयमा आफ्नो धारणा राख्दै पाण्डेले जनताले हरदिन विपत्तीको सामना गर्नुपरेको बताए। 'हिउँदभरी देशका विभिन्न भागमा भूकम्प साना ठुला धक्काहरु गएका छन् जसले गर्दा जनधनको क्षति भएको छ। त्यतिमात्र हैन जमिन चिराचिरा परेको छ। अब केही समयपछि हावाहुरी चल्नेछ,' पाण्डेले भने, 'रुखहरु ढल्ने छानाहरु उड्ने…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रधानमन्त्रीको कूर्सी कुन देशबाट आयात भएको भन्दै प्रश्न गरेकी छिन्। आइतवारको सदनमा सांसद डाँगीले तुथपिकदेखि ट्वाइलेट पेपरसम्म देशमा आयात भएको उल्लेख गर्दै सांसदको कूर्सीसमेत कुन देशबाट आयात भएको भन्दै प्रश्न गरेकी छिन्। 'म सदनमा बसिरहेको कूर्सी कुन देशबाट आयात भएको हो? कि नेपालमै बनेको हो। कूर्सीका लागि जुन झगडा हुने गरेको छ…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शिक्षण अस्पताल पुगेका छन्। पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिवार साँझ अस्पताल भर्ना भएका हुन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यसैगरी नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले राष्ट्रपतिलाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन्। राष्ट्रपति…