PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • चुरोट, खैनी र गुट्खाको भाउ बढ्ने : चुरोटमा प्रति खिल्ली २५ पैसा बढ्ने

    चुरोट, खैनी र गुट्खाको भाउ बढ्ने : चुरोटमा प्रति खिल्ली २५ पैसा बढ्ने

    काठमाडौं : सरकारले धुम्रपान तथा मद्यपानमा लाग्ने अन्त:शुल्कमा वृद्धि गरेको छ। कर बढेसँगै चुरोट, खैनी, गुट्खाजस्ता सामाग्रीको भाउ बढ्ने भएको छ। कर बढेसँगै चुरोटमा प्रतिखिल्ली २५ पैसा मूल्य बढेको भएको छ। त्यसैगरी सुर्ती, खैनी, गुट्खाजस्ता सामाग्रीमा प्रतिकिलो २५ रुपैयाँ भाउ बढेको भएको छ। संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै धुम्रपान तथा मद्यपानमा सामान्य कर वृद्धि गरेको बताएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • १५ खर्ब ३२ अर्बको बजेट सार्वजनिक, के के छन् विशेषता?

    १५ खर्ब ३२ अर्बको बजेट सार्वजनिक, के के छन् विशेषता?

    काठमाडौं : आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएका छन्। चालु आर्थिक वर्षको वास्तविक बजेट खर्च ११ खर्ब ९९ अर्बलाई बढाउँदै बजेट सार्वजनिक गरेका हुन्। ९ खर्ब ८० अर्बको राजश्व लक्ष्यसहित प्रस्तुत गरिएको बजेटले कसकसलाई कस्तो असर पार्छ त? कर्मचारीको तलब बढ्यो सरकारले कर्मचारीको तलब बढाएको छ। राजपत्रांकितको तलब आगामी साउन १…

    विस्तृतमा पढ्नुस्

  • सांसदसँग झुके अर्थमन्त्री, १० करोड माग्नेलाई ६ करोडले थामथुम

    सांसदसँग झुके अर्थमन्त्री, १० करोड माग्नेलाई ६ करोडले थामथुम

    काठमाडौं : सांसदलाई स्थानीय विकासका नाममा दिइरहेको रकम हटाउने मनस्थितिमा रहेका अर्थमन्त्री अन्तत: सांसदका सामु निरीह भएका छन्। सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहँदा पनि अर्थमन्त्रीले सांसदहरुको दबाब थेग्न सकेनन्। अन्तत: उनले निर्वाचित सांसदलाई ६ करोडका दरले बजेट छुट्याए। संघीय संसदमा बजेट पेश गर्दै अर्थमन्त्रीले प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड रुपैयाँ बजेट दिने घोषणा गरे। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • अखिल क्रान्तिकारीको टीयूमा अनशन १० दिन पूरा, भएन वार्ता

    अखिल क्रान्तिकारीको टीयूमा अनशन १० दिन पूरा, भएन वार्ता

    काठमाडौं : अनियमिततापूर्वक आफन्तको नाम निकालेको भन्दै त्रिभुवन विश्वविद्यलय गेटसामु अखिल क्रान्तिकारी आवद्ध विद्यार्थीले अनशन थालेको १० दिन पूरा भएको छ। दशौं दिन हुरी र पानीले निथ्रुक्क पार्दा पनि उनीहरुले अनशनस्थल छाडेनन्। त्रिवि सेवा आयोगमा आयोग पदाधिकारीले अनियमिततापूर्वक आफन्तलाई भर्ती गरेको भन्दै उनीहरु रिले अनशनमा उत्रिएका हुन्। दश दिन बितिसक्दा पनि विश्वविद्यालयले उनीहरुको माग सम्बोधन त टाढाको कुरा, वार्ताको पहलसमेत…

    विस्तृतमा पढ्नुस्

  • सुमन कुलुङ र सुनमाया बुढालाई एभरेष्ट म्याराथनको उपाधि, एक्स्ट्रिम अल्ट्रामा किरण पहिलो

    सुमन कुलुङ र सुनमाया बुढालाई एभरेष्ट म्याराथनको उपाधि, एक्स्ट्रिम अल्ट्रामा किरण पहिलो

    सोलुखुम्बु : गत संस्करणको उपविजेता सुमन कुलुङले यस वर्षको तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन्। सगरमाथा प्रथम आरोहणको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष मे २९ मा सगरमाथा क्षेत्रमा हुने म्यारथनमा सुमनले निर्धारित दूरी ३ घन्टा ४७ मिनेट १६ सेकेन्डमा पुरा गरे। उनी २०१७ मा विजेता भएका थिए। ४२.१९५ किलोमिटरको म्याराथनमा कपिलदेव बुढा र रामकुमार राजभण्डारीले दोस्रो र तेस्रो स्थान हात पारे।…

    विस्तृतमा पढ्नुस्

  • फिल्म क्षेत्रले पाएन बजेटमा प्राथमिकता  

    फिल्म क्षेत्रले पाएन बजेटमा प्राथमिकता  

    काठमाडौंः अर्थमन्त्री युवराज खतिवडाले वर्ष २०७६/७७ का लागि बजेट भाषण गरेका छन्। आगामी आर्थिक वर्षका लागि फिल्म क्षेत्रले प्रथमिकता पाएन। तर, अर्थमन्त्रीले बजेट भाषणको क्रममा साहित्यकार, कलाकार र संगीतकारको वृत्ति विकासमा ध्यान दिने घोषणा भने गरेका छन्। त्यस्तै ‘छायांकनका लागि नेपाल’ अभियानको सुरुवात समेत गर्ने बताइएको छ। काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधासम्पन्न स्टुडियो निर्माण र श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु…

    विस्तृतमा पढ्नुस्

  • पोहोरभन्दा दोब्बर समय लगाए अर्थमन्त्रीले बजेट भाषण गर्न

    पोहोरभन्दा दोब्बर समय लगाए अर्थमन्त्रीले बजेट भाषण गर्न

    काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट वाचन गर्न झण्डै साढे दुई घण्टा लगाए। अघिल्लो वर्ष पहिलो पटक बजेट भाषण गर्दा एक घण्टामै सकाएका अर्थमन्त्री खतिवडा यस पटक अलि आत्मविश्वासी देखिए। उनी हड्बडाएनन् र प्रष्टसँग बिस्तारै बजेट वक्तव्य वाचन गरे। ४ बजेर २ मिनेटबाट बजेट भाषण थालेका उनले १ घन्टा ५३ मिनेटपछि उनले एक घुट्को पानी…

    विस्तृतमा पढ्नुस्

  • घरजग्गा बेच्दा लाग्ने लाभकर घट्यो

    घरजग्गा बेच्दा लाग्ने लाभकर घट्यो

    काठमाडौं : सरकारले घरजग्जा पुँजीगत लाभकर दर घटाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधवार बजेत भाषण गर्दै लाभकर घटाएको जानकारी दिए। नयाँ घोषणा अनुसार अब महानगरपालिका र उपमहानगरपालिका भित्र घरजग्गाको कारोबार गर्दा १० प्रतिशत र अन्य ठाँउमा ५ प्रतिशत लाग्ने गरि घटनाइएको हो। अहिले घरजग्गाको कारोबार गर्दा सबैतिर १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। अब महानगर र उपमहानगरपालिकाबाहेक सबैतिर घर…

    विस्तृतमा पढ्नुस्

  • मिडियाप्रति सकारात्मक बन्दै अर्जुन कपुर, सम्बन्ध बारे बोल्दिनन् मलाइका

    मिडियाप्रति सकारात्मक बन्दै अर्जुन कपुर, सम्बन्ध बारे बोल्दिनन् मलाइका

    बलिउड कलाकार अर्जुन कपुर अभिनित फिल्म 'इन्डियाज मस्ट वान्टेड' प्रदर्शनरत् छ। गत शुक्रबार सार्वजनिक भएको फिल्म हेर्न यो साता सिनेमा हलमा पुगिन् मलाइका अरोरा। क्यामेराबाट लुकेर फिल्मको स्पेशल स्क्रिनिङमा पुगेकी उनलाई मिडियाकर्मीले भेटे। जहाँ मिडियाकर्मीले फिल्मभन्दा ज्यादा अर्जुनसँग उनको सम्बन्ध बारे प्रश्न गरे। उनीहरुको विवाह भइसकेको बारे चर्चा चलेपनि यस बारे दुबैले केही बोलेका छैनन्। मिडियासँगको आकस्मिक भेटमा मलाइकाले भनिन्,'मलाई…

    विस्तृतमा पढ्नुस्

  • यस्तो कारुणिक दृश्य मैले जीवनमा देखेको छैन, नेपालीको पसिनामाथि डोजर चलाइयो : धुर्मुस

    यस्तो कारुणिक दृश्य मैले जीवनमा देखेको छैन, नेपालीको पसिनामाथि डोजर चलाइयो : धुर्मुस

    चितवन : धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधवार अवरोध खडा भएको छ। बुधबार बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचनामा स्थानिय व्यक्तिहरुले डोजर लगाएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले बार भत्काउने व्यक्ति र डोजरलाई निणन्त्रणमा लिएर छानविन भइरहेको जनाएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला निर्माणस्थलको बार भत्काइनु दुःखद घटना भएको…

    विस्तृतमा पढ्नुस्

  • बजेट: अब ४ लाखसम्म कमाउनेले आयकर तिर्नुनपर्ने, दम्पत्तिलाई ४ लाख ५० हजारको सिमा

    बजेट: अब ४ लाखसम्म कमाउनेले आयकर तिर्नुनपर्ने, दम्पत्तिलाई ४ लाख ५० हजारको सिमा

    काठमाडौं: आर्थिक बर्ष २०७६/७७ को बजेटले व्यक्तिगत आयकरको सिमा बढाएको छ। अब बर्षमा चार लाखसम्म कमाउनेले आयकर तिर्नुपर्दैन। यसअघि यो रकम ३ लाख ५० हजार रहेको थियो। त्यस्तै विवाहित दम्पत्तिको हकमा यो रकमलाई बढाएर ४ लाख ५० हजारको सिमा तोकिएको छ। यसअघि यो रकम ४ लाख थियो। आयको सिमालाई बढाइए पनि योभन्दा बढी कमाउनेको हकमा लाग्दै आएको करको दर भने घटबढ…

    विस्तृतमा पढ्नुस्

  • धरहरा पुनर्निर्माणका लागि १ अर्ब विनियोजन, बन्ला त दुई वर्षमै?

    धरहरा पुनर्निर्माणका लागि १ अर्ब विनियोजन, बन्ला त दुई वर्षमै?

    काठमाडौं : सरकारले धरहरा पुनर्निर्माणका लागि एक अर्ब रुपैया विनियोजन गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले गत वर्ष सुरु भएको धरहरा पुनर्निर्माण तीन वर्षमा सकाउने लक्ष्य लिएको जनाए। २०७५/७६ को बजेटमा पनि अर्थ मन्त्री खतिवडाले ३ वर्ष भित्र नै धरहरा पुनर्निर्माण गर्ने लक्ष्य प्रस्तुत गरेका थिए। तर, हालसम्म धरहरा पुनर्निर्माणको १५ प्रतिशत मात्रै कार्य सकिएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कर्मचारीको तलब बढ्यो, राजपत्रांकितको १८ प्रतिशत, अनंकितको २० प्रतिशत बढ्ने

    सरकारी कर्मचारीको तलब बढ्यो, राजपत्रांकितको १८ प्रतिशत, अनंकितको २० प्रतिशत बढ्ने

    काठमाडौं : सरकारले कर्मचारीको तलब बढाएको छ। राजपत्रांकितको तलब आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक १८ प्रतिशत बढेको छ भने राजपत्र अनंकितको तलब २० प्रतिशत बढेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन्। पोहोर सरकारले तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने निर्णय गरेको थियो। यसैगरी पोहोर सरकारले कर्मचारीको पोशाक भत्ता ७ हजार…

    विस्तृतमा पढ्नुस्

  • खेलकूदमा ३ अर्ब ९९ करोड बजेट, मुलपानी क्रिकेट मैदानलाई १० करोड

    खेलकूदमा ३ अर्ब ९९ करोड बजेट, मुलपानी क्रिकेट मैदानलाई १० करोड

    काठमाडौं : मुलपानी क्रिकेट मैदान आगामी दुई वर्षमा सम्पन्न गरिने गरी सरकारले १० करोड बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेटमा सरकारले खेलकूद विकासको लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको हो। उक्त बजेटमा मुलपानी मैदानको लागि १० करोडको बजेट छुट्याइएको छ। त्यस्तै, सरकारले काठमाडौँ उपत्यकामा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर निर्माण गर्न प्रारम्भिक अध्यन गर्ने भएको…

    विस्तृतमा पढ्नुस्

  • सडकलाई माटोरहित बनाउनेदेखि राजमार्गमा विमान धावनमार्गसम्म बजेट

    सडकलाई माटोरहित बनाउनेदेखि राजमार्गमा विमान धावनमार्गसम्म बजेट

    काठमाडौं : सरकारले काठमाडौंका सडकलाई धुँवा र माटोरहित बनाउने योजना घोषणा गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले काठमाडौं उपत्यकाका सडक किनाराहरुलाई माटोरहित बनाउने घोषणा गरेका हुन्। त्यस्तै, काठमाडौं प्रवेश गर्ने प्रवेश बिन्दुमा सवारी साधन सफा गर्ने स्वचालित यन्त्रको स्थापना गरी सवारी साधन सफा गरिने उल्लेख छ। धुलो र धुवाँबाट केही राहत पाउन उक्त कार्यले सहयोग…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा शिक्षा : १ खर्ब ६३ अर्ब, स्कुलमा छात्रालाई निशुल्क सेनेटरी प्याड

    बजेटमा शिक्षा : १ खर्ब ६३ अर्ब, स्कुलमा छात्रालाई निशुल्क सेनेटरी प्याड

    काठमाडौं : सरकारले आर्थिक वर्ष २०७६/७७ मा शिक्षा क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड छुट्याएको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि राष्ट्रपति शैक्षिक विकास कोषको स्थापना गर्ने भनिएको छ। सरकारले दरबन्दी अभाव भएका सामुदायिक विद्यालयहरुमा स्वयं सेवक शिक्षक राख्ने बताइएको छ। जसका लागि एक अर्ब पाँच करोड छुट्याएको छ। बुधवार अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा गणित, विज्ञान,…

    विस्तृतमा पढ्नुस्

  • सडक सुधार्न भन्दै पेट्रोल/डिजेलमा एक रुपैयाँ महङ्ग्याउँदै सरकार

    सडक सुधार्न भन्दै पेट्रोल/डिजेलमा एक रुपैयाँ महङ्ग्याउँदै सरकार

    काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा थप मूल्य बढाउनेगरी बजेट सार्वजनिक गरेको छ। पेट्रोलियमा पदार्थमा प्रतिलिटर एक रुपैयाँ थप हुनेगरी बजेट वक्तव्य सार्वजनिक भएको छ। अर्थमन्त्री युवराज खतिवडाले सडक सुधारको लागि एक रुपैयाँ थप गर्न लागेको जानकारी दिए। यसअघि सरकारले बुढीगण्डगी बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणका लागि भन्दै प्रति लिटर ५ रुपैयाँ उठाउँदै आएको छ। अब त्यसमा एक रुपैयाँ थप हुने भएकाले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कार्यालयमा एक्सन रुम, सातै प्रदेशका मुख्य मन्त्रीसँग गरे प्रम ओलीले कुराकानी

    प्रधानमन्त्री कार्यालयमा एक्सन रुम, सातै प्रदेशका मुख्य मन्त्रीसँग गरे प्रम ओलीले कुराकानी

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको दावी गरेका छन्। प्रधानमन्त्री कार्यालयमा आज तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मूख्य मन्त्रीहरुसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गरेका थिए। प्रधानमन्त्री ओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तर्क्रियामा सहज अवस्था…

    विस्तृतमा पढ्नुस्

  • बजेट : तीनकुने जडीबुटीमा सुरुङ मार्ग र वानेश्वरमा अन्डर पास

    बजेट : तीनकुने जडीबुटीमा सुरुङ मार्ग र वानेश्वरमा अन्डर पास

    काठमाडौं : उपत्यकाको ट्राफिक जामलाई कम गर्न सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको छ। तीनकुने जडिबुटी र कोटेश्वर सुरुङ मार्ग निर्माण गर्न लागिएको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणबाट जानकारी दिए। त्यस्तै नयाँ बानेश्वरमा अण्डरपासका लागि बजेट बिनियोजन गरिएको छ। सडकमा संकेत बत्ती राख्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ। बजेटमा सार्वजनिक सवारीमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था गर्ने समेत उल्लेख छ। अर्थमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सागको विशेष प्रशिक्षणको उद्घाटन

    सागको विशेष प्रशिक्षणको उद्घाटन

    काठमाडौं : आगामी डिसेम्वरमा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण सुरु गर्ने भएको छ। विशेष प्रशिक्षणको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे। पहिलो चरणमा ७ खेलको प्रशिक्षण हुनेछ र प्रशिक्षक बिहीबारदेखि सुरु हुनेछ। प्रशिक्षणमा जुडो, स्क्वास, टेबलटेनिस, भारोत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र सुटिङका जम्मा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell