काठमाडौँः विनाशकारी भूकम्पको चार वर्षपछि नेपाल चीन जोड्ने तातोपानी नाका आजदेखि औपचारिक रूपमा सञ्चालन आउँदैछ। दुई देशका उच्च अधिकारीहरूको उपस्थितिमा नाका पुनः सञ्चालनको घोषणा गरिँदैछ। तातोपानी नेपाल चीनको मुख्य व्यापारिक नाका हो। २०७२ वैशाख १२ गतेको भूकम्पबाट नाकाको मितेरी पुल पूर्ण रूपमा क्षति भएको थियो। आसपासका बस्ती पूर्ण रूपमा विस्थापित थिए। मितेरी पुल र बन्दरगाह पुनर्निर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आउन…
काठमाडौँः लोक सेवा आयोगले स्थानीय तहमा रिक्त विभिन्न तह र श्रेणीमा एकैपटक ९ हजारभन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ। कर्मचारी समायोजन प्रक्रिया सकिएपछि सङ्घीय मन्त्रिपरिषद्को निर्णय अनुसार आयोगले जनशक्ति माग गरेको हो। जेठ ६ गते मन्त्रिपरिषद्ले स्थानीय तहमा रिक्त जनशक्तिको पदपूर्तिका लागि आयोगलाई अनुमति दिएको थियो। प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेशको पदपूर्ति पनि सङ्घीय लोकसेवा…
काठमाडौँः न्याय परिषद्ले न्याय सेवाका पाँच उपसचिवलाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ। न्याय सेवा आयोगको सिफारिसमा खुला प्रतिस्पर्धाबाट छनोट भएका पाँच जनालाई मंगलबार परिषद्ले नियुक्त गरेको हो। लिखित परीक्षा उत्तीर्ण आठमध्ये पाँच जनालाई परिषद्ले न्यायाधीशमा नियुक्त गरेको हो। यो पदपूर्तिसँगै अब कुनै पनि तहका अदालतमा न्यायाधीशको दरबन्दी रिक्त छैन। हाल ४२१ न्यायाधीशको दरबन्दी छ। परिषद्को निर्णय अनुसार शिवलाल पाण्डे, माधवप्रसाद…
काठमाडौं : न्याय परिषदले उच्च अदालतका दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त गरेको छ। आज बसेको न्यायपरिषद बैठकले न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा पदस्थापन गरेको हो। उनी उच्च अदालत पाटनको न्यायाधीशमा कार्यरत छन्। त्यसैगरी उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा कार्यरत न्यायाधीश कुमार पोखरेललाई पनि मुख्य न्यायाधीशमा नियुक्त गरी दिपायल पदस्थापन गरिएको छ। जिल्लामा पाँच न्यायाधीश नियुक्त न्याय सेवा आयोगले खुला पदपूर्तिका आधारमा…
काठमाडौं: न्याय परिषदले दुई जिल्ला न्यायाधीशलाई सेवाबाट बर्खास्त गरेको छ। न्यायाधीशद्वय ओमकार उपाध्याय र विश्वमंगल आत्रेयलाई बर्खास्त गर्ने निर्णय परिषदले गरेको हो। कपिलवस्तु जिल्ला न्यायाधीश उपाध्याय र ललितपुरका न्यायाधीश आत्रेयलाई आज बसेको परिषदको बैठकले बर्खास्त गरेको हो। उपाध्यायलाई झुटा शैक्षिक प्रमाणपत्र पेश गरी सेवा गरेको भन्दै बर्खास्त गरिएको छ। उनले भारतबाट अध्ययन गरेको भन्दै पेश गरेको स्नातक तह (बीए)को शैक्षिक प्रमाणपत्र झुटो रहेको भेटिएपछि…
यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा सुरु हुने १२औँ संस्करणको विश्वकपअघि दक्षिण अफ्रिकालाई धक्का लागेको छ। टोलीको मुख्य फास्ट बलर डेल स्टेनले इंग्ल्याण्डविरुद्ध हुने पहिलो खेल गुमाउने भएका छन्। उनी पूर्ण रुपमा फिट नभएकोले पहिलो खेल नखेल्ने भएका हुन्। दक्षिण अफ्रिकाका प्रशिक्षक ओटिस गिब्सनले जुन ५ मा भारत विरुद्ध हुने खेलसम्म लागि स्टेन फिट हुने अपेक्षा राखेका छन्। बिहीवार…
काठमाडौं : चर्चित व्यवसायी अजयराज सुमार्गीको कम्पनी मुक्तिश्री सिमेन्टले बैंकमा फ्रिज रहेको रकम फिर्ता पाउँ भन्दै दायर गरेको परमादेश मागको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सुमार्गीले मुक्तिश्री सिमेन्ट उद्योगको नाममा विदेशबाट ल्याएको रुकम स्रोत नखुलेको भन्दै राष्ट्र बैंकले रोक्का गरेको थियो। त्यसपछि सर्वोच्च अदालत पुगेका सुमार्गीको पक्षमा न्यायाधीश दीपकराज जोशीले अल्पकालीन आदेश जारी गर्दै उक्त रकम नरोक्न आदेश दिएका थिए।…
काठमाडौँ : प्ले फर डिप्राइभ्ड चिल्ड्रेनको आयोजनामा भइरहेको नेपाल बास्केटबल लिग (एनबीएल) मा शीर्ष स्थानको टाइम्स इन्टरनेशनल क्लबले लगातार दोस्रो हार बेहोरेको छ। मंगलवार भएको खेलमा टाइम्सलाई विभागीय टोली नेपाल पुलिसले ७०-६३ ले पारजित गरेको हो। ११औँ चरणसम्म अपराजित रहेको टाइम्सले सोमबार त्रिभुवन आर्मीसँग एक अंक अन्तरले पराजित भएको थियो। लगातार दोस्रो हारपछि पनि टाइम्स शीर्ष स्थानमा यथावत छ। १३…
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाको संयोजनमा क्रिकेट प्रशिक्षक संघ गठन भएको छ। मंगलबार टमाटाको नेतृत्वमा ११ सदस्यस तदर्थ समित गठन गरिएको टमाटाले पहिलोपोस्टलाई जानकारी दिए। प्रशिक्षकहरुको अपडेट,नयाँ प्रशिक्षकहरुको विकासकालागि क्रिकेट प्रशिक्षकहरुलाई समेटेर समिति गठन गरिएको उनले जानकारी दिए। 'हामीले एक दशक अघिदेखि नै यसबारे सल्लाह गरिरहेका थियौँ। तर अन्य कारणहरुले गर्दा गठन हुन सकेको थिएन।…
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मीले तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ। समूह बी मा रहेको आर्मीले मंगलवार कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो अन्तरले पराजित गरेको हो। यसअघि आर्मीले प्रदेश १ र प्रदेश २ लाई पराजित गरेको थियो। लगातार तेस्रो जितपछि समूह बी मा ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको आर्मीले लगभग सेमिफाइनलमा…
काठमाडौं: एन्जल्स् स्पोर्ट्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टर मनमैजुको आयोजनामा हुन लागेको प्रथम राष्ट्रिय एन्जल्स् हार्ट अन्तर विद्यालय/कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा देशभरका ६० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। एन्जल्स् हार्ट सेकेण्डरी स्कुलको प्रायोजनमा जेठको तेस्रो सातादेखि हुने प्रतियोगिताको मंगलवार टाइसिट सार्वजनिक भएको हो। जेठ १५ देखि २१ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ। ढोरपाटन स्पोर्टस् क्लबको व्यवस्थापनमा…
फिल्म 'ब्रम्हास्त्र'मा स्क्रिन सेयर गर्दैछन्, रणवीर कपुर र आलिया भट्ट। बलिउड रियल लाइफ जोडी पहिलोपटक एकसाथ सिल्भर स्क्रिनमा देखिन लागेका हुन्। यसको मौका जुराएका हुन्, निर्देशक आयान मुखर्जीले। प्रेम सम्बन्धको चर्चाका कारण गसिपको विषय बनेको यो जोडी फिल्मभन्दा अगाडि व्यवसायिक विज्ञापनहरुमा देखिने छन्। इन्डियाको चर्चित अनलाइन सपिङ वेबसाइट 'फ्लिपकार्ट'का लागि यी दुईले काम गर्ने भएका हुन्। फ्लिपकार्टको आधिकारिक सामाजिक सञ्जालमार्फत्…
काठमाडौँ : कप्तान पारस खड्का र सूर्य तामाङको घातक बलिङ मद्दतमा प्रदेश नम्बर ३ ले तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा दोस्रो जित हात पारेको छ। दुई खेलाडी मिलेर ८ विकेट लिएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। पारस र र सूर्यले ४-४ विकेट लिएपछि प्रदेश ३ ले प्रदेश ४ लाई १०८ रनमै अलआउट गरेको थियो। १०९…
घरेलु मैदानमा ४६ औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता सुरु हुनु करिब दुई साताको समय बाँकी रहँदा ब्राजिलको कप्तान परिवर्तन भएको छ। यसअघि कप्तान नेमारलाई हटाउँदै ब्राजिलियन फुटबल संघ (सीबीएफ) ले कोपा अमेरिकाका लागि डिफेण्डर डानी अल्भेजई नयाँ कप्तान चयन गरेको छ। 'डानिएल अल्भेजले कतार र होण्डुरोस विरुद्धको मैत्रीपूर्ण खेल र कोपा अमेरिकामा ब्राजिलको कप्तानी गर्नेछन्।' सीबीएफले जारी गरेको विज्ञप्तीमा उल्लेख…
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच खेल भइरहेको छ। समूह बी को यस खेलमा आर्मीले तीन खेलाडीको अर्धशतक मद्दतमा कर्णालीलाई २९१ रनको लक्ष्य दिएको छ। कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९० रन बनायो। आर्मीका ओपनरद्वय हरिकृष्ण झा…
काठमाडौंः प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता शंकर अधिकारीले जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका छन्। अधिकारी पार्टीका रौतहट जिल्ला इञ्चार्ज हुन्। उनले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका हुन्। ‘उहाँहरुले आइतबार आफैं आएर आत्मसमर्पण गर्नुभयो' ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए। अधिकारीसँगै देवराज घिमिरे र सन्दीप कार्कीले पनि आत्मसर्पण गरेका छन्। उनी गत शुक्रबार मात्र संगठित अपराध मुद्दामा धरौटीमा…
काठमाडौँ: भारतको लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बहुमतसहित जित हासिल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको तयारी भइरहेको छ। मोदीले पहिलोपटक प्रधानमन्त्रीको शपथ लिँदा सार्क राष्ट्रका सरकार प्रमुखलाई साक्षी राखेका थिए। नयाँ दिल्लीमा सार्क राष्ट्रका सरकार प्रमुखहरूको उपस्थितिमा शपथ लिएका उनले यस पटक पनि विदेशी सरकार प्रमुखको उपस्थितिमा शपथ लिने छन्। तर, यस पटक पाकिस्तानका प्रधानमन्त्री भने…
लमजुङः लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मध्यनेपाल नगरपालिका ३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनील साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ राख्नका लागि घरबाट करिब पाँच किलोमिटर टाढाको खेतमा गएको र राति अबेरसम्म पनि घर नर्फकिएपछि घरपरिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गर्दा सोमबार…
सिन्धुलीः जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित बरबोटेमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सोलुखुम्बु दूधकौशिका गाउँपालिका ६ का ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ का ४० वर्षीय रामबहादुर तामाङ र जीतबहादुर तामाङ रहेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। उनीहरुलाई आइतबार…
काठमाडौँ: आइतबार अपराह्न काठमाडौँमा शृङ्खलावद्ध विस्फोट भए। सुकेधारा, घट्टेकुलो र थानकोटमा भएका विस्फोटहरुमा चार जनाको ज्यान गयो। यी घटनाहरुमा ज्यान गुमाउने चार जना सर्वसाधारण नागरिक नभई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको सरकारद्वारा प्रतिबन्धित नेकपाका कार्यकर्ताहरु रहेको दावी संसदको रोष्ट्रमबाट गृहमन्त्री रामबहादुर थापाले सोमबार दिउँसो गरे। यसको पुष्टि साँझ विप्लव स्वयंले आफ्नो विज्ञप्तिबाट गरे। विज्ञप्तिमा विस्फोटमा ज्यान गुमाउने चार जनाको भूमिगत नाम…