PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • बारामा भेटियो हजारका नक्कली नेपाली नोट

    बारामा भेटियो हजारका नक्कली नेपाली नोट

    काठमाडौः प्रहरीले नक्कली नोटसहित एक जनलाई पक्राउ गरेको छ। गत बिहिवार बेलुका अस्थाई प्रहरी पोष्ट झुरझुरेबाट खटिएको टोलीले रौतहट मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनिया टोल बस्ने शिवदयाल महतोलाई नियन्त्रणमा लिएको हो। निजगढ तर्फबाट महतो चढेर आइरहेको ना ९ प ५४५२ नम्बरको मोटरसाइकल चेक गर्दा नक्कली नोट फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रन्जित सिंह राठौरले जानकारी दिए। महतोको साथबाट…

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको विजयी सुरुवात

    महिला बास्केटबल लिग : समृद्धि गोरिल्लाजको विजयी सुरुवात

    काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन पीडीसीएनको आयोजनामा आजबाट सुरु भएको क्वीकुस महिला बास्केटबल लिगमा समृद्धि गोरिल्लाज विजयी सुरुवात गरेको छ। राष्ट्रिय टिमकी कप्तान समेत रहेकी सदिना श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा गोरिल्लाजले विभागीय टोली नेपाल पुलिसलाई ४९-४६ ले पराजित गर्‍यो। टाइम्स इन्टरनेशनल कलेज, चारखालको बास्केटबल कोर्टमा भएको खेलमा पुलिसले पहिलो क्वाटर ६-५ र दोस्रो क्वाटर १८-१२ ले आफ्नो पक्षमा पार्दै २४-१७…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेटमा आज दुई खेल हुने

    विश्वकप क्रिकेटमा आज दुई खेल हुने

    १२औँ संस्करणको आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत आज दुई खेल हुँदैछ। इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा भइरहेको विश्वकप अन्तर्गत आज श्रीलंका र न्यूजिल्याण्ड तथा अष्ट्रेलिया र अफगानिस्तान बीच खेल हुनेछ। गत संस्करणको उपविजेता न्यूजिल्याण्डले श्रीलंकासँग वेल्सको कार्डिफमा खेल्नेछ। यो खेल नेपाली समयअनुसार दिँसो ३:१५ मा सुरु हुनेछ। यस्तै साविक विजेता अष्ट्रेलियाले अफगानिस्तानसँग इंग्ल्याण्डको ब्रिस्टोलमा खेल्नेछ। यो खेल बेलुका ६:१५ मा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय विदेश मन्त्री एस जयशंकरलाई ज्ञवालीको बधाई

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय नवनियुक्त विदेशमन्त्री एस जयशंकरलाई बधाई दिएका छन्। मन्त्री ज्ञवालीले आज शुभकामना सन्देश व्यक्त गर्दै समकक्षी एस जयशंकरलाई बधाई दिएका हुन्। उनले शुभकामना सन्देशमा जयशंकरको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुध हुने र द्वीपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री स्वदेश फिर्ताः मोदी र राष्ट्रपति कोविन्दलाई नेपाल भ्रमणको निम्ता

    प्रधानमन्त्री स्वदेश फिर्ताः मोदी र राष्ट्रपति कोविन्दलाई नेपाल भ्रमणको निम्ता

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओलीले यसबीच भारतको राजधानी नयाँ दिल्लीमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे। हैदरावाद हाउसमा भएको भेटमा दुई देशबीच यस अघि भएका सम्झौताहरुको कार्यान्वयन तथा पछिल्ला सहमति र प्रतिवद्धता अनुसार सम्बन्धलाई नयाँ उचाइमा पुराउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • शहिद स्मारक ए डिभिजन लिग मंसिरमा हुने

    शहिद स्मारक ए डिभिजन लिग मंसिरमा हुने

    काठमाडौं : यह वर्षको शहिद स्मारक ए डिभिजन लिग मंसिरमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको शुक्रवार बसेको कार्यसमिति बैठकले ए डिभिजन लिग मंसिर  १२ गतेदेखि  आयोजना गर्ने निर्णय गरेको हो। एन्फाले गत वर्ष रेलिगेसन नहुने लिग आयोजना गरेको थियो। यस्तै एन्फाले १० टिमको राष्ट्रिय लिग आयोजना गर्ने भएको छ। जसमा ए डिभिजन लिगको उत्कृष्ट ६ टिम र…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : पाकिस्तान १०५ रनमा अलआउट, वेष्ट इन्डिजको सहज जित

    विश्वकप क्रिकेट : पाकिस्तान १०५ रनमा अलआउट, वेष्ट इन्डिजको सहज जित

    आइसीसी विश्वक क्रिकेट २०१९ अन्तर्गत शुक्रवार भएको खेलमा वेष्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले सहजै पराजित गरेको छ। उत्कृष्ट बलिङ गर्दै पाकिस्तानलाई १०५ रनमा अलआउट गरेको वेष्ट इन्डिजले क्रिस गेलको अर्धशतक मद्दतमा १३.२ ओभर खेल्दै ३ विकेट गुमाएर १०८ रन बनाउदै लक्ष्य पूरा गरेको हो। ओपनर गेलले ३४ बल खेल्दै ६ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए। निकोलस पुरनले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप क्रिकेट : लगातार तीन खेल जित्दै एपीएफ सेमिफाइनलमा

    प्रधानमन्त्री कप क्रिकेट : लगातार तीन खेल जित्दै एपीएफ सेमिफाइनलमा

    काठमाडौँ : विभागीय टोली एपीएफ तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। शरद भेषाकरको अलराउण्ड प्रदर्शन मद्दतमा एपीएफले शुक्रवार भएको समूह ए को खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै तेस्रो जित हात पारेको हो। एनीएफले १२६ रनको लक्ष्य २३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। एपीएफका लागि ओपनर भेषाकरले ५४ बल खेल्दै ४ चौकाको मद्दमा…

    विस्तृतमा पढ्नुस्

  • महिला बास्केटबल लिग भोलिदेखि, ४ टिमले प्रतिस्पर्धा गर्ने

    महिला बास्केटबल लिग भोलिदेखि, ४ टिमले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ : प्ले फर डिप्राइभ्स चिल्ड्रेन पीडीसिएनले पहिलो पटक आयोजना गर्न लागेको महिला बास्केटबल लिग (डब्लुएनबीएल) भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ। आयोजक पीडीसिएनले शुक्रवार पत्रकार सम्मेलन गर्दै महिला बास्केटबल जेठ १८ देखि सुरु हुने जानकारी दिएको हो। पुरुषको लिग सञ्चालन गरिरहेको पीडीसिएनले महिला लिग गर्न लागको हो। 'पहिलो पटक महिला लिग आयोजना गर्दै छौँ। पुरुषहरुको लिग राम्रो भइरहेको छ। महिलाहरुको लिग…

    विस्तृतमा पढ्नुस्

  • प्रधामन्त्री कप क्रिकेट : सिद्धान्त लोहनीको अर्धशतक र पुष्प थापाको ६ विकेटमा प्रदेश १ को पहिलो जित

    प्रधामन्त्री कप क्रिकेट : सिद्धान्त लोहनीको अर्धशतक र पुष्प थापाको ६ विकेटमा प्रदेश १ को पहिलो जित

    काठमाडौँ : कप्तान पुष्प थापाले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले पहिलो जित हात पारेको छ। शुक्रवार भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले सिद्धान्त लोहनीको अर्धशतक र फिर्दोस अन्सारीको ४५ रन…

    विस्तृतमा पढ्नुस्

  • दीपेन्द्रसिंह ऐरी क्रिकेटिङ नेपालको ब्राण्ड एम्बेसेडर नियुक्त

    दीपेन्द्रसिंह ऐरी क्रिकेटिङ नेपालको ब्राण्ड एम्बेसेडर नियुक्त

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्स्म्यान दीपेन्द्र सिँह ऐरी क्रिकेटिङनेपालडटकमको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन्। शुक्रबार दीपेन्द्रलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको हो। दीपेन्द्र क्रिकेटिङनेपालसँग आगामी डिसेम्बरसम्म जोडिनेछन्। यस क्रममा दीपेन्द्रले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङनेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नेछन्। सन् २०१७ मा कीर्तिपुरमा भएको आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पिनयसीप अन्तर्गत केन्याबिरुद्धको खेलबाट डेब्यु गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा उमेश पटवाल

    नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा उमेश पटवाल

    काठमाडौं : पुबुदु दासानायकेले छाडेको तीन वर्षभन्दा बढी समयपछि नेपालको राष्ट्रिय क्रिकेट टिमले अर्को विदेशी प्रशिक्षक पाउने भएको छ। यसअघि नेपालको क्रिकेट टिमसँग काम गरिसकेका भारतका उमेश पटवाल नेपालको प्रशिक्षक बन्ने भएका हुन्। हाल जगत टमाटा नेपालको प्रशिक्षकका रुपमा छन्। अब उनको स्थान पटवालले लिनेछन्। उमेश पटवालसँग अहिले एक वर्षको लागि सम्झौता हुने राखेपका सदस्यसचिव केशव कुमार विष्टले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • जसरी अप्रत्यासित रुपमा संविधान रोक्न नेपाल आए, त्यसरी नै बने भारतको विदेश मन्त्री

    जसरी अप्रत्यासित रुपमा संविधान रोक्न नेपाल आए, त्यसरी नै बने भारतको विदेश मन्त्री

    सात वर्षको विभिन्न राजनीतिक उतारचढावपछि ड्राफ्ट भएको संविधान संविधानसभाले स्वीकृत गरेको ४८ घन्टापछि तत्कालिन भारतीय विदेश सचिव डा. सुब्रमन्यम जयशंकर अचानक नेपाल उत्रिए। अन्तिम समयमा संविधानमा भारतको असहमति प्रकट गर्न आएका उनी रित्तो हात फर्किन वाध्य भए। त्यतिखेर उनको केही पनि जोडबल लाग्न सकेन नेपालको राजनीतिमा। चाहेर वा नचाहेर तत्कालिन राजनीतिक नेतृत्वले जयशंकरलाई ‘फ्लप’ बनाइदियो। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : तीन नेपाली फिल्मको भिडन्त

    फ्राइडे रिलिज : तीन नेपाली फिल्मको भिडन्त

    काठमाडौं : आज शुक्रबार दीपक ओली निर्देशित ‘कुम्भकरण’, साम्राट सापकोटा निर्देशित ‘कप्स’ र मदन घिमिरेको ‘काउसो’ एकसाथ प्रदर्शन हुँदैछ। आकाश पल इन्टर्टेनमेन्टको ब्यानरमा निर्माण भएको कुम्भकरणमा निशा अधिकारी शिक्षिका र गौरव पहाडी शिक्षकका रुपमा देखिएका छन्। चलचित्रमा भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री र सुधव थापाको अभिनय छ। दीपक ओली निर्देशित चलचित्रलाई…

    विस्तृतमा पढ्नुस्

  • नेपालले गुमायो एक क्लिन बिजनेस पर्सानालिटी, थिए पूर्व राजा ज्ञानेन्द्रका बिजनेस पार्टनर

    नेपालले गुमायो एक क्लिन बिजनेस पर्सानालिटी, थिए पूर्व राजा ज्ञानेन्द्रका बिजनेस पार्टनर

    काठमाडौं : नेपालका पहिलो पुस्ताका उद्यमी प्रभाकर शम्शेर राणाको निधन भएको छ। उपचारकै क्रममा अमेरिकामा उनको निधन भएको हो। उनी ८४ वर्षका थिए।दरबारसँग व्यवसायिक साझेदारी कायम राखेर प्रतिष्ठित उद्यमीका रुपमा स्थापित भएका राणा सोल्टी होटल इमिरेट्सका अध्यक्षसमेत हुन्। उनकै नेतृत्वमा स्थापित भएका सेवा, उद्योग र व्यापार क्षेत्रसँग सम्बन्धित सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाल, भोटेकोशी जलविद्युत र अमरावती इन्टरनेशनल लगायतका…

    विस्तृतमा पढ्नुस्

  • भारतको जम्मू कश्मिरमा सुरक्षाकर्मी र आतंकवादी मुठभेड, दुई जनाको मृत्यु

    भारतको जम्मू कश्मिरमा सुरक्षाकर्मी र आतंकवादी मुठभेड, दुई जनाको मृत्यु

    भारतको जम्मू कश्मिरको सोपियन जिल्लामा सुरक्षाकर्मी र आतंकवादीहरुबीच मुठभेड हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवैजना आतंकवादी संगठनका लडाकु भएको एएनआइले जनाएको छ।   #UPDATE: One more terrorist has been neutralised in the encounter which broke out between terrorists and security forces in Dragad Sugan area of Shopian district earlier this morning. Operation is underway. #JammuAndKashmir https://t.co/yNlq3bV8f8 — ANI (@ANI)…

    विस्तृतमा पढ्नुस्

  • इटली फर्किए एन्टोनिओ कोन्टे, इन्टरको प्रशिक्षक नियुक्त

    इटली फर्किए एन्टोनिओ कोन्टे, इन्टरको प्रशिक्षक नियुक्त

    प्रशिक्षक एन्टोनिओ कोन्टेले फेरी इटालियन क्लबको प्रशिक्षण सम्हालेका छन्। प्रिमियर लिग क्लब चेल्सीको पूर्व म्यानेजर रहेका कोन्टे इन्टर मिलानको प्रशिक्षक नियुक्त भएका हुन्। उनले यसअघि इटलीमा एटलान्टा र युभेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन्। सन् २०११ देखि २०१३ सम्म उनकै प्रशिक्षणमा युभेन्ट्सले लगातार तीन पटक सिरी ए को उपाधि जितेको थियो। सन् २०१६ को युरोमा इटलीको प्रशिक्षक रहेका कोन्टे त्यसपछि चेल्सीको प्रशिक्षक…

    विस्तृतमा पढ्नुस्

  • 'हावाहुरीसहित पानी पर्ने सम्भावना'

    'हावाहुरीसहित पानी पर्ने सम्भावना'

    काठमाडौँः पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ। बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रि-मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद्…

    विस्तृतमा पढ्नुस्

  • अध्यागमनका अधिकृतको मासिक आय दुई लाखभन्दा बढी, दुई करोडको भ्रष्टाचार मुद्दा दायर

    अध्यागमनका अधिकृतको मासिक आय दुई लाखभन्दा बढी, दुई करोडको भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अढाई करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सेवामा बहाल रहेकै अवस्थामा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अर्यालविरुद्ध अख्तियारले मुद्दा चलाएको हो। सेवा प्रवेशपछिको सम्पत्ति विश्लेषणमा अख्तियारले अर्यालसँग कूल चार करोड ५६ लाख ८१ हजार ८४० रुपैयाँ सम्पत्ति मूल्याङ्कन गरेको छ। जसमा तलब…

    विस्तृतमा पढ्नुस्

  • यू-२० विश्वकप फुटबलमा नयाँ कीर्तिमान, नर्वेका हलान्डले गरे एकै खेलमा तेहोरो ह्याट्रिक

    यू-२० विश्वकप फुटबलमा नयाँ कीर्तिमान, नर्वेका हलान्डले गरे एकै खेलमा तेहोरो ह्याट्रिक

    पोल्याण्डमा भइरहेको फिफा यू-२० विश्वकप फुटबलमा नर्वे र एर्लिङ हलान्डले नयाँ कीर्तिमान बनाएका छन्। समूह सी अन्तर्गत गएराति भएको खेलमा नर्वेले होण्डुरोसलाई १२-० को फराकिलो अन्तरले पराजित गर्दा हलान्ड एक्लैले ९ गोल गरे। हलान्ड विश्वकपको एकै खेलमा तेहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि सन् १९९७ को यू-२० विश्वकपमा ब्राजिलका एडाइल्टनले ६ गोल गर्दै एकै खेलमा धेरै गोल गर्ने कीर्तिमान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell