धनगढी : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डीपीएल ३ को उपाधिका लागि दुई स्थानिय टिम सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड भिड्दैछन्। धनगढी क्रिकेट एकेडेमीद्वारा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रतियोगिताको फाइनल शनिवार हुँदैछ। दुवै टोली पहिलो पटक डीपीएलको फाइनल पुगेका हुन्। प्रतियोगिताअघि सबैभन्दा कमजोर टिम मानिएको अत्तरियाले एकरुपताको प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो। लिग चरणमा ५ मध्ये ४ खेल…
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीलाई युवा खेलाडी अनुबन्ध गर्दा नियम तोडेको भन्दै खेलाडी किनबेचमा दुई वर्षको प्रतिबन्ध लागेको छ । लण्डन क्लब चेल्सीले यसअघि युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको भन्दै दुई वर्षको प्रतिव्न लगाइएको हो। चेल्सीले अब २०२० को जनवरी अन्त्यसम्म खेलाडी किन्न र बेच्न पाउनेछैन। तर प्रिमियर लिग क्लबले भने यस बारेमा अपिल गर्ने जनाएको छ। चेल्सीलाई…
काठमाडौं: गायक बाबु बोगटीको नयाँ गीत सार्वजनिक भएको छ। उनले आफ्नो गीतहरुमा प्राय कोही महिलालाई सम्बोधन गरेको पाइन्छ। सान्नानी,जमुना,तुलशी,साली,कान्छी मोरी, गोरी जस्ता गीतहरु चर्चामा समेत आए। योपटक पनि उनले गीतमा कसैलाई सम्बोधन गरेका छन्। उनले आफ्नो नयाँ गीत तथा एल्बमको नाम 'टिकुली' दिएका हुन्। व्यक्तिगत युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट टाइटल गीत सार्वजनिक गरेका छन्। डान्सिङ नम्बरमा स्वर र संगीत…
काठमाडौः एक जेलरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। मकवानपुर भीमफेदी गाउँपालिका वडा छस्थित भीमफेदी कारागारका शाखा अधिकृत मदन अधिकारीलाई घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। अधिकृत अधिकारीले कार्यालयका चौकीदारसँग रकम माग गरी रकम नदिएमा अन्यत्र कारागारमा सरुवा गरिदिने भन्दै घुस मागेका थिए। शाखा अधिकृत अधिकारीलाई ७५ हजार रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको…
काठमाडौँ : अस्ट्रेलियामा पढ्न गएका १२ सय विद्यार्थी अलपत्र परेको समाचार सार्वजनिक भएपछि नेपालस्थित अस्ट्रेलियाली दूतावासले आज एक विज्ञप्ति सार्वजनिक गर्दै विद्यार्थीहरुलाई भिसाको शर्तहरु पालना गर्न अहिलेलाई त्यहीँ पढ्दै क्लासहरुमा गइराख्न सुझाव दिएको छ। अस्ट्रेलियन स्किल्स क्वालिटी अथोरिटीले अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबिटी) ले भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ र कमनवेल्थ रजिस्टर अफ इन्स्टिच्युसन्स एन्ड कोर्सेस फर ओभरसिज स्टुडेन्टस दर्ता…
काठमाडौः वीर अस्पतालको बन्दै गरेको भवनको लिफ्ट चुँडिदा दुई जनाको मृत्यु भएको छ। भवनमा काम गर्ने मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा सप्तरी जिल्लाका २० वर्षीय भूमिकुमार चौधरी र २५ वर्षीय नवीन कुमार चौधरी रहेको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी टेकुनान्द लिम्बुले जानकारी दिए। काम गर्ने क्रममा बिहीबार लिफ्ट चुँडिएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो। अन्य एक जना घाइतेको भने…
काठमाडौं : नेपाल वायु सेवा निगमको न्यारोबडी विमान मर्मतका लागि गरिएको टेन्डरमा प्रक्रिया मिचिएको भन्दै संसदले हस्तक्षप गरेको छ। संघीय संसदको सार्वजनिक लेखा समितिले टेन्डरमा प्रक्रिया मिचेर अनियमितता हुन सक्ने भन्दै हस्तक्षेप गरी प्रक्रिया रोकेको छ। आज बसेको समितिको बैठकले टेन्डर प्रक्रिया यथास्थापनमा राख्न निर्देशन दिएको छ। ‘निगमलाई हामीले निर्देशनसहित चिठी फ्याक्स गरेका छौं। टेन्डर प्रक्रिया जहाँ छ, त्यहीँ रोकेर राख्न…
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत तीन नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्महरु 'रुमालै छ चिनो', 'फिंगर प्रिन्ट' र 'ब्वाइफ्रेण्ड' प्रदर्शनमा आएका हुन्। दिनेश सिंह ठकुरीको निर्देशन रहेको ‘रुमालै छ चिनो’मा सुशान्त कार्की र अप्सना थापाको मुख्य भूमिका रहेको छ। त्यस्तै अन्य कलाकार किशोर खतिवडा, संचिता लुईंटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत लगायत कलकारको अभिनय रहेको…
भारतको नयाँ दिल्लीमा हुने आइएसएसएफ सुटिङ वर्ल्डकपको लागि पाकिस्तानी खेलाडीलाई भिजा नदिएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ओलम्पिक कोटा रद्ध गरेको छ। दिल्लीमा हुने वर्ल्डकपबाट सन् २०२० को टोकियो ओलम्पिकमा १६ खेलाडीको कोटा छुट्याइएको थियो। तर भारतले पाकिस्तानी खेलाडीलाई भिजा नदिएपछि आइओसीले उक्त कोटा रद्ध गरेको जानकारी गराएको छ। पाकिस्तानले इन्टरनेशनल सुटिङ स्पोर्ट्स फेडेरेसनलाई पत्र लेख्दै ओलम्पिक कोटा हटाउन आग्रह गरेपछि…
धनगढी : गत संस्करणको उपविजेता काठमाडौँ गोल्डेन्सले धनगढी प्रिमियर लिग डीपीएल ३ को क्वालिफायर्स बहिस्कार गरेको छ। आफ्नो विदेशी खेलाडी अंकित दबास इलेगल बलिङ एक्सनका कारण बलिङ गर्न प्रतिवन्धमा परेपछि काठमाडौँले डीपीएल बहिस्कार गर्दै क्वालिफायर्स नखेल्ने निर्णय गरेको हो। काठमाडौले नखेल्ने भएपछि महेन्द्रनगर युनाइटेड फाइनल प्रवेश गरेको छ। बिहीवार मात्र डीपीएलको टेक्निकल कमिटिले दबासको बलिङ एक्सल इलेगल पाइएको भन्दै बलिङ…
टोकियो: पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक अवतरण गरेको छ। हायाबुसा२ नाम दिइएको यस उपग्रहको मद्दतबाट जीवको उत्पत्ति र सौर्य प्रणालीका बारेमा महत्वपूर्ण जानकारी सङ्कलन गर्ने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन्। जापानी एरोस्पेश एजेन्सी (ज्याक्सा) का वैज्ञानिकहरुले हायाबुसा२ उपग्रह शुक्रबार सफलतापूर्वक छुद्रग्रहको सतहमा अवतरण गरेको बताएका छन्। छुद्रग्रहको सतहमा यान ओर्लिएको सूचना…
काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक सकिएको छ। बैठकले असहमतिकाबीच एकता सम्बन्धी बाँकी काम टुंग्याउन स्थायी कमिटी बैठकले गठन गरेको कार्यदललाई विघटन गर्ने निर्णय गरेको छ। शुक्रवार बिहान बसेको सचिवालय बैठकले एकीकरणका बाँकी काम सचिवालयले नै टुंग्याउने निर्णय गर्दै कार्यदल भङ्ग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘एकीकरणका काम बाँकी सचिवालयले…
मुम्बई: बलिउड अभिनेत्री दीपिका पादुकोणले राजनीतिमा आउने संकेत गरेकी छिन्। लोकमत महाराष्ट्रियन अफ द इयर २०१९ अवार्ड समारोहमा सम्मानित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दीपिकाले आफू उपयुक्त समयमा राजनीतिमा आउने संकेत गरेकी हुन्। राजनीतिमा कहिले आउने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्,‘मलाई राजनीतिबारे धेरै जानकारी छैन। तर अवसर मिल्यो भने म राजनीतिमा आउनेछु। स्वच्छ भारत मन्त्री बन्ने मेरो चाहना छ। मलाई सरसफाइ…
काठमाडौँ : उपत्यकाभित्र जथाभावी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गरिरहेको छ। २०७४ वैशाख १ गतेदेखि सुरु भएको हर्न निषेधित अभियान अन्तर्गत फागुन ९ गतेसम्म ३० हजार ४६८ सय ५० जनालाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ। आर्थिक वर्ष २०७३\७४ मा ९ हजार ६६३ जना चालक कारबाहीमा परेका छन्। आर्थिक वर्ष २०७४\७५ मा १५ हजार ४०५ जना र चालु आर्थिक वर्षको…
काठमाडौः दरबारमार्ग स्थित डेजाभु क्लबका सञ्चालक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सञ्चालक प्रवेश श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शिलाकारलाई बिहीबार साँझ नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरू विरुद्ध परिसरमा साढे २ करोड रुपैयाँ ठगी गरेको उजुरी दर्ता भएपछि पक्राउ गरिएको हो। क्लबका सञ्चालक मनोज श्रेष्ठविरुद्ध पनि प्रहरीमा केही समय अगाडि उजुरी परेको थियाे। श्रेष्ठको विरुद्धमा नेपाल…
काठमाडौँः नेपाल वायुसेवा निगमले सिनियर पाइलटसहित विभिन्न तहका १७४ जनशक्तिको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोक सेवा आयोगको स्वीकृतिमा निगमले शुक्रबार पदपूर्तिको सूचना प्रकाशित गरेको हो। सूचना अनुसार सिनियर क्याप्टेन १३ जना माग गरिएको छ। यस्तै, जुनियर क्याप्टेन १५ जना माग गरिएको छ। जुनियर को–पाइलट १३ जना माग गरिएको छ। यस्तै, प्रशासनतर्फ १० जना अधिकृत माग गरिएको छ। प्रशासनकै…
काठमाडौँ : बलरहरुले घातक बलिङ गरेपछि आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसिया मा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ। थाइल्याण्डमा भइरहेको ७ राष्ट्र सम्लितित एसिया रिजनल क्वालिफायरमा नेपालको यो दोस्रो जित हो। पहिलो खेलमा मलेसियालाई हराएको नेपालले दोस्रो खेलमा घरेलु टोली थाइल्याण्ड हार बेहोरेको थियो। यसअघि लगातार तीन खेल जितेको युएईको भने यो पहिलो हार हो। युएईले दिएको ४२…
काठमाडौँः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालयको बैठक स्थगित भएको छ। पार्टीको सांगठानिक एकताका बाँकी काम टुंग्याउन बनाइएको कार्यदलको म्याद थप गर्ने विषयमा हिजो बसेको सचिवालयको बैठकले निर्णय गर्न नसकेपछि शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको थियो। ने क पाका तर्फबाट ५ नं प्रदेशको प्रदेशसभामा निर्वाचित सांसद् उत्तरकुमार ओलीको निधन भएपछि बैठक सरेको हो। ओलीको शवलार्इ श्रद्धाञ्जलीका…
काठमाडौँ : बलरहरुले घातक बलिङ गरेपछि आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसिया मा नेपालले युएईलाई ४१ रनमै अलआउट गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाली बलरको घातक बलिङ सामु टिक्न नसक्दा १७.३ ओभरमा ४१ रनमा अलआउट भएको हो। नेपालको लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन्। युएईले १९ रनमै ६ विकेट गुमाएको थियो। सातौँ विकेटका लागि चमानी सेनेभिरत्न…
कञ्चन राज गिरी- प्रिय प्रधानमन्त्रीमन्त्रीज्यू, नमस्कार! सरकार गठनको १०० दिन पुग्दै गर्दा हजुरले भन्नुभयो "बच्चा पाउन त नौ महिना लाग्छ। अहिल्यै कहाँबाट ल्याउने रेल र पानीजहाज?" हामीले रेल र पानीजहाजमा त्यति जोड कहिल्यै गरेका थिएनौँ तर नमागेकै कुरा पुर्याइदिने मनकारी प्रधानमन्त्री पाएपछि दङ्ग पर्यौँ। हजुरको सरकार रेल र पानीजहाज मात्रै विकास हो भन्ने जबर्जस्त मानसिकता बनाएर बस्यो। भर्खरै सरकार गठनको…