काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार देशका ६ वटा प्रदेशका करिब २० जिल्लामा निजी मोबाइल सेवा प्रदायक एनसेलका टावर लक्षित गरी आक्रमण गर्नेको तत्वको पहिचान भइसकेको दावी गरेका छन्। आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले भने, ‘हालसम्म कसैले जिम्मेवारी लिएको त छैन। तर अहिलेसम्म प्राप्त अनुसन्धानको रिपोर्टले राज्यविरोधी, संविधानविरोधी शक्तिले गरेको बुझिएको छ।‘ उनले अझ स्पष्ट रुपमा…
काठमाडाैं: पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए। उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी…
मुम्बई: बलिउड अभिनेत्री सोनाक्षी सिन्हासहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। नयाँ दिल्लीमा आयोजित एक अवार्ड वितरण कार्यक्रममा सोनाक्षीले अग्रिम भुक्तानी लिएर उपस्थित नभएपछि आयोजकले ३२ लाख रुपैयाँ क्षतिपूर्ती माग्दै प्रहरीमा मुद्दा दर्ता गरेको हो। प्रहरीका अनुसार सोनाक्षीका साथै ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पंजाबी, धुमिल ठक्कर र एडगर सकारियाविरुद्ध मुद्दा परेको छ। आयोजकले दिल्लीमा इण्डिया फेशन एण्ड…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकमाथि कारबाही हुने दावी गरेका छन्। आइतबार संसदको विकास तथा प्रविधि समितिमा जवाफ दिँदै प्रमुख आयुक्त घिमिरेले भने, 'वरिष्ठ सहसचिवको नेतृत्वमा तीन सदस्यीय समितिले छानविन गरिरहेको छ, केही दिनमै सार्वजनिक हुन्छ। कारबाही हुन्छ।‘ घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकले केही दिन अगाडि राजीनामा दिएका…
हनोई : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको नक्कल गर्ने दुई जनालाई भियतनाम प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रम्प र किमबीच आगामी बुधवार र बिहीवार हुने दोस्रो शिखर बैठकको पूर्वसन्ध्यामा किमको अभिनय गर्ने हावर्ड एक्स र ट्रम्पजस्तै देखिने रसेल ह्वाइटलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको बीबीसीले जनाएको छ। सोधपुछपछि उनीहरुलाई रिहा गरिएको छ। हनोईमा किम–ट्रम्प बैठकको नाटकीय…
काठमाडौं: संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ। आज बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सांसदको कोरम नपुग्दा स्थगित गरिएको हो। बैठकले मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षहरूको सुनुवाइ गर्ने कार्यसूची थियो। संवैधानिक परिषद्ले मधेसी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम सिफारिस गरेको थियो।
बेइजिङ: उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने दोस्रो शिखर बैठकका लागि किम शनिबार राती चिनियाँ सीमा सहर दानडोङ्गबाट हरियो रेल चढेर भियतनामको राजधानी हनोईतर्फ प्रस्थान गरेका हुन्। उत्तर कोरियाली नेताको भ्रमण दलमा उनकी बहिनी किम यो जोङ र पूर्व जनरल किम योङ चोल रहेको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीच हनोईमा फेब्रअरी…
फिल्म 'गल्ली ब्वाइ' प्रदर्शनरत् छ। फिल्मले बक्सअफिस साथै समीक्षात्मक रुपमा पनि राम्रो गरिरहेको छ। फिल्मका कारण समीक्षा, सामाजिक सञ्जालदेखि चर्चामा रहे फिल्मका मुख्य दुई कलाकार रणविर सिंह र सिद्धान्त चतुरवेदी। सिद्धान्तको यो डेब्यु फिल्म हो। पहिलो फिल्ममा डिजे एमसी सेर बनेर उनले कमाएको चर्चा रोचक लाग्छ। यस्तोमा उनी नयाँ फिल्मका लागि अनुबन्धित भएको खबर सार्वजनिक भयो। बलिउड हंगामाले जनाए अनुसार…
मेलवादेवी, कोइलीदेवी, तारादेवी, हीरादेवी ‘पलेँटी’को नयाँ संस्करण गायनका यिनै देवीहरु लगायतको सम्झनाबाट सुरु भयो। गायिका मीरा निरौलाले नेपालकी पहिलो रेकर्डेड गायिका मेलवादेवीदेखि आफ्नै मणिपुरी गीतसम्म १७ वटा गीत गाइन्। हार्मोनियममा साथ दिएका संगीतकर्मी आभाषले हरेक गीत र गायिकासँग जोडिएका संस्करण दर्शकसँग साटे। शुक्रबार र शनिबार नेपालयको आरशालाको सांगीतिक माहोलले धेरैलाई नोस्टालजीयामा पुर्यायो। रेडियो नेपालमा पहिलोपटक सुनेको गीतदेखि, त्यो समयमा चलेका…
किलिएन एम्बाप्पे फ्रेन्च लिगमा वानमा ५० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बन्दा पेरिस सेन्ट जर्मन (पिएसजी)ले निम्स विरुद्ध सहज जित हात पारेको छ। एम्बाप्पेले दुई गोल गरेपछि पिएसजीले गएराती लिग वानमा निम्सलाई ३-० ले पराजित गरेको हो। जितपछि लिग लिडर पिएसजीले दोस्रो स्थानको लिनेमाथि १७ अंकको अग्रता समेत बनाएको छ। लिव वानको पछिल्लो ४५ वर्षीय इतिहासमा एम्बाप्पे ५० गोल…
काठमाडौँः नेपाल प्रहरीले ६४ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा समितिको बैठकले शनिबार गरेको निर्णय अनुसार हरि खतिवडा पहिलो नम्बरमा सिफारिस भएका छन्। खड्काले ९८ दशमलव २५ छ अंक पाएका छन्। त्यस्तै दोस्रो नम्बरमा मञ्जिल मुकारुङ, तेस्रोमा जागेश्वर भण्डारी रहेका छन्। मुकारुङ र भण्डारीले क्रमश ९७ दशमलव २५ र ९६ दशमलव ८३ अंक प्राप्त गरेका छन्। हेर्नुस् सूची
लियोनल मेसीले करियरको ५०औँ ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले ला लिगामा सेभिया विरुद्ध पुनरागमन जित हात पारेको छ। मेसीले ह्याट्रिक गर्नुका साथै एक गोलको लागि सहयोग गरेपछि बार्सिलोनाले सेभियालाई उसैको मैदानमा ४-२ ले पराजित गरेको हो। पहिलो हाफमै २-१ ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। बार्सिलोना दुई पटक पछि पर्दा दुवै पटक मेसीले बराबरी गोल फर्काए भने बार्सिलोनाले…
काठमाडौँ : आगामी चैत १ देखि ९ गतेसम्म हुने नेपालकै पहिलो महिला टी २० लिगको लागि खेलाडी दर्ता प्रकिया सुरु भएको छ। एनसिएल स्पोर्टसको आयोजना हुने एनसिएल टी २० वुमन्स लिगका लागि फागुन १० देखि १८ गतेसम्म खेलाडिले नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। पहिलो पटक महिला क्रिकेटमा अक्सनबाट टिम बनाइने यस लिगमा चार शहरको ४ टिमले प्रतिस्पर्धा गर्नेछन्।…
प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको टोटनहम हट्सपर बर्नलीसँग पराजित भएको छ। शनिवार भएको खेलमा बर्नलीले टोटनहमलाई घरेलु मैदानमा २-१ ले पराजित गरेको हो। बर्नलीका लागि क्रिस उडले ५७औँ र एस्ले बार्न्सले ८३औँ मिनेटमा गोल गरे। टोटनहमका लागि ६५औँ मिनेटमा ह्यारी केनले गोल गरेका थिए। हारपछि टोटनहमले म्यानचेष्टर सिटी र लिभरपुलसँग अंकदूरी कम गर्ने मौका गुमाएको छ। २७ खेलबाट ६५ अंक…
पाकिस्तान सुपर लिग पीएसलमा नेपालका सन्दीप लामिछानेले किफायती बलिङ प्रदर्शन गर्दा लाहोर कलन्दर्स भने अन्तिम बलमा पराजित भएको छ। अघिल्लो दिन डेविड वाइजले अन्तिम बलमा छक्का प्रहार गर्दै लाहोरलाई मुल्तान सुल्तान विरुद्ध जित दिलाएका थिए तर शनिवार क्वेट्टा ग्लाडिएटर्स विरुद्धको खेलमा भने उनै वाइजले अन्तिम बलमा छक्का खर्चिएपछि लाहोर ३ विकेटले पराजित भयो। अन्तिम ओभरमा क्वेट्टलाई ६ बलमा ७ रन…
मेरी बास्सैका हाँस्यकलाकार राजु पौडेल अर्थात मेरी बास्सैका राजु मास्टरको फेसबुक ह्याक भयो। विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबुक ह्याक भएपछि उनी प्रहरीमा उजुरी दिन पुगे। पौडेलले आफ्नो फेसवुक शुक्रबार वेलुकी ६ बजेदेखि ह्याक भएको बताएका छन्। ह्याकरले फेसबुकमार्फत विभिन्न अश्लिल दृश्यहरु पोष्ट गरेपछि पौडेल प्रहरीको टेकुस्थित कार्यालय पुगेर उजुरी दर्ता गरेका हुन्। विद्युतिय कारोवार ऐन अन्र्तगत छानविन गरी…
काठमाडौँ : पाँच वटा प्रदेशका नौ वटा जिल्लाहरुमा रहेका एनसेल टावर र भवनमा फागुन १० गते राति एकैसाथ आक्रमण भएको छ। आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि दल वा समूहले लिएको छैन। शुक्रबार राति प्रदेश २, प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका टावरहरुमा आक्रमण गरिएको थियो। त्यसमध्ये ललितपुरको नख्खुस्थित एनसेल कार्यालय भवन बाहिर भएको विस्फोटमा हालसम्म एक जनाको…
अफगानिस्तानले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन नयाँ रेकर्ड बनाएको छ। आयरल्याण्ड विरुद्धको टी २० अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानले टी २० कै सर्वाधिक स्कोर बनायो भने पहिलो विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारी मसेत गर्यो। देहदुरानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७८ रन बनाउँदै अष्ट्रेलियाको रेकर्ड ब्रेक गर्यो। यसअघि अष्ट्रेलियाले २०१६ मा श्रीलंका विरुद्ध…
ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटबाहिर शुक्रबार राति ८ बजेतिर एउटा ठूलो विस्फोट भयो। घटनाको २४ घण्टासम्ममा के के भयो? हेर्नुस् प्रवीण रानाभाटले खिचेका २५ फोटोहरु
काठमाडौँ : अभिषेक रिजालले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि नेपालको एन्फा यू २१ टिमले भारतमा भइरहेको क्षेत्रिय प्रतियोगितामा दोस्रो जित हात पारेको छ। भारतको गुहावटीमा भइरहेको डक्टर टीएओ नर्थ इस्ट इन्टरनेशनल (यू २१) गोल्डकपमा शनिवार एन्फा यू-२१ टोलीले मनिपुरलाई ३-१ ले पराजित गरेको हो। एसएआई स्टेडियममा भइएको खेलमा एन्फा यू २१ का लागि अभिषेक रिजालले पहिलो हाफको १९औँ र ३०औँ…