वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा ‘सन्तोषजनक प्रगति’ भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन्। दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए। ‘अर्को दुई साताभित्रै ‘निकै ठूलो समाचार’ आउनेछ’, ट्रम्पले भने। वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित…
विराटनगरः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गैरजिम्मेवार अभिव्यक्ति नदिन पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। प्रेस युनियन मोरङ शाखाद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले पार्टी सभापति देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको बताए। फागुन ५ गते पर्साको वीरगञ्जमा जिपी कोइराला फउण्डेसनको कार्यक्रममा शेखरले सभापति देउवाको कडा आलोचना गरेका थिए। कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष सुजाता कोइराला,…
काठमाडौं : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयक विरुद्ध आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) र सरकारपक्षको वार्ता विना निष्कर्ष टुंगिएको छ। आज स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, मन्त्रालयका सचिव र गोदानका प्रतिनिधिबीच वार्ता भएको थियो। यसअघि पनि दुई पक्षबीच भएका पटक पटकका वार्ता विना निष्कर्ष टुंगिएका थिए। वार्ता विना निष्कर्ष टुंगिएपछि गोदानले आन्दोलन जारी राखेको छ। उसले तत्काल माग पूरा नगरे आगामी बुधवारदेखि…
नयाँ दिल्ली– पाकिस्तानको सत्तारुढ दल तहरीक ए इन्साफ (पीटीआई) का एक हिन्दू सांसद भारत आएका छन्। काश्मिरको पुलवामा घटनाले भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला सांसद रमेश कुमार वंकवानीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका छन्। वंकवानी प्रयागराजमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन भारत आएका थिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि संक्षिप्त भेट भएको बताएका छन्। विदेशमन्त्री स्वराजसँगको भेटमा आफूले…
चर्चित खेल पब्जीलाई शीर्षक बनाएर नेपाली गीत बनेको छ। 'पिरतीको पब्जी' बोलको गीत भिडियोसहित युट्युब रिलिज गरिएको हो। डीपी खनालको शब्द रहेको गीतमा स्वर तथा संगीत संजय उपमान्य पाण्डेको रहेको छ। पब्जी खेलकै शैलीसँग मिल्दो भनिएको म्युजिक भिडियोमा सुनील परियार र रिता योञ्जन फिचर्ड छन्। सूर्य योञ्जनले निर्देशन गरेको म्युजिक भिडियोलाई पवन सुस्लिंगले खिचेका हुन्। भिडियोमा ग्रूव्य ब्वाइजको कोरियोग्राफी रहेको…
काठमाडौं : सूर्यविनायक नगरपालिका ८ आदर्श चोक बस्ने २६ वर्षीय निकेश भुजु शुक्रबार बिहानै घरबाट निस्किए। उनीसँगै थिए पाँच वर्षीय छोरा। छोराको कपाल काट्न भन्दै निस्किएका भुजु मध्याह्न हुँदासम्म पनि घर फर्किएनन्। बा ५ च ६४२१ नम्बरको भ्यान चलाएर चाँडै आउँछु भनेर गएका श्रीमान् र छोरा नआएपछि श्रीमती बेचैन भइन्। उनले मोबाइलमा सम्पर्क गर्न खोजिन्। उताबाट जवाफ आयो, ’तपाईँले सम्पर्क गर्न…
काठमाडौँः ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो। महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारबाही गरेको छ। ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त,…
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाभियान अभियन्ताका रुपमा नियुक्त भएका छन्। वन तथा वातावरण मन्त्रालयको फागुन ७ मा बसेको मन्त्रीस्तरीय निर्णयमार्फत् उनीहरु अभियान्ता चुनिएका हुन्। उनीहरुले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनामूलक कार्यक्रमहरु गर्नेछन्। मन्त्रालयले उनीहरुलाई एक वर्षका लागि मनोनयन दिएको हो। केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मानले…
रोल्पाः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि रु पाँच लाख सहयोग गरेका छन्। रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले स्थापना गरेको रु एक करोडको अक्षयकोषका लागि मन्त्री पुनले सो रकम सहयोग गरेका हुन्। विसं २०४२ देखि आफूले माध्यमिक तहमा अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको…
सत्याकृत ब्याण्डको नयाँ गीति भिडियो सार्वजनिक भएको छ। शिवरात्रीको अवसर पारेर ‘आउ फर्केर’ बोलको म्युजिक भिडियो युट्युब रिलिज गरेको हो। प्रजित लामाले स्वर दिएको गीतमा श्री हजुरको शब्द रहेको छ। जसलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन्। 'आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजका लागि आफ्नै सनातन भावले सु–सज्जित गीत प्रस्तुत गरेका हौं', ब्यान्डका निर्देशकले भने,'गीतले हाम्रो मौलिक, बैदिक संस्कृति…
धादिङः आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ। एक महिला घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बा २० च ६२२१ नम्बरको बोलेरो जीप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का…
उर्लाबारीः मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडकखण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए। ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको…
काठमाडौँः वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका सिन्धुपाल्चोक शिखरपुरका भीमप्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नयाँ बानेश्वरबाट दाहाललाई पक्राउ गरेको हो। इजाजतपत्र बिनै रोजगारीको लागि दक्षिण कोरिया पठाइदिने भन्दै हेमलाल गौतमबाट तीन लाख ५० हजार रुपैयाँ लिई फिर्ता नगरेको अभियोग दाहालमाथि लागेको थियो। ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको २०७४ पुस ३० गते उनलाई एक लाख ५० हजार…
इंग्लिस लिग कप (काराबाओ कप) को उपाधि म्यानचेष्टर सिटीले जितेको छ। गएराती भएको फाइनलमा लण्डन क्लब चेल्सीलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै सिटीले उपाधि जितेको हो। वेम्लीमा भएको खेलमा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा पनि कुनै टोलीबाट गोल भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो। पेनाल्टीमा सिटीका चार खेलाडीले गोल गर्दा चेल्सीका तीन खेलाडीले मात्र गोल गर्न…
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिड र रियल मड्रिड विजयी भएका छन्। एट्लेटिकोले घरेलु मैदानमा भियारियालाई २-० ले पराजित गर्यो। एट्लेटिकोका लागि ३१औँ मिनेटमा अल्भारो कोराटा र ८८औँ मिनेटमा सउल निगेजले गोल गरे। उता वैकल्पिक खेलाडी गारेथ बेलले भिएआरको सहयोगमा पेनाल्टीमा गोल गरेपछि दश खेलाडीको रियलले लेभान्टेमाथि २-१ को जित हात पारेको हो। लेभान्टेको घरेलु मैदान करिम…
काठमाडौँः उपप्रधान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’सम्बन्धी चौथो सम्मेलनमा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयमा छलफल गर्ने ध्येयले आयोजित सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री, स्वास्थ्य क्षेत्रका नीति निर्माता, विज्ञ सहभागिता रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीन दिनसम्म चल्ने सो सम्मेलनमा पहिलो…
काठमाडौँः सर्वोच्च अदालतले चार्ल्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो। अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का रूपमा परिचित शोभराज ७० वर्ष पुगेको हुनाले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५…
काठमाडौँः डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका रसुवाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य प्रेम तामाङ आज कांग्रेस प्रवेश गर्दैछन्। तामाङ रसुवा (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। तामाङसँगै नयाँ शक्तिका रसुवा संयोजक फुर्बा वाङ्दी लामा पनि कांग्रेस प्रवेश गर्न लागेका हुन्। फुर्बाले सामूहिक रुपमा कांग्रेस प्रवेश गर्न लागेको बताए। यस्तै, आमा छोदिङमा गाउँपालिकाका प्रमुख बुचुङ तामाङ कांग्रेसमा प्रवेश गर्ने बताइएको छ। उनीहरुसँगै…
बंगलादेशी सेनाका कमान्डोहरुले अपहरण गर्ने प्रयास भएको यात्रुवाहक विमानभित्र पसी अपरेसन गर्दै अपहरण गर्न खोज्नेलाई गोली हानी मारेको छ। सेनाका प्रवक्ता मोतिउर रहमानले भने, हाम्रो कमान्डो टिमले अपहरणकारीलाई आत्मसमर्पण गर्न भनेको थियो। तर उनले अस्वीकार गरी आक्रामक भएपछि गोली हानिएको थियो।' १ सय ४२ जना यात्रु चढेको बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडेको यात्रुवाहक विमान अपहरण गर्ने प्रयास आइतबार राति असफल पारिएको…
सन् २०१९ का लागि मिस नेपाल प्रतियोगिता घोषणा भएको छ। ‘द हिडन ट्रेजर’ले आइतबार पत्रकार सम्मेलन आयोजना आगामी संस्करणका लागि आवेदन आह्वान गरेको हो। मिस नेपाल २०१९ प्रतियोगिताको २५ औं संस्करण हो। कार्यक्रममा आयोजक संस्था द हिडज ट्रेजर प्रमुख गोपाल सुन्दरलाल कक्षपतिले मिस नेपाल नेपालका लागि ऐतिहासिक सौन्दर्य प्रतियोगिता बन्न सक्ने आशा व्यक्त गरे। भने,’हामीले संघर्ष र त्यागको पच्चिस वर्ष…