नयाँ दिल्ली : भारतले फेब्रुअरी १४ मा पुलवामा आक्रमणको जवाफ स्वरुप आज बिहानै पाकिस्तानमा रहेको जैश ए मोहम्मदको क्याम्पमा आक्रमण गरेको दावी गरेको छ। भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई 'सर्जिकल स्ट्राइक' का बारे जानकारी दिएपछि नयाँ दिल्लीमा आक्रमणबारे संचार माध्यमहरुलाई ब्रिफिङ गरिएको छ। ब्रिफिङमा भारतको विदेश सचिव विजय गोखलेले जैश ए मोहम्मदबाट फेरि आत्मघाती आक्रमण गर्ने…
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन समारोहमा नाटक 'रेप मेसिन' मञ्चन भयो। नाटकको अन्तिम दृश्यमा प्लास्टिकले ढाकिएका पात्र खाडल खन्दै हुन्छ। त्यो खाडलमा भर्खरै बलात्कृतको लास पुरिँदै छ। उभिइरहेका बलात्कारीहरूको अनुहारमा त्यसैले कुनै हिनताबोध छैन। बरु गर्व देखिन्छ। पुर्नेको आँखामा कुनै प्रश्न छैन। उसले घटनाको बेवास्ता गर्छ। समाजमा महिलाको अवस्था, उनीहरुले भोग्न परेको पीडाहरुको विभिन्न श्रृङ्खलासँगै जोडिन्छ यो दृश्य। नाटकले हाम्रो…
काठमाडौं : केन्द्रीय कारागारमा रहेका कैदी बन्दीहरुले बुनेको कपडा विक्री वितरणको व्यवस्था मिलाउन सांसदले माग गरेका छन्। मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा सांसद माया देवीले कैदीबन्दीद्वारा बुनिएको कपडा विक्रीको व्यवस्था मिलाउन सरकारसँग माग गरिन्। ‘केन्द्रीय कारागारका कैदीहरुले बुनेका लाखौंको कपडा अलपत्र छ।’ उनले भनिन्,‘हामीले विदेशबाट करोडौंको कपडा मगाउँछौं तर हाम्रो कैदीले बुनेको कपडा अलपत्र छ। उनीहरुले बुनेको कपडा यथाशिघ्र विक्री…
भारतको एक गाउँमा स्यानिटरी प्याड बनाउने महिलाको जीवनमाथि बनेको डकुमेन्ट्रीले अस्कर अवार्ड जितेको छ। 'पिरियड: इन्ड अफ सेन्टेन्स'ले बेस्ट डकुमेन्ट्री सर्ट सब्जेक्ट विधामा अवार्ड पाएको हो। २५ मिनेट लामो डकुमेन्ट्रीले दिल्लीबाट ११५ किलोमिटर हापुड जिल्लामा स्यानिटरी प्याड बनाउने महिलाहरुको कथा भन्छ। फिल्मलाई इरानी मुलकी अमेरिकी निर्देशक रायका जेहताब्जीले बनाएकी हुन्। एक्सन इन्डिया नामक संस्थाको नेतृत्वमा शुरु भएको प्याड उत्पादनमा अहिले…
काठमाडौँः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने गरी विधेयक प्रस्ताव गरिएको भन्दै आलोचना गरिएको सूचना प्रविधि विधेयकमा आठ वटा संशोधन दर्ता भएका छन्। प्रतिपक्ष दल नेपाली काँग्रेसका १४ सांसद्ले विधेयकमा संयुक्त संशोधन दर्ता गरेका छन्। जसमा सामाजिक सञ्जाल दर्ता हटाउनेदेखि साइबर बुलिङको प्रस्तावित व्यवस्था खारेजीको मागसम्म गरिएको छ। काँग्रेसका गगनकुमार थापा, बहादुरसिंह लामा, रंगमती शाही, सञ्जय गौतम, डिला संग्रौला, पुष्पा भुसाल,…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो ऐतिहासिक शिखर वार्तामा सहभागी हुन उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम पुगेका छन्। पहिलो ऐतिहासिक शिखर वार्ता गत वर्ष सिङ्गापुरमा सम्पन्न भएको थियो। हरियो र पहेँलो रङको रेलबाट दोङदाङमा रेल्वे स्टेशनमा उत्रिएका हुन्। रेलबाट ओर्लिएर किम कारमा चढेका छन्। सडक मार्गबाट नै किम भियतनामको राजधानी हनोई पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। फेब्रुअरी २७ र…
दार्चुलाः दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए। खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए। नौगाड–४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र…
काठमाडौँः शहरी विकास मन्त्रालयले नयाँ बानेश्वरस्थित संसद् भवनमा परिसरमा नयाँ चमेनागृह निर्माण सुरु गरेको छ। शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सोमबार भवनको शिलान्यास गरे। ९ सय ८३ स्क्वायर मिटर क्षेत्रफलमा निर्माण हुन लागेको चमेनागृहमा एक सय ८६ जना क्षमताको डायनिङ हल बन्नेछ। चमेनागृहमा मुस्लिम समुदायका लागि हलाल खाना बनाउन छुट्टै भान्छाघरको व्यवस्था हुनेछ। कुल दुई करोड ७८ लाखमा निर्माण…
काठमाडौँः चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका–१७ का जागिर अन्सारीलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। डाईजोपाम १५२ एम्पुल, फेनारगन १५० एम्पुल र नोर्फिन १४८ एम्पुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो। वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २८३५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। नागढुङ्गाबाटै बुटवल उपमहानगरपालिका–१२ का २५ वर्षीय किसन छन्त्याललाई…
काठमाडौं : सोमबार साँझ मण्डला थिएटरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार कलाकारहरुको भएको र आफू कलाप्रेमी रहेको बताए। नेपालीमा मन्तव्य दिइरहेका उनले अन्त्यतिर अन्तर्राष्ट्रिय सहभागी एवं दर्शकलाई सम्बोधन गर्दै अङ्ग्रेजीमा भने,’दिस इज अ गभर्मेन्ट अफ आर्टिस्ट एण्ड पिएम इज एन आर्ट लभर।‘ उनले आउँदो आर्थिक वर्षदेखि नै नाट्य विधाका लागि बजेट छुट्याउने…
काठमाडौँ : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसिया) अन्तर्गत बुधवार लिग चरणका अन्तिम तीन खेल हुँदैछ। सात राष्ट्र सहभागि यस क्वालिफायरमा भोली हुने दुई खेल तीन टोलीको लागि महत्वपूर्ण रहेको छ। यस प्रतियोगिताबाट अंकतालिकाको शीर्ष स्थानमा रहने एक टोली मात्र अर्को चरण अर्थात ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछ। त्यो पनि एउटा नभएर दुई वर्ल्ड कपको लागि। भोलीको खेलहरुपछि एक…
काठमाडौँ : भारतले आफ्नो भूमि हुँदै नेपाल आउनका लागि भिसा नदिएपछि नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन आउन लागेको बंगलादेशी नाट्य टोली भारतबाट फर्कन परेको छ। बिवर्तन नाटक समूह ‘मात्ब्रिङ’ मञ्चनका लागि भारत हुँदै नेपाल आउँदै थियो। बसमार्फत आउँदै गरेको २२ जनाको टोलीलाई आइतबार भिसा दिइएन। ढाकाबाट २०६ किलोमिटर टाढाको सहर जेसरको नाटक मार्च ३ का दिन काठमाडौँको शिल्पी थिएटरमा मञ्चन हुँदै…
काठमाडौँ : भारतको गुहावाटीमा भइरहको दोस्रो डक्कर टी एओ नर्थ इस्ट इन्टरनेशनल गोल्डकप (यू-२१) मा नेपालको एन्फा यू-२१ टोलीले अन्तिम खेल जितेको छ। समूह बी अन्तर्गत खेलमा एन्फा टोली भारतको नागाल्याण्डलाई ४-१ ले हरायो। एनएलआइपिइ स्टेडियममा सोमवार भएको खेलमा नेपालका लागि रेजिन सुब्बा र अभिषेक रिजालले दुई-दुई गोल गरे। नियमित कप्तान छिरिङ गुरुङ पहिलो रोजाईँमा नपरेपछि अभिषेकले एन्फा यू २१…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले मान्यता नदिएपनि नेपालमा मोफसलको गोल्डकप खेलिरहेको क्यामरुनको दाउफिन्स फुटबल क्लबले यस सिजन तेस्रो नकआउट गोल्डकपको उपाधि जितेको छ। दाउफिन्सले सोमवार नेपाल पुलिसलाई सडनडेथमा पराजित गर्दै २१औँ तिलोत्तमा गोल्डकपको उपाधि जितेको हो। क्यामरुनी क्लबले यसअघि धरानमा बुढासुब्बा गोल्डकप र पोखरामा मनकामना केवलकार कपको उपाधि जितेको थियो। सुरुमा सुदूरपश्चिम खप्तड गोल्डकप खेल्न आएको दाउफिन्सले त्यसपछि…
रसुवा : नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले झापामा केपी ओली संलग्न तत्कालिन मालेले सुरु गरेको हिंसात्मक द्धन्दलाई प्रचण्डले बढावा दिए अनि अहिले दुवै नेताले नेतृत्व गरेको सरकारले विप्लवको हिंसात्मक द्धन्दलाई रोक्न नखोज्नु रहस्यमय विषय भएको बताएका छन्। रसुवामा नयाँ शक्ति नेपालका प्रदेश सांसद सहितको टोली नेपाली कांग्रेसमा प्रवेश कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्टहरुले हिंसा रोक्न नखोज्नु रहस्यमय भएको बताए। उनले भने–‘केपी…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको शहिद स्मारक बी डिभिजन लिगको पहिलो चरणका खेलहरु सकिएका छन्। पहिलो चरणको खेलपछि समूह ए बाट दुई र समूह बी बाट दूई गरी कूल चार क्लब अन्तिम चरणमा छनोट भएका छन्। सोमवार एन्फा कम्प्लेक्समा भएको खेलमा नयाँ बस्ती युवा क्लबलाई ३-१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब समूह ए को विजेता…
काठमाडौँ : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसियामा नेपालले चौथो जित हात पारेको छ। सोमवार भएको खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गर्दै जम्मा ७७ रन बनाएको थियो। जवाफमा नेपाललाई लक्ष्य जोगाउन समेत कठिन परेको थियो। साइयसन झोउ र झाङ मेइले चौथो विकेटका लागि ३८ रनको साझेदारी गर्दै…
फिल्म 'पुरानो बुलेट'को वर्ल्ड प्रिमियर भएको छ। हङकङस्थित याउ माइ तेइ हलमा फिल्मको पहिलो सो सम्पन भएको हो। ‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ आयोजित सोमा उल्लेखनीय दर्शकको उपस्थिति रहेको बताइयो। आयोजकमध्यका मज्जाको राईले भने,'मनोरञ्जनसहित हाम्रो परिवेशको कथा हेर्न पाउँदा खुशी छौं।' फिल्ममा कलाकार अनुपबिक्रम शाही, अभिनेत्री वर्षा शिवाकोटी र माला लिम्बुको कामलाई दर्शकले तारिफ दिएका छन्। फिल्म…
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र संघीयताबारे जनमत संग्रहको माग गरेका छन्। रिपोर्टर्स क्लबद्वारा सोमवार आयोजित साक्षात्कारमा अध्यक्ष थापाले राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने व्यवस्था कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने बताए। गणतन्त्रले बेथिती मात्रै बढाएको भन्दै नेता थापाले अब देशमा लोकतन्त्रसहितको राजसंस्थाको आवश्यकता रहेको बताए। यी…
काठमाडाैं: अमेरिकी रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने बताएका छन्। भेनेजुएला प्रकरणले नेपाल-अमेरिका सम्बन्धमा तनावकाे अवस्था सिर्जना भएकाे खबरहरू आइरहेका बेला नेपाल भ्रमणमा आएका मन्त्री फेल्टरले साेमवार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी नेपालमा अमेरिकी सहयाेगले निरन्तरता पाउने बताएका हुन्। सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास…