काठमाडौं : पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेलगत्तै सरकारले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएको छ। आज ११:३० बजे ६ यात्रुसहित उडेको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको छ। दुर्घटनामा मानवीय क्षति भए नभएको अझै जानकारी आइसककेको छैन। बालुवाटारमा आकस्मिक बैठक डाकिएको हो।
काठमाडौं : पर्यटन मन्त्री रवीन्द्र अधिकारी उडेको एयर डाइनेस्टीको विमान दुर्घटना भएको छ। मन्त्रीसँगै अन्य ५ जना पनि हेलिकप्टरमा थिए। ताप्लेजुङको पाथिभरा मन्दिर नजिकै दुर्घटना भएको गृह मन्त्रालय स्रोतले जनाएको छ। रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ छिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए। उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक हुन्। हेलिकप्टरमा युवराज दाहाल पनि थिए। उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्।…
काठमाडौं : अभिनेता अनमोल केसी अभिनित फिल्म 'क्याप्टेन'को प्रदर्शन मिति फागुन १७ हो। त्यसलगतै चैत २९ मा अनमोलको अर्को फिल्म 'ए मेरो हजुर ३' प्रदर्शनको तयारीमा छ। लगातार दुई फिल्म प्रदर्शनमा रहँदा अनमोल फिल्मका प्रचारका लागि व्यस्त छन्। हरेक फिल्ममा जस्तै अनमोलले 'क्याप्टेन'मा दुई नव- अभिनेत्री उपासना सिंह ठकुरी र प्रीयंका एमभीसँग स्क्रिन सेयर गरेका छन्। अहिले अनमोल उनीहरुका अभिनयको तारिफ…
काठमाडौं: काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट गत शनिवार हराएको बाबा गोरखनाथको पुरानो मूर्ति फेला परेको छ। सशस्त्र प्रहरी बलको टोलीले मंगलवार पशुपतिनाथको मन्दिरबाट करिब तीन सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा मूर्ति फेला पारेको हो। ३५ केजी तौलको रहेको खरानीको रुखको जराभित्र ओडार फेला पारेको प्रहरीले जनाएको छ। प्रहरी देखेपछि दुई युवक मूर्ति छाडेर भागेको प्रहरीले जनाएको छ।
काठमाडौं : 'द म्यान फ्रम काठमाडौं' प्रदर्शनको तयारीमा छ। आगामी चैत १ गतेदेखि प्रदर्शनमा आउने फिल्म नेपालमा बनेको 'अंग्रेजी फिल्म' हो। क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिन फिल्मका निर्माता हुन्। निर्माण टिम अहिले फिल्मको प्रचारमा व्यस्त छ। हालै टिमले फिल्मको एक गीत पनि सार्वजनिक गरेको छ। नेपालको लोकप्रिय ब्याण्ड १९७४ एडीले फिल्मको गीत तयार पारेको हो। ‘काठमाडौं’ बोलको गीतमा रोहित जंग क्षेत्रीको…
काठमाडौँ : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसियामा नेपालले अन्तिम खेलमा कुवेतलाई पराजित गरेको छ। कप्तान रुविना क्षेत्रीले ह्याट्रिक विकेट लिएको खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो। रुविनाले खेलको अन्तिम ओभरको अन्तिम ३ बलमा विकेट लिँदै ह्याट्रिक विकेट लिइन्। रुविनाले नेपालको जितबा अलराउण्ड प्रदर्शन गरिन्। आक्रमक ब्याटिङ गर्दै १३ बलमा २२ रन बनाएकी रुविनाले ३ विकेट…
भरतपुरः चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य दुई घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मंगलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग २ च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना १ ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो। ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु…
ताप्लेजुङः कर्तव्य ज्यान मुद्दामा छ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित लिङ्तेपका २५ वर्षीय हिमाल भनिने सागर केदेम रेहका छन्। विसं २०६९ मा मेरिङ्देनकै खाम्लुङमा विवाहमा गएकी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा नमानेपछि कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर फरार थिए। सोही समयमा उनीविरुद्ध ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता भएकामा बालिकाको विपी कोइराला स्वस्थ्य…
बनेपाः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्ने बताएका छन्। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन मंगलबार सहभागी भएका नेता थापाले कुन धर्म मान्ने र कुन धर्मको…
गोरखाः नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताएका छन्। गोरखाको गण्डकी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा मङ्गलबार गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको उक्त आयोजनाले राष्ट्रिय महत्व बोकेको भन्दै अध्यक्ष दाहालले त्यसलाई कुनै पनि हालतमा ढिलासुस्ती हुन नदिने…
काठमाडौँः देशभरको मौसममा बदली आएको छ। बुधबार दिउँसो देशभरको मौसममा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भू–भागका अधिकांश स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य तथा पूर्वका अधिकांश स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधवार राति सामान्यदेखि पूर्ण…
रुकुम (पूर्व): पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ। बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ। कुटपिट गर्ने दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नलगाड नगरपालिका–३ का २३ वर्षीय गोविन्द पुन रहेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। आइतबार साँझ ९ बजे रावतमाथि…
नुवाकोटः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारबाही गरिने बताएका छन्। विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैँ डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले यस्ता जनप्रतिनिधिलाई कारवाही गरिने बताए। “जनताको काम गर्न आउनुभएका जनप्रतिनिधिले आफैंले डोजर किन्दै ठेकेदारी गर्नु गलत हो।…
काठमाडौँः कर्मचारी समायोजनमा सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने मागसहित आन्दोलनरत चिकित्सकले आजदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गर्दैछन्। इमर्जेन्सी बाहेकका सेवा अनिश्चितकालीन रुपमा बहिस्कार गर्ने निर्णय चिकित्सकहरुले गरेका छन्। स्थानीय तहमा समायोजन भएका चिकित्सकलाई प्रदेश तथा संघमा आउने विकल्प खुला राख्नुपर्ने चिकित्सकको मुख्य माग छ। यस्तै, स्वास्थ्य सेवामा अन्य मन्त्रालयको सचिव हुनसक्ने, एक चिकित्सक एक…
काठमाडौँः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले प्रजातान्त्रिक राजनीतिक परिवर्तनलाई आफ्नो मौलिकता अनुसार पूर्णता दिएको बताएका छन्। जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ४०औँ नियमित बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालको प्रजातान्त्रिक प्रक्रियामा सबै जनताको समान अधिकारको पहुँचलाई ध्यानमा राखिएको समेत बताएका छन्। ‘मानव अधिकारका सम्पूर्ण विश्वव्यापी मान्यताप्रति नेपाल प्रतिबद्ध छ,’ उनले भने, ‘मानव अधिकारका विश्वव्यापी मान्यताहरूलाई हामीले हाम्रा राष्ट्रिय कानुन, नीति…
काठमाडौँ : घरेलु टोली थाइल्याण्ड आइसीसी वुमन्स वर्ल्ड कपको ग्लोबर क्वालिफायरमा छनोट भएको छ। घरेलु भूमिमा भएको एसियन रिजनल क्वालिफायरमा अपराजित बन्दै शीर्ष स्थानमा रहेर थाइल्याण्ड २० ओभर र ५० ओभरको वर्ल्ड कपको अन्तिम चरणको छनोटको लागि छानिएको हो। सात राष्ट्र सहभागि एसियाली छनोटमा थाइल्याण्डले बुधवार युएईलाई ५० रनले पराजित गर्दै ६ खेलबाट १२ अंक जोडेको हो। पाँच खेल जितेको…
काठमाडौँ : मनवानपुर जिल्ला फुटबल संघको आयोजनामा दोस्रो शहिद स्मृति मकवानपुर गोल्डकप यही फागुन २९ गतेदेखि सुरु हुने भएको छ। मंगलवार संघले राजधानीमा पत्रकार सम्मलेन गर्दै प्रतियोगिता चैत ९ गतेसम्म हुने जानकारी दिएको हो। प्रतियोगिता ए डिभिजनका क्लबहरु र मोफसलका लागि १२ टिमसम्म छलफल भइरहेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी गरे। यस बारेमा केही दिनपछि निर्णय हुने…
इस्लामावाद : पाकिस्तानी सेनाले भारतीय वायु सेनाको विमानलाई भारततिरै लखेट्न पाकिस्तानी वायुसेनाले सफल भएको दावी गरेको छ। फेब्रुअरी १४ मा भारतको पुलवामा आक्रमणको जवाफ भन्दै आज बिहानै पाकिस्तानमा रहेको जैश ए मोहम्मदको क्याम्पमा आक्रमण गरेको दावी गरेको थियो। भारतको विदेश सचिव विजय गोखलेले जैश ए मोहम्मदबाट फेरि आत्मघाती आक्रमण गर्ने तयारी भइरहेको सूचनाका आधारमा सम्भावित आक्रमण हुन रोक्न पाकिस्तानमा रहेको…
काठमाडौं : नेपाल चिकित्सक संघले सरकारी चिकित्सक संघ (गोदान)को आन्दोलनलाई समर्थन गरेको छ। प्रेस विज्ञप्ति जारी गर्दै संघले गोदानको आन्दोलनलाई सहयोग गर्न सबै चिकित्सकलाई आग्रह गरेको छ। गोदानले देशैभरिका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेर आन्दोलन गरिरहेको छ। विभिन्न नारा लेखिएका पम्प्लेट बोकेर उनीहरु माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन्। सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध उनीहरुले आन्दोलन गर्दै आएका…
काठमाडौं : राष्ट्र संघको मानव अधिकार परिषदको बैठकमा सहभागी हुन पुगेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभामा उच्चस्तरीय भेटघाटमा व्यस्त छन्। परिषदको सदस्यसमेत रहेको नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुगेका उनले सोमवार त्यहाँका बैठकको उच्चस्तरीय सत्रमा सहभागिता जनाउँदै साइडलाइनमा उच्चस्तरीय भेटवार्ता गरेका हुन्। परराष्ट्रमन्त्री ज्ञवालीले साइडलाइनमा कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री सेख मोहम्बद विन अब्दुल्लारहमान विन जसिम अल थानीसँग भेट वार्ता गरेका हुन्। …