काठमाडौं: ब्यान्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा नेपालको लोकरक ब्यान्ड नेपथ्यले आगामी मार्च १९ मा दुबईमा कार्यक्रम गर्ने भएको छ। दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा नेपथ्य गुञ्जिने भएको हो। ब्यान्ड अहिले विश्वभर सांगितिक यात्रामा छ। भारत, अष्ट्रेलिया, अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङलगायतका देशमा सांगितिक कार्यक्रम गरिसकेको नेपथ्य दोश्रो पटक दुबईमा गुञ्जिन लागेको हो। एभरेष्ट मिडियाले व्यवस्थापन गरेको कार्यक्रममा नेपथ्यले…
काठमाडौँ : चितवन पोस्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको निधन भएको छ। अर्यालको आज मध्यान्न भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही समय देखि अस्वस्थ रहेका उनको भरतपुर अस्पतालमा राखिएको थियो। उनी रक्तचापका बिरामी थिए। उनको आजै देवघाटमा अन्तिम संस्कार हुने चितवन पोस्ट दैनिकका पत्रकार दीपेन्द्र अधिकारीले जानकारी दिए। चितवन पोस्ट दैनिक चितवनको पहिलो दैनिक पत्रिका हो। २०५४ साल…
विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहमतिमा हिन्दु राष्ट्र घोषणा गर्न आह्वान गरेका छन्। सहमतिमा घोषणा नगरे सडकबाटै हिन्दु राष्ट्रको घोषणा हुने उनले दावी गरे। राष्ट्रिय स्वाभिमान यात्राको तेस्रो दिन आज झापाको दमकबाट सुरु भएको यात्रा मोरङका विभिन्न स्थानमा कोणसभा गर्दै विराटनगरमा आमसभामा परिणत भएको थियो। आमसभालाई सम्बोधन गर्दै थापाले यस्तो उद्घोष गरेका हुन्। राप्रपाको यो यात्रा आज…
काठमाडौं: यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन्। 'क्याप्टेन' र 'द ब्रेकअप' प्रदर्शनमा आएका फिल्म हुन्। यो साता नै कार्तिक आर्यान अभिनित बलिउड फिल्म 'लुका छुप्पी' नेपाल प्रदर्शनमा आएको छ। दीवाकर भट्टराईले निर्देशन गरेको 'क्याप्टेन'मा अभिनेता अनमोल केसीको मुख्य अभिनय छ। फिल्मबाट कलाकार उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यू गर्दैछन्। फिल्ममा अनमोल, उपासना र प्रियंकासँगै सुनिल थापा, प्रशान्त…
काठमाडौं : पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था थप क्रिटिकल भएको छ। लामो समयदेखि थलिएको उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा राखेर उनको उपचार हुँदै आएको छ। श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए। ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ। उनलाई…
काठमाडौः हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव अन्त्येष्टीका लागि पोखरा लगिदैछ। दुर्घटनामा मृत्यु भएका सात जनाको शव श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिएको थियो। टुँडिखेलबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलब हेलिकप्टरमा राखे पोखरा लान लागिएको हो। काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलबाट प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराए।…
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र सोमपाल कामीले टी २० अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेका छन्। दुवै खेलमा टी २० को अलराउण्ड वरीयतातर्फ एक स्थान माथि उक्लिएका छन्। पारस र सोमपाल अलराउण्डरतर्फ शीर्ष ५० भित्र छन्। कप्तान पारस ३८औँ र सोमपाल ५०औँ स्थानमा उक्लेको हुन्। यसअघि पारस ३९औँ र सोमपाल ५१औँ स्थानमा थिए। विश्व वरीयतामा अलराउण्डरतर्फ अष्ट्रेलियाका…
पोखराः हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ। काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराए। मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र…
कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो सेमिफाइनलमा रियल बेटिसलाई समग्रमा ३-२ ले पराजित गर्दै भ्यालेन्सियाले बार्सिलोनासँग फाइनल भेट पक्का गरेको हो। दोस्रो लेगमा रोड्रिगोको निर्णायक गोल मद्दतमा भ्यालेन्सियाले जित हात पारेको हो। यसअघि भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो। उता बार्सिलोनाले रियल मड्रिडलाई समग्रमा ४-१ ले पराजित गर्दै फाइनलमा स्थान…
पाकिस्तन सुपर लिग (पिएसएल)मा नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई कायम राखेका छन्। गएराती कराची किंग्स विरुद्ध खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएपनि उनको टिम लाहोर कलन्दर्स भने ५ विकेटले पराजित भयो। सन्दीपले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए। सन्दीपले कराचीबाट खेलिरहेका टी २० शीर्ष दुई वरीयतामा रहेका बाबर अजाम र कलिन मनरोलाई आउट गरेका…
काठमाडौं: पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव आज पोस्टमार्टम सकेपछि श्रद्धाञ्जलीको विहान टुँडिखेलमा राखिने भएको छ। बिहिवार नै श्रद्धाञ्जलिको कार्यक्रम राखिएपनि शव पहिचान हुन नसक्दा पोस्टमार्टम रोकिएको शिक्षण अस्पतालका फरेन्सिक डाक्टर मणि महर्जनले जानकारी थिए। पोष्टमार्टम नभएपछि दिउँसो ३ बजेदेखि शुरु हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम सरेको थियो। नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का महासचिव विष्णु पौडेलले श्रद्धाञ्जली कार्यक्रम आज बिहान ८ देखि ११…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र चाइनिज फुटबल एसोसिएसन (सिएफए)बीच नेपालको फुटबल विकासका लागि बिहीवार सम्झौता भएको हो। राजधानीमा एन्फा र सिएफएबीच चार वर्षका लागि सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा र सिएफएका कार्यावाहक उपाध्यक्ष डु जाओचाइले हस्ताक्षर गरे। सम्झौता अनुसार चीनले नेपालको फुटबल विकासमा सहयोग गर्नेछ। सम्झौतामा दुवै देशको राष्ट्रिय टोलीको…
काठमाडौँ : मुटुमा समस्या आएर ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री वर्षमान पुन थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। बिहीबार एक्कासी अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उनको उपचार गरिरहेको अस्पतालले जनाएको छ। अहिले उनको सिसियुमा राखेर उपचार भइरहेको छ। डाक्टर भट्टले जनाए अनुसार उनलाई दिउसो चार बजे अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ…
काठमाडौँ : थाइल्याण्डमा सम्पन्न आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसिया रिजन खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। ७ राष्ट्र सहभागि क्वालिफायरमा उपविजेता बनेको नेपाली टोली बिहीवार काठमाडौँ आइपुगेको हो। राउण्ड रोविन लिगको आधारमा भएको क्वालिफायरमा नेपालले ५ खेलमा जित हात पारेको थियो भने घरेलु टोली थाइल्याण्डसँग पराजित भएको थियो। ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेपनि लिगको…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको शहिद स्मारक बी डिभिजन लिगको दोस्रो तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक भएको छ। पहिलो चरणमा सहभागि क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियव। त्यसपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहने क्लब अन्तिम चरणमा पुगेका हुन्। अन्तिम चरणमा चार क्लबबीच कूल ६ खेल हुनेछ। यस चरणका खेलहरु फागुन १७ गते…
काठमाडौँ : नेपालको ९ ए डिभिजन क्लबले एएफसी क्लब लाइसेन्सको मान्यता प्राप्त गरेको छ। शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबसहित ९ क्लबलाई मान्यता दिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एन्फाका अनुसार मनाङसहित थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ, च्यासल युथ क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, मछिन्द्र क्लबले क्लब लाइसेन्स पाएका…
काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ को तेस्रो दिन बुधबार कीर्तिपुर रङ्गमञ्च थिएटर मलमा डेनमार्कको नाटक 'टु बि' मञ्चन गरियो। नाटकको निर्देशन ज्याक्युज सेफेरियन क्याथेसिनले गरेका हुन्। बालबालिकालाई वरिपरि राखेर एउटा टेबलमाथि यो नाटक मञ्चन हुन्छ। रोचक के छ भने, साठी जना नजिक राखेर नाटक प्रस्तुत गरियो। तर, साठी जनाको घेराभन्दा बाहिर बसेर नाटक हेर्ने दर्शकको बाक्लो भीड थियो। वरपर साठीजना दर्शक नै किन? नाटकका पात्रहरू…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागमा शव बुझ्न पुगेका आफन्तहरु भाव विह्वल अवस्थामा थिए। उनीहरुले सग्लो शरीर समेत देख्न पाएनन्। अन्तिम पटक मुख नै भए पनि हेर्ने चाहना लिएर यहाँ पुगेकाहरु प्लास्टिकको थैलोमा अटेको शव देखेर थप दु:खी देखिए। उनीहरुका आँखा ओभानो देखिएन। हेर्नुस् शिक्षण अस्पताल परिसरको दृश्य:
काठमाडौं : ताप्लेजुङबाट ल्याइएको शव त्रिभुवन विमानस्थलबाट एम्बुलेन्समा राखेर शिक्षण अस्पताल पुर्याइएको छ। शिक्षण अस्पतालमा रहेका पहिलोपोस्ट संवाददाता सागर बुढाथोकीले जनाएअनुसार दिउँसो १ बजेर ५० मिनेटमा पोस्ट मार्टमका लागि शव अस्पताल पुर्यााइएको हो। आजै ताप्लेजुङबाट सेनाको हेलिकप्टरबाट शव ल्याइएको थियो। हिजो भएको हेलिकप्टर दुर्घटनामा परी ७ जनाको निधन भएको थियो। पर्यटन मन्त्री रवीन्द्र अधिकारी र चर्चित पर्यटन व्यवसायी आङ छिरिङ…
काठमाडौं : ताप्लेजुङको सुकेटारबाट शव बोकेर उडेको हेलिकप्टर काठमाडौंमा ल्यान्ड भएको छ। त्रिभुवन विमानस्थलमा रहेका हाम्रा संवाददाता वसन्तराज उप्रेतीले जनाएअनुसार विमानस्थलमा शवका लागि ७ वटा एम्बुलेन्स तैनाथ गरिएको छ। साथै विमानस्थलमा अहिले गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्री ईश्वर पोखरेल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायतका मन्त्रीहरुसमेत पुगेका छन्। यहाँबाट शवलाई त्रिवि शिक्षण अस्पताल लगिने छ।