गाब्रीएल जेसस एक्लैले चार गरेपछि बुर्टोन अल्विओनलाई पहिलो लेगमा फराकिलो अन्तरले पराजित गर्दै म्यानचेष्टर सिटी इएफएल कपको फाइनल नजिक पुगेको छ। घरेलु मैदान एतिहाड स्टेडियममा भएको सेमिफाइनल पहिलो लेगको खेलमा सिटीले बुर्टोनलाई ९-० ले पराजित गरेको हो। पहिलो हाफमा चार गोल गरेको सिटीले दोस्रो हाफमा पाँच गोल थप्यो। खेलको सातौँ मिनेटम केभिन डे ब्रुएनाको गोलबाट अग्रता लिएको सिटीका लागि जेससले…
कप्तान सर्गियो रामोसले आफ्नो करियरको सयौँ गोल पुरा गरेका छन्। रियल मड्रिडका डिफेण्डर रामोसले स्पानिस कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा लेगानेस विरुद्ध गोल गर्दै उक्त उपलब्धी हासिल गरे। रामोससँगै भिनिसियस जुनिएर र लुकास भजक्वेजको गोलमा रियल मड्रिडले लेगानेसलाई ३-० ले पराजित गरेको हो। खेलको ४४औँ मिनेटमा रामोसले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। रामोसले रियलका लागि…
फ्रेन्च लिग वानको अपराजित टिम तथा साविक विजेता पेरिस सेन्ट जर्मेन फ्रेन्च लिग कपबाट बाहिरिएको छ। नेमारले गोल गर्दै अग्रता दिलाएपनि अन्तिम दश मिनेट भित्र पेनाल्टीमा गोल खाएपछि पिएसजी गुइनगाम्पसँग २-१ ले पराजित हुँदै बाहिरिएको हो। घरेलु मैदान पार्क डे प्रिन्समा अग्रता लिएर पनि पीएसजीले जोगाउन सकेन। लिग वानमा अंकतालिकाको पुछारमा रहेको गुइनगाम्पसलाई कपको सेमिफाइनल पुर्याउन इन्जुरी टाइममा मार्कुस थुरामले…
काठमाडौँ : यही जनवरी अन्तिममा नेपाल र युएईबीच ओडिआई र टी-२० आई सिरिज हुँदैछ। घरेलु भूमिमै हुने सिरिजका लागि युएईको कप्तानी फास्ट बलर मोहम्मद नाभिदले गर्ने भएका छन्। नियमित कप्तान रोहन मुस्ताफा प्रतिवन्धमा रहेका कारण नाभदिले कप्तानी गर्न लागेका हुन्। इमर्जिङ टिम कपमा असन्तुष्टी जनाएका कारण मुस्ताफासहित तीन खेलाडीलाई युएई क्रिकेट बोर्डले आठ साताको प्रतिवन्ध लगाएको छ। इपीएलमा भैरहवाका लागि खेल्दै नाभिद…
धनगढी : ललितपुरको च्यासल युथ क्लब तेस्रो सुदूरपश्चिम खप्तड अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीवार भएको खेलमा विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गरेपछि च्यासलले भारतको दिल्ली युनाइटेडलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो। खेलमा पहिलो हाफमा ३ गोल गरेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्यो। च्यासलले अब क्वाटरफाइनलमा ललितपुरकै थ्री स्टार क्लबसँग खेल्नेछ। धनगढी रंगशालमा भएको खेलको १४औं मिनेटमै…
सुनसरी : युवा बलर सूर्य तामाङ एक्लैले ५ विकेट लिएपछि प्रदेश नम्बर ३ ले सुनसरीको इनरुवामा भइरहेको मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ। यसअघि नै समूह बी मा विभागीय टोली त्रिभुवन आर्मीसँग पराजित भएपछि प्रदेश नम्बर ३ र कर्णाली प्रदेश दुवै टोली अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए। प्रतिष्ठाको लागि भएको खेलमा प्रदेश ३…
भारत विरुद्धको ओडिआई सिरिजमा अष्ट्रेलियाले ८० को दशकको जस्तै किट्स लगाउने भएको छ। घरेलु भूमिममा हुने तीन खेलको सिरिजका लागि अष्ट्रेलियाले सन् १९८६ मा लगाएको जस्तै गोल्डेन-ग्रीन कलरको जर्सी तयार पारेको हो। अष्ट्रेलियाको गोल्डेन कलरको जर्सीमा चेस्ट र कलरमा ग्रीन कलर रहेको छ। यस्तै गोल्डेन कलरकै प्यान्ट्स रहेको छ। सन् १९९६ मा एलान बोर्डरको अष्ट्रेलियाले भारत विरुद्धकै एक खेलको ओडिआई…
काठमाडौँ : प्रिन्स दाहाल र रशिला महर्जन राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा दोहोरो उपाधि नजिक पुगेका छन्। यी दुई खेलाडी यू-१९ र यू-१५ एकलमा फाइनल पुगेका हुन्। यस्तै रशिला यू-१९ गर्ल्स युगलतर्फ पनि फाइनल पुगेका हुन्। प्रिन्सले यू-१९ एकलमा दोस्रो वरीयताका रुकेश महर्जनलाई २१-१३, २१-१७ ले पराजित गरे। यस्तै यू-१५ मा हिमाल चन्दलाई २१-६, २१-२ ले सहजै हराए। प्रिन्सले अब…
काठमाडौं: आइतवार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरको रंगमञ्चमा किराँत लिम्बुहरुमा प्रचलित गीत 'हाक्पारे' गुञ्जियो। गायिका झुमा लिम्बु, मनु नेम्वाङ, दीपा सुहाङ र गायक लोकमान वनेमले तीन फरक शैलीका हाक्पारे गीत प्रस्तुत गरे। प्रस्तुतिमा उनीहरुलाई परम्परा ब्यान्डका शम्भु बानियाँ, पारसमणि सुवेदी, बुद्ध लामा र धर्म गन्धर्वले साथ दिएका थिए। रैथाने संगीत समूहले आयोजना गरेको पहिलो संगीतिक कार्यक्रम अन्तर्गत हाक्पारे गीत प्रस्तुतिका साथै हाक्पारेबारे…
काठमाडौँः लोक सेवा आयोगले ७ वटा प्रदेश स्तरीय कार्यालयबाट १९३ जना नायव सुब्वाको लागि दरखास्त आह्वान गरेको छ। आयोगले काठमाडौँबाट सबैभन्दा धेरै ९९ जनाको लागि माग गरेको छ भने सबैभन्दा कम सुर्खेत कार्यलयबाट ७ जनाको लागि दरखास्त आह्वान गरेको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेकाले नासुको लागि आवेदन दिन पाउने लोक सेवा आयोगले जनाएको…
नेपालगञ्जः बाँकेको कोहलपुरबाट गएराति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर ९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा…
अमरगढीः डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ। छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशीला भट्टले बताइन्। देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यूलगायत खानेकुरा खाए देवी रिसाउनेजस्ता कुरीति हटाउन चेतनामूलक अभियान थालिएको उनको भनाइ छ। “अभिभावकले छाउपडी भएका बेला विद्यालय…
बागलुङः गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ। मंगलबार अपराह्न सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिए। यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैले आगो लगाएको…
कास्कीः गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ। नेकपा कास्कीको संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जानकारी दिए। साविक नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका छन्। नेकपामा दलको उपनेता र संसदीय बोर्डको गठन…
काठमाडौँ : सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा लगतार दोस्रो खेल खेल्दैछन्। बीपीएल अन्तर्गत आज सन्दीपको टिम सिलेट सिक्सर्सले चितागोङ भाइकिङ्ग्ससँग प्रतिस्पर्धा गर्दैछ। सिक्सर्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ। मुस्फिकर रहिमको कप्तानीमा रहेको भाइकिङ्ग्समा अफगानिस्तानका मोहम्मद शेहजाद, सिकन्दर राजा, केमरुन डेलपोर्ट, लुक रोन्ची जस्ता स्टार विदेशी खेलाडी रहेका छन्। पहिलो खेलमा सिक्सर्स कमिला भिक्टोरिएन्सँग ४ विकेटले पराजित भएको…
काठमाडौँ : अखिल नेपाल फुट संघले झण्डै पाँच वर्षपछि आयोजना गरेको शहिद स्मारक ए डिभिजन लिग मंगलाबार समाप्त भएको छ। गत असोज १३ गतेदेखि सुरु भएको सिगल राउण्ड रोविन लिगमा यस पटक एउटा विषयले सबैलाई आश्चर्यमा पार्यो। चार महिनाको अवधीमा कूल ९१ खेल भए। तर एउटै ह्याट्रिक भएन। केही खेलाडी ह्याट्रिकको नजिक पुगेपनि सफल हुन सकेनन्। ननरेलिगेशन लिगमा समेत कुनै…
काठमाडौँ : सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सिलेट सिक्सर्सका लागि लगातार दोस्रो खेल खेल्दै उत्कृष्ट बलिङ गरेका छन्। बुधवार चितागोङ भाइकिङ्स विरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए। तर सन्दीपले विकेट भने लिन सकेनन्। उनले उत्कृष्ट फिल्डिङ गर्दै भाइकिङ्सका क्यामरुन डेलपोर्टलाई डाइरेक्ट हिटमार्फत रनरआउट गरे। सन्दीपले २४ बल बलिङ गर्दान ७ बल डट फाले भने एक…
काठमाडौँ : सुवास तामाङ र शुक्र बहादुर राई भियतनाममा हुने फाल्डो सिरिज एसियाका लागि नेपालबाट छनोट भएका छन्। त्यसैका लागि गोकर्ण गल्फ क्लबमा भएको फाल्डो सिरिज जुनियर गल्फ प्रतियोगितामा सुवासले उपाधि जितेका हुन्। यस्तै साविक विजेता शुक्र राईले पनि उपविजेता बन्दै सुवाससँगै एसिया सिरिजका लागि स्थान पक्का गरे। सुवासले पाँच अन्डर २११ स्कोरकार्ड बनाउँदै उपाधि जिते। दोस्रो भएका शुक्रले इभन…
धनगढी : विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। धनगढीमा भइरहेको प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा पुलिसले मोरङ ११ लाई ३-० ले हरायो। पुलिसको जितमा तिर्थ रानाले ह्याट्रिक गरे। सुरुवातदेखि नै खेलमा पकड राख्न सफल पुलिसका लागि सातौँ मिनेटमा तिर्थ रानाले गोल गर्दै अग्रता दिलाएका थिए। ३५औं मिनेटमा अभिषेक रिजालको पासमा तिर्थले नै…
काठमाडौँ : थाइल्याण्डमा यही जनवरी १२ देखि १८ सम्म आयोजना हुने 'थाइल्याण्ड वुमेन्स टी-२० स्म्यास २०१९' को लागि रुवीना क्षेत्रीको कप्तानीमा १४ सदस्यी नेपाली महिला टोलीको घोषणा भएको छ। सीता राना मगर उपकप्तान रहेको टोलीमा आरती बिडारी, कविता कुँवर, डली भट्ट र विन्दु रावलले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्। राष्ट्रिय टिमबाट खेलिसकेका रितु कनौजिया र सवनम राईसहित सुमन…