काठमाडौँ : शहिद स्मारक ए डिभिजन लिग २०७५ को विधागत उत्कृष्टमा च्याम्पियन टिम मनाङको वर्चस्व रह्यो। पाँच भिन्न विधामध्ये मनाङ खेलाडी र प्रशिक्षकले गरी तीन विधामा उत्कृष्टको अवार्ड पाए। यस्तै तेस्रो भएको थ्री स्टार चौथो भएको त्रिभुवन आर्मीका एक-एक खेलाडी विधागत उत्कृष्ट भए। लगातार १२ खेल जितेर लिग उपाधि पक्का गरिसकेको मनाङ अन्तिम खेलमा फ्रेण्ड्ससँग १-० ले पराजित भएको। उक्त…
काठमाडौँ : शहिद स्मारक ए डिभिजन लिग २०७५ को अन्तिम खेलमा फ्रेण्ड्ससँग १-० ले पराजित भएपनि मनाङ मर्स्याङ्दी क्लब आठौँ पटक लिग च्याम्पियन बनेको छ। दुई खेल अगावै लिगको उपाधि पक्का गरिसकेको मनाङले फ्रेण्ड्ससँग खेल्नुअघि लगातार १२ खेल जितेको थियो। अन्तिम खेल पनि जित्दै मनाङ सबै खेल जितेर लिग जित्ने नयाँ कीर्तिमान बनाउने अभियानमा थियो। तर इन्जुरी टाइममा फ्रेण्ड्सका विकास…
नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनअन्तर्गत यू-१९ तर्फ अन्तिम आठ मा प्रवेश गरेका छन्। प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१-१३, २१-११ ले तथा महर्जनले नेपालकै सुरज गुप्तालाई २१-८, २१-११ ले पराजित गरे। यसैगरि अन्तिम आठमा स्थान बनाउनेमा नेपालका सत्यम सुब्बा, प्रनिष सिंह ठकुरी, पविन लिन्थेप, म्यानमारका थु रिन रहेका छन्। सत्यमले नेपालकै सफल थापालाई २१-१९, २१-१६ ले…
धनगढी : गोलरक्षक दिप कार्कीले उत्कृष्ट प्रदर्शन गरेपछि मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टर तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलवार भएको उद्घाटन खेलमा काक्करभिट्टाले आयोजक सुदूरपश्चिम ११ क्लबलाई सडनडेथमा पराजित गरेको हो धनगढी रंगशालामा मंगलबार खेलको सडन डेथमा आयोजक सुप ११ का लावल ओलाकानको प्रहार अकासिएपछि काक्करभीट्टाको जित पक्का भएको थियो। त्यसअघि सडन डेथमा…
सुनसरी : युवा खेलाडीहरु रोहित पौडेल, भिम शार्की र शाहब बलमले उत्कृष्ट प्रदर्शन गरेपछि त्रिभुवन आर्मीले मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। रोहित र भिमको अर्धशतक अनी शाहबको ४ विकेटपछि आर्मीले समुह ‘बी’ को पहिलो खेलमा प्रदेश नम्बर ३ लाई ११८ रनले पराजित गरेको हो। इनरुवा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले रोहितको नटआउट…
काठमाडौँ : न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङवान्जी बौद्ध समाज नेपालले मुख्य प्रायोजन गरेको छ। मंगलवार सुकेधारामा भएको कार्यक्रममा समाजका तर्फबाट नेपाल प्रमुख सोनाम वादी भुटिया र प्रतियोगिता संयोजक कुमार राईले सम्झौता पत्र आदन–प्रदान गरेका छन्। सम्झौतामा उल्लेख भएअनूसार मुख्य प्रायोजन पनि समाजले आयोजकलाई ५ लाख उपलब्ध गराउने छ। यस्तै प्रतियोगिता होङवान्जी न्यू डायमण्ड कप दोश्रो खुला…
काठमाडौं: फिल्म ‘ह्रदय भरी’ बन्ने घोषणा भएको छ। सुरज सुब्बा नाल्बोको निर्देशनमा फिल्म बन्ने भएको हो। फिल्ममा अभिनेता पल शाहसँगै नव अभिनेत्री श्रद्धा क्षेत्री अनुबन्धित भएका छन्। यो श्रद्धाको डेब्यू फिल्म हो। यसअघि उनी कोलकत्तामा मोडलिङ गर्थिन्। हालै ‘बीर बिक्रम २’को छायाँकन सकेका पलले फिल्ममा नयाँ अभिनेत्रीसँग रोमान्स गर्ने भएका हुन्। फिल्ममा पल र श्रद्धासँगै निर शाह, सुनिल थापा, काश बाबु,…
काठमाडौँ: नेपाल आयल निगम लिमिटेडका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिए। २०७१ माघ १४ गते मन्त्रिपरिषद्बाट खड्का निगमको कार्यकारी निर्देशकमा नियुक्त भए थिए। खड्काले २०६९ साल चैतदेखि अहिलेसम्म पारिश्रमिकबाट ४०…
काठमाडौं: फिल्म 'चौका दाउ'ले सेन्सर बोर्डबाट पिजी (प्यारेन्टल गाइडलाइन) सर्टिफिकेट पायो। सौर्य प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई १६ वर्ष मुनीका बालबालिकाले अभिभावकको साथमा गएर मात्र हेर्न पाउने छन्। पूणेन्दू झाले निर्देशन गरेको फिल्म पुस २७ गतेबाट रिलिज हुँदैछ। हास्यप्रधान फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन्। त्यस्तै मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन रहेको छ।…
काठमाडौं : नेपाल स्टक एक्सचेन्जको प्रणालीमा समस्या आउँदा माथिल्लो तामाकोशीको शेयर कारोबार रोकिएको छ। कारोबारको प्रारम्भमै नियमभन्दा १० प्रतिशत बढेर प्रणालीले नै स्वचालित कारोबार गर्न थालेपछि कारोबार रोकिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। तोकिएकोभन्दा बढी मूल्यमा भएको कारोबारको बारेमा के गर्ने भन्ने विषयमा छलफल गरेर टुङ्गो लगाइने पराजुलीले बताए। माथिल्लो तामाकोशीको कारोबारले समग्र नेप्सेको सूचकमा नै समस्या देखिएको छ।…
काठमाडौः वाइडबडी जहाज खरिदमा आफूमाथि प्रश्न उठाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार विहान १० बजे पत्रकार सम्मेलन सुरु गरे। २०६४ देखि २०७४ सम्म त्यही समितिको सदस्य र २०७० देखि २०७४ सम्म विकास समितिको सभापति भइसकेका अधिकारीलाई संसदीय समितिले नै नैतिकताको प्रश्न सोझ्याएको थियो। पत्रकार सम्मेलनको सुरु गर्दै मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको विकास प्रक्रियामा सहभागी सम्पूर्णलाई जानकारी…
काठमाडौः सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बा १ ज ९७६६ नम्बरको माइक्रोबसले पैदल यात्रु ५६ वर्षीय सिता दाहाललाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करको कारण अन्य चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा तीन महिला र एक पुरुष रहेका छन्। थलिबाट कलंकी जादै गरेको बसले बाटो काट्न लागेका यात्रुलाइ ठक्कर दिएको महानगरीय प्रहरी प्रभाग…
उद्धव थापा- काठमाडौः सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारीलाई नियुक्त गरेको छ। गत साउन २९ गते टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि टेलिकम कार्यवाहक प्रमुखको नेतृत्वमा चलिरहेको थियो। खुल्ला प्रतिस्पर्धाबाट सरकारले टेलिकमकै दशौं तहमा कार्यरत कर्मचारीलाई टेलिकमको कमान जिम्मा लगाएको हो। इञ्जिनियरिङ पृष्ठभूमिका अधिकारी टेलिकमको व्याकबोन विभागमा बसेर काम गरिसकेका छन्। मोबाइल ब्रोडव्याण्ड,…
काठमाडौं : माघ १८ गतेदेखि फागुन २ गते सम्म सांगितिक यात्रा 'सप्तरङ्ग' हुने भएको छ। गृष्मा ब्रोडकाष्टिनङले आयोजना गर्ने कार्यक्रममा सात प्रदेशका प्रतिनिधि कलाकार हुनेछन्। कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट उपस्थित हुने बताइएको छ। दमकबाट सुरु हुने 'सप्तरङ्ग' माघ २० गते जनकपुर,…
काठमाडौः नेपाल बायुसेवा निगमले भित्र्याएको दुई वटै वाइडबडी जहाज उसको आफ्नै स्वामित्वमा रहेको नियामक निकायले प्रष्टीकरण दिएको छ। पर्यटनमन्त्री रविन्द्र अधिकारीले डाकेको आकस्मिक पत्रकार सम्मेलनमा निगमकै स्वामित्वमा दुबै जहाज रहेको नियामकले जनाएको हो। वायु सेवा कम्पनीहरुको नियामक नेपाल नागरिक उड्डयान प्राधिकरणले आफ्नो वायुयान दर्ता किताबमा स्वामित्व निगमको रहेको जनाएको छ। प्राधिकरणका एक अधिकारीले पत्रकार माझ खरीद गरेर आउने र लिजमा आउने…
काठमाडौँः आफूसँग भएको सहमति विपरीत संसदीय उपसमितिले चिकित्सा शिक्षा विधेयक तोडमोड गरेको भन्दै डा. गोविन्द केसीले प्रतिवेदन सच्याउन माग गरेका छन्। डा केसीले विधेयकको प्रतिवेदन नसच्याए आफू तोकिएको समयअघि नै सत्याग्रह सुरु गर्ने पनि चेतावनी दिएका छन्। केसीले पुस २५ सम्म आफूसँग भएको सहमति बमोजिम समितिले विधेयक पारित नगरे अनशन बस्ने बताइसकेका छन्। केसीले विज्ञप्ति जारी गर्दै सरकारसँग तीन बुँदे…
काठमाडौँः नेपाल वायु सेवा निगमको वाइडबडी खरिद प्रक्रियाका सम्बन्धमा संसदीय उपसमितिले दिएको प्रतिवेदनबारे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो प्रष्टीकरण दिएका छन्। जहाज खरिद प्रक्रियामा विभागीय मन्त्रीको हैसियतले पाउने नैतिक जिम्मेवारी बाहेक अन्य संलग्नता नरहेको बताएका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले विमान खरिद प्रक्रियासम्मत रहेको बताए। २०७३ चैत १५ मा सम्पन्न खरिद विक्री सम्झौता अनुसार…
कावासोतीः पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। दुर्घटनामा घाइते…
काठमाडौँः महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सुन र नगद चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। वृत्तको टोलीले टोखा नगरपालिका–१ फूलबारीस्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो। वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले चोरी गरेको स्थानभन्दा पर खोजतलास गर्दा सुन र नगदसहित अधिकारीलाई पक्राउ गरेको जानकारी दिए। “अधिकारीको शरीर खानतलास…
काठमाडौँः सोमबार बिहानबाट उपत्यकाको मौसम बदली भएको छ। चिसो ह्वात्तै बढेको छ। काठमाडौँमा बिहानबाट हल्का वर्षा समेत सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा आज हल्का वर्षा हुने समेत जनाएको छ। हिमाली क्षेत्रमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ। महाशाखाले आज देशभर मौसम आंशिकदेखि सामान्य बदलिरहने जनाएको छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। यस्तै, उच्च…