PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • भारत र अफगानिस्तानसँगै यू-१९ सिरिज खेल्न नेपाली युवा टोलीलाई बीसीसीआईको प्रस्ताव

    भारत र अफगानिस्तानसँगै यू-१९ सिरिज खेल्न नेपाली युवा टोलीलाई बीसीसीआईको प्रस्ताव

    भारतीय क्रिकेट नियन्त्रण वोर्ड (बिसिसिआर्इ) ले आफ्नो यू-१९ एसियाकपलाई मध्यनजर गर्दै अन्डर १९ टोलीको अभ्यासका लागी चार टोली रहने प्रतिस्पर्धा आयोजना गर्ने भएको छ। बोर्डले नेपाल यू-१९ र अफ्गानिस्तान यू-१९ लार्इ उक्त प्रतिस्पर्धा खेल्नका लागी निम्तो दिएको छ। यू-१९ एसिया कपको तयारीका रुपमा सो प्रतिस्पर्धा गर्न लागिएको हो। उक्त खेलहरु कोलकतामा हुन जनाइएको छ। भारतको यू-१९ टोलीको प्रशिक्षकमा राहुल ड्रविड…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरण : छोराको बिहे भोजबाटै समातिए व्यापारी

    ३३ किलो सुन प्रकरण : छोराको बिहे भोजबाटै समातिए व्यापारी

    काठमाडौं : सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा वीरगंजका एक व्यवसायी सोमवार पक्राउ परेका छन्। ३३ किलो सुन प्रकरणमा सरकारले गठन गरेको विशेष छानविन समितिले वीरगंजका व्यापारी राजु दारुकालाई सोमवार काठमाडौंको एक होटलबाट पक्राउ गरेको हो।  तस्करीमा संलग्न रहेको प्रारम्भीक अनुसन्धानबाट देखिएकाले व्यापारी राजुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समितिका एक सदस्यले बताए।   समितिको नियन्त्रणमा रहेका द्वारकाले विदेशबाट आएको सुन…

    विस्तृतमा पढ्नुस्

  • भिएआर प्रयोग गर्दा पनि रोनाल्डोलार्इ रेड कार्ड नदिएकोमा इरानी प्रशिक्षकद्वारा फिफाको आलोचना

    भिएआर प्रयोग गर्दा पनि रोनाल्डोलार्इ रेड कार्ड नदिएकोमा इरानी प्रशिक्षकद्वारा फिफाको आलोचना

    पोर्चुगलसँग १-१ बराबरी भर्इ इरान समूह चरणबाट बाहिरिएपछि इरानी प्रशिक्षक कार्लोस क्वइरोज फिफा र भिएआरमाथि आक्रोशित भएका छन्। कार्लोसले रोनाल्डोले फल गर्दा गर्दै पनि उनलार्इ मैदानबाट बाहिर नपठाउन निर्देशन आएको हुन सक्नेमा आश‌‌ंका व्यक्त गरे। रोनाल्डोले इरानका मिडफिल्डर मोर्टेज पउरालिनगान्जीलार्इ कुहिनोले हाने पछि उक्त घटना भिएआर मार्फत रेफ्रीले हेरेका थिए। भिडियो हेरेपश्चात रोनाल्डोलार्इ रेफ्रीले पहेँलो कार्ड दिएका थिए। 'भिएआरका लागी…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप २०१८ मा अनपेक्षित नतिजा किन?

    विश्वकप २०१८ मा अनपेक्षित नतिजा किन?

    डा. विनोद भट्टराई विगत २ हप्तादेखि फुटबलको महासंग्राम विश्वकप भइरहेको छ। विश्वभरका करोडौं दर्शकहरु यसलाई एउटा पर्वको रुपमा मज्जा पनि लिंदै छन्। साथै खेलको नतिजाको पूर्वानुमान गर्ने पनि होडबाजी नै चलेको छ। तर पछिल्ला संस्करणभन्दा अलि फरक, यसपटक धेरैको (फुटबलका पण्डित समेत) अनुमान विपरित नतिजा आइराखेको छ। विश्वकपको दाबेदार अर्जेन्टिनालाई पहिलो पटक विश्वकपमा सहभागिता जनाएको आइसल्याण्डले बराबरीको नतिजा (१-१) निकालेर अर्जेन्टिनाका…

    विस्तृतमा पढ्नुस्

  • टेम्पो चालकको कथामा फिल्म 'बुलबुल'

    टेम्पो चालकको कथामा फिल्म 'बुलबुल'

    काठमाडौं : फिल्म 'बुलबुल' बन्ने भएको छ। अभिनेत्री स्वस्तिमा खड्का ‍फिल्ममा टेम्पो चालकको रुपमा देखिने भएकी छिन्।  अवेकन आइजको प्रोडक्सनमा बन्ने फिल्मले टेम्पो चालकको कथा समेट्ने निर्देशक बिनौद पौडलेले बताए। अभिनेत्री खड्काले फिल्म कुनै स्टारको नभइ कलाकारको रहेको बताइन्। साउनको पहिलो हप्ताबाट छायाँकनमा जाने फिल्ममा सुसन प्रजापतिको छायाँकन रहनेछ। फिल्ममा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी,…

    विस्तृतमा पढ्नुस्

  • प्लेअर्स टु वाच : ग्रीजमन, एरिक्सन, मेसी, मुसा, मोडरिक, सिगुरसन

    प्लेअर्स टु वाच : ग्रीजमन, एरिक्सन, मेसी, मुसा, मोडरिक, सिगुरसन

    विश्वकपमा आज सूमह सी र डी मा रहेका टोलीबिच समूह चरणको अन्तिम खेल हुदैछ। समूह सी अन्तर्गत  पेरु र अष्ट्रेलिया  तथा फ्रान्स र डेनमार्क राति ७:४५  भिड्दैछन्। यस्तै समूह डी अन्तर्गत राति अर्जेन्टिना र नाइजेरिया तथा क्रोएसिया र आइसल्याण्ड राति ११:४५ बजे भिड्नेछन्। अर्जेन्टिना, नाइजेरिया, डेनमार्क लगायतका देशका लागी अन्तिम १६ मा प्रवेश पाउन आजको खेल जित्नै पर्ने हुन्छ।  …

    विस्तृतमा पढ्नुस्

  • श्रीदेवीको अवार्ड बुझ्दा बोनी कपुर रोए, सम्हाल्न पुगे अर्जुन र अनिल कपुर

    श्रीदेवीको अवार्ड बुझ्दा बोनी कपुर रोए, सम्हाल्न पुगे अर्जुन र अनिल कपुर

    १९ औं इन्टरनेसनल फिल्म एकेडेमी (आइफा) अवार्डको आयोजना थाइल्यान्डको बैंककमा भयो। बलिउडका चर्चित कलाकारहरुबीच भएको अवार्ड समारोहमा केही यस्ता दृश्य देखिए जसले सबैलाई बिचलित बनाउँछ। मृत्युपछि श्रीदेवीलाई वेस्ट एक्ट्रेस (फिमेल) अवार्ड दिइयो फिल्म ममका लागि। अवार्ड बुझ्न पुगेका थिए निर्माता बोनी कपुर, अनिल कपुर र अर्जुन कपुर।  पत्नी श्रीदेवीको अवार्ड बोनी कपुरले रिसिभ गरे। गत फेब्रुअरीमा दुवईमा श्रीदेवीको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई प्रतिपक्षीको प्रश्न : चीन भ्रमणमा लिपुलेकको कुरा किन उठाइएन?

    प्रधानमन्त्रीलाई प्रतिपक्षीको प्रश्न : चीन भ्रमणमा लिपुलेकको कुरा किन उठाइएन?

    काठमाडौं: आफ्नो चीन भ्रमणबारे संसदमा जानकारी गराएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षीले लिपुलेकको विषयमा चासो व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले चीन भ्रमणको बारे जानकारी गराएपछि प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले लिपुलेकको विषय भ्रमणका क्रममा किन नउडाइएको भन्दै प्रश्न गरेका थिए। उक्त विषयमा उत्तर दिदै प्रधानमन्त्री ओलीले अध्ययन गरेर कुरा उठाउने बताए। उनले भने,‘हाम्रो सीमा…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा आपराधिक घटना बढ्दै, आठ महिनामा छ जनाको हत्या

    रोल्पामा आपराधिक घटना बढ्दै, आठ महिनामा छ जनाको हत्या

    कविता उपाध्याय लिबाङ रोल्पामा आपराधिक घटना बढ्दै गएका छन्। जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो। २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको बञ्चरो प्रहार गरी हत्या गरे। यसरी आफ्नै ज्वाइँको बञ्चरो…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिना र मेसीको भाग्यको खेल आज, यस्तो छ नाइजेरियासँग राइभर्ली

    अर्जेन्टिना र मेसीको भाग्यको खेल आज, यस्तो छ नाइजेरियासँग राइभर्ली

    रसिया विश्वकप सुरु हुनुअघि धेरैले सोचेका थिए सुपरस्टार  लियोनल मेसीको टिम अर्जेन्टिना सहजै दोस्रो चरणमा पुग्नेछ। हुन पनि दुई पटकको विश्व विजेता वर्तमान समयमको उत्कृष्ट खेलाडी मेसी अनी उपाधिको दाबेदार। अर्जेन्टिनालाई अन्तिम १६ मा पुग्न यस्तो हम्मे हम्मे होला भन्ने कसैले सोचेको थिएन। अझ समूहको दुई खेलको नतिजा जुन अर्जेन्टिनी टिम र उसका समर्थकहरु बिर्सन चाहन्छन्। अर्जेन्टिना समूहको पहिलो खेलमा डेब्युटान्ट…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

    बागलुङमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

    बागलुङः भीषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ। बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। घरमै सुतिरहेको बेलामा एक्कासी खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो। पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा आज चार खेल : अर्जेन्टिनालाई दोस्रो चरण पुग्न स्पष्ट जित आवश्यक

    विश्वकपमा आज चार खेल : अर्जेन्टिनालाई दोस्रो चरण पुग्न स्पष्ट जित आवश्यक

    रुसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणका ४ खेल हुँदैछन्। दुई पटकको विश्वविजेता तथा सुपरस्टार लियोनल मेसीको टिमको विश्वकप यात्रा कहाँसम्म पुग्ने हो त्यसको फैसला समेत आजै हुँदैछ। रसिया विश्वकपमा अगाडि बढ्न अर्जेन्टिनालाई नाइजेरियाविरुद्ध खेल जित्नैपर्नेछ। आज राति ७:४५ बजे समूह सी का दुई तथा राति ११:४५ बजे समूह डी का दुई खेल हुँदैछन्। समूह सी अन्तर्गत फ्रान्स र डेनमार्क तथा पेरु र…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै, चीन भ्रमणबारे जानकारी दिने

    प्रधानमन्त्रीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै, चीन भ्रमणबारे जानकारी दिने

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे आज प्रतिनिधिसभा बैठकलाई जानकारी दिने भएका छन्। सम्बोधनका लागि प्रधानमन्त्री ओलीले समय लिइसकेका छन्। मंगलबार बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले सम्बोधन गर्नेछन्। यसअघि सोमबार दिउँसो नै सदनमा सम्बोधन गर्ने तयारी गरिए पनि अन्तिम समयमा स्थगित भएको थियो। राष्ट्रको नेतृत्व गरेर कुनै पनि औपचारिक विदेश भ्रमणमा जाँदा र फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास…

    विस्तृतमा पढ्नुस्

  • बजेटमाथि विभागीय मन्त्रीहरुले आजदेखि जवाफ दिने

    बजेटमाथि विभागीय मन्त्रीहरुले आजदेखि जवाफ दिने

    काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि आजदेखि विभागीय मन्त्रीहरुले जवाफ दिँदैछन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको छलफल सकिए लगत्तै विभागीय मन्त्रीले जवाफ दिने कार्यक्रम सुरु हुनेछ। संघीय संसद् सचिवालयले विभागीय मन्त्रीले जवाफ दिने कार्यक्रम मंगलबारदेखि सुरु गर्नेगरि कार्यसूची तयार पारिसकेको छ।  मंगलबार सात विभागीय मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनेछन्। जसमा, सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि…

    विस्तृतमा पढ्नुस्

  • प्रिक्वाटरफाइनलमा उरुग्वे र पोर्चुगल भिड्ने, आयोजक रसियाको प्रतिद्वन्दी स्पेन

    प्रिक्वाटरफाइनलमा उरुग्वे र पोर्चुगल भिड्ने, आयोजक रसियाको प्रतिद्वन्दी स्पेन

    रसिया विश्वकप २०१८ अन्तर्गत पहिलो दुई प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ। समूह ए र समूह बी का सबै खेल सकिएपछि अन्तिम १६ मा भिड्ने चार टिमको प्रतिद्वन्दी छिनोफानो भएको हो। समूह ए बाट उरुग्वे सबै ३ खेल जित्दै समूह विजेता बन्दै अन्तिम १६ मा पुग्दा आयोजक रसिया उपविजेता बन्दै अन्तिम १६ पुग्यो। यस्तै समूह बी मा समान ५ खेल जोडे पनि…

    विस्तृतमा पढ्नुस्

  • समूह बी को दुबै खेल बराबरी : स्पेन र पोर्चुगल अन्तिम १६ मा, इरान बाहिरियो

    समूह बी को दुबै खेल बराबरी : स्पेन र पोर्चुगल अन्तिम १६ मा, इरान बाहिरियो

    रसिया विश्वकप अन्तर्गत समूह बी का अन्तिम दुई खेल बराबरीमा सकिएका छन्। सोमबार भएको खेलमा स्पेनले मोरोक्कसोसँग २-२ गोलको बराबरी खेल्दा पोर्चुगल पनि इरानसँग १-१ को बराबरीमा रोकिएको छ। पोर्चुगलका रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल भएका थिए। बराबरीपछि स्पेन समूह बी विजेता तथा पोर्चुगल बी उपविजेता हुँदै अन्तिम १६ मा पुगेको छ। दुवैले ३ खेलबाट मान ५ अंक जोडेको। ३ खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • इन्जुरी टाइममा अल दवसारीले निर्णायक गोल गर्दै साउदीलाई जिताए, कीर्तिमानी हाडारीले पेनाल्टी रोके पनि इजिप्टको हार टार्न सकेनन्

    इन्जुरी टाइममा अल दवसारीले निर्णायक गोल गर्दै साउदीलाई जिताए, कीर्तिमानी हाडारीले पेनाल्टी रोके पनि इजिप्टको हार टार्न सकेनन्

    सलेम अल दवसरीले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि रसिया विश्वकपमा साउदी अरेबियाले इजिप्टलाई २-१ ले पराजित गर्दै सुखद अन्त्य गरेको छ। निर्धारित पहिलो हाफमै दुई पेनाल्टी अवसर प्राप्त गरेपनि ९० मिनेटसम्म दुवै टोलीले एक एक गोल गरेका थिए। तर इन्जुरी टाइममा अल दवसारीले गोल गरेपछि साउदीले अन्तिम खेलमा ३ अंक जोडेको हो। यसअघि नै समूहका २ खेल हार्दै विश्वकपबाट…

    विस्तृतमा पढ्नुस्

  • आयोजक रसियालाई हराउँदै उरुग्वे समूह ए को विजेता

    आयोजक रसियालाई हराउँदै उरुग्वे समूह ए को विजेता

    गोलकिपर फर्नान्डो मुस्लेराले लगातार तेस्रो खेलमा क्लिनसिट राख्दा उरुग्वे आयोजक रसियालाई पराजित गर्दै समूह ए को विजेता बनेको छ। रसियामा भइरहेको विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा उरुग्वेले १० खेलाडीमा झरेको रसियालाई ३-० ले हरायो। उरुग्वेका लागि लुइस सुआरेजले १०औँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। २३औँ मिनेटमा रसियाका डेनिस चेरिसोभले आतमघाती गोल गरेपछि उरुग्वेले २-० को अग्रता बनायो। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • ४५ वर्षीय एल हाडारीको कीर्तिमान, विश्वकप खेल्ने सबैभन्दा बुढा खेलाडी

    ४५ वर्षीय एल हाडारीको कीर्तिमान, विश्वकप खेल्ने सबैभन्दा बुढा खेलाडी

    इजिप्टका गोलकिपर एसाम एल हाडारीले फिफा विश्वकप खेल्ने सबैभन्दा बुढा खेलाडीको कीर्तिमान बनाएको छ। २१औँ संस्करणको रसिया विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध पहिलो रोजाईमा खेल्दै उनले उक्त कीर्तिमान आफ्नो नाममा लेखाए। अघिल्ला दुई खेलमा बेन्चमै बसेका हाडारीले इजिप्ट लगातार दुई खेल हार्दै विश्वकपबाट बाहिरिएपछि तेस्रो खेलमा मौका पाएका हुन्। उनले ४५ वर्ष १६१ दिन हुँदा विश्वकप खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • आज चार खेलमा ८ देश भिड्दै, हारजितले समिकरण प्रभावित हुने

    आज चार खेलमा ८ देश भिड्दै, हारजितले समिकरण प्रभावित हुने

    रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आजदेखि समूह चरणका अन्तिम खेल हुँदैछन्। अहिलेसम्म प्रत्येक टोलीले समूह चरणमा २-२ खेल खेलिसकेका छन् भने कूल ६४ मध्ये ३२ खेल समाप्त भइसकेका छन्। आजदेखि भने समूह चरणका ४ खेल हुनेछन्। यस्तै खेल समय पनि केही परिवर्तन छ। पहिलो दुई खेल नेपाली समयअनुसार राती ७:४५ बजे हुनेछ भने बाँकी दुई खेल राति ११: ४५ बजे हुनेछ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell