PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • भदौ १ लाई सारियो 'ब्ल्याक'

    भदौ १ लाई सारियो 'ब्ल्याक'

    काठमाडौं : फिल्म 'ब्ल्याक'को प्रदर्शन मिति ३ महिना पर धकेलिएको छ। निर्माण टिमले जेठ ११ मा प्रदर्शन गर्ने भनिएको फिल्म भदौ १ लाई सारेको हो।  चलचित्र निर्माता संघ र चलचित्र संघबीचको शेयर बाँडफाँडको लफडा लगायतले  प्रचार प्रसारमा प्रभाव परेको भन्दै फिल्मको रिलिज टार्गेट सारेको हो। प्रदिप श्रेष्ठको निर्देशनमा बनेको फिल्म लभस्टोरी जनरामा आधारित छ। आश्मा पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा आँचल शर्मा…

    विस्तृतमा पढ्नुस्

  • कभर गायक सिद्धार्थ स्लाथिया नेपालमा

    कभर गायक सिद्धार्थ स्लाथिया नेपालमा

    काठमाडौं : बलिउड यूट्युब कभर सिङ्गर सिद्धार्थ स्लाथिया नेपाल आएका छन्। आफ्ना लाइभ प्रस्तुति दिन उनी नेपाल आएका हुन्। युट्युब हिट्स र लाइकका आधारमा उनी अग्रस्थानमा पर्छन्। यूट्युबमा उनी आफ्नै च्यानलमार्फत गीत र भिडियो सार्वजनिक गर्छन्। सिद्धार्थको अफिसियल यूट्युव च्यानलमा १० लाख बढीको  सस्क्राइब रहेको छ। 'सिद्धार्थ स्लाथिया लाइभ ईन नेपाल' कार्यक्रमका लागि उनले ११ लाख २० हजार पारिश्रमिक लिएको आयोजक…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीको सम्पत्तिमा दुई कुकुर पनि, त्यो पनि छिमेकको उपहार

    गृहमन्त्रीको सम्पत्तिमा दुई कुकुर पनि, त्यो पनि छिमेकको उपहार

    काठमाडौं : सुन तस्करीविरुद्ध कडा रवैया अपनाइरहेका गृहमन्त्री रामबहादुर थापा बादलसँग ६ तोलामात्रै सुन छ। उनले बुझाएको सम्पत्ति विवरण हेर्दा लाग्छ – थापा गरीब मन्त्री हुन्। गृहमन्त्री थापासँग बैंक जम्मा ५० हजार रुपैयाँमात्र छ। गृहमन्त्री थापाको आफ्नो नाममा कुनै पनि जग्गा जमिन तथा सवारी साधन समेत नरहेको सम्पति विवरणमा उल्लेख गरेका छन्। तर रेस्टुरेन्टबाट आएको ३ लाख रुपैयाँ नगद भने…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा कर्मचारीको तलब के होला? सुझाव समितिको बैठक बसेन, ट्रेड युनियनका अधिकारीले अर्थमन्त्री भेट्न पाएनन्

    बजेटमा कर्मचारीको तलब के होला? सुझाव समितिको बैठक बसेन, ट्रेड युनियनका अधिकारीले अर्थमन्त्री भेट्न पाएनन्

    काठमाडौं : आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक हुने दिन नजिकिँदै गर्दा कर्मचारीको तलब वृद्धिको विषय अझै अन्यौलमा रहेको छ। प्रत्येक वर्ष बजेट निर्माणका क्रममा प्राथमिकताका साथ छलफल हुने यो विषय अहिले भने ओझेलमा छ। कर्मचारीको तलब वृद्धिको विषय अहिले अर्थमन्त्री डा युवराज खतिवडाको प्राथमिकतामा छैन। खतिवडाले तत्काल पूरा हुने र अर्थतन्त्रमा दिगो योगदान दिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न…

    विस्तृतमा पढ्नुस्

  • हत्कडीसहित फरार अभियुक्त ९ घन्टापछि फेला

    हत्कडीसहित फरार अभियुक्त ९ घन्टापछि फेला

    काठमाडौं : हत्कडीसहित भागेका एक अभियुक्तलाई प्रहरीले ९ घन्टापछि नियन्त्रणमा लिएको छ।  मंगलवार दिउँसो करिब साढे १ बजे कास्की मादी गाँउपालिका वडा नम्बर १० थुम्सीकोट घर भएका राजकुमार परियार प्रहरीको नियन्त्रणबाट हत्कडीसहित फरार भएका थिए। प्रहरी प्रभाग बैदामबाट खटिएको टोलीले परियारलाई नियन्त्रणमा लिएको हो। उनी नजिकैको पुलमुनि लुकेका थिए। परियारलाई बुधवार नै प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत पक्राउ गरेको थियो। …

    विस्तृतमा पढ्नुस्

  • 'फिल्म एण्ड मिडिया नलेज' सम्बन्धि सेमिनार हुने

    'फिल्म एण्ड मिडिया नलेज' सम्बन्धि सेमिनार हुने

    काठमाडौं : कान्तिपुर फिल्म एकेडेमीले काठमाण्डौंमा 'फिल्म एण्ड मिडिया नलेज सेमिनार' आयोजना गर्ने भएको छ।  चलचित्र निर्माण, वितरण र प्रदर्शनसँगै फिल्म एजुकेसनको आवश्यकतालाई मध्यनजर गर्दै मुम्बईको फिल्म स्कुल विस्लीङ्ग उड ईन्टरनेस्नलको संयुक्त आयोजनामा  सेमिनार आयोजना हुनेछ।   सेमिनारका लागि बलिउड फिल्म निर्देशक सुभास घई पनि नेपाल आउने भएका छन्। उनले नै नेपाली मनिषा कोइरालालाई सन् १९९१ मा  'सौदागर'बाट बलिउडमा ईन्ट्री…

    विस्तृतमा पढ्नुस्

  • 'तीन नयाँ प्रतीभा'मा दिल्लीले राख्यो सन्दीपलाई टपमा, भारतको यू १९ का क्याप्टेन पृ्थ्वी दोस्रोमा

    'तीन नयाँ प्रतीभा'मा दिल्लीले राख्यो सन्दीपलाई टपमा, भारतको यू १९ का क्याप्टेन पृ्थ्वी दोस्रोमा

    काठमाडौं : विश्वकै चर्चित व्यवसयिक क्रिकेट लिग आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा स्टार सन्दीप लामिछाने स्वदेश फर्किसकेका छन्। तर, सन्दीपलाई उक्त अवसर दिलाउने दिल्ली डेयरडेभिल्स भने सन्दीपको प्रदर्शनबाट मोहित बनेको छ र सन्दीपको प्रशंसा गरिरहेको छ। जनवरीमा भएको अक्सनमा २० ला भारुमा अनुबन्ध गरेसँगै दिल्लीले सन्दीपबारे सामाजिक सञ्जालहरुमा अपडेट गर्न थालेको थियो भने नेपालको राष्ट्रिय टिमले खेलेका सबै…

    विस्तृतमा पढ्नुस्

  • जनताले सीमा सुरक्षा गरेरै बसेका छन्, राष्ट्रवाद नपढाउ : शेरबहादुर देउवा

    जनताले सीमा सुरक्षा गरेरै बसेका छन्, राष्ट्रवाद नपढाउ : शेरबहादुर देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई राष्ट्रवादको पाठ पढाउन आवश्यक नरहेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि सदनमा बोल्दै देउवाले भने, ‘राष्ट्रवादबारे पानाको पाना पाठ पढाउन आवश्यक छैन। सबैले सीमा रक्षा गरेर बसेका छन्।’ ‘हिमालको जनता होस् अथवा पहाडको अथवा मधेशको सबैले सीमा रक्षा गरेर बसेका छन्,’ देउवाले भने, ‘राष्ट्रवादको पाठ पढाउन आवश्यक छैन।’ संविधानलाई सर्वस्वीकार्य बनाउन…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरको कारागरमा नअट्ने भएपछि सुन काण्डका २८ जनालाई झुम्का लगिँदै, गोरेलाई राखियो बेग्लै

    विराटनगरको कारागरमा नअट्ने भएपछि सुन काण्डका २८ जनालाई झुम्का लगिँदै, गोरेलाई राखियो बेग्लै

    विराटनगर : जिल्ला अदालत मोरङले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा पूर्पक्षका लागि जेल चलान गरिएका २८ अभियुक्तलाई क्षेत्रीय कारागार झुम्का लगिने भएको छ। अदालतले एसएसपी दिवेश लोहनीसहित २८ जनालाई मंगलवार पुर्पक्षको लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो। तर, कारागारमा ठाउँ नभएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लैजान लागिएको हो। अदालतबाट स्वकृति लिएर मात्र अर्को कारागार लैजाने…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनालाई झड्का, पहिलो रोजाईँका गोलकिपर रोमेरो चोटका कारण विश्वकपबाट बाहिर

    अर्जेन्टिनालाई झड्का, पहिलो रोजाईँका गोलकिपर रोमेरो चोटका कारण विश्वकपबाट बाहिर

    अर्जेन्टिनाका पहिलो रोजाईका गोलकिपर सर्जियो रोमेरो विश्वकप खेल्ने टोलीबाट बाहिरिएका छन्। दुईदिन अघि घोषित २३ सदस्यी टोलीमा रोमेरोले स्थान बनाएका थिए तर अब उनी अर्को महिना रसियामा हुने विश्वकपमा अर्जेन्टाइन टोलीमा हुनेछैनन्। दायाँ घुँडाको चोटका कारण ३१ वर्षीय रोमेरो टिमबाट बाहिरिएको अर्जेन्टिना फुटबल संघले जनाएको छ। चाँडै नै उनको शल्यक्रिया हुने पनि संघले जनाएको छ। यस्तै संघले रोमेरोको स्थानमा नहुएल…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : एलिमिनेटरमा भिड्दै कोलकता र राजस्थान, पराजित टिम बाहिरिने

    आइपीएल : एलिमिनेटरमा भिड्दै कोलकता र राजस्थान, पराजित टिम बाहिरिने

    इन्डियन प्रिमियर लिग (आइपीएल) प्लेअफअन्तर्गत आज एलिमिनेटर खेल हुँदैछ। लिग चरणमा तेस्रो स्थानमा रहेको कोलकता नाइट राइडर्स र चौथो स्थानमा रहेको राजस्थान रोएल्सबीच एलिमिनेटरमा प्रतिस्पर्धा हुँदैछ। यस खेलमा विजयी हुने टोली दोस्रो क्वालिफायरको लागि छनोट हुने जहाँ उसले पहिलो क्वालिफायरको पराजित टोली सनराइजर्स हैदरावादसँग खेल्नेछ। र त्यसको विजेता फाइनल पुगनेछ। एलिमनेटरको पराजित टोली भने प्रतियोगिताबाट बाहिरिनेछ। पहिलो क्वालिफायरमा हैदरावादलाई हराउँदै…

    विस्तृतमा पढ्नुस्

  • रेल देख्न नपाएकाहरु ओलीजीको भाषण सुनेर हुरुक्क हुने हो, हामी होइन : महतो

    रेल देख्न नपाएकाहरु ओलीजीको भाषण सुनेर हुरुक्क हुने हो, हामी होइन : महतो

    सरकारले प्रस्तुत गरेको एक सय तीन बुँदे नीति तथा कार्यक्रममा संविधान संशोधन र तराई मधेशका विषय नसमेटिएको भन्दै मधेशवादी दलहरु असन्तुष्ट छन्। तर नीति तथा कार्यक्रम प्रस्तुत भएकै दिन नपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा सहमति भइसकेको र मधेशी दल सरकारमा आउन तयार रहेको प्रतिक्रिया दिएका थिए। सरकारको नीति तथा कार्यक्रम र मधेशी दलको सरकारमा सहभागिताका…

    विस्तृतमा पढ्नुस्

  • सरकारको वार्षिक नीति तथा कार्यक्रममा आजदेखि छलफल

    सरकारको वार्षिक नीति तथा कार्यक्रममा आजदेखि छलफल

    काठमाडौँः सरकारको तर्फबाट संघीय संसद्मा पेस भएको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि संघीय संसद्मा छलफल प्रारम्भ हुँदैछ। संघीय संसद्का दुबै सदनमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले नीति कार्यक्रममा पेसका लागि राष्ट्रपतिलाई धन्यवाद दिन प्रस्ताव पेससहित छलफलका लागि आह्वान गर्नेछन्।  छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। सरकारले पेस गरेको नीति तथा कार्यक्रममा कांग्रेस,…

    विस्तृतमा पढ्नुस्

  • गाई काटेको अभियोगमा तीनजना पक्राउ

    गाई काटेको अभियोगमा तीनजना पक्राउ

    वालिङः स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ। वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो। स्थानीयले दिएको सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासुसहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई…

    विस्तृतमा पढ्नुस्

  • ३ करोड रुपैयाँमा ‘कालो हिरा’ को बार्गेनिङ हुँदै गर्दा समातिए ८ जना

    ३ करोड रुपैयाँमा ‘कालो हिरा’ को बार्गेनिङ हुँदै गर्दा समातिए ८ जना

    काठमाडौँः बहुमूल्य बस्तु 'कालो हिरा'को बेचबिखन हुन लागेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। महागरीय प्रहरी बृत्त दरबारमार्गबाट डिएसपी दानबहादुर मल्लको नेतृत्वमा खटिएको टोलीले २ थान कालो हिरासहित लैनचौरबाट रमेश रजक सहित ८ जनालाई नियन्त्रणमा लिइएको हो। रजकले ३० क्यारेटको कालो हिरा ३ करोड रुपैयाँमा बिक्री गर्ने लागेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : हैदरावादलाई हराउँदै चेन्नाई सातौँ पटक फाइनलमा, फाप डु प्लेसिसको शानदार ब्याटिङ

    आइपीएल : हैदरावादलाई हराउँदै चेन्नाई सातौँ पटक फाइनलमा, फाप डु प्लेसिसको शानदार ब्याटिङ

    ओपनर फाप डु प्लेसिसिले शानदार ब्याटिङ गर्दै नटआउट ६७ रन बनाएपछि सनराइजर्स हैदरावदलाई २ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल-११)को फाइनलमा प्रवेश गरेको छ। प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा हैदरावादले दिएको १४० रनको लक्ष्य १९.१ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईले खेलेका ९ संस्करणमध्ये फाइनल पुगेको यो सातौँ पटक हो। सन् २००९ र २०१४ मा फाइनल पुग्न…

    विस्तृतमा पढ्नुस्

  • भलिबल दिवस मनाईयो

    भलिबल दिवस मनाईयो

    काठमाडौं : नेपला भलिबल संघ (एनभिए)ले भलिलब दिवस मनाएको छ। भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको एक वर्ष पुरा भएको अवसरमा एनभिएले मंगलवार प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको समापनका अवसरमा ‘भलिबल दिवस’ सेलिब्रेसन गरेको हो। एनभिएले छुट्टै कार्यक्रम आयोजना नगरेपनि भलिबल प्रतियोगिताको आयोजक, र टिमहरुसँग मिलेर भलिबल दिवस मनाएको हो। नेपाल सरकारले २०७४ जेठ ८ गते…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयस्तरीय छात्रा भलिबल : न्यू डायमण्ड च्याम्पियन

    विद्यालयस्तरीय छात्रा भलिबल : न्यू डायमण्ड च्याम्पियन

    काठमाडौं : प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको उपाधि शिवम् न्यू डायमण्डले जितेको छ। घरेलु कोर्ट नैकापमा मंगलवार भएको फाइनलमा पारामाउण्ड एकेडेमीमाथी ३–२ को रोमाञ्चक जित हात पार्दै न्यू डायमण्ड च्याम्पियन बनेको हो। पहिलो सेट २०–२५ ले गुमाएको न्यू डायमण्डले दोश्रो र तेश्रो सेट २५–१९, २५–२३ ले जित्दै खेलमा २-१ को अग्रता बनाएको थियो। चौथो सेटमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल फर्किए सन्दीप लामिछाने, हेर्नुस् १० फोटोमा

    नेपाल फर्किए सन्दीप लामिछाने, हेर्नुस् १० फोटोमा

    काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी खेलाडी बनेका युवा लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्किएका छन्। त्रिभुवन विमानस्थलमा लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटी लगायतले स्वागत गरे। आइपीएलको ११औँ सिजनमा दिल्ली डेयरडेभिल्सबाट अन्तिम ३ खेल खेल्ने अवसर पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै कूल ५ विकेट लिए। १७ वर्षीय सन्दीप केही दिनपछि वेष्टइन्डसज…

    विस्तृतमा पढ्नुस्

  • कर्नाटकमा दोस्रो पटक कुमारास्वामी, भाजपा विरोधी नेताको जमघट

    कर्नाटकमा दोस्रो पटक कुमारास्वामी, भाजपा विरोधी नेताको जमघट

    नयाँ दिल्ली : कर्नाटकको मुख्यमन्त्रीको रूपमा जनता दल सेकुलर (जेडीएस)का नेता एचडी कुमारस्वामीले शपथ लिएका छन्। कर्नाटकमा गत मे १२ मा भएको निर्वाचनमा ३८ सिटसहित तेस्रो दल बनेको जेडीएसका नेता कुमारास्वामी दोस्रो दल कंग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।  यसअघि भारतीय जनता पार्टीका तर्फबाट येदुइरप्पाले मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए। उनको शपथ रोक्न कंग्रेस सर्वोच्च अदालतमा पुगेपछि अदालतले उनलाई २४ घण्टाभित्र विश्वासको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell