काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादलाई परिभाषित गर्दै न्यायोचित वितरण नै समाजवाद भएको बताएका छन्। प्रधानमन्त्री ओलीले उत्पादनमा वृद्धि मात्र होइन समुचित वितरण नै आफूहरूको समाजवाद उन्मोख सिद्धान्त रहेको बताएका छन्। आज एमाले पार्टी कार्यालयमा 'मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण' कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘समाजवाद उन्मुखबाट आत्तिनु हुँदैन। समाजवाद उन्मुख भनेपछि केही केही आतंकित हुन्छ।…
काठमाडौं: मृगौलाका बिरामीहरूलाई आवश्यक पर्ने सम्पूर्ण डायलाईसिस निःशुल्क गरेपछि अस्पतालहरूमा बिरामीहरूको चाप बढेको छ। केही समय यता नेपाल मेडिकल कलेज जोरपाटीमा पनि डायलाईसिस गराउने बिरामीहरूको संख्या बढेको छ। नेपाल मेडिकल कलेज जोरपाटीमा अहिले १ सय २ जनाले नियमित रूपमा डायलाईसिस गराइरहेका छन्। डायलाईसिस युनिटकी इन्चार्ज उषा कार्कीका अनुसार नियमित १ सय २ जना डायलाईसिसका बिरामी रहेपनि कहिले काहीँ ईमजेन्सी केसहरू…
काठमाडौं: नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृत्यु भएका नेता खड्काप्रति शोक प्रकट गर्दै भोलि दिउँसो १ बजेका लागि बैठक स्थगित भएको हो। भोलिको बैठकमा प्रधानन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सम्भावना रहेको संसदीय सचिवालयले जनाएको छ। यसैगरी राष्ट्रिय…
काठमाडौं: सोमबार केही राजनीतिज्ञले फिल्म 'कान्छी' हेरे। पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा, नयाँ शक्तिकी नेतृ हिसिला यमीले फिल्म हेरेका हुन्। आकाश अधिकारी निर्देशित कान्छी हेरेपछि उपस्थित राजनीतिज्ञले सकारात्मक प्रतिक्रिया समेत दिए। त्यस्तै कान्छीको पोलिटिकल सोमा पुराना पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई पुर्व प्रधानमन्त्रीको हातबाट सम्मान समेत गरियो। फिल्म…
काठमाडौं: महिला हिंसाविरुद्ध महिला सांसदहरुले संसदमा विशेष प्रस्ताव दर्ता गराएका छन्। संयुक्त महिला संघर्ष समितिले महिला हिंसा विरुद्ध संसदमा रहेका विभिन्न दल आवद्ध महिला सांसदहरुको हस्ताक्षरसहित संसद सचिवालयमा विशेष प्रस्ताव दर्ता गराएका हुन्। अन्तर पार्टी महिला सञ्जाल तथा विभिन्न राजनीतिक दल आवद्ध महिला संगठनहरुको संयुक्त संघर्ष समितिले महिला हिंसा विरुद्ध आवाज उठाउदै संसदमा विशेष प्रस्ताव दर्ता गराएको सांसद तथा अन्तर…
काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले देशभित्र देखिएका सबै किसिमका सिन्डिकेटहरुको अन्त्य गर्ने दाबी गरेका छन्। सोमवार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले देशभित्र हुने गरेका सिन्डिकेटहरु जनता र नागरिक समाजसँग मिलेर तोड्ने बताए। गृहमन्त्री थापाले भने' अधिल्ला सरकारले पनि सिन्डिकेट तोड्ने त कसिन गरेकै हुन्। अहिलेको गृहको योजना पनि त्यही हो तर गृहमन्त्रालयको फुर्ती र काम हेर्नु होला।' मन्त्री…
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव दोस्रो संस्करणको ब्यानर सार्वजनिक भएको छ। आगामी मे महिनाको १८ तारिक शुक्रबार महोत्सव शुरु हुँदैछ। मेको १९ र २० तारिखका दिन रेगल सिनेमा, ह्याट्सभिल मेरिल्याण्डमा नेपाली फिल्महरु प्रदर्शन हुनेछन्। मे २० तारिक आइतबार हुने समापन समारोहमा भने अवार्ड वितरण गरिने आयोजक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। महोत्सवको उद्घाटन र समापन भने एएफआइ सिल्भर…
काठमाडौं: गीतकार पद्मा लिंखा मगर उत्कृष्ट गीतकार घोषित भएकी छिन्। रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा उनी उत्कृष्ट गीतकार घोषित भएकी हुन्। ६८ औं वार्षिक उत्सवको अवसरमा रेडियो नेपालले उनलाई उत्कृष्ट घोषित गरेको बारे फेसबुकमार्फत खुशी व्यक्त गरेकी छिन्। अमेरिकामा रहदै आएकी लिंखा नेपाली गीत लेखनमा सक्रिय छिन्। उनले लेखेको गीतमा सिडी विजय अधिकारीको स्वर दिएका छन् भने…
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा देशभित्रका कारागारको बेथितिको पर्दाफास गरेका छन्। सोमवार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा देशको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हालेका गृहमन्त्री थापाले कारागार भित्र रहेका कैदि मर्सिडिज लिएर हिँड्ने गरेको खुलासा गरेका हुन्। गृहमन्त्री थापाले भने, 'खै भाइ नाइके हो कि के नाइके? विराटनगर कारागारमा रहेका कैदी सहरमा मर्सिडिज लिएर हिँड्ने गरेको सुन्दै छु। कारागारमा नै दादागिरी र हप्ता असुली…
फिल्म 'लिलिबिली'को वर्ल्ड प्रिमियर भएको छ। जापानको टोकियोस्थित नकानो जिरो हलमा भएको रेड कार्पेट प्रिमियरमा मुख्य कलाकार एवं निर्माण युनिटको उपस्थिति रहेको थियो। चैत ३० गते नेपाल रिलिज हुने फिल्मको प्रिमियरमा अभिनेता प्रदिप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाहीले दर्शकसँग बसेर फिल्म हेरेका हुन्। प्रिमियरलाई डेस्टिनी क्रियसन जापानले आयोजना गरेको हो। निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको…
कविता उपाध्याय- लिबाङ: एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन। बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन्। गरिबी, बेरोजगारी, चेतना अभाव तथा अशिक्षा नै बालविवाहको मुख्य कारक तत्व…
काठमाडौँ: सरकारले देशको सीमा क्षेत्रको सुरक्षा र निगरानीको लागि ड्रोन प्रयोग गर्ने भएको छ। खुल्ला सिमानाको कारण देशभित्र तस्करी र अपराधी आउने क्रम बढेकाले निगरानीको लागि ड्रोन प्रयोगमा ल्याउन लागेको गृहमन्त्री रामबहादुर थापाले बताए। मन्त्री थापाले भने,' प्रविधिको प्रयोग गर्दै सीमामा अव ड्रोनको प्रयोग गर्ने छौँ।' सशस्त्र प्रहरी बलले सीमा सुरक्षा दिँदै आएको छ। सुरक्षाकर्मीको जनशक्ति अभाव हुँदा सीमामा करिब…
काठमाडौंः काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको भूकम्प पीडितहरूलाई थप रु.१ (एक) लाख सहयोग अनुदान दिने निर्णय कार्यान्वयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ। पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठले वक्तव्य जारी गर्दै सो निर्णय सरकारको अभिलेखमा नभएको कुरा सार्वजनिक भएको भन्दै त्यसप्रति दुःख समेत व्यक्त गरेका छन्। राप्रपा समेत सहभागी पूर्ववर्ती सरकारको निर्णयलाई अविलम्ब कार्यान्वयन गर्न राप्रपाले सरकारसँग माग…
काठमाडौं: सरकारले राजमार्गमा सवारी फिटनेस सेन्टर खोल्ने भएको छ। राजमार्गमा हुने दुर्घटना र सवारी आगमनलाई व्यवस्थित गर्ने सय किलोमिटरको दुरीमा फिटनेस सेन्टर बनाउन लागेको हो। सेन्टरमा सवारी साधनको भार क्षमता र चालकको अवस्था र ट्राफिक नियम पालना भएको नभएको परिक्षण हुने गरी फिटनेस बनाउने तयारी भएको गृहमन्त्री रामबहादुर थापाले बताए। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र प्रदेश सरकार,स्थानिय…
काठमाडौं: डा. रामशरण महतले शेयर बजारमा हुने 'स्पेकुलेसन' लाई अनुत्पादक नै मान्नु पर्ने बताएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारलाई अनुत्पादक भनिरहेका बेला पूर्वअर्थमन्त्री महतले समग्र शेयर बजार उत्पादनमूलक भए पनि 'स्पेकुलेशन' भने अनुत्पाकमूलक नै भएको बताएका हुन्। 'समग्र शेयर बजारलाई अनुत्पादक भन्न मिल्दैन' धुम्वाराहीस्थित निवासमा केही पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'स्पेकुलेटिङ साइड जुन छ, त्यो चै उत्पादनमूलक…
काठमाडौं : काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। सोमवार भएको खेलमा काठमाडौंले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको हो। प्रतियोगितामा रुपन्देहीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा रुपन्देही अत्तरियासँग पराजित भएको थियो। धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १८६ रन बनाएको थियो। प्रतियोगिताकै…
काठमाडौं: वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताएका छन्। मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले भने– “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने खालका कार्यक्रम अघि बढाउने नीति सरकारले ल्याउँछ।” मन्त्री बस्नेतले वन तथा वातावरणलाई विकासको बाधक होइन, समृद्धिको आधार बनाउने नीति ल्याउने बताउँदै “वन क्षेत्रको बहुआयामिक…
काठमाडौं: गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। यसैगरी महासचिवमा वंशलाल तामाङ चयन भएका छन्। श्रेष्ठ नेकपा एमालेका तर्फबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने तामाङ नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए। महासंघको दोस्रो महाधिवेशनबाट अध्यक्षसहितको ३७ सदस्यीय कार्यसमिति आज निर्विरोध चयन गरिएको हो। चैत १७ गतेदेखि शुरु भएको महाधिवेशनको…
काठमाडौं: पूर्वअर्थमन्त्री डा रामशरण महतले सरकारले सार्वजनिक गरेको श्वेतपत्रले अर्थतन्त्रको नकारात्मक पाटो मात्रै उल्लेख गरेको भन्दै मुलुकको अर्थतन्त्र नियन्त्रण बाहिर नगएको बताएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमार्फत 'राम्रा कुराहरुलाई पनि नराम्रो तरिकाले' प्रस्तुत गरेको डा. महतको आरोप छ। 'राम्रो भनिएका अर्थमन्त्रीबाटै तथ्यांकहरुको गलत ब्याख्या गरेर श्वेतपत्र आउनु ठिक होइन' उनले भने, 'यो ह्वाइट पेपर नभइ रेड पेपर हो।' उनले…
काठमाडौँः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएको छ। सबैमा २/२ रुपैयाँ मूल्यवृद्धि भएको आयल निगमले जनाएको छ। मूल्य बढेसँगै अब पेट्रोल लिटरमा १०५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल ८५ रुपैयाँ पुगेको छ। बढेको मुल्य सोमबार राति १२ बजेबाट लागू हुने निगमले जनायो। निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले यहाँ मूल्य बढाउनुपर्ने अवस्था आएको बताए। …