PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

  • बालिका अपहरण गरेर भागेका 'अपहरणकारी'को भिरबाट लडेर मृत्यु

    बालिका अपहरण गरेर भागेका 'अपहरणकारी'को भिरबाट लडेर मृत्यु

    फलेवासः पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाइ वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भिरबाट लडेर ‘अपहरणकारी’को मृत्यु भएको छ। बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयवासीले देखेपछि भागेका बागलुङ नगरपालिका वडा नं १, रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको मृत्यु भएको हो। रुचालको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भिरबाट खसेर मृत्यु भएको हो। कुश्मा नगरपालिका–४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी…

    विस्तृतमा पढ्नुस्

  • गाउँको अधिकार अब सिंहदरबार फर्कंदैनः मुख्यमन्त्री पोखरेल

    गाउँको अधिकार अब सिंहदरबार फर्कंदैनः मुख्यमन्त्री पोखरेल

    गुलरियाः पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा दिएको सिंहदरबारको अधिकार गाउँमै रहने बताएका छन्। शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बर्दियाको राष्ट्रिय गौरवको योजना भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरण गरिने बताए। मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले हुलाकी सडक चार लेनको बनाउने पहल गरिरहेको बताए। उनले जनतालाई प्रभावकारी सेवा दिन जनप्रतिनिधिलाई आग्रह गरे। कार्यक्रममा प्रतिनिधिसभा सदस्य सञ्जय गौतम, प्रदेश नं ५ को…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता खड्काको आज दाहसंस्कार, केन्द्रीय समिति तीन दिन स्थगित

    कांग्रेस नेता खड्काको आज दाहसंस्कार, केन्द्रीय समिति तीन दिन स्थगित

    काठमाडौँः उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको आज दाहसंस्कार गरिँदैछ। दिउँसो ३ बजे पशुपति आर्यघाटमा खड्काको अन्त्येष्टि गरिनेछ। मिर्गौला, छाती र नसाको उपचार गरिरहेका खड्काको शुक्रबार नयाँ दिल्लीको एपोलो अस्पतालमा निधन भएको थियो। खड्काको शवलाई बिहान ९ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा अन्तिम श्रदाञ्जलीका लागि राखिनेछ। श्रदाञ्जलीपछि ३ बजे अन्त्येष्टिको गरिनेछ। यसैबीच नेपाली कांग्रेसको जारी केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • बास्केटबल लिग : आर्मीलाई हराउँदै गोल्डेनगेट च्याम्पियन

    बास्केटबल लिग : आर्मीलाई हराउँदै गोल्डेनगेट च्याम्पियन

    काठमाडौं : लिग चरणमा शानदार प्रदर्शन गरेको त्रिभुवन आर्मीलाई फाइनलमा १ अंकको अन्तरले पराजित गर्दै गोल्डेगेट इन्टरनेशनल कलेजलले क्वीक्स होम एण्ड अवे बास्केटबल लिगको उपाधि जितेको छ। शनिवार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले आर्मीलाई ९७-७६ अंकले हरायो। च्याम्पियन बनेको गोल्डेनगेटले नगद २ लाख सहित ट्रफी हात पार्‍यो। उपविजेता बनेको आर्मीले १ लाख पायो। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वाटरमा दुवै टोलीले…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मेसी र सुवारेजले हारबाट जोगाए बार्सिलोनालाई, रियल मड्रिडको जितमा बेलको दुई गोल

    ला लिगा : मेसी र सुवारेजले हारबाट जोगाए बार्सिलोनालाई, रियल मड्रिडको जितमा बेलको दुई गोल

    लुइस सुवारेज र वैकल्पिक खेलाडी लियोनल मेसीले खेल सकिन दुई मिनेटमा अगाडि एक-एक गोल गरेपछि बार्सिलोना ला लिगामा हारबाट जोगिएको छ। लिग अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर बार्सिलोनाले सेभियासँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। फ्रान्को भजक्वेजले ३६औँ तथा लुइस मुरिएलले ५०औँ मिनेटमा गोल गर्दै सेभियालाई घरेलु मैदानमा २-० को अग्रता दिलाएका थिए। सेभियाले उक्त अग्रता ८८ मिनेटसम्म कायम…

    विस्तृतमा पढ्नुस्

  • इलामको माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकारमा

    इलामको माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकारमा

    इलामः इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ। विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दासमेत मर्मत नहुँदा स्थानीयवासी अन्धकारमा रात बिताउन बाध्य भएका छन्। विद्युत् नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको छ। त्यस क्षेत्रमा गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिका–२, ४, ५ र ६ का करिब २५० घरधुरी बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका हुन्। त्यहाँका काठका पोल…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता खड्कालाई श्रद्धाञ्जली दिन उनकै निवासमा नेता कार्यकर्ता: पार्टी कार्यालयमा दिउँसो १ बजेबाट

    कांग्रेस नेता खड्कालाई श्रद्धाञ्जली दिन उनकै निवासमा नेता कार्यकर्ता: पार्टी कार्यालयमा दिउँसो १ बजेबाट

    काठमाडौं: उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको आज दाहसंस्कार गरिँदैछ। दिउँसो ३ बजे पशुपति आर्यघाटमा खड्काको अन्त्येष्टि गरिने भनिए पनि केही ढिलाइ हुने भएको छ। खड्काको शवलाई १ बजेमात्र पार्टी कार्यालय सानेपामा अन्तिम श्रदाञ्जलीका लागि राखिनेछ।  श्रदाञ्जलीपछि अन्त्येष्टि गरिनेछ। खड्काका छोरा अनुरागको विमान छुटेकाले केही ढिला भएको नेपाली कांग्रेसले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : कम स्कोर बनाउनेमा रुपन्देहीको रेकर्ड, १० खेलाडीले जोड्न सकेनन् दोहोरो रन

    डीपीएल : कम स्कोर बनाउनेमा रुपन्देहीको रेकर्ड, १० खेलाडीले जोड्न सकेनन् दोहोरो रन

    काठमाडौँ: रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल-२) को दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स सिवाइसी अत्तरिया विरुद्धको खेलमा ६१ रनमा अलआउट भएको छ। डीपीएलको इतिहासमा कुनै पनि टिमले बनाएको यो सबैभन्दा कम स्कोर हो। यसअघि गत सिजनमा विराटनगर किंग्स रुपन्देही विरुद्धको खेलमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा ७१ रनमा अलआउट भएको थियो।  पहिले ब्याटिङ गर्दै कम स्कोर अलआउट हुने रेकर्ड भनेकञ्चनपुर आइकोनिक (८०) को नाममा…

    विस्तृतमा पढ्नुस्

  • पुरुष नभएपछि महिला नै जान्छन मलामी

    बेनीः म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ। गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ। गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाले…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटी उपाधि नजिक

    प्रिमियर लिग : म्यानचेष्टर सिटी उपाधि नजिक

    प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा म्यानचेष्टर सिटीले एभरटनलाई ३-१ ले पराजित गर्दै उपाधि नजिक पुर्‍याएको छ। लिगमा ३१ खेल सकिदा लिग लिडर सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि १३ अंकको अग्रता कायम गरेको छ। अब ७ खेल खेल्न बाँकी छ र सिटीलाई उपाधि जित्न एक जित मात्र आवश्यक छ। स्पष्ट छ म्यानचेष्टर सिटीले आगामी शनिवार म्यानेचष्टर युनाइटेडलाई हराउन सके ६…

    विस्तृतमा पढ्नुस्

  • मोनाकोलाई हराउँदै पिएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

    मोनाकोलाई हराउँदै पिएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

    पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ। एडिनसन कभानीको दुई गोल मद्दतमा मोनाकोलाई ३-० ले पराजित गर्दै पिएसजी च्याम्पियन बनेको हो। पिएजकीका लागि कभानीले आठौँ मिनेटमा पेनाल्टीमार्फत पहिलो तथा ८५औँ मिनेटमा दोस्रो गोल गरे। एन्जल डि मारियाले २१औँ मिनेटमा गोल गरे। पिएसजीले लिग कपको उपाधि जितेको यो आठौँ पटक हो र सर्वाधिक उपाधि जित्ने टिम समेत…

    विस्तृतमा पढ्नुस्

  • 'गुन्डा नाइके प्रहरी खोरमा, टोले गुन्डा टोल टोलमा'

    'गुन्डा नाइके प्रहरी खोरमा, टोले गुन्डा टोल टोलमा'

    काठमाडौँः राजधानीलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका अधिकांश गुन्डानाइके यति बेला प्रहरी खोरमा छन्। कोही ज्यान मार्ने उद्योग त कोही हातहतियार खरखजना मुद्धामा अनुसन्धानको दायरमा छन्। आफ्ना समूहका नाइकेलाई प्रहरीले नियन्त्रणमा लिएपछि टोले गुन्डा सक्रिय हुन थालेका छन्। उनीहरूले त्रास फैलाएर फिरौती असुली तथा ठेक्कापट्टादेखि आपराधिक गतिविधि गर्दै आएका छन्। गत बिहीबार मात्र प्रहरीले टोले गुन्डा आशीष गुरुङ पक्राउ गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : अत्तरियाको विजयी सुरुवात, कमल ऐरीको ४ विकेट

    डीपीएल : अत्तरियाको विजयी सुरुवात, कमल ऐरीको ४ विकेट

    काठमाडौं : बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा सिवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल-२) मा विजयी सुरुवात गरेको छ। रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य अत्तरियाले ७.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। अत्तरियाको जितमा विदेशी खेलाडी गौरव चितक्राले आक्रमक ब्याटिङ गर्दै १३ बलमा नटआउट ३० रन बनाए। उनले २ चौका र ३ छक्का प्रहार गरे। यस्तै अत्तरियाको कप्तानी सम्हालिरहेका…

    विस्तृतमा पढ्नुस्

  • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि उपयुक्त जग्गा खोज्दै धुर्मुस

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि उपयुक्त जग्गा खोज्दै धुर्मुस

    काठमाडौं : धुर्मुस सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि निर्माणस्थलको खोजी कार्य तिव्र बनाएको छ। फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा अवलोकन गरेको छ। क्रिकेटप्रेमीहरुको सहयोग प्रतिबद्धता र नेपाल सरकारको पनि सकारात्मक पहलकदमीका कारण आफुहरुलाई थप उत्साह मिलेको…

    विस्तृतमा पढ्नुस्

  • डेब्यु खेलमै इब्राहिमोभिचले दुई गोल गरेपछि एलए ग्यालेक्सीको शानदार जित

    डेब्यु खेलमै इब्राहिमोभिचले दुई गोल गरेपछि एलए ग्यालेक्सीको शानदार जित

    ज्लाटन इब्राहिमोभिचले अमेरिक मेजर सकर लिग (एमएलएस) को डेब्यु खेलमै गोल गरेका छन्। केही दिनअघि मात्र इंगलिस क्लब म्यानचेष्ट युनाइटेड छाड्दै एलए ग्यालेक्सीमा आबद्ध भएका इब्राहिमोचिभले दुई गोल गरेपछि एलए ग्यालेक्सीले जित हात पारेको हो। घरेलु मैदानमा ३ गोलले पछि परेको अवस्थामा इब्राहिमोभिचले २ गोल गर्दै ग्यालेक्सीलाई लस एन्जल एफसी विरुद्ध ४-३ को जित दिलाए। इब्राहिमोभिचले ७७औँ मिनेटमा ३५ यार्डबाट…

    विस्तृतमा पढ्नुस्

  • सर्वनाममा चल्दैछ 'कलायान'

    सर्वनाममा चल्दैछ 'कलायान'

    काठमाडौं: सर्वनाम थिएटरमा 'कलायन' चितत्रकला प्रदर्शनी शुरु भएको छ। यो कार्यक्रमको दोस्रो श्रृंखला हो। स्थापनाको ३६ औँ वर्षको अवसरमा प्रदर्शनी आयोजना गरिएको हो। कर्ण शाक्यले यो वर्षको कलायान उद्घाटन गरे। कलायानको दोस्रो श्रृंखलामा १० जना कलाकारका १९ चित्र प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा कलाकार प्रमिला परियार, रमेश श्रेष्ठ, ज्योती प्रकाश बिके, नरबहादुर बिके, नरेन्द्रबहादुर श्रेष्ठ, रमेश खनाल, कृष्ण मानन्धर, पुनम कुमारी…

    विस्तृतमा पढ्नुस्

  • शिवपुरी पुगेका रक्षामन्त्रीलाई जनताको गुनासोः जनावरबाट जोखिम बढ्यो, पोखरेलको उत्तर: अतिक्रमण बढेछ

    शिवपुरी पुगेका रक्षामन्त्रीलाई जनताको गुनासोः जनावरबाट जोखिम बढ्यो, पोखरेलको उत्तर: अतिक्रमण बढेछ

    काठमाडौं: शिवपूरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्र अवस्थित डाँडागाउँका जनताले रक्षामन्त्री ईश्वर पोखरेललाई निकुञ्जबाट निस्किने जनावरबाट जोखिम बढेको गुनासो गरेका छन्।  आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न डाँडागाउँ पुगेका रक्षामन्त्री पोखरेलसँग स्थानीयले यस्तो गुनासो राखेका छन्।  डाँडागाउँका अधिकांस स्थानीयले निकुञ्जबाट निस्कने जंगली जनावरले कृषि उत्पादनलाई नष्ट गर्ने, विगार्ने गरेको गुनासो मन्त्री पोखरेलसँग गरेका थिए। स्थानीय बालविकास स्कुलका प्राचार्य…

    विस्तृतमा पढ्नुस्

  • युद्ध मैदानमा अंग्रेज फौज, ‘नालापानी’ छायांकनका केही दृश्य  

    युद्ध मैदानमा अंग्रेज फौज, ‘नालापानी’ छायांकनका केही दृश्य  

    नालापानी युद्ध विशेष फिल्म 'नालापानी' छायांकनको क्रममा छ। शुक्रबार फिल्मको नारायणहिटी दरबार परिसरमा सुटिङ भयो। नेपाल आर्मीको गोरख गणको मैदानमा छायांकन भएको हो। नेपाल आर्मीबाट प्राप्त झण्डै पचास घोडा र करिब ३ सय हतियार सहितका फौज मैदानमा उतारिएको थियो जसलाई भिएफएक्सको माध्यमबाट हजारौँको संख्या देखाईने निर्देशक रिमेश अधिकारीले बताए। उक्त दृश्य छायांकनमा पाँचवटा क्यामेरा प्रयोग गरिएको थियो। भिएफएक्सको अधिक प्रयोग हुने…

    विस्तृतमा पढ्नुस्

  • द्वन्द्वमा सेनाबाट मारिएका एेनबहादुरको शव चौध वर्षपछि उत्खनन

    द्वन्द्वमा सेनाबाट मारिएका एेनबहादुरको शव चौध वर्षपछि उत्खनन

    दैलेखः तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि  उत्खनन गरेका छन्।   नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन्। विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको थियो। अन्यलाई छाडिदिएको भए पनि शाहीलाई…

    विस्तृतमा पढ्नुस्

  • श्वेतपत्रमा शेयर बजार सतही भनेपछि बजारमा पहिरो: ३३.१६ अंकले गिरावट

    श्वेतपत्रमा शेयर बजार सतही भनेपछि बजारमा पहिरो: ३३.१६ अंकले गिरावट

    काठमाडौं: आइतवार शेयर बजारमा पहिरो जाने क्रम रोकिएको छैन। खुल्नेवितिकै घट्न सुरु गरेको शेयर बजार अहिलेसम्म ३३.१६ अंकले घटेको छ। श्वेतपत्रमा शेयर बजार संबोधन हुने आशामा बसेका थिए।तर श्वेतपत्रमा शेयर बजार सतही भएको र पारदर्शीता नभएको उल्लेख थियो। अझ ढुकुटी नै रित्तो रहेको श्वेतपत्रमा उल्लेख भएपछि शेयर बजार ओरालो लागेको हो। अर्थमन्त्री डा.युवराज खतिवडाले पूँजी बजार सतही र पारदर्शीताको अभाव…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell