काठमाडौं: शुक्रवार श्रीमतीको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २१ वर्षिय प्रकाश तामाङलाई पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। बिहीबार तामाङले काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित दिदीको डेरामा बसिरहेकी २३ वर्षिय रमिता तामाङको हत्या गरी फरार भएका थिए। ६ वर्ष अगाडि विवाह गरेका…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई भ्रष्टाचारबाट टाढा रहेर काम गर्न निर्देशन दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। ‘भ्रष्टाचार, कुशासन जस्ता कुराबाट अलग रहेर काम गर्नुहोला, तपाईँहरूमा यसको दाग नलागोस,’ उनले भने, ‘तपाईँहरूलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस।’ प्रधानमन्त्री ओलीले सिंहदरबारका अधिकार गाउँका जनताले महसुस…
काठमाडौं: प्रहरीले ३५ जना मानव अधिकारकर्मीहरुलाई नियन्त्रणमा लिएको छ। टिकापुर घटनालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका मानव अधिकारकर्मीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी विश्वराज पोखरेलले जानकारी दिए। प्रहरीले मानव अधिकारमर्की कृष्ण पहाडी, होमनाथ चौलागाई, गंगाधर अधिकारी लगायत ३५ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेकाले नियन्त्रणमा लिएको एसएपी पोखरेलले जानकारी दिए। उनीहरुलाई पुलिस…
बेइजिङः ११ जना महिलाको हत्या गर्ने 'ज्याक दी रिपर'को उपमा पाएका सिरियल किलरलार्इ मृत्यु दण्डको फैसला सुनाइएको छ। उत्तरी चीनमा १४ वर्षको अन्तरालमा १० महिला र एक ८ वर्षीया बालिकाको हत्या गरेका ५३ वर्षीय गाअो चेंगुनलार्इ गान्सु प्रान्तको जनअदालतले मृत्युदण्डको फैसला सुनाएको हो। शुक्रवार अभियक्तले अदालतमा पहिलो हत्याको ३० वर्षपछि अभियोग स्वीकार गरेका हुन्। उनले पहिलो पटक मे १९८८ मा…
काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल-२) को उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले साविक विजेता टिम चौराह धनगढीलाई हराउँदै विजयी सुरुवात गरेको छ। शनिवार धनगढीको एसएसपी क्रिकेट मैदानमा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले सोमपाल कामीको नेतृत्वमा रहेको चौराहलाई ७ विकेटले हरायो। काठमाडौंको जितमा बलिङतर्फ शाहब आलमले ह्याट्रिक विकेट लिए भने अमित श्रेष्ठले अर्धशतकिय रनको पारी खेले। त्यसअघि सुनिल धमलाको अर्धशतक…
काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन र भारत दुवै देशबाट नेपालले विकासमा फाइदा लिनुपर्ने बताएका छन्। शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विगतमा दुई देशबिचको सम्बन्धमा सन्तुलन राख्न नसकेको समेत बताए। ‘हामीले चीन र भरत दुवै देशबाट लाभ लिनुपर्छ, विगतमा हामीले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित राख्न सकेनौँ,’ उनले भने, ‘दुई देशबिचको सम्बन्धलाई सन्तुलित राख्नुपर्छ, अब कसैको ‘प्रो’…
काठमाडौं: प्रधानमन्त्री केपी शार्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोश व्यक्त गर्दै मजाक नगर्न चेतावनी दिएका छन्। राष्ट्रिय सभागृहमा रिपोर्टर्स् क्लब नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै ओलीले भने, 'यो विप्लप कि के समूह भन्ने छ नि, केपी ओलीलाई वारेन्ट जारी गर्ने? मजाक गर्ने? मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस…
काठमाडौँः सरकारले खर्च कटौतीको योजना अघि बढाइरहँदा संघीय संसद भने थप खर्चिलो बन्ने देखिएको छ। संघीय संसदको तल्ले सदन प्रतिनिधिसभामा मात्र दश विषयगत समितिमा सहमति भएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले दश विषयगत समितिमा सहमति गरेको हो। यसअघि संविधानसभामा पाँच तथा संसदमा विशेषबाहेक १२ समिति थिए। समिति सभापतिलाई गाडीसहितको सुविधा दिने व्यवस्था छ। राष्ट्रियसभामा कति समिति रहने यकिन भइसकेको छैन।…
पोखराः प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री एवं मन्त्री, प्रदेश तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यको सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ। बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले छुट्टाछुट्टै रुपमा मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा…
फलेवासः खम्बामा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा नं ४ सर्कुवामा शुक्रबार बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लाग्दा जैमनी–५ बिनामारेका २४ वर्षीय चन्द्रबहादुर थापा क्षत्रीको मृत्यु भएको हो। करेन्ट लाग्दा अन्य पाँच जना घाइते भएको कुस्मीसेरा प्रहरी चौकीका इञ्चार्ज देवराज बानियाँले जानकारी दिए। रासस
ललितपुरः कुष्ठरोग प्रभावित व्यक्ति कानुनी विभेदमा परेका छन्। साविक मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्न, गराउन नहुने र विवाह बदर हुने र गर्न सकिने व्यवस्थाका कारण उनीहरु कानुनी विभेदमा परेका हुन्। चिकित्सा कानूनमा विद्यावारिधि अधिवक्ता डा रमेश पराजुलीले राज्यले भेदभावविरुद्धको अधिकार संविधानमा व्यवस्था गरे पनि यस्ता कानुन नहटेको बताए। “संविधानमा भएका व्यवस्थासमेत कानुन परिमार्जन नहुँदा कार्यान्वयन हुन सक्दैन।…
सिद्धराज भट्ट धनगढीः यही चैत १७ गतेदेखि यहाँ आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए। शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सवैले गरेको योगदानको फलस्वरुप यति ठूलो प्रतियोगिता गर्न सफलता मिलेको बताए।…
काठमाडौँः कर्मचारी समायोजन ऐन २०७४ अनुसार अघिल्लो सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशमा पठाउने गरी नियमावली तयार पार्यो। ऐन र नियमावलीको व्यवस्थामा टेकेर तत्कालीन सामान्य प्रशासन मन्त्रालयले अवकाशको मापदण्ड र विस्तृत योजना समेत तयार पार्यो । मन्त्रालयले पुस २८ गते सूचना राजपत्रमा प्रकाशन गरी स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीलाई ४५ दिनभित्र आवेदन दिन पाउने…
काठमाडौँः चैत २३ गतेका लागि तय भएको अस्थायी शिक्षकको परीक्षा रोक्न माग गर्दै विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। अनेरास्ववियु, नेविसंघ तथा अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै परीक्षा रोक्न माग गरेका हुन्। त्रिभुवन विश्वविद्यालय गेटमा विद्यार्थीले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिको माग गर्दै विद्यार्थीहरु अनशनमा समेत छन्। आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता दिएर शिक्षक छानेर…
रौतहटः आज बिहान तराईका केही जिल्लामा जिल्लामा असिना पानी परेको छ। बिहान ९ देखि १० बजे सम्म हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्याएको छ। असिनाले किसानहरूले लगाएको गहुँ, मसुरो, मकै, तेलहन (तोरी), दलहन आँपलगायतका बालीलाई क्षति पुर्याएको रौतहत देवाहीका धर्मेन्द्र पटेलले जानकारी दिए। रौतहटमा परेको असिना-पानीले पुर्याएको क्षति हेर्नुस् फोटो । तस्बिर : अभिमनु पटेलको फेसबुकबाट
काठमाडौंः बाँके जिल्लाको डुडुवा गाउँपालिका ३ बनकट्टीमा स्थानीय सञ्जय बर्माले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। बिहीबार राति सामान्य विवादमा बर्माले २७ वर्षीया शान्ति देवीलाई गोली हानि हत्या गरेका हुन्। बर्माले आफूलाई श्रीमतीले मार्ने आशंकामा गोली हानेको प्रहरी अनुसन्धानमा खुलेको छ। बर्मा केही समयदेखि मानसिक रोगको उपचार गराइरहेका थिए। बर्माले हत्या गर्ने प्रयोग गरिएको बन्दुक प्रशासन कार्यालयबाट इजाजत प्राप्त…
काठमाडौंः सरकारी कार्यालयमा सेवाग्राहीलाई दुःख दिने विचौलियालाई प्रहरीले पक्राउ गरेको छ। यातायात व्यवस्था कार्यालय बागमतीको मोटरसाइकल शाखा सतुगंलमा सेवाग्राहीबाट दश गुणा रकम लिई काम गरिदिने विचौलियालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। एसएपी पोखरेलले भने, 'सेवाग्राहीलाई अनावश्यक रकम लिएर दुख दिनेलाई नियन्त्रणमा लिएका हौं।' प्रहरीमा बिचौलियबाट हैरानी भएको उजुरीको आधारमा ९ जनालाई पक्राउ गरिएको एसएसपी…
हेटौँडाः प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि गरी जम्मा दुईवटा निर्णय गरेको छ। बैठकले प्रदेशसभाको बैठकमा पेश गर्नका लागि गाउँसभा र नगरसभा सञ्चालन गर्नका लागि कार्यविधि तयार गरेको सरकारको…
रुपन्देहीः बुटबलको होराईजन चोकस्थित शिव शंकर पथमा रहेको नन्दकुमारी पन्तको घरमा आगलागी भएको छ। साँझ ९ बजेतिर आगलागी भएको थियो आगो नियन्त्रणको लागि बुटबल उपमहानगरपालिको दमकल र भैरहवा दमकलको सहयोगले आगो नियन्त्रणमा आएको वडा प्रहरी कार्यलय बुटबलका सई खिम बहादुर खनालले बताए। घरको तेस्रो तलामा आगो लागेको थियो। पन्तले उक्त घर भाडमा दिएका थिए। घरको तेस्रो तलामा माधव ढकालको गाडीका…
काठमाडौं: विवेकशील साझा पार्टीले प्रदेश नं ५ को संयोजकमा प्रतिष्ठित समाजसेवी तथा व्यवसायी अनुपमान सैंजुलाई चयन गरेको छ। आज बुटवलमा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र तथा उज्वल थापा, प्रदेश ६ र ७ का संयोजक क्रमश: गेहेन्द्र दाहाल र गोपाल हमाल तथा सङ्गठन विभागका प्रमुख मुमाराम खनालको उपस्थितिमा आयोजित एक कार्यक्रममा सैंजुको नाम सार्वजनिक गरिएको हो। संयोजकमा चयन भएपछि सैंजुले आफ्नै जीवनकालमा…